Friday, June 18, 2021
Home विदेश भारतमा एकै दिन कोभिडबाट तीन हजार ४१७ को मृत्यु, तीन लाख ६८...

भारतमा एकै दिन कोभिडबाट तीन हजार ४१७ को मृत्यु, तीन लाख ६८ हजार संक्रमित

एजेन्सी,

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन हजार ४१७ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा तीन लाख ६८ हजार नयाँ संक्रमित भेटिएका छन् ।

यो सहित भारतमा कूल संक्रमितको संख्या एक करोड ९९ लाख पुगेको छ । गत शनिबार दैनिक संक्रमितको संख्या चार लाख नाघेको थियो तर आइतबार केही कमी आएको छ । भारतमा कोभिड संक्रमणबाट हालसम्म दुई लाख १८ हजार ९५९ जनाको ज्यान गएको छ ।

मन्त्रालयका अनुसार भारतमा अझै पनि ३४ लाखभन्दा बढी व्यक्ति सक्रिय संक्रमितको अवस्थामा छन् । गत २४ घण्टामा तीन लाख व्यक्ति संक्रमणमुक्त भएका छन् । यो सहित भारतमा कूल संक्रमितमध्ये १ करोड ६२ लाख संक्रमणमुक्त भएका छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार, भारतमा हालसम्म २९ करोड नमुना परीक्षण गरिएको छ । आइतबार मात्र भारतमा १५ लाख नमुना परीक्षण गरिएको छ । पछिल्ला दिनमा आक्रामक रुपमा कोभिड खोप अभियान सञ्चालन गरेको भारतमा हालसम्म १५ करोड ७२ लाखलाई खोप दिइएको छ । भारतमा कोभिडको दोस्रो लहरले पूरै देशमा संकटको अवस्था सिर्जना गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोनाभाइरस महामारीबाट विश्वभर कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ लाख १६ हजार नाघेको छ । कोभिडको संक्रमणबाट संयुक्तराज्य अमेरिकामा ५ लाख ९१ हजार, ब्राजिलमा ४ लाख ७ हजार, भारतमा २ लाख १८ हजार, मेक्सिकोमा २ लाख १७ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २१ हजार, रसियामा १ लाख १० हजार, फ्रान्समा एक लाखको मृत्यु भएको छ ।

(Visited 47 times, 1 visits today)
Loading comments...

आजको समाचार

पाँच मिनेटको फिल्मले २ लाख ५० हजार पुरस्कार पाउने

  काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता एनवाईएफ सर्ट...

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

साताका लोकप्रिय समाचार

बाँझाे जमिनमा तितेपाती खेती

  स्याङ्जा । धार्मिक र औषधीका रुपमा प्रयोग हुने तितेपाती व्यवसायीक रुपले स्याङ्जामा खेती गर्न शुरु गरिएको छ । खेतबारी लगायत जताततै त्यसै उम्रने तितेपातीको...

प्रेमपूर्वक व्यवहारले महामारी जित्छौं

ओशो अर्थात् रजनिशले भनेका छन्, ‘यदि तपाई प्रेममा हुनुहुन्छ भने, प्रेममै रहनुहोस् । किनभने,् तपाई एक महान् जिन्दगी बाँचिरहनुभएको छ । प्रेमले नै जिन्दगीलाई...

एमिकस क्युरीमा चार जनाको नाम सिफारिस

काठमाडौं । सर्वोच्च अदालत बारको बैठकले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रूपमा सिफारिस गरेको छ । मंगलबार बसेको...

पलेसाले पाराओलम्पिक खेल्ने पक्का

काठमाडौं । नेपाली पारातेक्वान्दो खेलाडी पलेसा गोवर्धनले टोकियो पाराओलम्पिक गेम्स २०२० खेल्ने पक्का भएको छ । नेपाल तेक्वान्दो संघले विज्ञप्ति जारी गर्दै पलेसाले वाइल्डकार्डमार्फत...

