Tuesday, June 22, 2021
Home अर्थ उपभोक्ता चाहिने भन्दा बढी थुपार्ने, व्यापारी मुल्य बढाउने

उपभोक्ता चाहिने भन्दा बढी थुपार्ने, व्यापारी मुल्य बढाउने

कोरोना कहर : मर्कामा गरिखाने वर्ग

कौशिला कुँवर,

काठमाडौँ । कोरोनाको महामारीको दोस्रो लहर तीब्रगतिमा फैलिएर आम जनताको जीवन कष्टकर भएको बेला केही व्यापारीका लागि भने यहि महामारी कमाउने मेलो भएको छ ।

महामारीको समयमा केही व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मुल्य बढाएर उपभोक्ताबाट असुलि गरिरहेका छन् । खाने तेल, दाल,गेडागुडी, चिनी लगायतका वस्तुमा अस्वभाविक मुल्य बढाएर उपभोक्ताबाट असुल्ने काम गरेका छन् केही व्यापारीले । महामारीमा मनपरी मुल्य असुल्न थालेपछि सर्वसाधारण मर्कामा परेका छन् । खाद्य वस्तुको अस्वभाविक मुल्य बढ्दा दैनिक ज्याला मजदुरी गरेर गुजार गर्दै आएका सर्वसाधारण मर्कामा परेका छन् । महामारी नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेपछि रोजगारी गुमाएकाहरु सबै भन्दा संकटमा छन् ।

घट्टेकुलोमा बस्दै आएका ज्याला मजुरी गरी दैनिक जुगारा गर्ने विकास लामा महँगीले घरपरिवार धान्न मुस्किल परेको बताउँछन् । निषेधाज्ञा नहुँदा दैनिक ज्याला मजदुरी गरेर हजार १५ सय कमाउने लामा अहिले आम्दानी ठप्प भएको बताउछन् । ‘केही दिन अघि मात्र प्रतिकेजी ८० देखि ८५ रुपैयाँमा पाइने चिनी अहिले ९० देखि ९५ रुपैयाँ लिन थालेका छन् ।’ उनी भन्छन् ‘खाने तेलमा प्रतिलिटर १५ देखि २० रुपैयाँ सम्म बढी लिने गरेका छन् ।’ दाल र गडागुडीमा प्रतिकेजी ५ देखि १० रुपैयाँ बढाएको उनले बताए । ‘यस्तो महँगीमा हामी दैनिक ज्याला मजदुरी गरेर खानेले कसरी गुजारा गर्ने ?’ उनले प्रश्न गरे ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले थोक व्यापारीहरुको मिलेमतोमा दैनिक उपभोग्य वस्तुको मुल्य बढाएको बताए । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले गरेको निषेधाज्ञाको मौकापारी ठुला थोक व्यापारी र उत्पादनकहरुले बजारमा सामानको कृत्रिम आभाव सृजना गरी खाद्य वस्तुमा मुल्य बढाउने चलखेल गरेको उनको आरोप छ ।

‘लकडाउनमा सर्वसाधारणले मौज्दात राख्ने गरी खाद्यन्न किन्न थालेपछि ठुला थोक व्यापारी र उत्पादनकहरुले त्यसको फाइदा उठाउँदै मिलेमतोमा मूल्य बढाइयो ।’ उनले भने । ‘खाने तेल, चना, गेडागुडी र चिनीको होलसेल मूल्य बढेको छ ।’ होलसेलमा मूल्य बढेपछि खुद्रा व्यवसायीले पनि सोहीअनुसार मूल्यवृद्धि गरिरहेका छन् । निषेधाज्ञाको मौका छोपी भइरहेको मूल्यवृद्धिका विषयमा संघले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराइसकेको उनले बताए । पटक पटक बजारमा अस्वभाविक मुल्यबृद्धि भएकोबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै आएपनि सम्बन्धित निकायले नै ध्यान नदिएको उनको भनाई छ ।

थोक व्यवसायीहरुले मुल्य बढी मुल्य लिन थालेपछि साना खुद्रा पसललेहरुले बाध्य भएर उपभोक्ताबाट बढी मुल्य लिनु पर्छ । साना खुद्रा पसल गर्ने व्यापारीले एक दुई रुपैयाँ नाफा राखेर सामान विक्री गर्ने गरेका हुन्छन् । ‘तर ठुला थोक व्यापारीले खरिद गरेको विलविजन नदिइदा सरकारी निकायले अनुगमन गर्दा साना व्यवसायी नै फस्छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘थोक व्यवसायीले हामीलाई खरिद गरेको बिल दिन नमान्दा साना व्यापारीलाई समस्या भयो,‘ त्यसकारण सरकारी निकायले बजार अनुगमन गर्दा स्रोतमै अनुगमन गर्न पर्छ ।’ अध्यक्ष श्रेष्ठले भने ।

