Tuesday, May 11, 2021
Home प्रदेश ठोकर्पाको थामाडाँडामा पर्यटक आकर्षित गर्न सुन्दर भ्यु टावर (फाेटाेफिचर)

ठोकर्पाको थामाडाँडामा पर्यटक आकर्षित गर्न सुन्दर भ्यु टावर (फाेटाेफिचर)

आन्तरिक र बाह्य पर्यटकहरुका लागि आर्कषक गन्तव्य

दिनेश थापा,

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ ठोकर्पाको स्थानीय थामाडाँडामा आन्तरिक र बाह्य पर्यटकहरु आर्कर्षित गर्ने उदेश्यले गाउँपालिकाले भ्युटावर निर्माण गर्न योजना बनायौ । भ्यु टावरको बिस्तृत अध्ययन गर्नका लागि गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसी(विनोद) आफै प्राविधीक सहितको टोली लिएर थामडाँडा पुगे ।

ठाडै उकालो,जंगलको बिचमा प्राविधिक मात्रै होइन,उनी आफैलाई पुग्न समस्या भयो । स्थानीयले वर्षमा एक पटक त्यस स्थानमा संसारी पुजाआज गर्ने थामाडाँडामा भ्यु टावर निर्माण गरेर पर्यटक आर्कर्षित गर्ने आफ्नो योजनालाई सुरुमा सबैले खिसीटियुरी पनि गरे । अध्यक्ष जिसीले भने तर प्राविधिकहरुको सहयोग र आफ्नो इच्छाशक्ति र सबै स्थानीयको सहयोगमा अहिले यस्तो ठाउँ यती सुन्दर भएको छ,विगत सम्झदै अध्यक्ष जिसीले भने–‘बाँदर लड्ने डाँडो अहिले यति आर्कषक र सुन्दर हुन्छ भनेर कसैले कल्पना पनि गरेका थिएनन् । सडकबाट ठाडै उकालोबाट असिनपसिन हुदै थकित भएर थामाडाँडाको भ्युटावरमा पुगेपछि सबै थकानहरु दुर हुने गरेर आर्कषक रुपमा भ्युटावर र सुन्दर बगैचा निर्माण भएको छ अहिले त्यो ठाँउमा ।

सिन्धुपाल्चोकको सुकुटे क्षेत्र अहिले आन्तरिक पर्यटकहरुका लागि ‘पर्यटकीय हब’ नै बनेको छ तर सुुकुटे भन्दा केही माथी रहेको ठोकर्पा गाउँ भने बत्ती मुनीको अध्यारो जस्तै छ ,सुकुटेमा आउने केही पर्यटकहरु मात्रै गाउँमा लैजान सकियो भनेपनि यस क्षेत्रको विकास हुन्छ,त्यही योजनामा गाउँपालिकाले गौरवको योजनाको रुपमा भ्युटावर निर्माण सुरु गरेको अध्यक्ष जिसीले जानकारी दिए ।

इच्छाशक्ति भयो भने थोरै बजेटमा पनि यतीसुन्दर संरचना निर्माण गर्न सकिदो रहेछ भ्यु टावरको उद्घाटनमा अध्यक्ष जिसीले भने जम्मा १ करोड २५ लाख रुपियाँको लागतमा यो क्षेत्र यति सुन्दर भएको छ । पर्यटकीय क्षेत्र सुकुटे बाट झण्डै सात किलोमिटर माथी थामाडाँडामा सुन्दर पार्क सहितको भ्यु टावर निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा आन्तरिक पर्यटकहरुको चतहलपहल समेत सुरु भएको छ ।

ठोकर्पाको पहिचान,पुर्वाधारको अभियानका साथ एक वर्ष अघि सुनकोशी गाउँपालिकाको १ करोड २५ लाख रुपियाँमा ठेक्का प्रक्रिया मार्फत भ्युटावर र पार्क निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष जिसीले जानकारी दिए । सुनकोशी गाउँपालिकाको आफ्नै बजेटमा आफुहरु निर्वाचीत भएपछि पहिलो पटक गाउँपालिका भित्र पर्यटकहरुलाई लक्षीत गरेर भ्युटावर निर्माण गरिएको अध्यक्ष जिसीले जानकारी दिए ।

