Tuesday, June 22, 2021
Home प्रदेश अक्सिजन अभावले बाँकेमा तीनस बेडकाे अस्पताल सञ्चालन हुन सकेन

अक्सिजन अभावले बाँकेमा तीनस बेडकाे अस्पताल सञ्चालन हुन सकेन

रुद्र सुवेदी,

नेपालगञ्ज । कोरोना हटस्पट बनेको बाँकेमा कोरोनाका बिरामी उपचार गराइरहेका अस्पतालमा अक्सिजन अभाव देखिन थालेको छ । अक्सिजन अभावकै कारण नेपालगन्ज मेडिकल कलेज कोहलपुरले कोरोनाका बिरामीका लागि तयार पारेको तीन सय बेडको ‘कोरोना डेडिकेटेड’ अस्पताल सञ्चालनमा ल्याउन सकेको छैन भने नयाँ बिरामी समेत भर्ना लिन आनाकानी गर्दै आएको छ ।

अस्पतालका सह–निर्देशक डा. नितेशकुमार कनोडियाले अस्पतालको सबै तयारी पूरा भए पनि अक्सिजन अभावका कारण डेडिकेटेड अस्पताल सञ्चालनमा ल्याउन नसकिएको बताए । उनले भने, ‘बिरामीको चाप अधिक छ । अधिकांश कोरोना संक्रमित अक्सिजन आवश्यक परेमा आउनुहुन्छ । अक्सिजन र बेड दुवैको अभावमा कसरी भर्ना लिएर उपचार गर्ने ।’

उनले स्थानीय अक्सिजन उत्पादन गर्ने उद्योगले आफूहरूको मागअनुसारको उत्पादन गर्न नसक्नु, भारतबाट आयात हुने लिक्विड अक्सिजन टयांकको आयात रोकिनु, सिलिन्डिरको अभाव हुनुलगायतका कारणले तयार रहेको डेडिकेटेड अस्पताल पनि सञ्चालन गर्न नसकिएको र अब उप्रान्त नयाँ बिरामी पनि भर्ना गर्न नसक्ने अवस्थामा पुगेको स्पष्ट पारे ।

बाँकेमा परस्पुरमा अक्सिजन उत्पादन गर्ने उद्योग छ । यो उद्योगले भेरी अस्पतालमा दैनिक ४ सय सिलिन्डर पठाउने गर्छ । यस्तै बर्दिया, दाङ, सुर्खेत, धनगढीसम्मै अक्सिजन पठाउने गरेका यी उद्योगले मागअनुसारको आपूर्ति भने गर्न सकेका छैनन्

अस्पतालको आफ्नै अक्सिजन प्लान्ट र लिक्विड अक्सिजन ट्यांक भए पनि अक्सिजन अभाव टार्न मुस्किल देखिएको छ । उनले कोहलपुर मेडिकल कलेजमा अहिले दैनिक २ सय ५० सिलिन्डर अक्सिजन खपत हुने गरेको र नेपालगन्ज मेडिकल कलेजमा दैनिक २ सय सिलिन्डर अक्सिजन खपत भइरहेको जानकारी दिए । भारतमा अहिले कोरोनाको सुनामी छ । त्यहाँ पनि अक्सिजन अभाव चर्किएको छ । जसका कारण लिक्विड अक्सिजन आयात रोकिएको छ ।

मेडिकल कलेजमा मात्र साज्ञामा एउटा लिक्विड टयांक खपत हुने गरेको छ । उक्त टयांकको क्षमता १२ हजारको हो । ‘भाइरस संक्रमित बिरामीलाई भर्ना गरेर मात्र हुँदैन । उनीहरूलाई अक्सिजन दिनुपर्छ तर त्यसका लागि अक्सिजन चाहियो, सिलिन्डर चाहियो यी सबैको अभाव छ,’ उनले भने ।

उनले हाल सय जना कोभिडका बिरामीलाई अहिले दैनिक २ सय ५० सिलिन्डर खपत भइरहेको र डेडिकेटेड अस्पताल सञ्चालन गरे कम्तीमा ५ सय सिलिन्डर आवश्यक पर्ने बताए । एउटा बिरामीलाई १० मिनेटमा एउटा अक्सिजन सिलिन्डर दिनुपर्ने अवस्था रहेको सुनाउँदै भने, ‘एकैपटक ५० जना बिरामीलाई अक्सिजन दिनुप-यो भने ५० वटा सिलिन्डर जोड्नुपर्छ । १०/१० मिनेटमा कसरी फेर्न सकिन्छ ? तत्काल अर्को सिलिन्डर जोड्न नै टाइम लाग्छ । सिलिन्डर भर्नलाई पनि त समय चाहिन्छ । फेरि जनशक्ति पनि त छैन । भएका जनशक्तिमध्ये अधिकांश संक्रमित छन् । तर, पनि काम गर्दै आएका छांै ।’

बाँकेमा परस्पुरमा अक्सिजन उत्पादन गर्ने उद्योग छ । यो उद्योगले भेरी अस्पतालमा दैनिक ४ सय सिलिन्डर पठाउने गर्छ । यस्तै बर्दिया, दाङ, सुर्खेत, धनगढीसम्मै अक्सिजन पठाउने गरेका यी उद्योगले मागअनुसारको आपूर्ति भने गर्न सकेका छैनन् । बाँकेका प्रमुख जिल्ला अधिकारी तथा कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका संयोजक शिवराम गेलालले बाँकेमा कोभिड डेडिकेटेड अस्पताल सञ्चालनमा नियमित अक्सिजनको पहुँच हुन नसकेका कारण र अस्पतालको आन्तरिक तयारी पनि हुँदै गरेको कारणले अवरोध भएको अनुगमनका क्रममा पाइएको प्रतिक्रिया दिए ।

(Visited 53 times, 1 visits today)
Loading comments...

