Sunday, June 13, 2021
Home प्रदेश प्रदेश ७ सुदूरपश्चिममा एकैदिन १२ जना कोरोना संक्रमितको मृत्यु

सुदूरपश्चिममा एकैदिन १२ जना कोरोना संक्रमितको मृत्यु

दीपक ओली,

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका ५ जना, कञ्चनपुरका ४ जना, बझाङका २ जना र डडेल्धुराका १ जना रहेका छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका–१ का ३८ वर्षीय पुरुष र १० की ३५ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । उनीहरुको सोमबार बिहान मृत्यु भएको हो ।

कोरोना पुस्टि भएका उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

यस्तै धनगढी उपमहानरपालिका–२ का ४३ वर्षीय संक्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको छ ।

यसैगरी उपमहानगरपालिका–५ की ६० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले बताए । उनको पनि सोमबार बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको सूचना अधिकारी जोशीले बताए ।

त्यस्तै कैलालीको गोदावरी नगरपालिका–१ का ३० वर्षीय युवकको पनि सोमबार मृत्यु भएको सूचना अधिकारी जोशीले बताए ।

उता कञ्चनपुरका पनि थप ४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१३ की ७४ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको हो ।

यस्तै भीमदत्त नगरपालिका–३ का ९२ वर्षीय वृद्धको पनि सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको छ भने भीमदत्त नगरपालिका–१९ का ३७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार बिहान २ बजे उनलाई महाकाली अस्पताल पुगाइएका उनको मृत्यु भएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले बताए ।

यसैगरी भिमदत्त नगरपालिका–७ का ६२ वर्षीय पुरुषको सेती अस्पतालमा मृत्यु भएको थियो । त्यस्तै बझाङमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–३ की ५५ वर्षीया महिलाका ज्यान गएको हो । जिल्ला अस्पताल बझाङमा उपचाररत उनको मृत्यु भएको डा. मिलन खड्काले बताए ।

यस्तै तल्कोट गाँउपालिका–१ की एक संक्रमितको पनि मृत्यु भएको छ । कोरोना संक्रमण पुस्टि भएपछि घर जाने क्रममा बीच बाटोमा नै उनको गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उता डडेल्धुराका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको आलिताल गाउँपालिका–६ की २५ वर्षीया युवतीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

(Visited 58 times, 1 visits today)
Loading comments...

आजको समाचार

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

साताका लोकप्रिय समाचार

डेढ अर्ब फाइदामा नेपाल वायुसेवा निगम

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डेढ अर्ब फाइदा हुने भएको छ । निगमले गरेको हवाई इन्धन मूल्य...

४४७२ जनामा काेराेना संक्रमण पुष्टि, ९२ जनाकाे मृत्यु

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या...

पूर्वमहालेखा परीक्षक अधिकारीको निधन

 काठमाडाैं । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ । निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी...

मन्त्री पद खुस्किएपछि सुटकेस बोकेर मोटरसाइकलमा बाहिरिए जितेन्द्र सोनल

  जनकपुरधाम । प्रदेश २ को भौतिक पूर्वाधारमन्त्री पदबाट बर्खास्त जितेन्द्र सोनल एउटा सुटकेश लिएर मोटरसाइकलमा मन्त्री निवासबाट बाहिरएका छन् । सोनलले आज विहानै कर्मचारी...

मुसहर बालकको हाइड्रोसिलको उपचार निशुल्क गरे डा. झाले

  सर्लाही । मुसहर बालकको निशुल्क उपचार गरेका डा गुणेश्वर झा अहिले सर्लाहीमा प्रसंसाको पात्र बनेका छन् । स्तुति सौम्या हेल्थ केयर मलंगवाका संचालक झाले...