भ्युटावर सम्म पुग्ने पक्की बाटो निर्माण गरिने

आन्तरिक र बाह्य पर्यटकहरुलाई लक्षीत गरेर निर्माण गरिएको थामा डाँडा भ्युपार्क र टावर सम्म पुग्न सुकुटे ठोकर्पा सडक फराकिले र कालोपत्रे हुदै गरेपनि टावरसम्म पुग्ने करिब तिन किलोमिटर सडकलाई पनि गाउँपालिकाले यो वर्ष स्तोरन्नती गरेर पक्की बनाउने भएको छ ।

गाउँपालिका अध्यक्ष जिसीले भ्युटावरसम्म पुग्ने सडकलाई आगामी वर्ष बजेट विनियोजन गरेर फराकिलो र पक्की बनाउने बताए । सानो गाढीमा समेत पर्यटकहरु सजिलै यहाँसम्म आउन सक्ने गरेर सडक निर्माण गछौ अध्यक्ष जिसीले भने ।

स्थानीयलाई फाइदा

भ्युटावर निर्माण भएपछि पर्यटकको चाप बढ्दा स्थानीयलाई समेत धेरै फाइदा पुग्ने सुनकोशी गाउँपालिका–२ का वडा अध्यक्ष पुर्णबहादुर महताले बताए । स्थानीय स्तरमै कृषिजन्य उत्पादनको खपत, होटल लगायत विभिन्न पेशा व्यवसायलाई फाइदा पुग्ने हामीले विश्वास लिएका छौ वडाध्यक्ष महतले भने ।

अन्य संरचना पनि निर्माण हुने

पर्यटकहरुलाई लक्षीत गरेर निर्माण गरिएको थामडाँडा भ्युपार्कमा गाउँपालिकाले आगामी वर्ष अन्य संरचनाहरु समेत निर्माण गरेर पर्यटकहरुका लागि गाउँपलिाककै उत्कृष्ट गन्तव्य बनाउने योजना बनाएको छ । थामाडाँडाको १७ मटिर अग्लो उचाइमा अहिले सुन्दर टावर,बगैचा,शौचालय लगायतका संरचनाहरु निर्माण सम्पन्न भएको छ । सडकबाट टावरस्थलसम्म पुग्नका लागि आर्कषक सिढी निर्माण भएको छ भने उकालो थकाइलाई बिर्साउने गरी अहिले सुन्दर बगैचा,पानी फोहोरा लगायतका संरचनाहरु निर्माण भएको छ ।

आगामी वर्ष पिक्नीक स्पोर्ट,खानेपानी ट्याङकी लगायतका संरचनाहरु निर्माण गरेर यसको सुन्दरतालाई अझै आर्कषक बनाउने गाउँपालिका अध्यक्ष जिसीले जानकारी दिए । गाउँपालिकाले आगामी वर्षको बजेटमा सुनकोशी गाउँपालिकाको सबै वडामा पर्यटकहरुलाई आर्कर्षित गर्न अन्य संरचनाहरु समेत निर्माण गर्ने योजना रहेको अध्यक्ष जिसीले जानकारी दिए ।

भ्युटावर समुदायलाई हस्तान्तरण

सुनकोशी गाउँपालिकाको गौरवको योजनाको रुपमा रहेको भ्युटावर लगायत अन्य संरचनाहरु निर्माण सम्पन्न भएपछि त्यसको औपचारिक रुपमा उद्घाटन समेत गरिएको छ । कोरोना कहरका बिच सीमित स्थानीयको सहभागीतामा पुर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले भ्युटावर र यहाँ निर्माण गरिएका संरचनाको उद्घाटन गरेका थिए । सुनकोशी गाउँपालिकाको समग्र विकासका लागि आफुले यस अघि सहयोग गरेको बताउदै पुर्व मन्त्री बस्नेतले आगमी दिनमा पनि यस क्षेत्र र सिन्धुपाल्चोकको विकासका लागि आफु निरन्तरण क्रिायशिल हुने बताए ।

