Sunday, June 13, 2021
Home Not-to-be-missed धनगढी प्ले अफमा पुग्ने पहिलो टोली

धनगढी प्ले अफमा पुग्ने पहिलो टोली

राजधानी समाचारदाता,

काठमाडौं । धनगढी एफसी खुकुरी नेपाल सुपर लिग (एनएसएल)को प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । सब्सिच्युट दर्शन गुरुङको गोल मद्दतमा पोखरा थन्डर्सलाई १–० ले पराजित गर्दै धनगढीले प्ले अफमा स्थान पक्का गरेको हो ।

३७औं मिनेटमा ओलावाले ओलाडिपो आफिजको स्थानमा मैदान छिरेका दर्शनले ६८औं मिनेटमा गोल गर्दै धनगढीलाई १–० को जित दिलाएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा धनगढी र पोखराले पहिलो हाफमा गोलरहित बराबरी खेलेका हुन् । खेलको २२औं मिनेटमा अशोक खवासको फ्रिकिक पेनाल्टी बक्समा क्लियर हुन नसक्दा हुलमुलमा ओलावाले ओलाडिपो आफिजको प्रहारलाई डिफेन्डरले ब्लक गर्दै बचाउँदा धनगढी एफसी अग्रता लिनबाट चुक्यो । २६औं मिनेटमा मौसा अब्बाले वान भर्र्सेस वानको अवस्थामा गरेको प्रहार धनगढीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले बचाउँदा रिवाउन्डमा रवि पासवानको प्रहार बाहिरियो ।

मुख्य फरवार्ड ओलावाले ओलाडिपो आफिजले चोट बोकेपछि धनगढीले उनको स्थानमा ३७औं मिनेटमा दर्शन गुरुङलाई मैदान पठाएको थियो । ४०औं मिनेटमा मौसा अब्बाको फ्रिकिकमा अजित भण्डरीले प्रहार गर्न नसकेको बललाई नवयुग श्रेष्ठले भेट्टाए पनि प्रहार गर्न ढिला गर्दा उनले दुई अवसर पाए पनि उनको दुई प्रहारलाई डिफेन्डर र गोलरक्षक किरणले बचाउँदा पोखरा अग्रता लिनबाट चुक्यो । ६८औं मिनेटमा सब्सिच्युट दर्शन गुरुङले सुन्दर गोल गर्दै धनगढीलाई १–० को अग्रता दिलाए । डिफेन्सले क्लियर गर्न नसकेको बललाई दर्शनले नियन्त्रणमा लिँदै गरेको प्रहार पोजिसनमा नरहेका गोलरक्षक दीप कार्कीले ठम्याउन सकेन ।

त्यसअघि ६७औं मिनेटमा दर्शन गुरुङको प्रहारलाई गोलरक्षक दीप कार्कीले बचाएका थिए । ७४औं मिनेटमा कप्तान अनिल गुरुङको प्रहारलाई दिनेश राजवंशीलाई डिफ्लेक्ट हुँदै बाहिरिँदा पोखरा बराबरीबाट चुक्यो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रमेश दंगालको ब्याक हेडरलाई गोलरक्षक किरण चेम्जोङले पन्च गर्दै बचाउँदा पोखराले हार बेहो¥यो । धनगढीका अशोक खवास इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । धनगढीका आइकोनिक खेलाडी तथा कप्तान किरण चेम्जोङ प्लेयर अफ दि म्याच घोषित भए । उनले २५ हजार रुपैयाँ हात पारे ।

जितपछि धनगढी ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लदै शीर्ष चारमा स्थान पक्का गरेको छ । पराजित पोखराको भने शीर्ष चारमा पर्ने सम्भावना न्युन बनेको छ । पोखराको ५ खेलबाट ५ अंक छ । समान ७ अंक रहँदा विराटनगर सिटी एफसी दोस्रो तथा काठमाडौं रेजर्स तेस्रो स्थानमा रहेको छ । समान ५ अंक रहे पनि बुटवल लुम्बिनी चौथो तथा पोखरा पाँचांै स्थानमा रहेको छ । ललितपुर ३ अंक जोडेर छैटांै तथा चितवन २ अंक जोडेर पुछारमा छ ।

