Sunday, June 13, 2021
Home Not-to-be-missed आईपीएल स्थगित

आईपीएल स्थगित

एजेन्सी,

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको छ । आठमध्ये चार फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादका टोलीमा कोरोना देखिएसँगै अनिश्चित समयका लागि स्थगित भएको हो । सोमबार कोलकाता नाइट राइडर्सका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

चेन्नई सुपर किंग्सका बलिङ प्रशिक्षक एल बालाजीसहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार सनराइजर्स हैदराबादका विकेटकिपर ऋद्धिमान शाह र दिल्ली क्यापिटल्सका स्पिनर अमित मिश्रालाई पनि कोरोना संक्रमण पुष्टि भएपछि आईपीएल अनिश्चित समयका लागि स्थगित हुन पुगेको हो । मंगलबार हैदराबाद र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुने कार्यक्रम थियो । लगातार खेलाडीमा कोरोना संक्रमण देखिएपछि भारतीय क्रिकेट बोर्ड कन्ट्रोलको बैठकले स्थगित गर्ने निर्णय लिएको हो ।

सोमबार रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्सको खेल स्थगित भएको थियो । आईपीएलका २९ खेल सकिँदा दिल्ली शीर्ष, चेन्नई दोस्रो, बेंगलोर तेस्रो र मुम्बई चौथो स्थानमा छन् । भारतमा हरेक दिन कोरोना महामारीले विकराल रूप लिँदा पनि आईपील निरन्तर हुँदै आएको थियो । चेन्नईको टोली क्वारेन्टाइनमा बसेको छ । यसअघि दिल्लीका तीव्र गतिका बलर एनरिच नोर्किया र स्पिनर अक्षर पटेलमा पनि कोरोना संक्रमण देखिएको थियो ।

यी दुवै खेलाडीले कोरोनालाई जितेका थिए । त्यस्तै कोलकाता नितिश राणा, बेंगलोरका ओपनर देवदत्त पाडिक्कल पनि कोरोना जितेर मैदान फर्किसकेका छन् । पछिल्लो समय दिल्लीले पन्जाब किंग्ससँग खेलेको थियो । हैदराबादले राजस्थान रोयल्ससँग खेलेको थियो । अप्रिल ९ देखि सुरु भएको आईपीएल कोरोना संकटमा पनि निरन्तर जारी थियो ।

(Visited 39 times, 2 visits today)
Loading comments...

आजको समाचार

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

साताका लोकप्रिय समाचार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासकाे मत, नेपाल समुहका १७ सांसदले दिए भाेट

  काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह...

केही दिनमै सुखद समाचार आउँछ : शेरबहादुर तामाङ

  स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोनाविरुद्धको खोप आमनागरिकलाई उपलब्ध गराउने ‘पहिलो एजेण्डा’ बनाएका छन् । अस्पतालको पूर्वाधार विकास, निजी तथा सरकारी अस्पतालका विकृति अन्त्य...

३७४९ मा काेराेना संक्रमण पुष्टि, ५९ जनाकाे मृत्यु

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

ट्रेन्डिङ

म्यान्चेस्टर, आर्सनल र लिड्सको जीत

एजेन्सी । प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाइटेड, आर्सनल र लिड्स युनाइटेड विजयी भएका छन् । लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिनेक्रममा म्यान्चेस्टर युनाइटेडले वुल्भरह्याम्पटन...

अनुगमन टोली पुगेपछि भागे कालीमाटीका व्यापारी

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन् । काठमाडौँ महानगरपालिकाले...

दाङका कोरोना सङ्क्रमित दुईको उपचार हुँदै

दाङ । यहाँ पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका गढवा गाउँपालिकाका दुई जनालाई कोरोना विशेष अस्पतालमा ल्याइएको छ । गए रातिदेखि अस्पतालको आइसोलेशनमा राखेर...

संसद विघटनले देश अनिश्चितताको बाटोमा : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद विघटन असंवैधानिक भएको बताएका छन् । यसले देश अनिश्चितताको बाटोमा गएको उनको भनाई छ । राष्ट्रिय मेलमिलाप दिवसको...

ओलीले गल्ती गरेँ भनुन् केही समय जेल राखेर निकालौंला : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले गल्ती गरेको स्वीकारेमा केही समय जेलमा राखेर माफी दिन सकिने बताएका...

एपीएफ समूह विजेता

पर्वत । डिफेन्डिङ च्याम्पियन विभागीय नेपाल एपीएफ क्लब समूह ‘ए’ को विजेता बन्दै चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको...

टुकुचा मिचेर बनाइएका संरचना भत्काउने सरकारको तयारी, दायाँ बाँया हरियाली सडक बन्ने

काठमाडाैं । सरकारले काठमाडौंको मध्य सहरबाट बग्ने टुकुचा खोलाको संरक्षण र हरियाली प्रवर्द्धन शुरु गर्ने भएको छ । सोमबार बागबजारस्थित टुकुचा खोलाको स्थलगत अवलोकन...

प्रत्येक २५ सकृय संक्रमितमध्ये एकजना आइसीयू वा भेन्टिलेटरमा

काठमाडौं । नेपालमा प्रत्येक २५ जना सकृय कोरोना भाइरस संक्रमितमध्ये एक जना आइसीयू वा भेन्टिलेटरमा उपचाररत रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

कोरोना आशंका गरिएका बिरामीको रिपोर्ट नेगेटिभ

सिन्धुली । सिन्धुली अस्पतालमा आइसोलेशन वार्डमा राखिएको बिरामीको रिपोर्ट नेगेटिभ आएको छ । चैत्र ५ गतेदेखि सिन्धुली अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कमलामाई नगरपालिका...

भारतमा कोरोना संक्रमित ८१ लाख ८४ हजार नाघे, १ लाख २२ हजार भन्दा बढीको मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या आइतबारसम्ममा ८१ लाख ८४ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ हजार ९६४...

ललिता निवास जग्गा प्रकरणमा संलग्न ४९ जनाको नाममा २१ दिने सूचना (सूचीसहित)

  काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा संलग्न ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको छ । २०७७ साल चैत २०...

घुस लिएको आरोपमा समातिए मुद्दा फाँटका प्रमुख ठाकुर

सप्तरी, राजविराज । जग्गा सम्बन्धी कागजातमा अनुकुल हुने गरि व्यहोरा सच्याईदिने नाममा सेवाग्राहीसँग घुस लिएको आरोपमा सदरमुकाम राजविराजस्थित जिल्ला मालपोत कार्यालयका नायब सुब्बा मंगलबार...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)