Sunday, June 13, 2021
Home Editor-Picks बिल गेट्स दम्पत्तीले सम्बन्ध विच्छेद गर्ने, पारिवारिक गोप्यता भने कायम राख्ने सहमति

बिल गेट्स दम्पत्तीले सम्बन्ध विच्छेद गर्ने, पारिवारिक गोप्यता भने कायम राख्ने सहमति

एजेन्सी,

सिएटल, संयुक्त राज्य अमेरिका ।  विश्वका धनी व्यक्ति बिल गेट्स र उहाँकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद् गर्नुभएको छ ।

संसारको सबैभन्दा ठूलो परोपकारी कोष, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन,का सञ्चालक जोडी गेट्सले सन् १९९४ मा हवाईको एउटा टापुमा विवाह गरी जोडेको सम्बन्ध २७ वर्षपछि बिच्छेद् गर्ने निर्णय भएको छ ।

उहाँहरूले ट्वीटरमार्फत् सार्वजनिक गरेको एउटा संयुक्त विज्ञप्तिमा यस कुराको जानकारी दिनुभएको हो । “विगत २७ वर्षमा हामीले तीन अद्भुत सन्तानहरू हुर्काएका छौँ र संसारभरिका मानिसहरूलाई स्वास्थ्य र उत्पादनशील जीवन बाँच्न सक्षम तुल्याउने एउटा कोष बनाएका छौँ । हामी हाम्रो उद्देश्यमा एकै ठाउँमा छौँ र उक्त कोषमा मिलेर काम गर्नेछौँ । तर जीवनको अबको चरणमा जोडीका रूपमा आफ्नो प्रगति हुन नसक्ने हाम्रो विश्वास छ,” विज्ञप्तिमा भनिएको छ ।

यद्यपि उहाँहरू ‘बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन’ लाई भने मिलेर सञ्चालन गर्ने जनाउनुभएको छ । उक्त जोडीले नयाँ जीवनमा अघि बढ्न लाग्दा आफ्नो परिवारको गोपनीयतालाई कायम राख्ने सहमति भउको बताइएको छ । फोक्र्सका अनुसार बिल गेट्स विश्वकै चौथो धनी व्यक्ति हुनुहुन्छ । उहाँकोे सम्पत्ति १२४ अर्ब डलर रहेको छ ।

उहाँ माइक्रोसफ्टका भूतपूर्व सहसंस्थापक तथा पूर्वअध्यक्ष पनि हुनुहुन्छ । उक्त जोडीले ‘लामो सोचविचारपछि विवाह अन्त्य गर्ने निर्णय गरेको’ सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेको छ ।

सन् १९८० को दशकमा मेलिन्डा बिलको फर्ममा एक कर्मचारीको रूपमा काम गर्ने शिलशिलामा उहाँहरूको भेट भएको थियो । मेलिन्डा प्रडक्ट म्यानेजरको रूपमा सन् १९८७ मा माइक्रोसफ्टमा आबद्ध हुनुभएको थियो ।

तीन सन्तानका अविभावक बनिसकेका उहाँहरूको निर्णयलाई अनपेक्षित मानिएको छ । उहाँहरूले सञ्चालन गरेको परोपकारी संस्थाले सङ्क्रमक रोगको नियन्त्रण र बालबालिकाको खोपलाई प्रोत्साहन गर्ने जस्ता कामका लागि अर्बौँ डलर खर्च गर्दै आएको छ ।

(Visited 106 times, 1 visits today)
Loading comments...

आजको समाचार

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

साताका लोकप्रिय समाचार

मुसहर बालकको हाइड्रोसिलको उपचार निशुल्क गरे डा. झाले

  सर्लाही । मुसहर बालकको निशुल्क उपचार गरेका डा गुणेश्वर झा अहिले सर्लाहीमा प्रसंसाको पात्र बनेका छन् । स्तुति सौम्या हेल्थ केयर मलंगवाका संचालक झाले...

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त, पाएनन् विश्वासकाे मत

पोखरा । संसदको विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले स्वतः पदमुक्त भएका छन् । मुख्यमन्त्री गुरुङले बिहीबार प्रदेशसभासमक्ष राखेको विश्वासको मत प्राप्त...

खेतमा खनेको पोखरीमा डुबेर पाँच बालबालिकाको मृत्यु

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनियाको लक्ष्मीपुरमा ५ जना बालिकाको डुबेर मृत्यु भएको छ । स्थानीय हुलास यादवको खेतमा खनेको पोखरीमा डुबेर बालिकाको मृत्यु भएको...

