Sunday, June 13, 2021
Home प्रदेश देवघाटमा दोब्बर शव

देवघाटमा दोब्बर शव

नारायण अधिकारी,

चितवन । देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्यााउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । सङ्क्रमितको शव बागेश्वरीमा र अन्यको देवघाटमा अन्तिम संस्कार गरिँदै आएको छ ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार दैनिक सात/आठवटा शव दाहसंस्कारका लागि आउने गरेकामा अहिले यो सङ्ख्या बढेर एकै दिन १९ सम्म पुगेको छ । यसअघि धेरै शव आएका दिन १० वटासम्म हुने गरेको भन्दै उनले एकाएक शव बढेपछि दाउराको व्यवस्थापन जटिल बन्ने बताए ।

कोरोनाबाट मृत्यु भएकाहरुको नेपाली सेनाको सहयोगमा बागेश्वरीस्थित नारायणी नदी किनारमा अन्तिम संस्कार गरिन्छ । कतिपयलाई जलाइन्छ भने कतिपयको धार्मिक विधिअनुसार पुर्ने गरिन्छ । जलाउनका लागि देवघाटबाटै दाउरा लैजाने गरिन्छ ।

घिमिरेको भनाइमा विगतका तुलनामा दोब्बरभन्दा बढी शव आउन थालेपछि थप दाउरा व्यवस्थापनको तयारी थालिएको छ । शवको व्यवस्थापनमा सहयोग गर्दै आएको कालीबहादुर गण भरतपुरका प्रमुख सेनानी विज्ञानराज खनालका अनुसार सङ्क्रमण भएका दैनिक तीन÷चारवटा शव सेनाले व्यवस्थापनमा सहयोग गर्दै आएको छ । अन्य शव देवघाटमा अन्त्येष्टि गरिन्छ ।

गत वर्ष यही समयमा पहिलो पटक लकडाउन हुँदा देवघाटमा शवको सङ्ख्या पनि घटेको थियो । उक्त समयमा दैनिक ५/६ वटा मात्रै शव आउने गरेको बताइन्छ । तर यस पटक शवको सङ्ख्या बढ्नुलाई सङ्क्रमणको कारण होम आइसोलेशनमा मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । होम आइसोलेशनमा मृत्यु भएकाहरुको शव आफन्तले नै अन्त्येष्टि गर्ने गरेको हुन सक्ने देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टङ्कनाथ पौडेलले बताए ।

सामान्य अवस्थामा टाढाटाढाबाट समेत शव ल्याइने भए पनि लकडाउनका कारण अहिले अन्यत्रबाट शव देवघाट ल्याइँदैन । स्थानीय खोला नदीहरुमा नै अन्त्येष्टि गरिँदै आएको छ । देवघाट क्षेत्रमा वृद्धवृद्धाहरुको बसोबास धेरै भएकाले समितिले थोरै सङ्ख्यामा मात्रै मलामी आइदिन र अन्त्येष्टिस्थलबाट सोझै फर्किन आग्रह गर्दै आएको छ ।

चितवनका दुई अस्पतालमा १८ घण्टामा आठ जनाको मृत्यु

चितवनका दुईवटा अस्पतालमा १८ घण्टामा आठजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मङ्गलबार मध्याह्न ३ः३० देखि बुधबार बिहान ९ः२६ बजेसम्म आठ जनाको मृत्यु भएको हो । मृत्यु भएकामध्ये पाँचजना ४० देखि ४५ वर्ष उमेर समूहका रहेका छन् ।

चितवन मेडिकल कलेजमा चार र भरतपुर अस्पतालमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश ५० वर्ष मुनिका रहेका छन् । चितवन मेडिकल कलेजका सूचना अधिकारी डा किशोर अधिकारीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिकाका ४२ वर्षीय पुरुष, रुपन्देहीकै शुद्धोधन नगरपालिकाका ४२ वर्षीय पुरुष, नवलपपरासीको गैँडाकोट नगरपालिकाका ५८ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा नगरपालिकाका ५८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । मृत्यु भएकाहरुमा कोभिडबाहेक अन्य जटिल समस्या नरहेको अधिकारीले जानकारी दिए ।

यस्तै भरतपुर अस्पतालका मेडिकल रेकर्डर नारायण रिजालका अनुसार भरतपुर–४ का ६२ वर्षीय पुरुष र बुटवलका ४० वर्षीय पुरुषको मङ्गलबार दिउँसो, साँझ मकवानपुरको हेटौँडा नगरपालिकाका ४३ वर्षीय पुरुषको र आज बिहान भरतपुर महानगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

(Visited 95 times, 1 visits today)
Loading comments...