आजको समाचार

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै...

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका...

बेल्जियम, डेनमार्क, नेदरल्याण्ड र अष्ट्रिया नकआउट चरणमा

लन्डन । यूरोकप अन्तर्गत समूह चरणको गएराति सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि रोमलु लुकाकुले एक गोल...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

साताका लोकप्रिय समाचार

भक्तपुरमा ९५ प्रतिशत संक्रमित कोरोना मुक्त, २७७ को मृत्यु

  भक्तपुर । भक्तपुरका ९५ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । भक्तपुरका २१ हजार २३४ जना संक्रमित मध्ये मंगलवार साँझसम्म २० हजार २१६ जना...

गोरखामा टेली चलचित्र कलाकारको राहत

काठमाडौं । आफूहरूले टेली चलचित्रबाट जम्मा गरेको केही रकमबाट कलाकारले न्यून आय भएका परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । हास्यप्रधान दुई टेलिसिरियल ‘हल्का रमाइलो’...

पाँचथरमा एक हप्ता निषेधाज्ञा थप

  पाँचथर । दोस्रो भेरियन्टको कोरोना भाइरसको संक्रमण रोकथामका लागि जिल्लामा जारी गरिएको निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

निषेधाज्ञाले मात्रै घटदैन संक्रमण

  उपत्यकालगायतका प्रमुख प्रभावित सहरमा निषेधाज्ञा लगाइएको चार साता नाघिसक्दा देशभर निषेधाज्ञा छ । तथापि, संक्रमित र मृत्यृको संख्या ओर्लिन उल्लेखनीय सुरु गरेको छैन ।...

ट्रेन्डिङ

कैलालीमा १३ जेठसम्म निषेधाज्ञा थपियो

धनगढी । कैलालीमा जारी निषेधाज्ञा थप एकसाता लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको हो । कोरोना भाइरसको...

कोरोना त्रास : नागरिकको ज्यान भन्दा महत्वपूर्ण पर्यटक होइनन्

‘नेपालमा कोरोनाका बिरामी भेटिएको हो ?’ शनिवार बेलुका १० बज्नै लाग्दा एकमित्रले फेशबुक म्यासेन्जरमा सोधे ? ‘हैन हैन । नेपालमा कोरोना आउन्न ।’...

कोरोना भाइरस सङ्क्रमण फैलिन सक्ने भन्दै श्रीलङ्काद्वारा निर्वाचन स्थगित

कोलम्बो । कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी बन्दै गर्दा श्रीलङ्काले आगामी महिनाका लागि तय गरेको संसदीय निर्वाचनलाई अनिश्चितकालका लागि स्थगित गरेको छ । सरकारले कोरोनाभाइरसको...

क्वारेन्टाइनका बालबालिकालाई कथावाचन कार्यक्रम

काठमाडौं । घरमै बसेका बालबालिकाहरूका लागि थिएटर मल कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले कार्यक्रम ‘कथा खरर, मन हरर...’ सुरु गरेको छ ।...

१ लाख घुससहित इन्जिनियर रंगेहात पक्राउ

बैतडी । बैतडीमा एक इन्जिनियर १ लाख घुस रकमसहित रंगेहात पक्राउ परेकाछन् । सिचाई डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुख समेत रहेका इन्जिनियर...

अनुदानसँगै ऋण लिएरै भएपनि कर्णाली बनाउन जुटे स्थानीय सरकार

सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताएका छन् । नगर...

सिरहा कारागारका ५०७ कैदी बन्दीमा कोरोना संक्रमण

सिरहा । सिरहाको कारागार कोरोना संक्रमणको केन्द्र बनेको छ । कारागारमा रहेका ५ सय ९७ मध्ये ५ सय सात जनामा कोरोना संक्रमण पुष्टि भएको...

चलेन मेसीको जाँदु

रियो दि जेनेरियो । ब्राजिलमा जारी कोपा अमेरिका फूटबलमा अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् । समूह ए को आफ्नो पहिलो खेलमा अर्जेन्टिना चिली...

अप्रिलसम्ममा कोरोना भाइरसको खोप उपलब्ध हुने

एएनआई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन् । उनले आगामी अप्रिल महिनासम्ममा...

व्यसायिक खेतीका लागि लगाइएको गाँजा सशस्त्रद्वारा फडानी

बारा । व्यसायीक खेती गर्न लगाइएको गाँजा खेती सशस्त्र प्रहरीद्वारा फडानी गरिएको छ । बाराको निजगढ नगरपालिका वडा नम्वर १३ डम्मरपुर स्थित जंगल क्षेत्रमा...

बाबुराम भट्टराई प्रधानमन्त्रीकाे सूचीमा !

तत्कालीन माओवादी नेता । त्यसपछि नयाँशक्ति पार्टीका संयोजक । फेरि संघिय समाजवादी पार्टीका संयोजक । अहिले जनता समाजवादी पाटी नेपालका नेता । पूर्वप्रधानमन्त्री समेत...

संसद् पुनःस्थापना पहिलो प्राथमिकता : शशाङ्क कोइराला

महेन्द्रनगर । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् । कञ्चनपुरको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)