Sunday, June 13, 2021
Home प्रमुख इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

एजेन्सी,

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ ।

नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा तोकिए पनि त्यस अवधिमा उहाँले गठबन्धन निर्माण गर्न सक्नु भएन । प्रधानमन्त्री नेतन्याहूले बहुमत जुटाउन नसकेसँगै १२ वर्षयता पहिलो पटक नेतन्याहूको दल लिकुड पार्टी सत्ता बाहिर पुग्ने स्थिति सिर्जना भएको छ । गत मार्च २३ यता प्रधानमन्त्री नेतन्याहूले संसदमा बहुमत हासिल गर्न सङ्घर्ष गरिरहनु भएको छ । दुई वर्षको अन्तरालमा चौथो पटक सम्पन्न संसदको चुनावबाट पनि कुनै पनि पार्टीलाई बहुमत प्राप्त भएको छैन ।

प्रधानमन्त्री नेतन्याहूलाई नयाँ सरकार गठन गरी संसदमा बहुमत सिद्ध गर्न इजरायली राष्ट्रपति रुभेन रिभलिनले चार हप्ताको समयावधि तोक्नु भएको थियो । प्रधानमन्त्री नेतन्याहूले त्यसपछि आफ्ना विपक्षी र साना इस्लामिक अरब पार्टीसँग शृंखलाबद्ध छलफल गरे पनि कुनै सहमति जुट्न सकेको छैन । राष्ट्रपति रिभलिनले प्रधानमन्त्री नेतन्याहूलाई दिएको समयसीमा मङ्गलबार मध्यराति समाप्त भएको हो । प्रधानमन्त्रीले बहुमत सिद्ध गर्न नसके राष्ट्रपति रुभेन रिभलिनले नयाँ कदम चाल्नु पर्नेछ । बहुमत सिद्ध गर्न नसके पनि नेतन्याहूको प्रधानमन्त्री पद गइहाल्ने छैन । राष्ट्रपति रिभलिनले नेतन्याहूलाई अरु दुई साताको समय दिन सक्नु हुनेछ । अथवा, राष्ट्रपतिले विपक्षीलाई सरकार बनाउन आमन्त्रण गर्न सक्नु हुनेछ र कुनै गठबन्धनमा सहमति नजुटे उहाँले संसदलाई नै निर्णय गर्न पठाउनु हुनेछ ।

राष्ट्रपति रिभलिनले बुधबार संसदमा विपक्षीको रुपमा देखिएका १३ दलका नेतालाई सम्भावित गठबन्धनका बारेमा छलफल गर्न आमन्त्रण गर्नु भएको छ । यी दलका नेतामध्ये कसैले सहमति जुटाउन सके उनलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्न सक्नु हुनेछ । राष्ट्रपतिले संसदलाई नै नयाँ प्रधानमन्त्री छनौटका लागि जिम्मा दिएको अवस्थामा संसदले नयाँ प्रधानमन्त्री चुन्नेछ । यदि सबै विकल्पहरु असफल भए फेरि संसदको चुनाव हुनेछ । गत मार्च २३ मा सम्पन्न चुनावमा नेतन्याहूको लिकुड पार्टी संसदमा सबैभन्दा बढी स्थान जितेर पहिलो दल बनेको थियो ।

लिकुड पार्टीले १२० सदस्यीय संसदमा ३० स्थान जितेको थियो । तर सरकार गठन गर्न कम्तीमा ६१ स्थान आवश्यक पर्दछ । राष्ट्रपति रिभलिनले गत महिना प्रधानमन्त्री नेतन्याहूले संसदमा ५२ जना सांसदको सहमति सहितको हस्ताक्षर प्रस्तुत गरेपछि प्रधानमन्त्रीमा पहिलो अवसर दिनु भएको थियो । तर ४५ सांसदको समर्थन प्राप्त गर्नु भएका याईर लापिडलाई अब राष्ट्रपतिले दोस्रो मौका दिने सम्भावना बढेको छ ।

(Visited 46 times, 2 visits today)
Loading comments...

आजको समाचार

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणबाट आमाकाे मृत्यु भएको चार दिनपछि छोराको मृत्यु

  उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ७ बेल्टार बजारमा कोभिड १९ को संक्रमणबाट ४ दिनको अन्तरालमा आमा छोराको मृत्यु भएको छ । बेल्टार बजारको प्रतिष्ठित...

प्रदेश २ सरकारमा कांग्रेसलाई तीन मन्त्री

  जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले मन्त्री परिषदको विस्तार गरेका छन् । बुधबार साझ नेपाली काँग्रेसबाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गरेका हुन् । नव...

भेडासँग जीवन बिताएका मनबहादुर एकपटक अमेरिका जान चाहन्छन्

  बझाङ । हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे ।...

