Sunday, June 13, 2021
Home भर्खरै ओलीलाई जसपाको मत

ओलीलाई जसपाको मत

सुभाष साह,

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री ओलीले विश्वास मत लिने निर्णय मन्त्रिपरिषद् बैठकबाट आइतबार गराएपछि जसपा यस्तो निष्कर्षमा पुगेको हो ।

जसपा कार्यकारिणी समिति सदस्य केशव झाले ओलीलाई विश्वासको मत दिने प्रस्ट पारे । तर, आफूहरूले उठाउँदै आएको माग सम्बोधन गरेपछि मात्रै विश्वासको मत दिने सर्त अघि सारिएको उनले बताए ।

‘हामीले उठाउँदै आएको केही माग पूरा भएको र केही पूरा हुने प्रक्रियामा छ, ती माग सम्बोधन भएपछि पार्टी निर्णयपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिन सक्छौं,’ झाले भने, ‘पार्टी बैठक बसेरै यस विषयमा छलफल गरेर ठोस निर्णय गर्छौं ।’

प्रधानमन्त्री ओलीले केही समयअघि जसपाले उठाउँदै आएको मुद्दा फिर्ता माग मन्त्रिपरिषद् बैठकबाटै सम्बोधन गरिसकेका छन् । केही मुद्दा फिर्ता प्रक्रियामा रहेको जसपाले जनाएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले समेत सार्वजनिक रूपमै आफ्ना माग सम्बोधन भए सरकारलाई समर्थन गर्न सकिने प्रतिक्रिया व्यक्त गर्दै आएका छन् । माग सम्बोधन भएपछि सरकारमा सहभागी हुने वातावरण बन्दै गएको टिप्पणी उनीहरूको छ ।

यद्यपि, जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई समूह ओली सरकारलाई समर्थन नदिने अडानमा छन् । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन र सरकारमै जसपा नेता सहभागीदेखि संघीय सरकारमा सहभागी हुने विषयलाई लिएर पार्टीभित्र दुई समूह निर्माण भएको छ ।

‘सरकारमा सहभागी हुने कि नहुने ?’ भन्ने विषयमा विवाद उत्कर्षमा पुगेकै बेला पार्टी नै विभाजन हुने स्रोत बताउ“छ । ठाकुर, महतो समूह ओली सरकारप्रति सकारात्मक र यादव, भट्टराई, राई समूह विपक्षमा उभिएपछि पार्टी विवाद बढ्दै गएको छ ।

सरकारले आगामी २७ वैशाखमा संसद् अधिवेशन बोलाउने र विश्वास मत लिने निर्णय मन्त्रिपरिषद् बैठकबाट गरेपछि थप पेचिलो बनेको छ । अदालतले एमाले माओवादीलाई पुरानै स्थितिमा फर्काए पनि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

प्राविधिक रूपमा सरकार बहुमतमा रहे पनि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । पदमा कायम रहन प्रधानमन्त्रीले १ सय ३८ सांसदको समर्थन लिनुपर्ने हुन्छ ।

२ सय ७५ सदस्यको प्रतिनिधिसभामा एमालेको १ सय २१ सिट छ । कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ (पार्टी छाडेका चार पदमुक्त भएपछि), जसपाको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १÷१ सिट रहेको छ । कांग्रेसका दुई र जसपाको दुई सांसद निलम्बित छन् ।

एमाले र जसपाले सरकारलाई विश्वासको मत दिए पनि कांग्रेस, माओवादी केन्द्रले विश्वासको मत दिने छैनन् । जसपाभित्र पनि ठाकुर र महतो पक्षले मात्रै विश्वासको मत दिनेछन् ।

उता, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ‘ङ्खलोर क्रस’ गर्ने सम्भावनासमेत बढेको चर्चा पार्टीभित्र जारी छ ।

(Visited 717 times, 1 visits today)
Loading comments...

आजको समाचार

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

साताका लोकप्रिय समाचार

कोभिड महामारी र शैक्षिक क्षेत्रको दायित्व

  शताब्दीकै सबैभन्दा खराब विपद् कोरोना महामारीको ठूलो प्रभाव शिक्षा क्षेत्रमा परेको छ । जनस्वाथ्य अन्तरसम्बन्धित विषय भएकाले यसले जनजीवनका सबै क्षेत्रमा एकसाथ प्रभाव पारेको...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

उत्तर कोरियामा विदेशी फिल्म हेरे १५ वर्ष जेल

उत्तर कोरिया । उत्तर कोरियाका शासक किम जोङ उनले विदेशी फिल्मसम्बन्धी कडा कानुन ल्याएका छन् । उनले आफ्ना नागरिकले विदेशी फिल्म हेरे मृत्युदण्डसम्मको सजाय...

