Monday, June 14, 2021
Home अर्थ कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

राजधानी समाचारदाता,

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन्।

‘समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको छ, दक्षिण एसियाली एसियाली सहयोग संगठन (सार्क) अर्थमन्त्रीहरुको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भने ‘अर्थतन्त्रको उत्थानशिलता कायम गर्दै परिस्थितिलाई हरसम्भव वशमा राख्ने प्रयत्नका बावजुत निकट अवधिका आर्थिक परिदृश्य चुनौतीपुर्ण नै रहेका छन् ।’

आशातित रुपमा आर्थिक पुनरुत्थान प्रकृयाको पाटोमा अगाडि बढिरहेका बेला कोभिड -१९ को दोस्रो लहरबाट निक्कै ठूलो धक्का पुर्याएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले पर्यटन, अन्य सेवाहरु र उत्पादन क्षेत्रमा गम्भिर असर पुगेको बताए ।

‘कोभिड-१९ को बिस्तारित प्रभाव व्यक्तिको आम्दानी तथा रोजगारीमा ब्यापक कटौती, व्यवसायमा ह्रास र मागमा आएको शिथिलतामा प्रतिविम्बित भएको देखिन्छ, उनले भने ‘यसैगरी समावेशी बृद्धि, मानव विकास र गरिबी निवारणका हाम्रा प्रयासहरुमा चुनौती थपिदिएको छ। गरिब एवं जोखिम समूह बढि प्रभावित भएको देखिदा यसले असमानताको खाडललाई अझ फराकिलो बनाउँदै लाने जोखिम हामी समक्ष अझै विद्यमान छ।’

कोभिड-१९को महामारीले स्वास्थ, शिक्षा र मानव जीवनका समृद्धिका समग्रपक्षलाई निरन्तर प्रताडित बनाईरहेको उल्लेख गर्दै उहाँले जीवन र जनजीविकालाई बचाउन विश्वव्यापी एक्यबद्धता, सामूहिक प्रयत्न र सहयोग अपरिहार्य भएको बताए ।अन्तरसम्बन्धित वर्तमान विश्वका सबै ठाउँका सबै व्यक्ति सुरक्षित भएको सुनिश्चित गर्नु आवश्यक भएको धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले जनस्वास्थमा आएको यस्तो संकटपूर्ण समयमा जीवन बचाउने खोपलाई विश्वकै अत्यावश्यक साझा बस्तुको रुपमा लिइने विश्वास व्यक्त गरे ।

उनले खोपको आपूर्तिमा सबै देशले सहजरुपमा पहुँच कायम गर्न सक्ने र खरिद गर्न सक्ने अवस्था सुनिश्चित गर्न अपरिहार्य भएको पनि बताए।

कोभिड-१९ विरूद्धको खोपको उत्पादन र आपूर्तिका लागि भारत सरकारप्रति आभार प्रकट गर्दै अर्थमन्त्री पौडेलले त्यसले सार्क क्षेत्रभित्र खोप अभियान शिघ्ररुपमा सञ्चालन गर्ने प्रयासलाई सम्भव बनाएको धारणा व्यक्त गरे ।

आर्थिक पुनरुत्थानको गतिलाई दीगो बनाउनको लागि साझा उद्देश्य र लक्ष्यसहित एकसाथ भएर हामी सबैले काम गर्नु पर्ने समय आएको भन्दै अर्थमन्त्री पौडेलले रोजगारी सृजना र स्वदेशी उत्पादनमा अधिकरुपमा केन्द्रित भई आर्थिक कृयाकलापहरु विगतको भन्दा राम्रो निर्माणका लागि आवश्यक सहजीकरण गर्न आवश्यक नीति तथा रणनीति एकसाथ तय गर्नु पर्ने बताए ।

सार्क क्षेत्रले बजार र अर्थतन्त्रबीचको गहिरो अन्तरआवद्धताको माध्यमबाट क्षेत्रीय सम्वृद्धि हासिल गर्न सक्ने थुप्रै सम्भावना बोकेको भन्दै अर्थमन्त्री पौडेलले छोटो समयमा नै आर्थिक पुनरुत्थान गर्न सक्नेमा आशावादी रहेको धारणा व्यक्त गरे।

