Sunday, June 13, 2021
Home Breaking News बुटवल उपमहानगरमा अक्सिजन बैंक स्थापना

बुटवल उपमहानगरमा अक्सिजन बैंक स्थापना

आइसोलेशनमा आवश्यकता अनुसार अक्सिजन पु-याइने

राजधानी समाचारदाता,

बुटवल । बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरेर निशुल्क अक्सिजन सेवा सुरुआत गरेको छ । उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई स्वासप्रश्वासमा समस्या भएका तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अस्किजन लिएर पुग्नेछ ।

मंगलबार एक संक्षिप्त कार्यक्रमका बीच प्रमुख शिवराज सुवेदीले अक्सिजन सेवा बैंकको शुभारम्भ गरेका छन् । उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिण्ड, सिलिण्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तम्तयारी अवस्थामा राखिएको र आइसोलेशनबाट सूचना आउँदा साथ परिचालन हुनेगरि व्यवस्था मिलाइएको प्रमुख सुवेदीले जानकारी दिए ।

कोरोना संक्रमितको मनोबल बढाउन आयुर्वेद औषधि बोकेर जनप्रतिनिधि आफै घर–घरमै पुगिरहेका बेलामा अहिले अक्सिजनको माग बढेपछि स्वास्थ्यकर्मीसहितको टोलीले सिलिन्डर पु-याउने गरि नयाँ व्यवस्था गरिएको छ । एम्बुलेन्स, पहिलो चरणमा एक सय थान सिलिण्डर, अक्सिजन बोक्ने गाडी, स्वास्थ्यकर्मी बोक्ने गाडी तयारी अवस्थामा राखिएको छ ।
बुटवलका अस्पतालमा आइसियु बेड अभाव भई संक्रमितको ज्यान गएका खबर निरन्तर आउन थालेपछि उपमहानगरले मुलुकमै नौलो कामको थालनी गरेको हो । कोरोनाको दोस्रो लहरमा संक्रमितलाई आइसियु बेड चाहिने र अक्सिजन थेरापीको खाँचो परेको छ । अक्सिजनसहितको आइसीयू बेड अभावकका कारण बुटवलमा कतिपय संक्रमितको ज्यान गएपछि उपमहानगरले अक्सिजन अभावमा ज्यान जानुपर्ने बाध्यतामा रहेकालाई लक्षित गरेर मुलुकमै नौलो कार्यक्रमको सुरुआत गरेको छ ।

कोरोना संक्रमितको मनोबल बढाउन आयुर्वेद औषधि बोकेर जनप्रतिनिधि आफै घर–घरमै पुगिरहेका बेलामा अहिले अक्सिजनको माग बढेपछि स्वास्थ्यकर्मीसहितको टोलीले सिलिन्डर पु-याउने गरि नयाँ व्यवस्था गरिएको छ

होम आइसोलेसनमा रहेकाहरूको परीक्षण, नियमित स्वास्थ्य निगरानी, योग र आयुर्वेद ओखती वितरण, एम्बुलेन्स तयारी अवस्थामा राखेको र लक्षित समुदायका लागि अक्सिजनको समेत व्यवस्था मिलाइएको छ । नगरका दीर्घ रोगीको विवरण संकलन गरेर घरमै अत्यावश्यक औषधी घरमै पु-याइरहेको छ ।

होम आइसोलेसनमा बसेका संक्रमितलाई तत्कालै अक्सिजन मात्रै भए पनि स्वास्थ्य अवस्था नबिग्रने देखिएपछि अक्सिजनको व्यवस्था गर्न लागिएको नगर प्रमुख सुवेदीको भनाइ छ । आवश्यक प्रक्रिया पूरा गरेर अक्सिजन उपलब्ध गराउने र स्वास्थ्यकर्मीलाई समेत घरमै पठाइने छ । उपमहानगरको स्वास्थ्य तथा जनसंख्या महाशाखामार्फत स्वास्थ्यकर्मी, प्राविधिकलाई अक्सिजन उत्पादकसमक्ष छलफल गर्न, अक्सिजन सिलिण्डर संकलन गर्न, रिफिल गर्न उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा उपसमिति गठन गरेर अक्सिजन बैंक स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो ।