पुर्व मन्त्री बस्नेतकै पहलमा ठोकर्पालाई सख्खाग्रस्त क्षेत्र घोषणा गरेपछि यो वर्षदेखि डिपबोरिङबाट प्रत्येक घरमा खानेपानीको व्यवस्था गरिएको छ । त्यसैगरी बस्नेतको सक्रियतामा चार वर्ष अघि करिब ४४ करोड रुपियाँ अर्थ मन्त्रालयबाट विनियोजनगरिदिएपछि अहिले सुकुटेदेखि ठोकर्पासम्म पुग्ने सडक धमाधम कालोपत्रे भइरहेको छ । भ्युटावर उद्घाटन कार्यक्रममा निर्माणकार्यमा महत्वपुर्ण सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।

त्यसैगरी ठोकर्पा क्षेत्रको विकासमा पुर्व मन्त्री बस्नेतले महत्वपुर्ण योगदान दिएको भन्दै बस्नेतलाई समेत सम्माननपत्र दिएर सम्मान गरिएको थियो । भ्युटावरको उद्घाटन सँगै यसको सञ्चालनको जिम्मा समेत भ्यु टावर सञ्चालक समितिलाई हस्तान्तरण गरिएको छ । अब यहाँ आउने पर्यटकहरु लाई निश्चित शुल्क लिएर प्रवेश गराउने योजना रहेको वडाध्यक्ष पुर्णबहादुर महतले जानकारी दिए ।

सुन्दर हिमाल र आसपसाका बस्ती हेर्न सकिने

ठोकर्पाको थामाडाँडामा निर्माण गरिएको भ्युटावरबाट सुनकोशी गाउँपालिकाको सातै वडाका भुभागहरु यहाँबाट सजिलै नियाल्न सकिन्छ ।

त्यस्तै चौतारा साँगाचोकगढीका अधिकाश क्षेत्र मात्रै होइन काभ्रेको कोशिपारी र धुलिखेल समेत यही टावरबाट देख्न सकिने स्थानीयले बताए । जुगल हिमाल,गौरी शकंर हिमाल लगायत काठमाडौबाट देखिने सबै हिमालहरु यहीबाट देख्न सकिने भएकाले बिस्तारै पर्यटकहरुको लागि यो आर्कषक गन्तव्य हुने गाउँपालिका अध्यक्ष जिसीले बताए ।

(Visited 508 times, 1 visits today)
Loading comments...

आजको समाचार

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

साताका लोकप्रिय समाचार

इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ । नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा...

बेहुला बेहुलीमा कोरोना संक्रमण देखिएपछि गाउँ सील गरेर परिक्षण

संखुवासभा । संखुवासभा मादी नगरपालिका –३ का बेहुला बेहुलीलाई कोरोना संक्रमण भएको छ । मादी –३ का २५ बर्षीय विरेन्द्र कुमार मण्डल र २०...

घरकाले थाहा पाउछन्, हाम्रो फोटो नखिच्नुस् (फोटोफिचर)

काठमाडौं । निजी अस्पतालले कोरोना शीर्षकमा सर्वसाधारणसंग सर्वस्व लुटिरहेको बेला बीर अस्पतालको नयाँ भवनमा आइसोलेशन बेड तयार हुँदैछ भन्ने कुराले पक्कै पनि केही सकारात्मक...

३ हजार ९ सय १३ जना कोरोना संक्रमण मुक्त, ६ जनाको मृत्यु

चुरो/ मकवानपुर । पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित संक्रमण मुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या ३ हजार ९ सय १३ पुगेको जिल्ला...

कोरोना सङ्क्रमणबाट शिक्षण अस्पतालमा नौ जनाको मृत्यु

 माेरङ । कोरोना सङ्क्रमणबाट यहाँका दुई शिक्षण अस्पतालमा आज बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी नौजनाको मृत्यु भएको छ । सुनसरीको इटहरी...

