Tuesday, May 11, 2021
Home बिचार नेपालमा राष्ट्रियता र राष्ट्रवाद

नेपालमा राष्ट्रियता र राष्ट्रवाद

श्यामप्रसाद मैनाली,

नेपालमा राष्ट्रियता र राष्ट्रवादलाई नेपालका राजनीतिज्ञहरूले अत्यन्त सही हिसाबले व्याख्या गर्दै राष्ट्रवादीको कित्तामा सहजै आफूलाई प्रस्तुत गर्ने लहड चलिराखेको देखिन्छ । यो प्रचारप्रसारको विषय विल्कुल होइन, यसको पक्षमा प्रस्तुत हुनुपूर्व आफंैले आफूलाई राष्ट्रियताको कसीमा परीक्षण गर्दै आत्मसमीक्षा गर्नु जरुरी हुन्छ । नेपालमा राष्ट्रियतामा समझदारी गरिएका थुप्रै तथ्य उजागर भएका छन् । ती घटनाक्रमका खलनायकहरूले पटकपटक राष्ट्रवादीको कित्तामा स्वयं सहजै प्रस्तुत गर्ने गरिआएका छन् । नेपालमा विभिन्न कालखण्डमा राजनीतिज्ञले लिएका निर्णय, सम्पादन गरेका काम कारबाही, सन्धि सम्झौता सबैैको राष्ट्रियताको कसीमा परीक्षण गर्दै उनीहरूमध्ये के कति राष्ट्रियताका पक्षमा खुलेर प्रस्तुत भई राष्ट्रको भलाइका लागि के कति योगदान पु-याउन सफल भएका छन् ? के कति क्रियाकलापहरू राष्ट्रिय हितविपरीत सम्पादन भएका छन् ? सोको विश्लेषण गर्दै राष्ट्रियताको अवधारणालाई प्रस्ट पार्ने प्रयास यस आलेखमा गरिएको छ ।

राष्ट्रियतामा राष्ट्रको पहिचान र प्रतिष्ठा कायम गराउने, राष्ट्रप्रति दर्साउने अगाध सम्मान, अपनत्व, देशप्रेमजस्ता भावनाबाट प्रेरित हुँदै मन, वचन र कर्मले सदैव सत्मार्गमा आफ्ना क्रियाकलापलाई केन्द्रित गराउन सक्नुपर्छ । यसले देशको समग्र पहिचानलाई समेट्न सक्नुपर्छ । यो भावनात्मक विषय हो । जुन अन्तःस्करणबाट प्रस्फुटित हुन्छ र कर्ममा परिणत हुन्छ । राष्ट्रियतामा समर्पित नागरिक जुनसुकै परिस्थितिमा पनि सदैव राष्ट्रको चिन्तनमा लागिरहेको पाइन्छ । तसर्थ, राष्ट्रियतामा अवसरवाद र व्यक्तिगत स्वार्थ रहँदैन र रहनु पनि हुँदैन ।

सामान्य बोलीचालीको भाषामा राष्ट्रियतालाई राष्ट्र वा राज्यसँग जोडेर हेरिन्छ । जो देशको नागरिक हो, उसको राष्ट्रियता त्यही हो । तर, यो यति मात्रमा सीमित हुँदैन । राष्ट्रियता परिचायक र पहिचान हो । समान मौलिकता, सांस्कृतिक रहनसहनका बीचको सुमधुर सम्बन्ध एवं सौहार्दतालाई त्यस समाजभित्र विकास भएको राष्ट्रियता भनिन्छ । विशेष गरी बहुलवादी समाजमा विभिन्न प्रकारका संस्कृति, भाषाभाषी, धर्मावलम्बीबीच उनीहरूको सम्मान र पहिचान समानताका आधारमा कायम गरेर सबैलाई एकतृत गर्दै राष्ट्रिय एकतामा आबद्ध गराउने सत्कार्य यसमा गरिन्छ । देशभित्र आन्तरिक कलह, वैमनश्य, द्वन्द्व, अशान्ति र गृहयुद्धको अवस्था आउँदा त्यस देशको राष्ट्रियता कमजोर बन्छ ।