एसियाली विकास बैंकको ५४औं वार्षिक बैठकको अवसरमा भर्चुअल माध्यमबाट सार्क अर्थमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरुको बैठक भएको हो । बैठक अर्थमन्त्री पौडेलको अध्यक्षतामा भएको थियो ।

अर्थमन्त्री पौडेलले कोभिड-१९ महामारीको सामना गर्न तथा आर्थिक प्रबर्द्धन लगायतमा विकासोन्मुख सदस्य देशहरुलाई वित्तीय तथा प्राविधिक सहयोग उपलव्ध गराएकोमा एसियाली विकास बैकलाई धन्यवाद दिए ।

बैठकलाई अफगानिस्तानका अर्थमन्त्री मोहम्मद खालिद पाइन्दा, बंगलादेशका अर्थ मन्त्रालयका अतिरिक्त सचिव मोहम्द खैरुजामन मोजुम्दर, भुटानका अर्थशास्त्र मामिलाका महानिर्देशक लेकजाङ दोर्जी, भारतका आर्थिक मामिला विभागका सचिव अजय सेठ, मालदिभ्सका अर्थमन्त्री इब्राहिम अमिरले सम्बोधन गरेका थिए।

यस्तै पाकिस्तानका वित्त विभागका अतिरिक्त अर्थसचिव अविस मन्जुर सुम्राज्य, श्रीलंकका मुद्रा तथा पूँजीबजार र सार्वजनिक संस्थान सुधारका राज्यमन्त्री अजित निभर्त काब्राल, एसियाली विकास बैंकका उपाध्यक्ष सिसिन छनले सम्बोधन गरेका थिए ।

सार्कका महासचिव इसाला रुवान वीराकुन र एसियाली विकास बैंकका आर्थिक अनुसन्धान तथा क्षेत्रीय सहयोग विभागका प्रमुख अर्थशास्त्री यासुकी सावदाले कोभिड-१९ बाट आर्थिक पुनरुत्थान : समावेशी तथा उत्थाशिल आर्थिक वृद्धि विषयमा छुट्टा-छुट्टै प्रस्तुति गरेका थिए ।

अर्थमन्त्री एवं प्रतिनिधिमण्डलका प्रमुखहरुले कोभिड-१९ को प्रभावलाई न्यूनीकरण एवं आर्थिक सामाजिक पुनरुत्थान गर्न एकआपसमा सहयोग हुनुपर्ने कुरामा जोड दिएका थिए।

(Visited 59 times, 1 visits today)
Loading comments...

आजको समाचार

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

साताका लोकप्रिय समाचार

बजेट, विवेचना र विरोधका स्वर

सरकारले आर्थिक वर्ष २०७८-७९ का लागि ल्याएको बजेट सदाझै घाटाको भए पनि आगामी आर्थिक वर्षका लागि धेरै कार्यक्रम जनप्रिय रहेका छन् । कतिपयले बजेटलाई...

प्रदेश २ सरकारमा कांग्रेसलाई तीन मन्त्री

  जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले मन्त्री परिषदको विस्तार गरेका छन् । बुधबार साझ नेपाली काँग्रेसबाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गरेका हुन् । नव...

कविता रायको नयाँ भिडियो सार्वजनिक

  काठमाडौं । जीवन बडू र आकृती मिश्राको स्वर ‘रामपीयारी भर्सेज रामपियारा’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा कबिता राय संगै मोडल सुधिर...

बहुमतको हस्ताक्षरलाई राष्ट्रपतिले अस्वीकार गर्ने आधार छैन : शम्भु थापा

काठमाडाैं ।  संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरूद्ध  बहस सुरू भएकाे छ । वरिष्ठ अधिवक्ता शम्भु थापाले  संविधनाकाे  धारा ७६(५) अनुसार शेरबहादुर देउवालाइ  प्रधानमन्त्री   नियुक्तिका...

राज्यमन्त्री घले पनि कोरोना संक्रमित

उदयपुर । प्रदेश नम्बर १ भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई कोरोना संक्रमण भएको छ । उदयपुरको निर्वाचन क्षेत्र २ (ख) बाट...

ट्रेन्डिङ

प्रचण्डलाई आफै उपस्थित भएर लिखित जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं । अदालतको अवहेलना मुद्दामा पूर्वप्रधानमन्त्री एवं दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित जवाफसहित आफैं उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ...

