Monday, June 14, 2021
Home Editor-Picks बालिकालाई पेट्रोल छर्केर आगो लगाउने दुईजना पक्राउ

बालिकालाई पेट्रोल छर्केर आगो लगाउने दुईजना पक्राउ

नन्दा थापा,

बाजुरा । १४ वर्षीया बालिकामाथि पेट्रोल छर्केर आगो लगाउने दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १९ गते राति गाउँमा बिहे भइरहेको समयमा त्रिवेणी नगरपालिका–९ मलालगाउँ की १४ वर्षीया परिर्वतन (नाम मालिका १६) सभ्यता बुढाको शरीरमा पेट्रोल छर्कि आगो लगाएर उनीहरु फरार भएका थिए ।

घटनापछि फरार दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी देवेन्द्र जोशीले बताएका छन् । सोही नगरपालिका ८ कालापानीका १६ वर्षीय सुमन गिरी र १६ वर्षीय शिखर थापालाई वैशाख २० गते साँझ प्रहरीले पक्राउ गरेको सुचना अधिकारी जोशीले जानकारी दिए ।

फरार दुबैजना त्रिबेणी नगरपालिका ८ बुढीगंगा नदी किनारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक जोशीले बताए । घाइते बालिकाको शरीरको बाया भागको ढाड र कम्मर जलेको छ । बालिकाको जिल्ला अस्पतालमा उपचारपछि अभिभावकको जिम्मा लगाएको प्रहरीले बताएको छ । बालिकाको शरीरमा आगो लागेको अन्यले देखेपछि आगो निभाएका थिए ।

पीडित बालिकाका काका संजय बुढाले दिएको उजुरीका आधारमा मंगलबार नै जिल्ला अदालत बाजुरामा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ। जिल्ला अदालत बाजुराले मंगलबार दुबैजनालाई बालबालिका सम्बन्धी ऐन २०७५ बमोजिम ५ दिनको म्याद थपगरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

कोरोनाका कारण ५५ वर्षीया महिलाको मृत्यु

जिल्ला अस्पताल बाजुरामा कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–३ की ५५ वर्षीया जुना रोकायाको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी चुडामणी पन्तले जानकारी दिए । उनका उपचारको क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएकी उनलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको पन्तले बताए ।

आइसोलेसन कक्षमा राखेर भेन्टिलेटरमा उपचार गराईरहको उनको बुधबार दिउँसो मृत्यु भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । मृतकको शब नेपाली सेनाले ब्यबस्थापन गर्ने जनाइएको छ । दोस्रो लहरको कोभिड फैलिएपछि बाजुरामै कोरानाले मृत्यु भएको यो पहिलो घटना हो । अहिलेसम्म बाजुरामा १ सय ७ जनामा कोभिड १९ संक्रमण भएको छ । जिल्ला अस्पताल बाजुराको आईसोलेशनमा ९ जनाको उपचार भईरहेको छ भने बाँकी सबै होम आईसोलेशनमा रहेको जिल्ला अस्पताल बाजुराका कोभिड फोकल पर्सन चुडामणी पन्तले जानकारी दिए । एक जना निको भएर घर फर्कीएका छन् ।

(Visited 122 times, 1 visits today)
Loading comments...

आजको समाचार

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

साताका लोकप्रिय समाचार

अबको निषेधाज्ञा मोडालिटी ‘लुजडाउन’

काठमाडौं । सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको कोरोना संक्रमण सुरु भएपछि गत १६...

नुएरको सयौं खेलमा जर्मनीको फराकिलो जित

म्युनिख । गोलरक्षक तथा कप्तान म्यानुयल नुएरको कीर्तिमानी १ सयौं खेलमा जर्मनीले युरोपेली च्याम्पियनसिप अघिको अन्तिम तयारी खेलमा लात्भियामाथि ७–१ को सानदार जित निकाल्दै...

अप्सरा रानीकाे बाेल्ड तस्विर (फाेटाेफिचर)

  एजेन्सी ।  दक्षिण भारतीय अभिनेत्री अप्सरा रानी बोल्ड लुकका कारण प्रायः चर्चामा रहन्छिन्। निर्देशक रामगोपाल बर्माकी अभिनेत्रीको सोसल मिडिया अकाउन्ट बोल्ड र हट तस्बिरले...