राष्ट्रियतामा ओतपोत भएको व्यक्तिले आफूलाई आदर्श नागरिकका रूपमा समाजमा स्थापित गर्न सफल भएको हुन्छ

राष्ट्र र राष्ट्रियता एक अर्काका परिपूरक हुन् । देशको राष्ट्रियता प्राप्त गरेपश्चात् कर्तव्य र दायित्वको पालना गर्नुपर्छ । राष्ट्रियतामा ओतप्रोत भएको व्यक्ति आफूलाई आदर्श नागरिकका रूपमा समाजमा स्थापित गर्न सफल भएको हुन्छ र सामाजिक प्रतिष्ठा प्राप्त गर्छ । परम्परादेखि चल्दै आएको रीतिरिवाज, प्रथा, कलाकौशल, साहित्य, धर्म आदिको संरक्षण गर्दै यो जिम्मेवारीलाई क्रमश भावी पुस्तामा हस्तान्तरण गर्दै जानुपर्छ । समाज र राष्ट्रको संरक्षण संवद्र्धन गर्दै आफ्नो देश र समाजप्रति गौरव गर्न सक्ने परिस्थिति निर्माण गर्नु नै राष्ट्रियता हो ।

नेपाल र नेपाली जनताको हितका दिशामा भएगरेका कामकारबाहीको आधारमा यसको विश्लेषण हुन्छ । नेपाल बहुसांस्कृतिक, बहुजातीय, बहुधार्मिक, बहुक्षेत्रीय राष्ट्र हो । यो देशको निर्माण गर्ने क्रमदेखिको मुख्यमुख्य कार्यको स्मरण राष्ट्रियता र राष्ट्रवादका क्रममा गर्नुपर्नेहुन्छ । पृथ्वीनारायण शाहले नेपाल देशको पहिचान बनाइदिएकाले हामी नेपाली भएर सगौरव आफ्नो परिचय दिन सफल भएको अवस्था छ । भगवान् बुद्धको जन्म यहीँ भएकाले संसारभर नेपालको नाम सबैले स्मरण गर्छन् । सगरमाथालाई नेपालले आफ्नो विश्व चिनारीका आधार बनाएको छ । नेपाली सैनिकले प्रदर्शन गरेको बहादुरीबाट नेपालीको इज्जत अन्तर्राष्ट्रिय जगत्मा छ । जंगबहादुरले बेलायत भ्रमणको आमन्त्रण प्राप्त गरेपछि उपनिवेशमा रहेको भारतका आफ्ना समकक्षीभन्दा स्वतन्त्र देश नेपालको प्रधानमन्त्री भएकाले आफूले बढी तोपको सलामी पाउनुपर्ने अडान राखेर सो स्वीकृत भएपछि मात्र भ्रमण गर्नु राष्ट्रियताको पक्षमा लिइएका राष्ट्रिय अडान मान्नुपर्छ, राजा महेन्द्रले पूर्व–पश्चिम राजमार्ग तयार पारे । पाँच विकास क्षेत्रको विभाजन र विकासका लागि आधार तयार पारे । यसबाट देश विकासका लागि स्पस्ट ढाँचा तयार भयो । राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउने ठूलो प्रयास गरे । भारत र पश्चिमा राष्ट्रका सहमति नहुँदा पनि बीपीले इजरायल, चीन र पाकिस्तानसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापित गरेर स्वतन्त्र देशको पहिचान कायम गरे । सगरमाथा नेपालको प्रमाणित गर्न चीनका राष्ट्र प्रमुखलाई विश्वस्त तुल्याए । यी प्रयास निश्चय पनि नेपालको हितमा केन्द्रित भएका हुन् । वर्तमान प्रधानमन्त्री ओलीले भारतद्वारा नेपालमा नाकाबन्दी गरेको समयमा यसको विरोधमा स्पष्ट अडान राख्नु र संविधान जारी गर्ने काम केही समय स्थगित गर्न भारतले दिएको दबाबलाई अनुपयुक्त र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भनी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई संविधान जारी गर्न सहयोग गर्नुजस्ता राष्ट्रियताका पक्षमा लिइएका अडान सरहानीय छन् ।