ट्रेन्डिङ

इतिहासकै खराब टिभी बहसमा ट्रम्प र बिडेन

न्यूयोर्क । अमेरिकी राष्ट्रपतिका दुई उम्मेदवार पहिला प्रत्यक्ष बहस ‘चर्काचर्की’ का बीच टुंगिएको छ । नोभेम्बरमा हुन लागेको चुनावमा दोस्रो कार्यकालका लागि चुनाव लड्दै...

बागलुङमा थप ११ जनालाई कोरोना संक्रमण पुष्टि

बागलुङ । बागलुङमा थप ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको...

चीनको सीमामा तनाब बढेपछि भारतले बोलायो गोर्खा सैनिक

काठमाडौं । भारत र चीन सीमामा ४५ वर्षपछि पहिलोपटक दुई देशका सैनिकबीचको दोहोरो भिडन्तमा मानवीय क्षति भएको छ । सोमबार राति भएको दुई पक्षबीचको...

स्वास्थ्य प्रोटोकल कायम गरेर होटल खुलाउन सकिन्छ : पर्यटनमन्त्री

काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटल तथा एयरलाईन्स खुलाउन आवश्यक पूर्व तयारी गर्नुपर्ने बताएका छन्...

प्रधानमन्त्रीलाई अदुवा, लसुन र बेसार उपहार

सप्तरी, राजविराज । कोरोना भाईरस महामारी रोकथाम तथा नियन्त्रणमा ध्यान नदिई सरकार भ्रष्टाचारमा लिप्त रहेको तथा हावादारी कुरा गर्ने गरेको भन्दै सप्तरीका विभिन्न संघ...

संवादहीनता तोडिएसँगै भारत नेपालसँग सम्बन्ध सुधार गर्ने पक्षमा

काठमाडौं । भारत नेपालसँग पछिल्लो समय बिग्रिएको सम्बन्धलाई सुधार गर्ने पक्षमा देखिएको छ । दुई देशका प्रधानमन्त्रीको टेलिफोन वार्तापछि तोडिएको संवादहीनता अब सम्बन्ध सुधारको...

कार्की र शाही एआईजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआईजीद्वय प्रद्युम्न कार्की र निरज शाहीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले...

अधिकांश प्रयोगशालाबाट हुनै छाड्यो कोरोना परीक्षण

काठमाडौं । देशभर रहेका अधिकांश प्रयोगशालाबाट कोरोना परीक्षण हुनै छाडेको छ । कोरोना भाइरस परीक्षण गर्न तोकिएका ८३ प्रयोगशालामध्ये पछिल्लो २४ घण्टामा ३८ प्रयोगशालाबाट...

इलाममा कन्ट्याक ट्रेसिङमा परेका ४ जनामा देखियो कोरोना संक्रमण

इलाम । इलामको सन्दकपुर गाउँपालिकाको चार जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । एक जना जनप्रतिनिधि सहित तीन जना हाइड्रो पावरको कर्मचारीमा कोरोनाको संक्रमण...

ज्ञानेन्द्रसँग लडेर आएका हौं, सेनाका गाडी सडकमा गुडाएर नतर्साए हुन्छ : पुन

काठमाडौँ । नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ ले लडेर आएका आफूहरु सेना र प्रहरीका बन्दुकसँग नडराउने चेतावनी दिएका छन् । संवैधानिक...

चलचित्र ‘बा’ बनाउँदै एभरेस्ट सूर्य बोहरा

काठमाडौं । निर्माता निर्देशक एभरेस्ट सूर्य बोहोराले भदौबाट सुरु गर्ने भनिएको नयाँ फिल्मको छायांकन तीन महिनापछि सारेका छन् । उनले कोरोनाको अवस्था सामान्य हुनासाथ...

एउटा गुमनाम कलाकार

भक्तबहादुर शाही दैलेख दक्षिण गुराँस गाउँपालिका–४ गाईबान्नाका भीमबहादुर शाही भारतीय लाहुरेको अवकाश जीवन प्रकृतिसँग बिताइरहेका छन् । सडक खन्दा जंगलमा खेर गइरहेका काठका हाँगा–जरामा मूर्ति...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)