लोक दोहोरी प्रतिष्ठानको समन्वयमा जिल्ला भित्रियो स्वास्थ्य सामग्री

  गुल्मी । वोधिसत्वा विहार, काठमाडौको सहयोग तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, जिल्ला शाखा गुल्मीको समन्वयमा गुल्मीमा लाखौँ मुल्यको स्वास्थ्य सामग्री भित्रिएको छ...

ट्रेन्डिङ

सिटीको प्रतिबन्ध फुकुवा

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई युरोपेली फुटबलको सर्वोच्च संस्था (यूईएफए)ले दुई वर्षे युरोपेली प्रतियोगितामा सहभागी हुन नपाउनेगरी लाएको प्रतिबन्ध फुकवा भएको छ । सिटीले...

सप्तरीमा दोस्रो कोरोना संक्रमित भेटिएपछि लकडाउनमा कडाई

सप्तरी । सप्तरीमा दोस्रो कोरोना संक्रमित ३५ वर्षीय युवक चोर बाटोको प्रयोग गर्दै भारतको हरियाणाबाट फर्कि घरमा लुकी बसेको खुलेको छ । शुक्रबार स्वाब...

बाजुरामा ट्याक्टर दुर्घटना, चालकसहित ९ जना घाइते

बाजुरा । जिल्लाको गौमुल गाउँपालिकामा मंगलबार बिहान ट्याक्टर दुर्घटना भएको छ । गाउँपालिकाको वडा नं. ६ स्थित निलासेनबाट घट्मुना तर्फ आउँदै गरेको सु.प.प्र.०१००२ त...

कोरोना संक्रमितको संख्या ५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमित व्यक्तिको संख्या ५ पुग्यो । बाग्लुङकी एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएसँगै नेपालमाखसंक्रमितको संख्या ५ पुगेको हो ।...

चुनौतीमय नयाँ वर्ष

सिंगो विश्व नै महामारीको चपेटामा परिरहेका बेला नेपालीले कोरोना भाइरसबाट जोगिन सचेतनाको सन्देशसहित विक्रम संवत् २०७६ लाई बिदाइ गरी २०७७ लाई स्वागत गरिरहेका छन्...

भिडियोमा भूपेन्द्रको नयाँ गजल

काठमाडौं । यसअघि २०५९ सालमा एकल गजल एल्बम बुलबुल श्रोतामाझ ल्याएका गजलकार तथा गीतकार भूपेन्द्र खड्काले यतिबेला अर्को गजल श्रोता र दर्शकमाझ ल्याएका छन्...

आमा सँगै कर्णाली नदीमा हेलिएकी रजनीको शब नौ दिनपछि भेटियो

दैलेख । आमा सहित कर्णाली नदीमा हेलिएकी आठविस नगरपालिका ३ की ५ बर्षिया बालिका रजनी बडुवालको शव भेटिएको छ । वेपत्ता भएको ९ दिनपछि...

एलेग्रीले जिदानको स्थान लिने सम्भावना

म्याड्रिड । स्पेनिस टोली रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले सम्झौता नथप्ने निर्णय गरेका छन् । उनको सो घोषणापछि म्याड्रिड नयाँ प्रशिक्षकको खोजीमा रहेको छ...

मतदाताको घर दैलोमा कोरोना सचेतना फैलाउदै जनप्रतिनिधी

सप्तरी, राजविराज । चुनावका बेला हातहातमा पर्चा बोकेर मतदाताको घर चहार्ने गरेका स्थानिय तहमा उम्मेदवारहरु अहिले त्यही शैलीमा कोरोना भाईरस सचेतना सम्बन्धी पर्चा बोक्दै...

पेट्रोलियम पदार्थबाट चल्ने सवारी र मदिराको कर यथावत्

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन र मदिरामा लिँदै आएको करको दर यसपटक यथावत् राखेको छ । यसअघि नेगेटिभ लिस्टमा राखेर कर...

कोभिडको मौका छोप्दै कालो ढुसी

  २० मे २०२१ मा भारतको सञ्चार मन्त्रालयले भारतीय भेरियन्ट लेखिएका सबै पोस्ट हटाउन सामाजिक सञ्जाल कम्पनीलाई निर्देशन दियो । विश्वका ५० बढी देशमा महामारीका...

नेप्सेमा नकारात्मक सर्किट, कारोवार स्थगित

काठमाडौँ । कूल छ प्रतिशत बढीले ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले शेयर कारोवार स्थगित गरेको छ । मंगलबार र बुधबार लगातार छ प्रतिशत बढीले...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)