Tuesday, May 11, 2021
Home भर्खरै राष्ट्रपति र प्रधानमन्त्रीको पद अस्वीकार गरेकाे व्यक्ति हुँ पदकाे लाेभ छैन :...

राष्ट्रपति र प्रधानमन्त्रीको पद अस्वीकार गरेकाे व्यक्ति हुँ पदकाे लाेभ छैन : अमिक शेरचन

राजधानी समाचारदाता,

काठमाडाैं । गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले राष्ट्रपति र प्रधानमन्त्रीको पदका लागि प्रस्ताव आउँदा पनि अस्वीकार गरेको बताएका छन् ।

मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । प्रेस विज्ञप्ती जारी गर्दै उनले भनेका छन्, “पदमुक्त भएकोमा अत्यन्तै खुसी छु । मुरी मुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई । पहिला ओलीजी र पुनः प्रचण्डजीमार्फत ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भै स्वीकारेको पद हो यो ।’

अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनुभएकोमा पनि धन्यबाद भन्दै उनले अाफले पदको लागि राजनीति नगरेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल, क.यज्ञदेव आले, क.निर्मल आले र क.मोहन विक्रम सिंहजस्ता शीर्षस्थ नेताहरुको निकटमा रहेर सक्रिय राजनीतिक संर्घषमा आफ्नो जीवन समर्पित गरेकाे भन्दै पदका लागि कुनै प्रकारको बार्गेनिङ नगरेकाे जनाएका छन् ।

उनले जारी गरेकाे विज्ञप्ती यस्ताे छ :

प्रेस वक्तव्य
आदरणीय पत्रकार साथीहरु :

प्रदेश प्रमुखको पद ग्रहण गरेको आज १८ महिना २ दिन पुगेछ । यसबीचमा मलाई साथी सम्झेर माया गर्ने सबैप्रति आभार प्रकट गर्दछु । कार्यालयका कर्मचारी सुरक्षामा कार्यरत सबै जवान र सचिवालयका सबै साथीहरुबाट सहयोग र सम्मान पायौँ । यहाँहरुप्रति आभार व्यक्त गर्दछौँ ।

पदमुक्त भएकोमा अत्यन्तै खुसी छु । मुरी मुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई । पहिला ओलीजी र पुनः प्रचण्डजीमार्फत ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भै स्वीकारेको पद हो यो । अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनुभएकोमा पनि धन्यबाद ।

म पदको लागि राजनीति गरेको व्यक्ति होइन । पूर्वराष्ट्रपति डा. रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिको लागि मलाई प्रस्ताव आयो । मैले अस्वीकार गरेँ । त्यस्तै ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि ठाडै इन्कार गरेको व्यक्ती हुँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल, क.यज्ञदेव आले, क.निर्मल आले र क.मोहन विक्रम सिंहजस्ता शीर्षस्थ नेताहरुको निकटमा रहेर सक्रिय राजनीतिक संर्घषमा आफ्नो जीवन समर्पित गरेँ । पदका लागि कुनै प्रकारको बार्गेनिङ गरिन ।

सन्त नेता क.मनमोहन अधिकारीको निधनपछि एमाले पार्टीको अध्यक्ष पदमा आउन प्रस्ताव गर्दा पनि मैले स्वीकार गरिन । पद र सत्ताको लागि असंवैधानिक पद्धति र अपाच्य दृष्यहरु थोपार्ने पद जोगाउने व्यक्ति म होइन । न त पदकै लागि वैचारिक आस्था बम्बैको कोठीमा बिक्री गर्ने व्यक्ती हुँ । म माक्सवाद, लेनिनवाद र माओ विचारधारामा अटल विश्वास राख्ने एक निष्ठावान पहरेदार नागरिक हुँ । श्रमजीवी सर्वहाराजीवीको इमान्दार साथी हुँ र वर्ग संघर्षमा जीवन समर्पित गर्ने योद्वा कार्यकर्ता पनि हुँ ।

राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि बारम्बार हस्तक्षेप र अतिकरण गर्ने भारतीय विस्तारवाद र साम्राज्यवादविरुद्वको संघर्षहरु पञ्चायत कालदेखि गणतन्त्रकालसम्म राष्ट्रघाती र असमान सन्धि सम्झौताविरुद्धको संघर्षहरुमा मैले कुनै प्रकारका षडयन्त्र र गद्धारी गरेको छैन । न त अर्बौं कमिशन र भ्रष्टाचारमा डुबेको छु । बरु म मन्त्री हुँदा घुस खुवाउन खोज्ने डीजीलाई पदबाट बर्खास्त गरेको ज्युँदो उदाहरण छ मसँग । भ्रष्टाचार र कमिशनहरुको खेलमा दंगदंगी बनाउने आरोप लाग्दा पनि भ्रष्टाचार शून्यमा झार्छु भन्ने ढोँगी व्यक्ति पनि होइन म बरु वैदेशिक हस्तक्षेप सन्धि सम्झौता र भ्रष्टाचारविरुद्धका संघर्षहरुमा चार वर्षजति जेलयातना र हजारौंपटक गिरफ्तार र हिरासतमा थुनिएको व्यक्ति हुँ । संघर्षको दौरानमा तत्कालीन सरकारको तानाशाही दमनबाट मेरो खुट्टा हात करङ र ढाड फुटेको छ भने गर्धन दुई टुक्रा हुँदा र पटक पटक कैयौं दिनसम्म बेहोस हुँदा पनि वैचारिक आस्थामा विचलन नभएको व्यक्ति हुँ, स्मरण रहोस् कमरेड मदन भण्डारीको सुनियोजित हत्याकोविरुद्ध संयुक्त आन्दोलन गर्दा प्रहरी दमनबाट मेरो गर्धन दुई टुक्रा भयो भने सत्र दिनपछि होसमा आएको थिएँ ।

आज देश कोभिडबाट आतंकित र आक्रान्त बनेको छ । दैनिक मृत्युदर बढिरहेको छ, यस्तो अवस्थामा सम्पूर्ण राजनीतिक दलहरुको साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जिउ धनको रक्षा गर्नुपर्ने अहम् बेलामा पार्टी पार्टी बीचको फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुबाइएको छ ।

एकपटक सबैले निधार खुम्च्याएर सोचौं, दैनिक सयौंको खुन बगिरहेको अवस्थाबाट घोर निरंकुश प्रतिगमनका विरुद्धका संघर्षमा तात्कालीन आन्दोलनकारी पार्टीहरुको बीचको सहकार्य र समझदारीबाटै सामन्तवादी सत्ताको अन्त्य र गणतन्त्र स्थापना गर्न सफल हुन सकेको हो ।

यस पदमा आएपछि मैले संवैधानिक मर्यादालाई पूर्णपालना गरेको थिए । कुनै पनि पार्टी विशेषको प्रभाव र छायामा काम गरिन । सरकारले जे प्रस्ताव ल्यायो त्यसलाई संवैधानिक नियमअनुसार निर्णय गर्ने गरेर माननीय सांसदहरुबाट जे जे प्रस्ताव आए त्यसलाई पनि संवैधानिक नियम बमोजिम नै निर्णयतार्थ सम्पादन गरेको थिएँ । यसबाट कसैको लागि अप्रिय भएको भए त्यो संविधान हेरेर चित्त बुझाउन अनुरोध गर्दछु । अन्तमा: लोकतन्त्र संघीयता धरापमा नपरोस् यसका लागि पक्षधरताहरु बीचको सहकार्य र एकतामा अघि बढौँ मेरो हार्दिक अपिल छ ।

अमिक शेरचन 

(Visited 54 times, 1 visits today)
Loading comments...

आजको समाचार

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

साताका लोकप्रिय समाचार

बाँकेमा थप चार सङ्क्रमितको मृत्यु

बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट बिहीबार थप चार जनाको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, कोहलपुरस्थित शिक्षण अस्पतालमा एक र...

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ । नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा...