नुनमा निजी क्षेत्र : उपभोक्ताका लागि घातक

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन विगत ५८ वर्ष ( २०२०) साल देखि सरकारको नियमलाई पूर्ण पालन गरी निरन्तर रुपमा आयोडिनयुक्त नुन देशभरी आपूर्ति गर्दै...

मुख्यमन्त्रीलाई बधाई दिँदै भीम रावलले भने ‘विधि पद्दति मिच्नेहरुले शिक्षा लिने कि ?’

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेशमा विश्वासको मत लिन सफल भएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई दिएका छन्। ‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत...

ट्रेन्डिङ

सांसद साहको घोषणा बमोजिम पुजारी हत्या भएको स्थानमा बन्ने मन्दिरको डीपीआर तयार

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहको घोषणाबमोजिम पुजारी श्रीराम साहको हत्या गरिएको स्थानमा बन्ने मन्दिरको डीपीआर तयार भएको...

जनप्रतिनिधि नै छुवाछूतबाट पीडित

गुल्मी । ‘मन्दिर वा गाउँघरमा हुने विवाह, भोज–भतेर लगायतका स्थानमा हामीलाई दलित भएकै कारण विभेद गरिन्छ ।’ धुर्कोट गाउँपालिका ५ वस्तुकी वडासदस्य एवम् गाउँकार्यपालिका...

खानामा किरा भेटिएको भन्दै संक्रमितद्वारा आइसोलेशनका स्वास्थ्यकर्मीलाई आक्रमण

सप्तरी, राजविराज । खानामा किरा देखिएको विषयमा उत्पन्न विवादले उग्र रुप लिएपछि यहाँस्थित साईकृष्णा मेडिकल कलेजमा संचालित आइसोलेशन कक्षमा संक्रमितहरुले तोडफोड गर्नुका साथै खाना...

अब सवारी पासको निवेदन इमेलमार्फत, यसअघिको सात दिने पास मान्य

काठमाडौँ । काठमाडौँ उपत्यकामा यसअघि लिइएको एक साता बढी अवधिका सवारी पासले थपिएको बन्दाबन्दीमा मान्यता पाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार...

‘आयुर्वेदिक औषधीले कोरोना निको पार्छ, खोपमा अर्बौं खर्च गर्नुपर्दैन’

काठमाडौं । जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरविरुद्धको खोप किन्न अरबौं रकम खर्च गर्नुभन्दा पनि आयुर्वेदिक औषधिहरुमा लगानी गर्नु...

धनकुटाका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

धनकुटा । धनकुटाका एक स्वास्थ्यकर्मीमा आज कोरोना संक्रमण पुष्टि भएको छ । सहिदभूमी गाउँपालिकामा कार्यरत ४५ बर्षीय पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...

१६ करोड लागतमा सैनिक अस्पताल संचालन

पोखरा । पोखरामा बुधबारदेखि नेपाली सेनाका हिताधिकारीका लागि निर्मित अस्पताल उद्घाटन गरिएको छ । सैनिक कल्याणकारी कोषको १६ करोड...

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ । बिहीबार रातिदेखि स्वास्थ्य अवस्था असहज भएपछि उनलाई अस्पताल भर्ना गरिएको...

अंकितबाबु र सप्तकको आवाजमा ‘कथाकार’को लकडाउन गीत

काठमाडाै‌ । आज विश्वभर शान्तिसहितको मौन अशान्ति छाएको छ । यो पुस्ताका लागि गज्जबको अनुभूती भइरहेको होला अहिले किनकी सबैजना घरभित्र छन् । के...

सिलौटाले हानेर श्रीमतीको हत्या

सर्लाही । सर्लाहीका एक पुरुषले सिलौटोले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. २ नवलपुर पुनर्बास घर भई...

एउटै परिवारका १६ जनाको हत्या

लागोस । नाइजेरियामा एकै परिवारका १६ जनाको रहस्यमय हत्या भएको छ । अज्ञात बन्दुकधारीले गोली प्रहार गर्दा उनीहरूको मृत्यु...

विवेकशील साझा पार्टी उखु किसानको पक्षमा

काठमाडौं । उखु किसानहरूले आफ्नो उत्पादन बिक्री गरेको वर्षौँदेखिको बक्यौता रकम उठाउन गरिरहेका सङ्घर्षमा विवेकशील साझा पार्टीले पूर्ण ऐक्यबद्धता जनाएको छ । आफ्नो पसिना...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)