ट्रेन्डिङ

यथाशीघ्र छिटो वार्ता समिति गठन होस् : भूपू गोर्खा सैनिक

काठमाडौँ । भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समिति गोर्खा सैनिकले उठाउँदै आएको निवृत्तीभरण र क्षतिपूर्तिलगायतका मुद्दा सम्बोधन गर्न यथाशीघ्र छिटो वार्ता टोली गठन...

काठमाडौं महानगरपालिकाको १० वटा वडाबाट अनलाइनमार्फत राजश्व संकलन

काठमाडौं । विभिन्न १० वटा वडाबाट काठमाडौं महानगरले राजस्व निर्धारण तथा संकलन कार्य अनलाइन प्रणालीमार्फत थालेको छ । सेवा प्रवाह प्रभावकारी र सुशासन कायम...

फिल्म राधेको सुटिङ तयारीमा सलमान खान

मुम्बई । भारतमा लकडाउन चरणबद्ध रूपमा खुकुलो हुँदै गएपछि अभिनेता सलमान खानले आफ्नो फिल्म राधे (योर मोस्ट वान्टेड भाइ)को छायांकन सुरु गर्ने भएका छन्...

‘किन होला’

काठमाडौँ । डिमोन क्षेत्री र सिर्जना जिसीबीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको म्युजिक भिडियो 'किन होला' डिजिटल बजारमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस...

मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज भएको निधनबाट आफू मर्माहत भएको बताएकी छन् । उनले आज साँझ ट्विट गर्दै नेपाली जनता,...

सुनसान शहरका अनौठा दृष्य (फोटोफिचर)

काठमाडौं । भाले बास्नु अगाबै चहल पहल सुरु हुन्थ्यो काठमाडौं कुलेश्वर स्थित तरकारी तथा फलफूल बजारमा । भारतलगायत मुलुकका विभिन्न जिल्लाबाट काठमाडौंका लागि बिक्री...

फेडेररले यो सिजन नखेल्ने

एजेन्सी । स्विस टेनिस स्टार रोजर फेडेररले यो सिजनको बाँकी रहेको कुनै पनि खेल नखेल्ने बताएका छन् । खुट्टाको चोटका कारण फेडेरर यस वर्षको...

मनकामना मन्दिर वैशाख महिनाभर बन्द

काठमाडाैं । कोरोना संक्रमण जोखिम बढेसँगै प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिर र गोरखकाली मन्दिरमा नित्य बाहेकको पूजा बन्द हुने भएको छ । मंगलबार बसेको...

अब कर्मचारीले घुस खाए कार्यालय प्रमुख पनि तानिने

काठमाडौं । विभिन्न कार्यालयमा सेवाग्राहीबाट कर्मचारीले घुस लिए कार्यालय प्रमुखलाई पनि जिम्मेवारी बनाएर कारबाही प्रक्रिया सुरु भएको छ । दुई दिनअघि मात्रै भूमिसुधार तथा...

फार्मेसी सञ्चालक भन्छन्– जोखिम मोलेर सेवा दिन सकिदैंन, खोई पीपीई ?

काठमाडौं । तपाईलाई एक्कासी टाउको दुख्यो र, क्लिनिक वा कुनै अस्पताल जानु प-यो अथवा तपाईसँग चिकित्सकको प्रेष्कृप्सन छ, औषधि किन्न फार्मेसी जानुपर्ने भयो ?...

रुखको एउटै हाँगामा झुन्डिएको अवस्थामा भेटिए देवर-भाउजु

इलाम । इलामको माङसेबुङ गाँउपालिका–६ मा एउटै रुखको हाँगा झुण्डिएको अवस्थामा देवर–भाउजु मृत्त भेटिएका छन् । माङसेबुङ–६ मावाटोलका २७ वर्षीय विशाल राई र उनकै...

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

गाेरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज गाेरखामा आकस्मिक अवतरण गरिएको छ । काठमाडाैँबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)