चलचित्रकर्मी झन् अन्योलमा

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरपछि चलचित्रकर्मी झनै अन्योलमा परेका छन् । निर्माण आधा भएका तथा निर्माण कार्य सम्पन्न भइसकेका नेपाली चलचित्र अब कहिले...

ट्रेन्डिङ

जसपा आजै सरकारमा जाने, मन्त्रालय र मन्त्रीको नाम पनि टुंगो लाग्यो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा रहेको समूहका पाँच जना नेता आज मन्त्री बन्ने निश्चित भएको स्रोतको दाबी छ...

धुवाँ जगाउदै रित्तो ग्यालिन बजाएर सलह धपाउँदै बैतडीका किसान

बैतडी । बैतडीका विभिन्न स्थानमा सलह किरा देखिएपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाका केही ठाउँमा हिजोदेखि सलह किरा देखिएपछि किसानहरु खेत खेतमा थाल,...

निगमको नाफा अघिल्लो वर्ष भन्दा ४ अर्ब १२ करोडले बढ्यो

काठमाडौं । कोभिड संक्रमणले विश्व अर्थतन्त्र नै तहस नहस नभएको जटिल अवस्थामा पनि नेपाल आयल निगम नाफा बढाउन सफल भएको छ । निगम अघिल्लो...

विश्वमा कोरोना भाइरस संक्रमित ८२ लाख ८४ हजार भन्दा बढी व्यक्ति संक्रमण मुक्त

जेनेभा स्वीट्जरल्याण्ड । विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३९ लाख ५२ हजार ४०६ जना व्यक्तिमा ८२ लाख ८४ हजार २८५ व्यक्ति संक्रमण...

निजी क्षेत्रको भूमिका किन कमजोर ?

काठमाडौं । विश्वभर फैलँदो क्रममा रहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले अनेक सुरक्षा अपनाए पनि मुलुकको महत्वपूर्ण मानिएको निजी क्षेत्रका विभिन्न संघसंस्थाले अझैसम्म यस्तो...

चार नारायणको मेला

हरेक वर्ष चार नारायणको मेला भर्न प्यम्ह नारांद्यः सीकः वनेगु भन्दै नोवरहरूले आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार कार्तिक शुक्ल एकादशी हरिबोधिनी एकादशीका दिन भक्तपुरका...

निर्देशिकाविपरीत स्टार र केएमसीलाई स्वाब संकलनको अख्तियारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै निर्देशिकाविपरीत निजी अस्पताललाई नमुना संकलन गरेर कोरोना परीक्षण गर्ने अख्तियार दिएको पाइएको छ । २८ असारमा बसेको बैठकले...

नारायणी नदीको सतहले खतराको विन्दु पार गर्यो

चितवन । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी...

२९ जनाको कोरोना परीक्षण गर्दा १५ जनामा संक्रमण

धनगढी । सोमबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना परिक्षण गरिएका २९ जना मध्ये १५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । परीक्षणमा धनगढीका ४...

देव महिला समाजद्धारा दुई सय परिवारलाई खाद्यान्न सामग्री सहयोग

काठमाडौं । मधेसी महिलाहरुको पहलमा गठन गरिएको समूह देव समाज देव महिला समाजले शनिबार दुई सय परिवारलाई खाद्यान्न सहित राहत सामग्री वितरण गरेको छ...

अग्रवालको ठगी धन्दा : भन्सार छलाएर २५ करोड कुम्ल्याउने प्रयास

काठमाडौं । संकटका बेला कोरोना संक्रमणबाट बच्न सरकारले चार्टर गरेर चीन पठाएको विमानमा सेटिङ मिलाएर आफ्नो व्यक्तिगत सामान ल्याउन सफल भएका शंकर ग्रुपका उपाध्यक्ष...

खाद्यान्न पसल समेत बन्द हुँदा दैनिक ज्याला मजदुरी गर्नेलाई समस्या

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा थप गरेको निषेधाज्ञामा अब खाद्यान्न पसल समेत बन्द गर्ने निर्णय गरेको छ । सरकारको सो निर्णयले ज्याला मुजदरी गरेर...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)