निषेधाज्ञामा रोकिएन राजेन्द्रको संगीत सिर्जना

काठमाडौं । पछिल्लो निषेधाज्ञामा पनि राजेन्द्र बजगाईलाई खाली बस्नुपरेको छैन । गत साता मात्रै संगीतकार बजगाईंले प्रमोद खरेलको स्वरमा नयाँ गीत आमा...रेकर्ड गरेका छन्...

‘गुञ्जन’को फष्टलुकमा प्रितमराज र साराको प्रेम

काठमाडौं । अष्ट महर्जनको निर्देशन रहेको फिल्म ‘गुञ्जन’को फष्टलुक सार्वजनिक भएको छ । दीपावलीको अवसर पारेर निर्माण युनिटले फिल्मको एक प्रेममय पोष्टर फष्टलुकको रुपमा...

सार्वजनिक यातायातमा सिटभरि यात्रु, छैन सुरक्षा

काठमाडौँ । उपत्यकाका सडकमा सार्वजनिक यातायातका सवारीका साधन फाट्टफुट्ट गुड्न थालेका छन् । सिट क्षमताभन्दा आधामात्र यात्रु राखी कोरोना भाइरसको सङ्क्रमणबाट बच्न त्यस्ता सवारीमा...

उपचार खर्च तिर्न नसक्दा मुसहर दम्पती अस्पतालमै बन्धक

सप्तरी । उपचारका क्रममा भएको खर्च चुकाउन नसक्दा एक अति विपन्न मुसहर दम्पती अस्पतालमै बन्धक अवस्थामा बस्न बाध्य भएका छन् । सप्तरीको अग्निसाइर कृष्णासवरण...

राजधानीमा पार्किङको सास्ती खोजीमा सहरी राज्यमन्त्री

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा पार्किङको समस्या विकराल बन्दै गएको छ । अस्तव्यस्त र अव्यवस्थित पार्किङकै कारण उपत्यकामा ट्राफिक जाम बढिरहेको पाइन्छ भने...

कोरोना संक्रमण नियन्त्रबारे जनस्वास्थ्य विज्ञसंग प्रधानमन्त्रीको छलफल

काठमाडौं । कोरोना संक्रमितको संख्या दिन दिनै बढ्दै गएपछि सरकारले नियन्त्रणका लागि नयाँ उपाय खोजी सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार...

कमलपोखरी पुनर्निर्माण विवाद : रानीपोखरी जस्तै सुरुवाती चाल

काठमाडौं । लिच्छविकालीन नौ पोखरीमध्येको एक काठमाडौं महानगरपालिकामा अवस्थित कमलपोखरी पुनर्निर्माणको विवाद बढेकोे छ । कमलपोखरी पुनर्निर्माणमा सिमेन्ट, ढुंगा तथा कंक्रिटको प्रयोग गर्ने तयारी...

सिल्भा ब्राजिली टोलीमा

रियो दि जेनेरियो । अनुभवी डिफेन्डर थियागो सिल्भालाई समेट्दै घरेलु मैदानमा यसैसातादेखि आयोजना हुने कोपा अमेरिका कपका लागि ब्राजिल फुटबल कन्फेडेरेसन (सीबीएफ) ले ब्राजिलको...

बजेट अधिवेशन शुक्रबार, प्राथमिकता फेर्न अर्थविद्को सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट सार्वजनिक हुने समय नजिकिएसँगै सरकारले बल्ल आगामी शुक्रबार संघीय संसद्को बजेट अधिवेशन बोलाउने भएको छ ।...

विकेश, तेज र सन्जोक राष्ट्रिय टोलीबाट बाहिर

काठमाडौं । नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले युवा खेलाडीलाई समेट्दै तयार पारेको ३२ सदस्यीय टोलीमा राष्ट्रिय टोलीका नियमित सदस्य गोलरक्षक विकेश कुथुसँगै तेज तामाङ र...

विन्द्रासैनी माई मन्दिर : जहाँ देवीको रोजाईमा दलित

दैलेख । केही बर्ष अगाडी भाद्र महिनामा बाजुराको बडीमालिका मन्दिरको सुरक्षार्थ खटिएका प्रहरी जवानलाई दलित भएकै कारण राम्रो नहुने भन्दै पुजारीले विचबाटोबाट फर्काई दिएपछि...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)