Sunday, June 13, 2021
Home बिचार पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

श्याम गिरी,

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले अहोरात्र काम गरिरहनु भएको छ । त्यसैले अहिले हाम्रो पहिलो प्राथमिकता भनेको हाम्रा उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा गर्नु हो । पछिल्लो तथ्याङ्क अनुसार महासंघको विभिन्न तहमा रहेका सदस्य उद्यमीहरु मध्ये ताप्लेजुङ्गमा २ जना, काभ्रेमा १ जना कैलालीमा २ जना पर्सामा १ जना सुर्खेतमा २ जना बाँकेमा ५ जना, दाङमा २ जना, सल्यानमा १ जना, मकवालनपुरमा १ जना, संखुवासभामा १ जनाले कोभिडका कारण ज्यान गुमाइसक्नुभएको छ भने ११९ जना हाम्रा लघु, घरेलु तथा साना उद्यमीहरु कोभिड संक्रमित भई उपचारमा हुनुहुन्छ । यस्तो बेला हामी देशभरका आम जनसमुदाय र हाम्रा लघु घरेलु तथा साना उद्यमीहरुलाई सरकारद्घारा जारी स्वास्थ्य प्रोटोकलको पालना गर्दै आफना कामदारको स्वास्थ्य सुरक्षाका लागि समेत सम्भव भएसम्मका उपाय अवलम्बन गरी आफना उद्यम व्यवसाय सञ्चालन गर्दै स्थानीय र देशकै आपूर्ति व्यवस्थालाई सुचारु गर्न र गराउन आब्हान गर्दछौं ।

कोभिडका कारण समग्र जनजीवन अस्तव्यस्त र निषेधाज्ञा जारी भएको हालको बेलामा समेत आन्तरिक राजश्व विभागले जसरी भएपनि कर तिर्न आउन भन्नु दुःखद कुरा हो । अहिले सवै क्षेत्र जस्तै हामी लघु घरेलु तथा साना उद्योगी खुल्ला हिंड्ने र कर तिर्ने अवस्थामा छैनौं । त्यसैले हामी सरकारलाई कर तिर्ने म्याद कम्तीमा छ महिना बढाउन विनम्र अनुरोध गर्दर्छौ ।
यस्तो विषम परिस्थितिमा सामाजिक उत्तरदायित्व र कर्तव्यलाई समेत विर्सेर केही बैंकहरुले उद्योग व्यवसाय कर्जामा अत्याधिक ब्याज लगाइ उद्यमी व्यवसायीलाई मर्माहत पारिरहेका छन् । यस सन्दर्भमा हामी सम्बन्धित बैंकहरुलाई बैंकर्स एसोसिएनसन मार्फत यस्ता निर्णयहरु सच्याई कोभिड प्रकोपको यस परिस्थितिमा सुमधुर व्यवसायिक वातावरण कायम राख्न बैंक तथा वित्तीय संस्थाहरुसँग हार्दिक अनुरोध गर्दछौं ।

पुनकर्जाका सम्बन्धमा राष्ट्र बैंकले प्रस्ताव गरेको पुनकर्जा कार्यविधिमा व्यवस्था गरिएका प्रावधानहरुले आफना उद्यम व्यवसायमा काम गर्ने कामदाहरुलाई बैंकमा खाता खोली पारिश्रमिक भुक्तान गर्ने र नियमित रुपमा कर कट्टा गरी आयकर दाखिला गर्ने उद्यम व्यवसायले मात्रै पुनकर्जा पाउने भन्ने व्यवस्था लघु घरेलु तथा साना व्यवसायीको हकमा लागु हुने अवस्था रहेको छैन । मूलत सरकारले यो व्यवस्था जारी गरिसकेपछि लघु, घरेलु र साना उद्योगको हकमा लागु गर्न केही समय थप गर्ने भन्ने सहमतिकै बीचमा पहिलो कोरोना कहर शुरु भई सम्पूर्ण उद्योग व्यवसाय बन्द भएको जग जाहेर छ । त्यसैले पुनकर्जा कायविधिमा प्रतिकुल परिस्थितिमा पनि सञ्चालन भएका उद्यम व्यवसायको हकमा यो व्यवस्थालाई खुकुलो गरी सम्बन्धित निजी क्षेत्रको छाता संस्थाको प्रतिनिधि, नेपाल राष्ट्र बैंक, घरेलु कार्यालय, कर कार्यालय र सम्बन्धित बैंकको प्रतिनिधि समेत रहेको अनुगमन तथा छानबीन समितिको सिफारिशको आधारमा पुनकर्जा दिने प्रवधान राख्न नेपाल राष्ट्र बैंकसँग हामी हार्दिक अनुरोध गर्दछौं ।

