Friday, September 24, 2021
Your Ads Here
HomeEditor-Picksकोरोना संक्रमणबाट बच्ने उपाय यस्ता छन्

कोरोना संक्रमणबाट बच्ने उपाय यस्ता छन्

एक मिनेट उमालेको चाउचाउले मानिसको आयुको एक महिना लुट्न सक्छ

पूर्णप्रसाद मिश्र,
sharethis

काठमाडौं । कोरोना भाइरस जस्ता संक्रमणबाट बच्न जीवनशैली प्राकृतिक बनाउनुपर्ने विज्ञको जोड छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल सांस्कृतिक पत्रकार समाजद्वारा सोमबार ‘भर्चुअल’ माध्यमबाट आयोजित ‘महामारीमा तनाव व्यवस्थापन, योग, ध्यान र आयुर्वेदबाट समाधान’ विषयक प्रवचन कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय योग र प्राकृतिक चिकित्सा विषय समिति अध्यक्ष डा. हरिप्रसाद पोखरेलले ‘अप्राकृतिक जीवनशैलीकै कारण विश्वभर कोभिड–१९ जस्ता रोग बढेको’ दाबी गरे ।

कोभिड दोस्रो लहरपछि अरू पनि यस्तै रोग आउने भएकाले प्राकृतिक जीवनशैलीमै फर्किएर समाधान निकाल्न सकिने उनको सुझाव छ । उनका अनुसार नेपालीको भान्सा संस्कृति पहिलेदेखि वैज्ञानिक रहेकामा आधुनिकताका नाममा पछिल्लो समय केही संस्कार बिर्सन थालेकाले पनि मानिसमा रोग बढ्न थालेको छ ।

चिनी दिनमा पाँच ग्रामभन्दा बढी खाए बारुदको रूप लिन्छ

चाउचाउ, चिजबल, बिस्कुटजस्ता ‘फास्ट फुड फास्ट डेथ’का कारण

खैरो चामलमा मुटु रक्षा गर्ने तत्व छ, भिटामिन बी १२ पाइन्छ

बेसार, अदुवा, आलस, सिलाम, तिलजस्ता ९० देखि १०० औषधीजन्य बीज सूक्ष्म पोषक तत्वयुक्त चीजबीज फेरि भान्सामा फर्काउनुपर्नेमा पोखरेलले जोड दिए । सुत्केरीलाई खुवाउने बत्तीसा मसला भने अहिले पनि उपयोग भइरहेको छ ।

‘वैदिक कृषि प्रणालीलाई पनि ५० वर्षअघिदेखि हटाएर उत्पादन बढाउने नाममा रासायनिक मल घित्र्यायौं, एक लिटर दूध दिने गाईलाई तीन लिटर दूध दिने बनायौं,’ डा. पोखरलले भने, ‘यसैबाट रासायनिक विषादी आएर मानिसलाई रोगी बनाउन थाल्यो, यसैले अब जैविकसमेत भनिने वैदिक कृषि प्रणालीमा फर्कन जरुरी छ ।’

उनका अनुसार जिराका गेडा पिनेर महिनौं त्यही धुलो प्रयोग गर्ने, पहिले स्वस्थकर मिठाईका रूपमा सेल रोटी प्रयोग हुने गरेको थियो । तरकारी पकाउँदा मेथी, खुर्सानी, लसुनजस्ता चीज डढाउनाले समेत रोग निम्त्याउने गरेको पोखरेको भनाइ छ ।

सेल रोटी थोरै गुलियो र तेलमा बन्न सक्थ्यो त्यसलाई छाडेर धेरै गुलियो र चिल्लो प्रयोग हुने मिठाईका पछि लाग्दा समेत रोग बढ्न थालेकाले सचेत हुन उनले आह्वान गरे । पहिले नेपाली मिठाईका रूपमा प्रयोग हुने खीरको प्रचलनसमेत घट्न थालेको उनको आँकलन छ ।