यी सामानमा मूल्य बढ्यो

अध्यक्ष श्रेष्ठका अनुसार लकडाउन अघि सम्म चिनी प्रतिकेजी ८० देखि ८५ पाउने अहिले ९० रुपैयाँ पुगेको छ । सुर्य मुखी खाने तेल प्रतिलिटर २ सय ४५ पर्ने २ सय ५५ रुपैयाँ पुगेको छ । भटमासको तेल २ सय ३० बाट २ सय ४५ रुपैयाँ पु¥याइएको छ । श्रेष्ठ भन्छन् ‘पुरानो स्टक भएका व्यवसायीले पुरानै मूल्यमा बिक्री गरे पनि अहिले पसलपिच्छे मूल्य फरक छ ।’ दाल गेडागुडीमा प्रतिकेजी ५ देखि १० रुपैयाँ सम्म बढाएको छ ।’

मुसुरो दाल १०७ बाट बढेर १२२ रुपैयाँ, मासको दाल १५५ बाट १६० रुपैयाँ र रहर दाल १५० बाट १६० रुपैयाँ पुगेको छ । चामलको मूल्य पनि प्रतिबोरा एक सय रुपैयाँ बढेको छ । ‘एक बोरा चामलको १५ सय पर्नेमा अहिले १६०० देखि १६५० रुपैयाँसम्म पर्छ ।’ उनले भने । अन्तर्राष्ट्रिय बजारको मुल्य र ढुवानी भाडा बढेको बाहाना बनाएर संकटकको अवस्थामा ठुला थोक व्यवसायीले दैनिक उपभोग्य वस्तु सर्वसाधारण उपभोक्तालाई मर्कामा परेको श्रेष्ठको भनाइ छ । अस्वभाविक मुल्य नियन्त्रण गर्न सरकारी निकायको प्रभावकारी बजार अनुगमन हुनुपर्ने उनले बताए ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले खाने तेलमा बढेको मुल्यका विषयका विभागले विभिन्न अध्यायन गरी रहेको बताए । महानिर्देशक पौडेलले भने,‘ विभागबाट दैनिक तीन टोलीले बजार अनुगमन गरी रहेको छ । खाने तेलको हकमा व्यवसायीले ढुवानी र अन्तर्राष्ट्रिय बजारमा मुल्य बढेको कारण देखाएका छन्, । तर, हामीले विभिन्न तेल उत्पादन हुने उद्योगबाट लागत मुल्य तर विक्री मुल्य के कति परेको छ तथ्यांक संकलन गरी अध्ययन गरी रहेका छौँ ।’ विभागको टोलीले चिनीको थोक बजारमा अनुगमन गर्दा प्रतिकेजी र ८१ रुपैयाँ र ८६ रुपैयाँ पाइएको उनले बताए ।

व्यापारीले संकटकै अवस्था पारेर बजारमा मुल्य बढाउने काम गरेका हुन्छन् भन्दै यस्ता अनुचित क्रियाकलापलाई रोक्न विभागको एक्लो जनशक्तिले मात्र अनुगमन गरेर नियन्त्रण गर्न नसकिने उनको भनाई छ । यसका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि विषेश परिस्थितीका लागि बजार अनुगमन गर्ने टोली खटाउनु पर्ने उनको भनाई छ । महानिर्देशक पौडेलले देशभरको बजारलाई सन्तुलित बनाउन हरेक स्थानीय तहले पनि बजार अनुगमन गर्नु पर्ने बताए । विभागसंग उपलब्ध भएको जनशक्ति अनुसार बजार अनुगमन गरी कारबाही गरी रहेको महानिर्देशक पौडेलले बताए ।

(Visited 406 times, 1 visits today)
Loading comments...

आजको समाचार

एमालेको दशौं महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने आदेशविरुद्ध सुनुवाइ हुँदै

कठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीका चार सांसदविरुद्ध गरेको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीशद्वय...

जैविक विविधतामा ध्यान देऊ

सर्वोच्च अदालतले जैविक विविधतामा ध्यान दिँदै सरकारले संरक्षित क्षेत्रमा जलविद्युत् निर्माण गर्न पाउनेगरी ल्याएको नयाँ निर्णय कार्यान्वय नगर्न नगराउन आदेश जारी गरेको छ ।...