सोही कार्यदलको सहकार्यमा अक्सिजन बैंक शुभारम्भ गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले जानकारी दिए । उक्त कार्यदलमा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, औषधि व्यवसायी संघका सुरज भट्टराई, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, लायन्स क्लब एरिया ४ का सन्दीप कसौधनलगायत छन ।
अक्सिजन उत्पादक कम्पनी र कोरोना उपचारका लागि स्थापना भएका अस्पतालसँग प्राविधिक विषयमा छलफल भएको र अक्सिजन उपलव्ध गराउने समुदायका लागि मापदण्डसमेत बनाइएको संयोजक एवम् उपप्रमुख आचार्यले बताइन । जनस्वास्थ्यको क्षेत्रमा उपमहानगर जिम्मेवार रहँदै आएको बताउँदै उपलब्ध रहेका साधन स्रोतको अभावमा कसैको पनि अकालमा ज्यान नजाओस् भनेर थप संवेदनशील बनेको उनले बताइन ।

आयुर्वेद बोकेर संक्रमितको घरदैलोमा

कोरोना संक्रमित भएकालाई हौसला बढाउन प्रमुख,उपप्रमुखसहितको टोली यस वर्ष पनि घरदैलोमा गएको छ । होम आइसोलेसनमा बसेकाहरुका लागि भिटामिन बी,सी,डी र ई, अमला र गिलोयोको चूर्ण, जीङ्ग ट्याब्लेट, पेन्टाप्राजोल टेबलेट र सिटामोल सहितका औषधीसहितको पोको बोकेर जनप्रतिनिधिहरु यस वर्षपनि संक्रमितको घरघरमा पुगेका छन् ।

उपमहानगरका प्रमुख सुवेदी, उपप्रमुख आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी तथा सम्बन्धित वडाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीसहितको टोलीले संक्रमितको घरघरमा पुगेर हौसला बढाउने काम गरेका छन् । आयुर्वेद ओखती र जडिबुटी सहित स्वास्थ्यलाभको पत्र बोकेर उनीहरू घरघरमा पुगेको स्वास्थ्य शाखाका प्रमुख उमा थापाले बताउनुभयो । बुटवलले मुलुकमै पहिलोपटक कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकालाई घरमै गएर भेट्ने कार्यक्रम सुरु गरेको थियो । महामारी नियन्त्रणमा बुटवलमा भएका नमुना काम मध्येको यो पनि एउटा हो । बुटवलले यहाँ डायलासिस गराउने जुनसुकै विरामीका लागि पनि निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै, सहयोगापेक्षी सडकमानवलाई तत्कालै उद्दार गरेर आश्रममा राख्ने, परीक्षण गर्नेसम्मका उदाहरणीय काम गर्दै आएको छ ।

होम आइसोलेशनमा मापदण्ड पूरा गर्न आग्रह

कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरुलाई स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाउन उपमहानगरले आग्रह गरेको छ । होम आइसोलेशनमा बसेकाहरुले सम्बन्धित टोल विकास संस्था वा वडाका जनप्रतिनिधिलाई नाम टिपाउन उपमहानगरले अपील गरेको छ । संक्रमितका लागि घरदैलोमा पुग्नेदेखि अक्सिजन सिलिण्डरसहितका एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउन सहज हुने भएकाले नाम र अवस्था टिपाउन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए ।

कन्ट्रयाक ट्रेसिङ र लक्षण देखिए निशुल्क परीक्षण

उपमहानगरपालिकाले संक्रमितको परिवार तथा समुदायमा कन्ट्रयाक ट्रेसिङ गर्ने र लक्षण देखिए निशुल्क परीक्षणको समेत व्यवस्था मिलाएको छ । १९ वटै वडा, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा र उपमहानगरको स्वास्थ्य शाखामा सूचना दिएपछि उनीहरुको स्वाब संकलन गरेर परीक्षण गरिने छ । संक्रमितहरुका लागि सवारी साधनको आवश्यक परेमा होल्डिङ सेन्टरसम्म र आइसोलेशनदेखि आपतकालिन सेवा प्रदान गर्ने स्थलसम्म पु-याउन सवारी साधनको समेत व्यवस्था मिलाइएको प्रवक्ता रेग्मीले बताए । यी सबै कामका लागि फोलक पर्सनसमेत तोकिएको छ ।

(Visited 62 times, 1 visits today)
Loading comments...

आजको समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणबाट आमाकाे मृत्यु भएको चार दिनपछि छोराको मृत्यु

  उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ७ बेल्टार बजारमा कोभिड १९ को संक्रमणबाट ४ दिनको अन्तरालमा आमा छोराको मृत्यु भएको छ । बेल्टार बजारको प्रतिष्ठित...

भोलिबाट युरोकप फुटबल सुरु

काठमाडौं । यस वर्षको युरोकप फुटबल प्रतियोगिता भोलि शुक्रबारबाट सुरु हुँदैछ । भोलि जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न शहरमा युरोकप खेलिंदै...