राष्ट्रियताले व्यक्ति र राष्ट्रबीच अन्तरसम्बन्ध प्रगाढ बनाउने भावनात्मक औजारको काम गर्छ । राष्ट्र र राष्ट्रवादीका हैसियतमा सबै वर्ग, समूह, समुदाय, जातजाति, धर्मबीच उच्चस्तरको सम्मान र एकता कायम गर्छ । यो राष्ट्रिय चरित्र र संस्कृति निर्माणको आधार हो । सामान्य अर्थमा राष्ट्रियतालाई भूगोलमा सीमित गर्न सकिँदैन, जनताको हितमा केन्द्रित भएर गरिने सबै कार्यहरू राष्ट्रियतामा समेटिने गर्छ । बाह्य आक्रमणको सशक्त प्रतिरोध गर्दै राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकताको पक्षमा सदैव मन वचन र कर्मले लागिपर्नु नै राष्ट्रियता हो । राष्ट्रका पक्षमा प्रस्फुटित भएको भक्तिभाव, सम्मान, श्रद्धा र समर्पण नै यथार्थमा राष्ट्रियता हो । अमूक देशको समर्थन र विरोध गर्नुलाई मात्र यसको परिभाषामा समेट्न सकिन्न तर यदि यस्तो समर्थन वा विरोधले राष्ट्रिय स्वाधीनता, स्वाभिमान र सार्वभौमसत्तामा सहयोग पुग्दाको अवस्थामा यसको परिभाषाले समेट्छ ।

अब राजनीतिक घटनाक्रमतर्फ केन्द्रित हुँदै राष्ट्रियताबारे विश्लेषण गरांै । स्वर्गीय बीपी कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री भएको अवस्थामा भारतका प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले भारतीय संसद्मा आफ्नो देशको उत्तरी सिमाना हिमाल भएको भन्ने अभिव्यक्ति दिएको विषय लिएर नेपाल एक स्वतन्त्र स्वाधीन राष्ट्र भएकाले यसको सार्वभौमसत्तामा खलल पुग्नेगरी आएको अभिव्यक्तिको सशक्त विरोध गर्दै यसलाई पुनः भारतीय संसद्मै अर्को वक्तव्यमार्फत सुधार गर्न बाध्य पारिनु राष्ट्रियताको पक्षमा भएको अद्वितीय उदाहरण मान्नुपर्छ । प्रधानमन्त्री कीर्तिनिधि विष्टले नेपालको उत्तरी सिमानामा क्याम्प गरी बसेका भारतीय सैनिकलाई हटाउनु, २०४६ सालको आन्दोलनमा भारतले राजासँग गर्न चाहेको सौदाबाजी राष्ट्रिय हित प्रतिकूल भएकाले भारतकै समर्थन र सहयोगमा आन्दोलन जारी हुँदाको बखत विदेशी शक्तिसँग राष्ट्रियतामा समझदारी गर्नुभन्दा नेपाली जनतासँग हातेमालो गर्नु राष्ट्रियताका दृष्टिले उपयुक्त सम्झी तत्कालीन राजा वीरेन्द्रले आफ्नो निरपेक्ष राजाका हैसियतलाई परित्याग गरी संवैधानिक राजा बन्न स्वीकार गर्नु राष्ट्रियताका दृष्टिले स्वागतयोग्य कदम हो । यसका अतिरिक्त नेपालको सीमा क्षेत्रमा बसोबास गरी आएका असली सीमा रक्षकबाट नेपालको राष्ट्रियताको संरक्षण भइआएको छ । सप्तरी तिलाथीका देवनारायण यादव र कञ्चनपुरमा आफ्नो सीमा रक्षाका लागि भौतिक अस्तित्वसमेतलाई जोखिममा राख्न तयार भएकाबाट राष्ट्रियताको पाठ काठमाडौंका आलिसान दरबारमा विराजमान रहेका राजाले सिक्नुपर्ने अवस्था छ । सीमावासीहरूमा देखिएको राष्ट्रियता स्वतस्फुर्त हो, असली र स्वार्थ रहित राष्ट्रियताको प्रदर्शन यी सीमावासीबाट आफ्नो सीमाको रक्षा गरेर भइराखेको छ ।

