Tuesday, June 22, 2021
Home प्रदेश हामी एमाले हुनै सक्दैनौं : कुन्दन कुशवहा

हामी एमाले हुनै सक्दैनौं : कुन्दन कुशवहा

राजधानी समाचारदाता,

काठमाडौं । निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहाले आफू नेपाल कम्युनिष्ट पार्टी (एमाले) नभएको बताएका छन् ।

आज संचारकर्मीहरुसंग कुरा गर्दै निवर्तमान प्रदेससभा सदस्य कुशवाहाले पार्टी एकताबाट अग्रगमनको दिशामा अघि बढ़ने भएकोले अदालतको बहानामा पछाड़ीको बाटोमा जान नसकिने बताए । एमाले वा माओवादीको नाममा अगाडी बढनु भनेको पश्चागमन भएको उनको भनाइ छ ।

नेता कुशवाहाले पार्टीको वैचारिक, राजनीतिक दिशा अदालतको फैसलाले नभई पार्टी आफैले तय गर्ने बताए । सर्वोच्च अदालतको गत २३ फागुनमा आएको फैसला अनुसार एमाले र माओवादी केन्द्र पुर्ववत अवस्थामा फर्किए पनि नेता कुशवाहाले पछाडि नहटिकन कम्युनिष्ट पार्टी एकता प्रक्रियाबाट अगाड़ी बढ़नुपर्ने बताए ।

कम्युनिष्ट पार्टीको नाममा विभिन्न समुहमा विभाजित भएर कम्युनिष्ट आन्दोलनको जगेर्ना गर्न नसकिने बताउँदै उनले कम्युनिष्ट पार्टीहरुका बीचमा एकता हुनुको विकल्प नभएको बताए । देश र जनताको विकासका लागि अहिले बलियो कम्युनिष्ट पार्टीका साथै कम्युनिष्ट पार्टी नेतृत्वको सरकार तीनै तहमा हुनुपर्ने उनको भनाई छ ।

“नेपालको कम्युनिष्ट आन्दोलनको उपलब्धिलाई जोगाउँन हामीले एमाले र माओवादी केन्द्रको राम्रा कुरालाई समेटेर नेकपाको गठन गर्यौँ । आज पुनः एमाले वा माओवादीकै नाममा अगाडी बढनु भनेको पश्चगमन हो । दिनलाई रात बनाउँन सकिदैन् । हामी एमाले वा माओवादी हुनै सक्दैनौं ।” नेता कुशवाहाले भने, “हामी कम्युनिष्ट भएकाले उल्टो बाटो हिडनै सक्दैनौं । अग्रगमनको बाटोमा अगाडी बढनुको बिकल्प नै छैन ।’

नेकपा पार्टीमा रहेर झण्डै तीन बर्षको यात्रा गरिसकेकाले फेरी उही एमाले वा उही माओवादी केन्द्रमै फर्किनु भनेको उल्टो बाटो हिडनु रहेको बताउँदै उनले अहिलेको आवश्यकता कम्युनिष्ट पार्टीका बीचमा बलियो एकता गर्दै कम्युनिष्ट पार्टी नेतृत्वको सरकार निर्माण गर्नु रहेको बताए ।

एमाले र माओवादी केन्द्रले बोक्दै आएको छुटाछुटै विचार, सिद्धान्त छोडेर नेकपाको विचार, सिद्धान्तलाई आत्मसाथ गर्ने सके फेरी पनि कम्युनिष्ट पार्टीका बीचमा एकता सम्भव रहेको उनले बताए । शीर्ष नेताहरुले आ–आफ्नो कमजोरी स्वीकार गरेर आत्मालोचना गर्दै नेकपाको विचार बोकेर अगाडी बढनुपर्ने उनको सुझाव छ ।

“इतिहास बनिसकेको एमाले र माओवादी केन्द्रलाई फेरी बोकेर कम्युनिष्ट आन्दोलनको उपलब्धिलाई जोगाउन सकिदैन् । इतिहासबाट हामीले पाठ सिक्दै अगाडी बढनुपर्ने हो । उही पार्टीको नाममा पछाडी फर्किने यात्रा हामीले गर्नै सक्दैनौं ।” नेता कुशवाहाले थपे, “सबैले आफ्नो सिमित व्यक्तिगत स्वार्थ छोडेर सामुहिक स्वार्थ पुर्तिका लागि जुटनुपर्छ । बलियो कम्युनिष्ट पार्टी बनाउन हामी एकीकृत हुनुको विकल्प छैन् ।”

अहिले विभिन्न ध्रुवमा विभाजित कम्युनिष्टहरुका कारण मुलुक र जनताले समेत नोक्सानी व्यहोर्नुपरेको दुखेसो उनले व्यक्त गरे । राष्ट्र र राष्ट्रियता जोगाउँदै जनताको चाहना अनुसार आर्थिक समृद्धि र विकासका लागि अग्रगामी लक्ष्यसहित विभिन्न कम्युनिष्ट घटकहरु बीच एकीकरण हुनैपर्नेमा उनको जोड छ ।

(Visited 296 times, 1 visits today)
Loading comments...