खोप लगाउँदा तत्कालै गाँजा उपहार

वासिंगटन । कोरोना भाइरसविरुद्धको सबैभन्दा भरपर्दो उपचार मानिएको खोपका लागि विश्वका विभिन्न देशले पहल गरिरहेका बेला अमेरिकामा भने युवाहरुलाई आकर्षित गर्न एउटा विशेष प्रकारको...

ट्रेन्डिङ

महाशिवरात्रिलाई भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाइने

काठमाडौं । यस वर्षको महाशिवरात्रि नेपाल भ्रमण वर्ष २०२० सँग जोडेर भव्य रूपमा मनाउन तयारी शुरु भएको छ । महाशिवरात्रि मनाउन यसपटक संस्कृति, पर्यटन...

सपना रोक्का बीबीसी–१०० प्रेरणदायी महिलाको सूचीमा

काठमाडौं । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीको विश्वका एक सय प्रभावकारी तथा प्रेरणादायी महिलाको सूचीमा नेपालकी सपना रोका मगर परेकी छिन् । जीवन कठिन परिस्थिति...

खोलामा करेन्ट लगाई माछा मार्ने ९ जना प्रहरी नियन्त्रणमा

तनहुँ । अबैध रुपमा खोलामा करेन्ट लगाई माछा मार्नेहरु प्रहरी नियन्त्रणमा परेका छन्। जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं. ४ सानोडुम्रे स्थित चुँदीखोलामा अबैध रुपमा...

मिलानसँग युभेन्टस स्तब्ध

टुरिन । शीर्षस्थानमा रहेको युभेन्टस इटालियन सिरी ‘ए’मा एसी मिलानसँग स्तब्ध बनेको छ । युभेन्टसले २ गोलको अग्रता जोगाउन नसक्दा घरेलु टोली एसी मिलानसँग...

विकास निर्माण कार्य जारी राख

कोरोना भाइरस संक्रमणका कारण जारी लामो लकडाउनका कारण विकास निर्माणका कार्र्यसमेत अवरुद्ध हुन थालेका छन् । कोरोना भाइरस संक्रमणका कारण मुलुकको विकास निर्माणका कार्य...

निर्वाचनमा जाने कुरा जनमतविरुद्ध होइनः महेश बस्नेत

राँझा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले संसद् विघटन गरेर निर्वाचनमा जाने कुरा जनमतविरुद्ध नभएको बताएका छन् । प्रेस सङ्गठन...

नेपाल–ओमान साहित्य र प्रकृति

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र मनमोहक पर्यटकीय गन्तव्यका बारेमा...

काठमाडौं महानगरपालिकाको १० वटा वडाबाट अनलाइनमार्फत राजश्व संकलन

काठमाडौं । विभिन्न १० वटा वडाबाट काठमाडौं महानगरले राजस्व निर्धारण तथा संकलन कार्य अनलाइन प्रणालीमार्फत थालेको छ । सेवा प्रवाह प्रभावकारी र सुशासन कायम...

डि लेग्ट तीन महिना मैदानबाहिर

टुरिन । इटालियन च्याम्पियन युभेन्ट्सका डिफेन्डर म्याथ्थिस डि लेग्ट तीन महिना मैदानबाहिर रहने भएका छन् । दाहिने कुमको सफल शल्यक्रियापछि डि लेग्ट कम्तीमा पनि...

हिरोलाई फिल्मबाट निकाल्दा २० करोड घाटा

मुम्बई । बलिउड फिल्म निर्माता करण जौहरले एउटा सनकको निर्णयमा २० करोड रुपैयाँ घाटा सहनु परेको छ । उनले आफ्नो कम्पनी धर्मा प्रोडक्सनको ब्यानरमा...

प्रधानमन्त्री ओलीलाई बहिनी कौशल्याको हातको टिको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट टीका लगाए । उनले सोमबार बिहान ११ बजेर ३७ मिनेटको शुभसाइतमा भाइटीका लगाएका हुन्...

लोकतन्त्र दिवसको सार्थकता

तत्कालीन राजाको निरंकुश शासन अन्त्य भएर लोकतन्त्र स्थापना भएको १४ वर्ष बितिसकेको छ । यस अवधिमा मुलुकले धेरै आरोहअवरोह पार गरेको छ । राजसंस्था...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)