आजको समाचार

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

साताका लोकप्रिय समाचार

लागूऔषध प्रकरणमा सारा बलियो हुँदै

बलिउड अभिनेत्री सारा अली खानले फिल्मको छायांकनको क्रममा लागूऔषध लिएको आरोप पुष्टि गर्न यतिबेला भारतको लागू औषध नियन्त्रण विभागलाई हम्मेहम्मे परेको छ । यी...

कोभिड महामारी र शैक्षिक क्षेत्रको दायित्व

  शताब्दीकै सबैभन्दा खराब विपद् कोरोना महामारीको ठूलो प्रभाव शिक्षा क्षेत्रमा परेको छ । जनस्वाथ्य अन्तरसम्बन्धित विषय भएकाले यसले जनजीवनका सबै क्षेत्रमा एकसाथ प्रभाव पारेको...

भाइले गोली हाने, दाइले बचाए

तुलसीपुर । सामान्य विवाद हुँदा अमिनलाई गोली हानेको आरोपमा दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ टिकरी निबासी...

इटहरीमा श्रीमान, श्रीमती मृत भेटिए

  इटहरी । भनिन्छ, मृत्यु अनिश्चित छ । कहाँ, कतिबेला, कसरी मानिसको मृत्यु हुन्छ ? यसको उत्तर सायदै नभेटिएला । इटहरीमा शनिबार यस्तै घटना भएको छ...

ट्रेन्डिङ

सागका स्वर्णधारी नगदसहित सम्मानित

काठमाडौं । नेपाली कांग्रेसको खेलकुद विभागले पहिलो चरणमा १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक जित्न सफल नेपाली खेलाडीलाई शुक्रबार नगदसहित सम्मानित गरेको छ । पार्टी...

काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा...

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

जलेश्वर । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवासमा आज बिहान तेल बोकेको ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...

सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला : मन्त्री विश्वकर्मा

राजविराज । यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले वर्तमान सरकारले खेलकुदको विकासका लागि गाउँ गाउँमा खेल पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताएका छन् । राजविराजमा...

भारत र दक्षिण अफ्रिकाबीचको म्याच रद्द

नयाँ दिल्ली । भारत र दक्षिण अफ्रिकाबीच तय भएको तीन म्याचको वान डे सिरिजअन्तर्गतका बाँकी दुई खेल रद्द गरिएको छ । भारतमा पछिल्लो समय...

भारतीय विदेश सचिव मंसिर ११ गते नेपाल आउँदै

काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गाला यही मङ्सिर ११ गते नेपालको द्विदिवसीय भ्रमणमा काठमाडौँ आउने भएका छन्...

बारामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

बारा । बारामा कोरोन संक्रमणबाट २ जनाको मृत्यु भएको प्रहरीले जानएको छ । मृत्यु हुनेहरुमा बारा बीरगंजस्थित गण्डक अस्पतालमा उपचारत बाराको सुवर्ण गाउँपालिका वडा...

हवाई पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको छ : निवर्तमान पर्यटनमन्त्री

काठमाडौँ । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सुशासन प्रवद्र्धन, नीतिगत सुधार तथा नागरिक उड्डयन क्षेत्रको पूर्वाधार विकास र सेवा सुदृढीकरणमा उल्लेख्य...

अनियमितता छानबिन गर्न निर्देशन

काठमाडौं । गत वर्ष नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ब्याडमिन्टनका सामग्री खरिद र व्यवस्थापनका विषयमा भएको अनियमितता छानबिन गर्न युवा तथा...

गाउँ फर्कन लागेका आसिफलाई गायनमा भ्याई नभ्याई

काठमाडौं । विगत डेढ महिनादेखि जारी निषेधाज्ञाका कारण काठमाडौंमा रहेका कतिपय गायक गायिका फुर्सदमा छन् । तर, पछिल्लो समय भाइरल भएका गायक आफिल खानले...

जसले एकै दिन तीन बालिका बलात्कार गरे

लमजुङ । लमजुङमा तीन बालिका बलात्कार गर्ने ४३ वर्षको एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको क्व्होलासोथर गाउँपालिका– ३ बगुम गाउँ...

कतारी रियाल वैशाख २७ भित्रै साट्नु पर्ने, त्यसपछि नचल्ने !

काठमाडाैं ।  नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)