पूर्वसैनिक स्वास्थ्यकर्मीलाई सेवामा तयार रहन निर्देशन

काठमाडौं । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई ‘राष्ट्रलाई आवश्यक परेको बखत सेवामा फर्काउने’ भन्दै तयार रहन निर्देशन दिएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बुधबार बसेको विशेष बैठकले २०७२ सालपछाडि स्वास्थ्य सेवाबाट अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई आवश्यक परेका बेला बोलाउन सकिने निर्णय गरेको हो ।

पछिल्लो समय कोरोना संक्रमित संख्या अत्यधिक वृद्धि हुन थालेपछि सेनाको जिम्मेवारीसमेत बढेको छ । सातै प्रदेशका पृतना मातहत र उपत्यका पृतनाबाट संक्रमितको उपचार गर्न भन्दै अस्थायी अस्पताल योजनासमेत बनाइएको छ ।

सेनाले हाल कोरोना संक्रमणबाट निधन भएकाको शव व्यवस्थापन गर्दै आएको छ । उसले कोरोना महामारी नियन्त्रण तथा रोकथाममा थप भूमिका पूर्वानुमान, विभिन्न योजना तर्जुमा तथा आवश्यक तयारी गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 287 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भक्तपुरमा प्रदर्शन