हत्याको आठ महिनापछि अभियुक्त पक्राउ

गुल्मी । गुल्मीमा हत्याको सात महिनापछि अभियुक्त सार्वजनिक गरिएको छ । जिल्लाको इस्मा गाउँपालिका –१ छिनुवामा आफ्नै पसलमा कुटपिट गरि हत्या गरिएका मोति बहादुर कुवँरको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

घटनामा संलग्न इस्मा गाउँपालिका –१ का १८ बर्षिया रमेश कुमाल, अर्का १८ बर्षिया सन्तोष कुमाल र सोही ठाउँकै २० बर्षिया सुशील कुमाललाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरूषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

कुवँरलाई गत बर्षको भदौ २१ गते आफ्नै पसलमा तीनजना मिलेर कुटपिट गरि हत्या गरेको स्वीकारेका छन् । वैशाख १७ गते पक्राउ परेका उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरि घटनाको बिषयमा अनुसन्धान भइरहेको सुचना अधिकारी पाण्डेले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 358 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सर्वोच्च अदालतबाट कुलमानले पाएनन् अन्तरिम आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाको हस्तक्षेमा एउटै पालिकामा दुई उम्मेद्वार सिफारिस गरेपछि काँग्रेस कैलालीमा विवाद