तयारी भोजन मृत्युको तयारी

चाउचाउ, चिजबल, बिस्कुटजस्ता ‘फास्ट फुड फास्ट डेथ’का कारण बनेको पोखरेलले ठोकुवा गरे । चिनी दिनमा पाँच ग्रामभन्दा बढी खाए बारुदको रूप लिने वैज्ञानिकले नै भन्न थालेकाले यसतर्फ सचेत हुनुपर्ने उनको जोड छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कपनमा ढलमा खसेर बालक बेपत्ता

एक मिनेट उमालेको चाउचाउले मानिसको आयुको एक महिना लुट्न सक्ने भएकाले सचेत हुन उनी सुझाव दिन्छन् । चाउचाउको विकल्पमा परम्परागत नुडल्स प्रयोग गर्न सकिने उनको आग्रह छ । यस्ता नुडल्स चोकटबाट बन्ने हुनाले स्वास्थ्य राम्रो हुने उनी बताउँछन् ।

डा. पोखरेलका अनुसार स्मार्ट मोबाइलबाट टिकटक बनाएर पोस्ट गर्नेले स्वास्थ्य ठीकठाक राख्न उपयोग नगर्ने भएकाले पनि जीवनमा समस्या आउने गरेको छ । ‘टेबुलमा बसेर काम गर्नेका लागि दैनिक तीन ग्राम नुन भए पुग्छ,’ उनी भन्छन्, ‘श्रम गर्नेका लागि दैनिक पाँच ग्रामसम्म नुन चाहिने भए पनि बढी प्रयोग गरेर स्वास्थ्यमा खराबी आएकामा उपयोगकर्ता नै सजग हुन सकेका छैनन् ।’

एक पाउ आटामा जति पोषक तत्व पाइन्छ, डेढ किलो मैदामा पनि त्यो तत्व नपाइनेमा पनि सजग हुनुपर्ने पोखरेल औंल्याउछन् । ‘खैरो चामलमा मुटु रक्षा गर्ने तत्व छ, भिटामिन बी १२ पाइन्छ,’ उनले भने, ‘खैरो खुर्केर पशुको दानामा मिसाएर हामी सेतो चामल प्रयोग गरिरहेका छौं, यसो गर्नु गलत हो ।’

हाल, ‘मानिसको मन चलेको छ, शरीर चल्दैन’ भन्दै पोखरेलले ‘मन नचलेर शरीर चले स्वस्थ भइने’ सूत्र पनि सुनाए । ‘पहिले नहिँडी काम चल्दैन थियो, बिहानी हिँडाइ थिएन,’ उनले थपे, ‘नब्बे वर्ष पुग्दा स्वस्थ जीवन हुन्थ्यो गाउँमा, कुटो र कोदाली, उकाली र ओराली नै लामो जीवनयापन गर्ने मुख्य सूत्र भएको छ ।’ अहिलेका मानिस २० मिनेटको बाटोका लागि ४० मिनेट ट्याम्पो कुरेर बस्ने प्रवृत्ति रहेको उनी बताउँछन् ।

शरीरको व्यायामका लागि योगासान, श्वासप्रश्वासका लागि प्राणायाम र मनको व्यायामका लागि ध्यान गरे स्वस्थ एवं दीर्घ जीवनयापन गर्न सकिने भएकाले नियमिततामा ध्यान दिनुपर्ने पोखरेलको भनाइ छ । योगासन, प्राणायाम र ध्यान संस्कार नेपालीले बिर्सेको सयौं वर्ष भइसकेको उनले बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कपनमा ढलमा खसेर बालक बेपत्ता