नमस्ते सामुदायिक प्रतिष्ठान १९ वर्षमा प्रवेश

  काठमाडौँ । मानव सेवामा समर्पित पोखराको चर्चित नमस्ते सामुदायिक प्रतिष्ठान १९ वर्षमा प्रवेश गरेको छ । समाजका विभिन्न क्षेत्रमा काम गर्दै आएको यो संस्था...

कांग्रेस महाधिवेशन आउँदो भदौमै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गर्दै सोहीअनुसार दत्तचित्त भई...

रुकुम पूर्वमा आर्युवेद स्वास्थ्य केन्द्रको सेवा सुरु

  रुकुम । रुकुम पूर्वमा आर्युवेद स्वास्थ्य केन्द्रको सेवा सुरु भएको छ । रुकुम जिल्ला छुट्टीएको ६ वर्षपछि पूर्वी रुकुममा पहिलोपटक आर्युवेद स्वास्थ्य केन्द्रको सुरुवात...

ट्रेन्डिङ

आर्थिक विकासमा कृषि र पशुपालनको महत्व

दूध, मासु, अन्डा, उन, श्रम आदिका लागि जनावरहरूलाई घरमा पाल्ने कामलाई पशुपालन भनिन्छ । पशुपालन जनावर वा पशुपक्षी पाल्ने पेसा हो । नेपालमा गाई,...

हथौडा प्रहार गरी बृद्धको हत्या

रौतहट, २८ माघ । रौतहटको दुर्गा भगवती गाउँपालीकामा एकजना बृद्धको हथौडा प्रहार गरी हत्या गरिएको छ । सो गाउपालिकाको वडा नं. ३,...

थप ३ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेका छन् । आज शनिबार ३ जनामा संक्रमण भएको पुष्टि भएको हो । योसँगै नेपालमा...

माग्नोमा ठूला क्लबको चासो

लन्डन । पाँचपटकको विश्व विजेता दक्षिण अमेरिकी राष्ट्र ब्राजिलको नयाँ प्रतिभाका रूपमा हेरिएको ब्राजिली युवा प्रतिभा टालेस माग्नो अनुबन्धका लागि युरोपका चर्चित क्लबहरूले चासो...

दलहरुलाई राष्ट्रपतिको बधाइ 

काठमाडौं ।  नयाँ नक्सा संसदबाट अभूतपूर्व रष्ट्रिय एकताका साथ पारित गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बधाई दिएकी छन् । राष्ट्रपति भण्डारीले बुधबार अपराहन्न संसदमा रहेका...

देशभरका अदालतलाई सर्वोच्चको चौबीस बुँदे निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले लकडाउनको अवधिभर जिल्ला र उच्च अदालतहरुमा मुद्दा प्रवाह व्यवस्थापन गर्न चौबीस बँुदे निर्देशन जारी गरेको छ । सर्वोच्च अदालतका मुख्य...

विश्वकप र एशिया छनोटको खेल तालिका सार्वजनिक

काठमाडौं । एसियन फुटबल महासंघ (एएफसी) ले फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरणका बाँकी खेलको समय तालिका सार्वजनिक गरेको छ ।...

रञ्जन रिहा प्रकरण : न्याय प्रशासनमा गम्भीर प्रश्न

काठमाडौं । पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद काटिरहेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालाई सर्वोच्चले साढे ११ वर्ष कैद सजाय छुट हुने गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

घरेलु मदिरामा रोक लगाऊ

घरेलु मदिरा सेवनले सर्वसाधरण जनतामा निकै ठूलो क्षति पु¥याउँदै आएको छ । पछिल्लो चरणमा धनुषामा यसको ठू्लो नकारात्मक असर देखापरेको छ । घरेलु मदिरा...

अमेरिकाले पत्ता लगायो कोरोना भाइरसविरुद्धको औषधि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस संक्रमणविरुद्ध प्रभावकारी औषधि पत्ता लगाएको दाबी गरेका छन् । कोरोना टास्क फोर्सको नियमित पत्रकार सम्मेलनमा...

बालुवाटार जग्गा प्रकरणमा मुछिए प्रदेश २ का दुई सचिव

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा दर्ता गरेको काठमाडौँको ललिता निवास जग्गा प्रकरण सम्बन्धी भ्रष्टाचार मुद्दामा प्रदेश २ का दुई जना...

जोखेर खसी बोका बेच्दा करिब २ करोड ३१ लाख रकम फाइदा

रौतहट । हिजो आज रौतहटका किसानहरु हचुवामा भन्दा जोखेर खसी बोका बेच्न थालेका छन् । जोखेर खसी बोका बेच्दा किसानलाई फाइदा हुन थालेपछि किसानहरुले...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)