बाँकेमा एकै रातमा चार सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा भर्ना भएका थप चार कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन र एक बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताए ।

उनका अनुसार यही वैशाख १४ गते भर्ना भएका बैजनाथ गाउँपालिका–२ बाँके निवासी २० वर्षीय पुरुष र १७ गते भर्ना भएका राजापुर नगरपालिका–२ बर्दिया निवासी २७ वर्षीय युवाको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी यही वैशाख १७ गते भर्ना भएकी कोहलपुर नगरपालिका–११ निवासी ४० वर्षीया महिलाको उपचारका क्रममा गए राति करीब ८ः०० बजे भेरी अस्पतालमा मृत्यु भएको थियो । खजुरा गाउँपालिका–३ निवासी ५५ वर्षीय पुरुषको पनि गए राति मृत्यु भएको छ । वैशाख १७ गते गरिएको एन्टिजेन परीक्षणबाट उनलाई कोभिड पुष्टि भएपश्चात् गाउँपालिकाले खजुरामा बनाएको आइसोलेशनमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिए।

योसँगै बाँकेमा कोरोना भाइरस सङ्क्रमणबाट १२३ र उपचारका क्रममा बाहिरी जिल्लाबाट आएका ११९ जनाको मृत्यु भएको छ । रासस

तपाइको प्रतिक्रिया
(Visited 328 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रसुवाको आमाछोदिङमाे–१ मा एमालेको प्यानल नै विजयी