रोग प्रतिरोधक क्षमता बढाउन अंकुरित गरिएका खाद्यपदार्थ खाने, दही, मोही, खाने भए बिहान खाने बेलुकी नखाने, पानी परेका दिन दही, मोही नखाने, बिहान, बेलुका मन तातो पानीले नुहाउने, बाहिर गई आएपछि कपडा बदल्नेजस्ता जीवनशैली अपनाउनुपर्ने प्राकृतिक चिकित्सक पोखरेलको सुझाव छ । कोरोना तीव्र गतिमा बढाउन चुरोट र रक्सी बढी माध्यम बनेकाले संकल्प गरेर छाड्न पनि उनले सुझाव दिए । रासस

तपाइको प्रतिक्रिया

(Visited 343 times, 1 visits today)

आजको समाचार

सन्दिपको ओडिआई बरियतामा सुधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनल सन्दिप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको ओडिआई बरियतामा माथि उक्लिएका छन् । सन्दिप नयाँ ओडिआई बरियताको...

‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’...

अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने जसपाको अडान

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राजनीतिक दल विभाजन सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने अडान राखेको...

मतभेदभन्दा मनभेद जोखिम

जीवहरूमध्ये मानिस विशिष्ट प्राणी हो । मानिसको मस्तिष्कअन्य प्राणीको तुलनामा निकै विकसित छ । उसले औपचारिक, अनौपचारिक एवं अनियमित शिक्षाबाट ज्ञान प्राप्त गर्छ ।...

मासु पसलेको हत्या आशंकामा दुई जना प्रहरी नियन्त्रणमा

बैतडी । बैतडीको सुर्नया गाउँपालिका ४ स्थित शनसेरी माण्डौँका ब्यापारी मृत्यु प्रकरणमा २ जना पक्राउ परेका छन् । सुर्नया ४ लेकडाँडा निवासी ५६ बर्षका...

साताका लोकप्रिय समाचार

एकै दिन १५ अर्ब खर्च

काठमाडौं । विभिन्न मुलुकबाट नेपाल भित्रिने विविध वस्तुहरूको आयात बढेसँगै राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । सरकारले दुई महिनाको अवधिमा करिब डेढ खर्ब...

राष्ट्रिय स्वार्थमा समर्पित नेतृत्वको अपेक्षा !

वर्तमान नेपाली राजनीतिमा सत्ता चलायमानको स्थिति नहुँदा विकासको मार्ग र मानवीय संवेदनामा ठूलो क्षति भइरहेको छ । नेपाली राजनीति विगतबाटै प्रतिरोध र प्रतिशोध साँध्ने...

भरतमणी पाैडेललाई कमेडी च्याम्पियनको उपाधी

  काठमाडौं । कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणाी पाैडेलले जितेका छन् । फष्ट रनरअपको उपाधी विक्की अग्रवालले पाए भने सेकेण्ड रनरको उपाधी सन्तोष थापाले...

रोजिनाको मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम भएन

  काठमाडौं । मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । आइतबार बिहान सात...

यी लक्षण देखिएमा हुन सक्छ अल्जाइमर्स

  न्युयोर्क । अल्जाइमर्स एउटा स्नायूप्रणालीको अनौठो रोग हो, जसले व्यक्तिको स्मरण शक्ति, उसले देखाउने व्यवहार र गतिविधिमा असर गर्छ । प्रायः ६० वर्षमाथिका मानिसमा...

ट्रेन्डिङ

केपी ओलीको ठाडो आदेशमा झाँक्री पक्राउ : प्रचण्ड

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् । पेरिसडाँडामा बिहीवार आयोजित कार्यक्रममा...

उपत्यकामा ‘कोभिड–१९’ परीक्षण गराउने बढे

काठमाडौं । काठमाडौँ उपत्यकामा विदेशबाट फर्किएपछि दुई साता क्वारेन्टाइन बसेर ढुक्क भएका व्यक्ति गत सोमबार ‘सनसिटी अर्पाटमेन्ट’ मा सङ्क्रमित भेटिएपछि आफूमा पनि सङ्क्रमण छ...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)