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन...

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

साताका लोकप्रिय समाचार

भक्तपुर नगरले निःशुल्क वाइफाइ जडान गर्ने

काठमाडौं । भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न र कोभिडबाट प्रभावित पर्यटन व्यवसाय उकास्न चार महिनाको व्यवसाय कर छुट दिने भएको...

गुइडोद्वारा अर्जेन्टिनाको उद्दार

रियो दि जेनेरियो । कोपा अमेरिका फुटबल अन्तर्गत शनिबार बिहान सम्पन्न संघषपूर्ण खेलमा अर्जेन्टिना विजयी भयो । उसले उरुग्वेलाई १३ औं मिनेटमा ठोकेको गोल...

नारायणी नदी इतिहासकै उच्च विन्दुमा

भरतपुर । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो ।...

२७६८ जनामा काेराेना संक्रमण पुष्टि, ४४ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३...

युरोकपः पराजित वेल्स नकआउट चरणमा

लन्डन । युरोकपको समूह ए अन्तर्गतको अन्तिम चरणको छनोट खेलमा इटलीले वेल्सलाई १-० गोल अन्तरले पराजित गरेको छ । वेल्सलाई पराजित गर्दै इटली समूह चरणको...

ट्रेन्डिङ

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद गठन, पुराना सबै दाेहाेरिए (सूचीसहित)

काठमाडाैं  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र...

थप २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०९९ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस...

ओली एमाले फुटाएर जाँदै हुनुहुन्छ : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाएर जान लागेको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै...

सबै सच्चिन जरुरी

देशमा अहिले सबैभन्दा ठूलो चिन्ताको विषय राजनीतिमा देखिएको अस्थिरता र अन्योलता हुन गएको छ । नेपाली जनताले सुखदुःखका साथ आफ्नो जीवन निर्वाह गरिरहेकै छन्...

लिगअघि परीक्षण अनिवार्य

लन्डन । इंग्ल्यान्डको लिग म्यानेजर्स एसोसियसन (एलएमए) का प्रमुख कार्यकारी रिचार्ड वेभानले लिग पुनः सुरु गर्नुअघि सम्पूर्ण खेलाडीको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्नुपर्ने...

प्रदेश राजधानीको सडक बेहाल

बुटवल । बुटवलको मुख्य बजार क्षेत्र ट्राफिकचोकदेखि हस्पिटल लाइनसम्मको सडक खाल्डाखुल्डीले बेहाल भएको छ । वर्षायाममा पानीले परेका ठूला–ठूला खाल्डाखुल्डीले यो बाटो प्रयोग गर्ने...

नेपाली झण्डा बाेकेर लिपुलेक हिँडेका आठ जना पक्राउ

  दार्चुला । भारतद्वारा अतिक्रमित भूमि लिपुलेक जान हिँडेका नेत्रविक्रम चन्द समूहका आठ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका...

करेन्ट लागेर एक बालकको मृत्यु

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–१ खहरेमा करेन्ट लागे एक बालकाको मृत्यु भएको छ । विजुलीको पोलबाट खानेपानीको पाईपमा बाँधेको फलामको तार चुडिँदा करेन्ट लागेर...

सुपथ मुल्य पसल : घ्युदेखी खसीसम्म छुटमा पाइन्छ

काठमाडौँ । सरकारले मुलुकभर दशैतिहार र छठ पर्वलाई लक्षित गरि सुपथ मुल्य पसल सञ्चालनमा गरेको छ । सरकारले चाड पर्वमा आम उपभोक्तालाई राहत दिन...

बाढी पहिराका कारण तनहुँमा १५६ घरपरिवार विस्थापित

तनहुँ । बाढी पहिराका कारण तनहुँमा एकसय ५६ घरपरिवार विस्थापित भएका छन् । घर भत्किएका र उच्च जोखिममा रहेका घरपरिवार विस्थापित भएका हुन् ।...

‘बी’ डिभिजनबारे छलफल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोना महामारीका कारण रोकिएको शहीद स्मारक ‘बी’ डिभिजन लिग फागुन दोस्रो सातादेखि गराउने तयारी थालेको छ ।...

सप्तरीमा माछा मार्ने क्रममा दुई पक्षबीच झडप, एक महिलाको मृत्यु

राजविराज । दुई पक्षबीच सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा उत्पन्न विवादले उग्ररुप लिएपछि भएको झडपमा सप्तरीको बोदेबर्साइनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)