राष्ट्रियतामा अवसरवाद र व्यक्तिगत स्वार्थ रहँदैन र रहनु पनि हुँदैन

नेपालका राजनीतिक घटनाक्रम जसबाट नेपालको राष्ट्रियता जोखिममा पारिएको छ । त्यसको संक्षिप्तमा विश्लेषण गरांै । गण्डक सम्झौताका समयमा तत्कालीन राजा महेन्द्र र भारतीय प्रधानमन्त्री नेहरुबीच भैसालोटनमा भएको गोप्य वार्ताको परिणति नेपालको शिशु प्रजातन्त्रको हत्या हुन पुग्यो, नेपालका राजाले कु गरे, राजा त्रिभुवनले नेहरुको लिखित निर्देशनलाई शिरोधार्य गर्दै बीपीलाई प्रधानमन्त्री बनाउन तयार भएको भान बनाई मात्रिकालाई बनाए । मातृकाले भारतका सैनिकलाई नेपालका १८ स्थानमा क्याम्प गरी बस्न दिए । नेपालको मन्त्रिपरिषद् बैठकमा भारतीय राजदूतलाई उपस्थित गराई उनकै आशयअनुसार निर्णय लिने अभ्यास लामो समयसम्म गरिएको थियो । पटकपटक भएको नाकाबन्दीको नेपालका राजनीतिज्ञहरूले खुलेर विरोध गर्न सकेनन्, कालापानी लिम्पियाधुरा क्षेत्रमा लामो समयदेखि भारतीय सैनिक क्याम्पलाई निरन्तरता दिई सो क्षेत्रमाथि नेपालको अधिकार गुम्ने अवस्था सिर्जना गर्नु हालसम्म जारी भएका सवै संविधानमा नेपालको नक्सा नराखिएकोमा वर्तमान संविधान जारी हुँदा निसान छापमा नक्सा राखी लिम्पियाधुरा क्षेत्रमा नेपालको हक दाबी नरहेको स्वीकार गरी नक्सा छापिनु, भारतीय समर्थनमा नेपालमा अस्तव्यस्तता सिर्जना गरी १० वर्षसम्म द्वन्द्व आमन्त्रण गर्नु र यो द्वन्द्वरत पक्षले राष्ट्रियताको पक्षमा कुनै एजेन्डा तय गर्न नसक्नु, गोरखा भर्तीकेन्द्र २००७ मा खोल्नु, नेपाललाई अप्ठेरो पर्नेगरी नेपाल भारतमैत्री सम्झौता २०११ सालमा गर्नु, २०१६ सालमा गण्डक सम्झौता गर्नुका साथै डा. भट्टराईले गरेको बिपा सम्झौता, तत्कालीन समयको नेपाली कांग्रेसको सरकारले गरेको टनकपुर सम्झौता र यसलाई संसद्बाट पारित गर्न प्रतिपक्ष दलका माधव नेपाल र वर्तमान प्रधानमन्त्री ओली लागी पर्नु, यसबाट खर्बांै रकमप्रति वर्ष नेपाललाई प्राप्त हुने भनी मिथ्या प्रचारप्रसार ओली नेतृत्वमा गर्नु आदि यस्ता घटना हुन् जसले सुनियोजित हिसाबले नेपाललाई अप्ठेरोमा पार्दै भारतलाई बढी फाइदा पुगेको छ । यी सबै नेपालको राष्ट्रियताको विपक्षमा भए गरेका कार्य हुन् ।

