Tuesday, June 22, 2021
Home Breaking News वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को...

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

राजधानी समाचारदाता,

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको सङ्ख्या छ पुगेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए ।

भण्डारीको मङ्गलबार बेलुका जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि पञ्चेश्वर–६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो भने जिप चालक तेजबहादुर बोहराको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । शव जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।

पञ्चेश्वर–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव बोकेर जिल्ला अस्पताल आउँदै गरेको से १ ज १८३ नंको जिप मङ्गलबार दिउँसो पौने ३ बजे पञ्चेश्वर–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै दुर्घटना भएको हो । सोमबार राति चट्याङ लागेर मृत्यु भएका वडा सदस्य भण्डारीको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जिप दुर्घटनामा परेको हो । जिपमा मृतक वडा सदस्यको शवसहित ११ जना रहेका थिए ।

दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । तीस वर्षीय हरिसिंह भण्डारी, २८ वर्षीय मदनसिंह भण्डारी र २४ वर्षीय दिलीपसिंह भण्डारीलाई उपचारका लागि धनगढीस्थित नवजीवन अस्पतालमा सिफारिस गरिएको छ । घाइते मोहनसिंह भण्डारीको भने जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

साँघुरो घुम्तीमा मोड्न नसकेपछि ब्याक गर्दा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिप सडकबाट करिब ५०० मिटर तल खसेको जनाइएको छ । वडा सदस्यको मृत्युले शोकमा डुबेको रोडिदेवल गाउँ थप छ जनाको दुर्घटनामा परी मृत्यु भएसँगै थप शोकमा डुबेको छ ।

(Visited 76 times, 1 visits today)
Loading comments...

आजको समाचार

पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा...

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

प्रतिनिधिसभा निर्वाचनमा नौ अर्ब लाग्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

साताका लोकप्रिय समाचार

सय कटेपछि नयाँ दाँत

लमजुङ । लमजुङको एक गाउँ निवासी एक सय वर्ष नाघेका वृद्ध रामबहादुर मालुवा अझै पनि हट्टाकट्टा छन् । फरासिलो बोली वचनका उनी यस उमेरमा...

मनाङमा एक बेपत्ता, उद्दारमा खटिएको टोली गन्तव्य पुग्न सकेन

लमजुङ । हिमाल पारीको जिल्ला मनाङमा अविरल वर्षले जनजीवन प्रभावित भएको छ । बाढीमा परेर एक जना बेपत्ता भएका छन् । अझै वर्षा नरोकिएकाले...

कोजलोस्की युरो खेल्ने कान्छा खेलाडी

पोल्यान्डका मिडफिल्डर कापर कोजलोस्कीले स्पेनविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै युरोपेली च्याम्पियनसिपमा सबैभन्दा कम उमेरको खेलाडी बन्ने कीर्तिमान राखेका छन् । उनले...

महाकाली नदीमा पानीकाे सतह बढ्दै, १० घर डुब्यो

  धनगढी । अबिरल वर्षासँगै महाकाली नदीमा औसत भन्दा बढी पानी सतह बढेको छ । महाकाली नदीमा पानीको सतह बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाको केही बस्ती...

ट्रेन्डिङ

सर्लाहीमा ट्याक्टरको ठक्करबाट शसस्त्र प्रहरीको मृत्यु

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा ट्याक्टरको ठक्कर बाट एक जना प्रहरी हवलदारको मृत्यु भएको छ । मधुबनि बरहथवा सडकखन्ड अन्तर्गत रामनगर ७ गडहियामा नम्बर नखुलेको...

त्रिशुलले हानेर दाङमा एक जनाको हत्या

हापुरे । पश्चिम दाङमा त्रिशुलले हानेर एक व्यक्तिको हत्या गरिएको छ । बबई गाउँपालिका–३ धनुमास निबासी २८ बर्षका बालीराम वलीले सोही ठाउँ निबासी ४७...

विदेशका नेपालीको आग्रह : ‘बिन्ती छ सरकार, हामीलाई स्वदेश फर्काइदेऊ’

भक्तपुर । भक्तपुरको सानोठिमीमा बस्दै आएका सुवास ढकाल इपिएस प्रक्रियाबाट कोरिया गएको चारवर्ष १० महिना पुग्यो । प्रवेशाज्ञा (भिसा) सकिएर अहिले कोरियामा उनीजस्ता सयौँ...

‘सेटीङ’ मा यसरी हुन्छ बालुवा तस्करी (भिडियोसहित)

सिन्धुपाल्चोक । वर्षायामको तीन महिना सिन्धुपाल्चोकका प्रमुख नदि क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाएपनि ‘माथील्लो तह कै सेटीङमा’ नदीबाट व्यापक रुपमा वालुवा तस्करी भइरहेको...

खेलाडीलाई नगद सहित सम्मान

मोरङ, ६ चैत । मोरङको बेलबारी नगरपालिकाले सुनवर्षी मेयर कप फुटवल प्रतियोगिताका बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ । बिहिवार कार्यापालिकाको वैठकमै खेलाडीहरुलाई नगद ५ हजारसहित...

खजुरामा खेलकुद ग्राम बन्दै

नेपालगन्ज । बाँकेको खजुरा–२ मा खेलकुद ग्राम निर्माण हुन थालेपछि यहाँका युवा उत्साहित भएका छन् । खजुरा गाउँपालिकाले आठांै राष्ट्रिय खेलकुदको महिला हक्की, महिला...

द भाइब्स ब्यान्डले ल्यायो नयाँ गीतको भिडियो

काठमाडौं । नेप्लीज अमेरिकन रक ब्यान्ड द भाइब्ज ब्यान्डले नयाँ गीत निराकार...को भिडियो बजारमा ल्याएको छ । ब्यान्डले अंग्रेजी नयाँ वर्ष २०२१ का अवसरमा...

अमेरिकी निर्वाचनः सबै राज्यद्वारा मतपरिणाम प्रमाणित, ट्रम्पद्वारा सर्वोच्चमा उजूरी

वासिङटन । अमेरिकाका सबै ५० वटा राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामलाई प्रमाणित गरेका छन् । अमेरिकी राष्ट्रपति चयनका लागि...

उपाधि नजिक एथ्लेटिको मड्रिड

मड्रिड । एथ्लेटिको मड्रिड स्पेनिस लिग फुटबल ला– लिगाको उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा एथ्लेटिकोले ओसासुनालाई २–१ ले पराजित गरेपछि एथ्लेटिको...

संवैधानिक परिषद्को सिफारिस फिर्ता पठाइएकामा राष्ट्रियसभाका अध्यक्षको आपत्ति

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाका सभामुखको एकल निर्णयले संसदीय सुुनुुवाइसम्बन्धी कागजात फिर्ता पठाइएकामा आपत्ति प्रकट गरेका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा...

असार मसान्तसम्ममा पौने चार अर्ब लिटर अक्सिजन आवश्यक

काठमाडौं । सरकारले आगामी असार मसान्तसम्म झन्डै ४ अर्ब लिटर अक्सिजन खपत अनुमान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० हजार ३५...

विवाहित महिलाले मनाउने जितिया पर्व सुरु

सप्तरी, राजविराज । कोरोनाको त्रास र निषेधाज्ञाको माहौलका बीच मधेशी समुदायका विवाहित महिलाले मनाउने जितिया पर्व सुरु भएको छ । पर्वको पहिलो दिन बुधबार ब्रतालु...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)