माधव नेपाल समुहका सांसदले राजीनामा नदिने

काठमाडाैं । नेकपा एमालेको माधवकुमार नेपाल- झलनाथ खनाल समुहले सामुहिक राजीनामा नदिने भएका छन् । सरकारलाई विश्वासको मतका लागि दिउसो हुने मतदानमा अनुपस्थित हुने निर्णय...

सुन चोरीपैठारी गरी २ अर्ब ५२ करोड ७७ लाख राजस्व छल्नेविरुद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले २ अर्ब ५२ करोड ७७ लाख ९६ हजार ८८ रुपैयाँ राजस्व चुहावट गर्ने विभिन्न फर्मका सञ्चालक तथा व्यक्तिविरुद्ध मुद्दा...

ट्रेन्डिङ

त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा

काठमाडौं । परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन...

‘चैतसम्म विद्यालयको शिक्षक दरबन्दी पु-याइने’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयमा यही चैतभित्रमा अपुग शिक्षक दरबन्दी पु-याइने बताए । जनविकास माध्यमिक विद्यालयको ४१औँ वार्षिकोत्सव कार्यक्रममा...

धर्मको आवरणभित्र अपराध

संविधानतः हाम्रो मुलुक धर्मनिरपेक्ष राज्य हो । यसैले कानुनी रूपमा यहाँ कुनै खास धर्मलाई मात्र विशेष मान्यता तथा संरक्षण नदिई सबै धर्मलाई समान ठानिन्छ...

प्रदेशसभा सदस्य भट्टलाई कोरोना संक्रमण

बैतडी । बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशसभा सदस्य भट्टलाई...

क्युङ गाउँमा सकियो खाद्यान्न, पाँच परिवार भोकै

धादिङ । विकट उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ क्युङ गाउँमा सरकारले कोभिड –१९ को महामारीबाट बचाउन गरेको लकडाउनपछि ज्याला गरेर परिवार पाल्ने...

चार रुपैयाँमा चिउरा तरकारी, स्कुलले सिकाउछ हलो जोत्न

तनहुँ । व्यास नगरपालिका–१२ भड्खालास्थित मत्स्यकन्या आधारभूत विद्यालयमा अध्ययनरत शिक्षक तथा विद्यार्थीले दिउँसोको खाजा चार रुपैयाँमा खाँदै आएका छन् । ‘हम हाउस’ नामक एक जापनिज...

बामदेवको विज्ञप्ती : नेपाल-भारत खुला सिमा बन्द गरौं, दशगजामा पाँच मिटर अग्लो पर्खाल लगाऔं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले नेपाल र भारतबीच सदियौंदेखि रहँदै आएको खुला सीमा बन्द गर्नुपर्ने बताएका छन् । उनले दुई...

निजामती सेवा विधेयक प्रतिगामी भएको आरोप

काठमाडौ । कर्मचारी सम्वन्धी विभिन्न ट्रेड युनियनहरुले संसदको राज्यव्यवस्था तथा सुशासन समितिबाट सोमबार पारित भएको संघीय निजामती सेवा विधेयकको मस्यौदा प्रतिगामी र आम कर्मचारीको...

वकिलले अन्तरिम आदेश मागे, प्रधानन्यायाधीशले हाँसेर टारे

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरूको प्रारम्भिक सुनुवाइ गरी सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले...

२२ औँ बुढासुब्बा गोल्डकप : मछिन्द्रको शानदार जीत

इटहरी । धरानमाजारी २२ औँ बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको मंगलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा एसएफसी कोलकाता र शहीद स्मारक ए डिभिजन...

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा चारको मृत्यु, आठ घाईते

बिमला पाण्डे, सिन्धुली । मंगलबार साँझ सदरमुकाम सिन्धुलीमाढीबाट कमलामाई नगरपालिका–७ बाँसकटेरीतर्फ जाँदै गरेको बोलेरो कमलामाई नगरपालिका वडा नंं. ७ को करमडाँडामा जीप दुर्घटना भएको...

गायक कमल खत्रीको ‘याद’

काठमाडौं । गायक कमल खत्रीको स्वरमा रहेको ‘याद’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द युवा गीतकार सुदीप लम्सालको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)