नेपालमा आन्तरिक क्रियाकलापसमेत राष्ट्रियताका विपक्षमा हुँदै आएका छन् । देश र जनताका पक्षमा उल्लेखनीय कार्यहरू भएका छैनन् । सुशासनका आधार तहसनहस भएका छन्, नेपालमा भ्रष्टाचारलाई संस्थागत गराउने प्रयासमा प्रायः सबै राजनीतिज्ञहरू एकजुट भएका छन् । ठूला भ्रष्टाचारजन्य क्रियाकलाप नियन्त्रक निकायको कार्य क्षेत्रभन्दाबाहिर राखी ठूलाठूला भ्रष्टाचारका अपराधीलाई अभयदान प्रदान गरिएको छ । भ्रष्टाचारकै उल्लेख गर्नुपर्दा भाइरस सक्रमणले उग्ररूप लिइराखेको अवस्थामा स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको जस्ता लज्जास्पद घटना घटिरहँदा सरकारले जवाफदेहिता वहन गर्न सकिराखेको छैन । अब थोरै मात्र राष्ट्रियताका पक्षमा वर्तमान सरकार खडा हुने हो भने लिम्पियाधुराबाट भारतीय सेना शीघ्र हटाउन सबै रणनीतिको अवलम्बन गर्नुपर्छ । आफ्नो भूभागमा अधिकार स्थापित गर्न सक्नुपर्दछ तर सरकार नक्सा जारी गरेर यसैमा आफूलाई राष्ट्रवादीका रूपमा प्रस्तुत गर्दै आत्मरतिमा रमाउँदै गएको छ । यसका लागि अर्थपूर्ण प्रयास गर्ने सन्दर्भमा सरकार अघि बढ्ने पक्षमा देखिएको छैन । विभिन्न स्थानहरूमा भारतले अतिक्रमण गरिराखेको करिव ९६ हजार बिघा जमिन फर्काउने काम गर, खुला सिमाना व्यवस्थित गर्न सीमा सुरक्षा दल गठन गरी जवाफदेही बनाऊ, देशमा आर्थिक विकास गर्दै देशलाई समृद्धिको दिशामा अभिमुख गराउनु जरुरी भइराखेको छ । देशलाई स्वाबलम्वनको दिशामा अघि बढाई राष्ट्रभक्तिको स्पस्ट पहिचान देऊ तर आजसम्मको कार्यशैलीलाई नजिकवाट अध्ययन गर्दा यो अवस्थामा प्रस्तुत हुन सरकार तयार देखिँदैन । तसर्थ राष्ट्रियता वक्तव्यबाजी र सतही प्रचारप्रसारको विषयमा सीमित हुन पुगेको छ । यस अर्थमा नेपालमा राष्ट्रवादीको अन्वेषण गर्दा अपवादस्वरूप सीमित राजनीतिज्ञमा मात्र राष्ट्रियताको भावना प्रस्फुटन भएको पाइएको छ ।

(Visited 92 times, 3 visits today)
Loading comments...

आजको समाचार

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

साताका लोकप्रिय समाचार

गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं । लोकप्रिय गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८५ वर्षीय गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको हो...

सीपसँग टाढिँदै गएको शिक्षा

शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभता हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हँुदै आएको छ...

भारतमा कोरोना संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड, एकै दिन चार लाख १४ हजार संक्रमित

नयाँ दिल्ली । कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख १४ हजार नयाँ सङ्क्रमित फेला परेका छन् ।...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

बेहुला बेहुलीमा कोरोना संक्रमण देखिएपछि गाउँ सील गरेर परिक्षण

संखुवासभा । संखुवासभा मादी नगरपालिका –३ का बेहुला बेहुलीलाई कोरोना संक्रमण भएको छ । मादी –३ का २५ बर्षीय विरेन्द्र कुमार मण्डल र २०...

