Tuesday, June 22, 2021
Home प्रदेश प्रदेश १ झापामा आज मध्यरातदेखी निषेधाज्ञा

झापामा आज मध्यरातदेखी निषेधाज्ञा

राजु पोख्रेल,

दमक । झापामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको छ ।

बुधवार मध्यरातिदेखि बैशाख ३१ गते मध्यरातिसम्म निषेधाज्ञा लागू हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी आदेशमा उल्लेख छ । निषेधाज्ञाको समयमा कुनै पनि व्यक्तिलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आदेश दिइएको छ भने अत्यावश्यक सेवा बाहेकका सबै सवारीसाधन र पसल समेत बन्द गरिएको छ । यसअघि आंशिक निषेधाज्ञा कायम थियो । कोरोना संक्रमणको दर उच्च गतिमा बढेपछि प्रजिअ तिमिल्सिनाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।

विश्वभर फैलदै गईरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारी नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरुमा झापा जिल्लामा समेत संक्रमण तीब्ररुपमा बढिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बांट प्रत्यायोजित अधिकार बमोजिम संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले प्रमुख जिल्ला अधिकारीलाई दिएको अधिकार प्रयोग गरी झापा जिल्लाभर लागू हुने गरी निषेधाज्ञाको आदेश जारी गरिएको जनाइएको छ ।

‘यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, संघ, संस्था पेशाकर्मी व्यवसायी तथा आम नागरिकको कर्तव्य हुनेछ’– प्रजिअ तिमिल्सिनाद्वारा जारी आदेशमा भनिएको छ– ‘यो आदेशको उल्लंघन गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

(Visited 68 times, 1 visits today)
Loading comments...

आजको समाचार

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

साताका लोकप्रिय समाचार

मेकअप नगर्दा पनि राम्री देखिन्छिन् मिलन नेवार (फोटोफिचर)

  काठमाडौं । यदि कोरोना संक्रमणको महामारी नहुँदो हो त मिलन नेवार कुनै विदेशी मुलुकको स्टेजमा आफ्नो सुमधुर स्वर मार्फत दर्शकलाई मनोरञ्जन दिइरहेकी हुन्थिन् । तीज...

ट्यांकर चालकलाई आजबाट कोरोनाविरुद्धको खोप

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेर आन्दोलनमा उत्तिएका ट्यांकर चालक र सहचालकले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन पाउने भएका छन् । उनीहरूको...

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन...

चुरेमा बादल देखिनासाथ बाँतर बस्तीकाे निन्द्रा हराउछ

  महाेत्तरी ।  उत्तर फर्कँदा चुरे पहाडी शृङ्खलातिर कालो बादल मडारिएको देखेपछि महोत्तरीको भङ्गाहा–४ को पलारस्थित गरिब बस्तीमा कोही सुत्न सक्दैनन् । बाँतर जातिका अति...

अस्मिता धामी मृत्यु प्रकरण : घटनाको सत्यतथ्य छानविन गर्न सांसदको माग

  धनगढी । डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामी मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न सांसदले माग गरेका छन् । सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा...

ट्रेन्डिङ

ब्राजिलमा कोरोना भाइरसबाट ७२ हजारको मृत्यु

ब्रासिलिया । ब्राजिलमा कोरोना भाइरस ९कोभिड १९० बाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो रहेको देखिएको छ । साथै यहाँ पछिल्ला हप्ता हरुमा यस संक्रमणबाट...

सेयर बजार याे साता : ८१ अर्बको कारोबार

  काठमाडाैं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ८१ अर्बको सेयर कारोबार भएको छ । गत साता निकै चम्किएको सूचक र कारोबार रकम यस...

कोरोना जितेका ‘हाइप्रोफाइल’ को यस्तो सुझाव

काठमाडौं । कोरोना भाइरस संक्रमण जितेकाले इच्छाशक्ति र आत्मबल बलियो भए कोरोनामुक्त हुन सकिने बताएका छन् । संक्रमण जितेकाले आत्मबल बलियो बनाउनुपर्ने तर सतर्क...

बाघको आक्रमणबाट जोगिन भन्दै सडकको ब्रेकर हटाइयो

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्ष जोड्ने खाता जैविक मार्गमा पर्ने खातादेखि कोठियाघाटसम्मको हुलाकी सडकमा बनाइएको ब्रेकर हटाइएको छ...

भारतमा तीन महिनापछि सबैभन्दा थोरै सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो तीन महिनामा मङ्गलबार सबैभन्दा थोरै देखिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाभित्रमा मङ्गलबार...

बेरुतमा शक्तिशाली विस्फोटपछि लेबनानका प्रधानमन्त्रीद्धारा राजीनामा

बेरुत । गत हप्ता लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटपछि नैतिकताको आधारमा भन्दै लेबनानका प्रधानमन्त्रीले राजीजनामा दिएका छन् । सो विस्फोटमा परी २०० जनाभन्दा बढीको...

अबको ५५ दिनमा ४० हजार संक्रमित पुग्ने आँकलन

काठमाडौं । नेपालमा आगामी २ भदौसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार पुग्ने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थालाई सूक्ष्म...

प्रेम कथामा आधारित अर्जुन बोसेलको ‘गोठालो’

काठमाडौं । नेपाली गीत संगीतको बजारमा अर्जुन बोसेल कुनै नौलो नाम होइन । माया प्रेम, वेदना र राष्ट्रिय गीत सिर्जनामा सक्रिय बोसेलका २२ वटा...

नेपालको ग्रेटवाल

चीनको झैं विश्व प्रसिद्ध ग्रेटवालको झल्को दिनेगरी तनहुँ बन्दीपुरमा पनि पदमार्ग निर्माण सुरु भएको छ । बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवद्र्धन उद्देश्यसहित निर्माण गरेको पदमार्गले...

इराकमा नेपाली फुटबल टिमको प्रशिक्षण

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार प्रशिक्षणमा व्यक्त रह्यो । मैत्रीपूर्ण खेलका नेपाली टिम यतिबेला इराकमा छ । बुधबार नेपाली टोली इराक पुगेको...

झोलामै सहकारी : अनुदानमा ल्याएको मलमा कालोबजारी

सिन्धुपाल्चोक । कृषि सामग्री संस्थाबाट सहुलियतमा खरिद गरेर ल्याएको रासायनीक मलमा व्यापक कालोबजारी भएको छ । बाह्रविसे नगरपालिका–४मा सञ्चालित कफेश्वरी कृषि सहकारी संस्थाले सरकारी...

एनसेलको नयाँ एनसेल सेन्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर स्थापना गरेको छ । । कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)