कामदारको न्यूनतम पारिश्रमिकको हकमा ट्रेड युनियन, रोजगारदाता र सरकारको बीचमा छलफल चलिरहेको बेलामा कोभिडको दोस्रो कहर शुरु भई सहमतिमा पुग्न नसकेकै अवस्थामा सरकारले एक पक्षीय रुपमा न्यूनतम पारिश्रमिक तोकी लागु गर्ने मिति समेत राजपत्रमा उल्लेख गर्नु दुःखद कुरा हो । त्यसैपनि लघु, घरेलु तथा साना उद्योगीहरु कोरोना लगायतका प्रतिकुलताका कारण कतिपय बन्द भइसकेका र कतिपय बन्द हुने अवस्थामा छन् । न्यूनतम पारिश्रमिकका सम्बन्धमा सरकारले अहिले गरेको यो व्यवस्थाले लघु, घरेलु तथा साना उद्योगलाई अझै थिलोथिलो बनाई बन्द गर्ने अवस्थामा पु¥याउने निश्चित छ । त्यसैले त्रिपक्षीय वार्तामा भएको अन्तिम सहमति अनुसार रु. सात सय बढाउने पक्षमा महासंघ रहेको हुँदा यो विषयमा विचार गर्न नेपाल सरकार र टे«ड युनियनका साथीहरुसँग नेपाल घरेलु तथा साना उद्योग महासंघ हार्दिक अनुरोध गर्दछ ।

गिरी नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष हुन् ।

(Visited 55 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

साताका लोकप्रिय समाचार

स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति : १४ ठाउँमा जग्गा, २२ ताेला सुन

काठमाडाैं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ अनुसार...

तीन नगरपालिकालाई २५ लाखको चेक

रौतहट । विश्वमा महामारीको रुपमा फैलिएको कोभिड रोग नियन्त्रणको लागि एक संस्थाले रौतहटका ३ वटा नगरपालिकालाइ २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।...

लोक दोहोरी प्रतिष्ठानको समन्वयमा जिल्ला भित्रियो स्वास्थ्य सामग्री

  गुल्मी । वोधिसत्वा विहार, काठमाडौको सहयोग तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, जिल्ला शाखा गुल्मीको समन्वयमा गुल्मीमा लाखौँ मुल्यको स्वास्थ्य सामग्री भित्रिएको छ...

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

ट्रेन्डिङ

सार्कमा कोरोना : नेपालमा मृत्युदर कम, डिस्चार्ज पनि न्यून

काठमाडौं । सार्क मुलुकअन्तर्गत नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम रहेको पाइएको छ । तर, संक्रमणमुक्त हुनेको संख्या नेपालमा अत्यन्तै कम रहेको छ...

स्थानीय तहलाई २ अर्ब ३० करोड

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न देशभरका ७ सय ५३ वटा स्थानीय तहलाई २ अर्ब ३० करोड रुपैयाँ पठाउने निणय गरेको छ...

कर्मचारीमा कोरोना संक्रमण बढेपछि जिल्ला अस्पताल सिल

बझाङ । जिल्ला अस्पताल बझाङले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेको छ । विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस ‘कोभिड १९’ परिक्षणका क्रममा...

मेयरले पेलेकाे भन्दै चाँगुनारायण नगर अस्पतालका सबै डक्टरले दिए राजिनामा

भक्तपुर । कोरोना महामारीको दोस्रो लहर सँगै जनजिवन आक्रान्त हुँदा चाँगुनारायण अस्पतालका सम्पूर्ण डक्टरहरुले राजिनामा दिएका छन् । चाँगुनारायण नगरपालिकाले संचालन गर्दैै आएको नगर अस्पतालका...

नेपालको पहिलो जित, अमेरिकालाई ३५ रनले हरायो

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको छ । शनिबार नेपालले दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित...

पिर्लो युभेन्टस फर्किए

एजेन्सी । इटालियन लेजेन्ड तथा पूर्व मिडफिल्डर आन्द्रे पिर्लोलाई युभेन्टसको प्रशिक्षक बनेका छन् । युभेन्टसले आफ्ना पूर्व भेट्रान मिडफिल्डर पिर्लालाई यू–२३ टोलीको मुख्य प्रशिक्षक...

ओली २ जेठमा नर्किए नयाँ दल गठन गरेर अगाडी बढनुपर्छ : पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालका उपाध्यक्ष नितेश पौडेलले २ जेठ २०७५ मा फर्किने सहमती कार्यान्वयन नभए नयाँ पार्टी गठन...

भक्तपुरमा पुस १ गतेदेखी विद्यालय सञ्चालन हुने

भक्तपुर । भक्तपुरमा पुस १ गतेदेखि विद्यालय सञ्चालन हुने भएको छ । भक्तपुर नगर शिक्षा समितिको विहिबार बसेको बैठकले सो निर्णय गरेको हो...

अक्सिजन अभावमा पोखराका व्यवसायी गुभाजुको निधन

पोखरा । पोखराका सफल व्यवसायी कृष्णमान गुभाजुको ६२ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमणका कारण उनको ज्यान गएको हो । पोखराबाट हेलिकोप्टरमार्फत थप...

विप्लव कार्यकर्ताद्धारा मारिएका शिक्षकको शब धरान लगियो

दमक । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको कार्यकर्ताद्धारा मारिएका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको शव पोष्टमार्टमको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । मंगलबार मोरङको...

मिडिया काउन्सिल विधेयक सुधार गरिनु सकारात्मक : कमल थापा

कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकलाई सुधार गरेर संसद्मा प्रस्तुत गर्नु सकारात्मक रहेको बताएका छन् ।...

नेकपा स्थायी कमिटी बैठक स्थगित, अर्को बैठक पुस १ गते

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक नेता कमान...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)