खोप लगाएपछि वृद्धवृद्धा भन्छन्, ‘अब बाँचिन्छ होला’

ताप्लेजुङ । बुधबार दिउँसो जिल्ला अस्पताल ताप्लेजुङको परिसरमा कोरोना विरुद्धको खोप लगाएर निस्किएका वृद्धवृद्धाहरु हँसिलो अनुहारमा देखिए । मास्कले अनुहार ढाकिए पनि हँसिलो अनुहार...

रोनाल्डो अली दाइको कीर्तिमाननजिक

लिस्वन । युरोपेली च्याम्पियनसिप अघिको अन्तिम मैत्रीपूर्ण खेलमा इजरायलविरुद्ध ४–० को जित निकालेको गोलमा १ गोल गरेपछि टोलीका कप्तान तथा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो...

ट्रेन्डिङ

लोकतन्त्र जोगाउने हो भने ओलीलाई पराजित गर्नुपर्छ : घनश्याम भुषाल

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका नेता एवं पूर्वमन्त्री घनश्याम भुषालले प्रधानमन्त्री केपी ओलीलाई पराजित गरेपछि मात्रै लोकतन्त्र र बामपन्थ जोगिने बताएका...

१७ किलाे मलका लागि चार दिन

एक पाखे घाम टाउकैमा आएर ठोक्किएजस्तो छ । खल्खली पसिना । ठाडो उकालो बाटो । धादिङबेसी बजारबाट पश्चिमको सेउली बजारको उकालो निकै बिरसिलो लाग्छ...

स्वस्तिमाको ‘ज्यानमारा मुस्कान’

काठमाडौँ । पछिल्लो समय नायक पल शाह र नायिका स्वस्तिमा खड्का अभिनित 'ज्यानमारा मुस्कान' बोलको युट्युब ट्रेन्डिङमा परेको छ । यस गीतमा स्वर गायक...

क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको रिपोर्ट नेगेटिभ

डडेल्धुरा । मंगलबार राति क्वारेनटाइनमा मृत्यु भएकी गन्यापधुरा गाउँपालिका २ बडालकी ३० वर्षीय सविता विकको कोराना परिक्षण नेगेटिभ आएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको...

नाइजेरियामा सिपाहीले गरे आफ्नै चार सहकर्मीको हत्या

लेगोस । नाइजेरियाली सेनाका एक जना सिपाहीले बुधबार आफ्नै चार जना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त...

१ लाख२० हजार भन्दाबढी बालबालिकाहरुलाई दादुराको खोप

  रौतहट। रौतहटका १८ वटा स्थानिय तहका करिब १ लाख २० हजार भन्दा बढी बालबालिकाहरुले दादुरा रुबेलाको खोप लगाएका छन । रौतहटका १८ वटै स्थानिय...

सडक विभागका इन्जिनियरविरुद्ध २ करोड २५ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत मध्यपहाडी पश्चिम (पुष्पलाल) लोकमार्ग सडक आयोजना दाङका सिनियर डिभिजनल इन्जिनियर जितेन्द्र राज शाक्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर...

ब्रोकर कम्पनीको चुक्ता पुँजी १० पु-याउनुपर्ने

काठमाडौं । बैंकलाई ब्रोकर लाइसेन्स दिने सम्बन्धमा गठन गरेको उपसमितिले वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन सुझाव दिएको छ । अर्थ समितिको रामकुमारी...

त्रिशुलीमा ट्रक खस्दा तीन जना घाइते

मुग्लिन । त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाण्डौ जाँदै गरेको...

राजनीतिक नदीमा सङ्लो पानी

नेपालीलाई एउटै प्रश्नले पिरोलिरहेको छ: नेपाली राजनीतिक नदीमा कहिले सङ्लो पानी बग्ला ? नेपाली राजनीतिक नदीमा जसले सङ्लो पानी बगाउँछु भनेर विगतमा लागे, अझै...

‘पाँच दिनपछि बल्ल पेट भरियो’

टीकापुर । कैलालीको भजनी नगरपालिकाले बाढीले मृत्यु भएका परिवारका आफन्तलाई किरियाखर्च उपलब्ध गराएको छ । अविरल वर्षापछि यही साउन १४ गते आएको बाढीमा परी...

सिल गरिएको भुल्केमा स्वाब नमुना संकल

उदयपुर । सदरमुकाम गाईघाटभित्रै रहेको त्रियुगा नगरपालिका–३ झुल्केस्थित जामे मस्जिदमा आएका भारतीय नागरिकसहित १२ जनामा कोरोना भेटिएपछि त्यहाँ प्रदेश सरकारले स्वाब परीक्षणका लागि नमुना...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)