आजको समाचार

स्थानीय जातका गाईको गहुँत र लसुन, प्याज खाँदा कालो ढुसीबाट बच्न सकिने

  काठमाडाैं ।   स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिले बताएका छन् ।...

अर्जेन्टिनासँग पाराग्वे पराजित

लन्डन । कोपा अमेरिका अन्तरगत मंगलबार विहान २ वटा खेल सम्पन्न भएका छन् । दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाइ १–० गोल अन्तरले हराएको छ ।...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

प्रतिनिधिसभा निर्वाचनमा नौ अर्ब लाग्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर...

कर्णालीका सांसद बर्खास्तविरुद्ध जारी अन्तरिम आदेश खारेज गर्ने ओलीको माग अस्वीकार

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वोच्चले अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले फ्लोर...

साताका लोकप्रिय समाचार

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

अर्जेन्टिनासँग पाराग्वे पराजित

लन्डन । कोपा अमेरिका अन्तरगत मंगलबार विहान २ वटा खेल सम्पन्न भएका छन् । दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाइ १–० गोल अन्तरले हराएको छ ।...

सिक्लेस हाइड्रोमा ३० करोडको क्षति

पोखरा । अविरल वर्षाका कारण कास्कीको मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रालिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत् आयोजनामा ३० करोड रुपैयाँ बढीको क्षति पुगेको...

मेकअप नगर्दा पनि राम्री देखिन्छिन् मिलन नेवार (फोटोफिचर)

  काठमाडौं । यदि कोरोना संक्रमणको महामारी नहुँदो हो त मिलन नेवार कुनै विदेशी मुलुकको स्टेजमा आफ्नो सुमधुर स्वर मार्फत दर्शकलाई मनोरञ्जन दिइरहेकी हुन्थिन् । तीज...

जैविक विविधतामा ध्यान देऊ

सर्वोच्च अदालतले जैविक विविधतामा ध्यान दिँदै सरकारले संरक्षित क्षेत्रमा जलविद्युत् निर्माण गर्न पाउनेगरी ल्याएको नयाँ निर्णय कार्यान्वय नगर्न नगराउन आदेश जारी गरेको छ ।...

ट्रेन्डिङ

कृषिमा लकडाउनको सकस

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १५ लाखभन्दा बढी पुगिसकेको छ भने मृतकको संख्या ९० हजारभन्दा बढी नाघिसकेको छ । यसले विश्वमा नै जनसहित...

डा.केसीको समर्थनमा चिकित्सक संघ

वीरगन्ज । सुरक्षाकर्मीले डा. गोविन्द केसीमाथि दुव्र्यवहार गरेको भन्दै वीरगन्जका चिकित्सकहरु आन्दोलित भएका छन् । उनले उठाएका जायज माग प्रति कोरोनाको हटस्पट वीरगन्जका डाक्टरहरुले...

सेयर बजारमा नयाँ उत्साह

काठमाडौं । सेयर बजारमा देखिएको उत्साह बुधबार पनि जारी छ । सेयर खरिदबिक्री रकमसँगै नेप्से सूचकमा दोहोरो अंकले बढेको छ । नेप्सेले १८ सय...

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

याङ्गुन । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा छ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ...

मकवानपुरमा ज्वाइँद्वारा सासूको हत्या

हेटौँडा । मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले...

गण्डकी प्रदेशमा १७ सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या चार हजार तीन जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी...

जोखिम व्यवस्थापनमा खटिएका सुरक्षा निकायका प्रमुखसहित १७ जना संक्रमित

सप्तरी, राजविराज । कोरोनाको जोखिम व्यवस्थापनमा खटिएका कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिकै पदाधिकारीसहित १७ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीवार गजेन्द्र नारायण सिंह अस्पतालको...

कर्णालीका सांसद बर्खास्तविरुद्ध जारी अन्तरिम आदेश खारेज गर्ने ओलीको माग अस्वीकार

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वोच्चले अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले फ्लोर...

काठमाडाैंमा पाँच ठाउँमा सुपथ मूल्य पसल सञ्चालन हुने

काठमाडाैं ।  दशैँंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी...

खेम गुरुङको लोकगीत ‘घर त गलकोट’ सार्वजनिक

काठमाडौं । कलाकार खेम गुरुङको लोकगीत घर त गलकोट सार्वजनिक भएको छ । सानै उमेरदेखि लोक दोहोरी क्षेत्रमा रुचि राख्ने र विभिन्न प्रतियोगितामा समेत...

मैनालीलाई अखिल क्रान्तिकारी प्रवक्ताको जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृसंगठन अखिल (क्रान्तिकारी) को प्रवक्ताको जिम्मेवारी उपमहासचिव जीपी मैनालीलाई दिने निर्णय भएको छ । अखिल (क्रान्तिकारी) को...

चार खेल पत्रकार सम्मानित

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकारद्वय ध्रुवकुमार तुलाधर र रोशनसिंह राउतसँगै चार जना खेल पत्रकारसहित १० जना पत्रकारलाई सम्मानित...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)