ट्रेन्डिङ

पर्यावरण संरक्षणकर्ता दिलिपको न्याय माग्दै सर्लाहीमा विरोध प्रदर्शन

सर्लाही । पर्यावरण अभियन्ता दिलिप महतोकोे न्यायको माग गर्दै पूर्वपश्चिम राजमार्गको लालबन्दीमा शनिवार प्रदर्शन गरिएको छ । चुरे तथा वनजंगल संरक्षण...

सलह किरा रुख र जमिनमा बसेर खान थाले

काठमाडौं । नेपालमा शनिबार बिहान भारतबाट सलह किरा नेपाल प्रवेश गरेको पुष्टि भएको छ । भारतसँग सीमाना जोडिएको प्रदेश २ का तीन जिल्ला बारा,...

दुर्घटनामा परी घाइते भएकी महिलाको मृत्यु

तुलसीपुर । मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी महिलाको मृत्यु भएको छ । बबई गाउँपालिका–१ निबासी ४८ बर्षकी पवि डाँगीको नेपालगंजको नर्सिङ होममा उपचारका क्रममा...

प्रदेशलाई सरुवासम्बन्धी थप अधिकार दिइँदै

काठमाडौं । संघीय सरकारले प्रदेश सरकारलाई सरुवासम्बन्धी थप अधिकार दिने गृहकार्य अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरिरहेको कर्मचारीको सरुवासम्बन्धी नयाँ...

लकडाउनमा के गर्दैछन् पोखरेली

पोखरा । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सम्भावित जोखिम कम गर्न सरकारले देशभर गरेको ‘लकडाउन’ को तेस्रो दिन पर्यटकीय नगरी पोखराका जनजीवन सुनसान बन्यो...

डडेल्धुरा सदरमुकाममा चहलपहल बढ्यो (फोटो फिचर)

डडेल्धुरा । जिल्ला सदरमुकाममा आर्थिक वर्षको अन्त्यतिर चहलपहल बढ्दै गएको छ । सरकारले फागुन ११ गतेदखि देश लकडाउन गरेसंगै सुनसान भएको डडेल्धुरा जिल्ला सदरमुकाममा...

रुपन्देही, बाँके र पाल्पामा १२ सङ्क्रमितको मृत्यु

रुपन्देही । रुपन्देही, बाँके र पाल्पामा गरी पछिल्लो २४ घण्टामा १२ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी छ कोरोना...

ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेकपा केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ । बैठक बिहान साढे ८ बजे भनिएको थियो...

सर्लाहीमा थपिए ७ जना कोरोना संक्रमित, संक्रमितको संख्या ५४२ पुग्यो

सर्लाही । सर्लाहीमा फेरी थप ७ जना नयाँ कोरोना संक्रमित बिरामीहरु थपिएको छ । आज शनिबार सबैभन्दा बढि कौडेना गाउँपालिकाका ५ र चक्रघट्टा गाउँपालिकाका...

बाढी पहिरोले ८८ हजार बढी हेक्टरमा कृषिबालीमा क्षति

काठमाडौं । यो हप्ता आएको बाढी पहिरोले ८७ हजारभन्दा बढी हेक्टर कृषिबालीमा क्षति गरेको छ । खासगरी बाढीपहिरोले नेपालको प्रमुख बालीका रूपमा रहेको धान...

तुलसीपुरमा जन्मेका हरेक छोरीले अब भत्ता पाउने

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्र जन्मिएका हरेक छोरीले अब भत्ता पाउने भएका छन् । छोरीहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना...

दश वर्षमा पनि बनेन पुल : आउजाउ गर्न डुंगाकै भर

उदयपुर । त्रियुगा नदिमा दश वर्षमा पनि पुल निर्माण हुन नसक्दा स्थानीयबासी नगरपालिकाको केन्द्र आउजाउ गर्न पनि डुंगामा जोखिम पुर्ण यात्रा गर्न बाध्य छन्...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)