हारपछि पोखराका सहायक प्रशिक्षक राजेश शाहीले अघिल्लो खेलमा जस्तै धनगढीविरुद्ध पनि फिनिसिङमा चुक्दा पराजित हुन पुगेको बताए । उनले गोल गर्न हतारिँदा पनि हारको नतिजा आएको बताए । धनगढीका प्रशिक्षक तोपे फुजाले कठिन खेलमा जित हात पार्न सफल भएकोमा खुसी रहेको बताए । लिगमा बुधबार दुई खेल हुनेछ । पहिलो खेलमा दिउँसो २ः३० बजे ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी तथा दोस्रो खेलमा साँझ ५ः३० बने काठमाडौं रेजर्स र विराटनगर सिटी एफसीबीच प्रतिस्पर्धा हँुदै छ ।

लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ वैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ वैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० वैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ । नेपाल स्पोर्ट्स म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ सहरका ७ टोलीको सहभागिता रहेको छ । राउन्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ ।

एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैयाँ हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

अभिषेकले बुटवल लुम्बिनीबाट खेल्ने
नेपाली राष्ट्रिय टोलीका फरवार्ड अभिषेक रिजालले बुटवल लुम्बिनी एफसीबाट खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा खेल्ने भएका छन् । अभिषेकले बुटवलबाट खेल्ने पक्का भएको हाम्रो खेलकुदलाई जानकारी गराए । उनी बुधबार नै टोलीको प्रशिक्षणमा जुटिसकेका छन् ।

अभिषेक भारतीय क्लब एजवालमा अनुबन्धित रहेका कारण चैत ६ गते भएको एनएसएलको अक्सनका समावेश गरिएका थिएनन् । लिग चरणको चौथो चरणको खेल सकिँदा बुटवल लुम्बिनी ५ अंकका साथ अंक तालिकाको चौथो स्थानमा छ । लुम्बिनीले लिग चरणमा ललितपुर सिटी एफसी र धनगढी एफसीसँग खेल्न बाँकी छ । नेपाली टोलीले गत महिना स्वदेशमा आयोजना भएको थ्री नेसन्स कप जित्दा अभिषेक त्यसका सदस्य थिए । बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।

(Visited 44 times, 2 visits today)
Loading comments...

आजको समाचार

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

साताका लोकप्रिय समाचार

२१ दिनभित्र सम्पर्कमा नआए ललिता निवासको जग्गा सरकारको नाममा

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना प्रकाशित गरेको छ ।...

‘डम्पिङ’ राजनीति रोक

कोरोना महामारीले सिंगो मुलुकको जनजीवन ठप्प जस्तै छ । मानिसहरू आफ्नो जीवन कसरी बचाउने भन्नेमा नै चिन्तित छन् । दैनिक मृत्युको खबरले जोसुकै नागरिकलाई...

मिथिलाञ्चलमा वटसावित्री पर्वको रौनक

  जनकपुरधाम । कोरोना भाइरस र लकडाउनका कारण मिथिलाञ्चलका अधिकांश पर्व प्रभावित भएको छ । वटसावित्री पर्वमा पनि कोरोनाको असर देखिएको छ । वरको रुख...

पूर्वमहालेखा परीक्षक अधिकारीको निधन

 काठमाडाैं । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ । निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी...

ओलीले गरेको आह्वान जालझेल पूर्ण भन्दै माधव नेपालले लिखित जवाफ लेख्ने

काठमाडाैं । नेकपा एमाले वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वानलाई जालझेलपूर्ण भन्दै अश्वीकार गरेको छ । नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूको...

ट्रेन्डिङ

प्रधानमन्त्री ज्यु हामी कार्वाही भोग्न लामबद्ध छौं : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्वाही गरेर देखाउन चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित चियापान समारोहमा पार्टीको...

ग्रामीण दूरसञ्चार पूर्वाधारका लागि दिइएको रकमको हिसाब खोजिन्छः मन्त्री बाँस्कोटा

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ग्रामीण दूरसञ्चार पूर्वाधार विकासका लागि तत्कालीन एसटिएम (हालको सिजी टेलिकम)लाई उपलब्ध गराएको अनुदान रकमको हिसाबकिताब...

बैंकको मुद्दती खाता नवीकरण अब इमेलबाटै गर्न सकिने

काठमाडौं । निषेधाज्ञा अवधिमा बैंकको मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । नेपाल बैंकर्स एसोसिएसनले आइतबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा अवधिभर मुद्दती...

अन्ततः फुटतर्फ नेकपा

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्पष्ट रूपमा दुई समूहमा विभाजित भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष...

राउटेको अस्तित्व संकटमा

सुर्खेत । कर्णाली प्रदेशका सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक मन्त्री दलबहादुर रावल र कृषि तथा सहकारी मन्त्री विमला केसी लगायत कार्तिक ८ गते महाअष्टमीका...

उदयपुरमा सेनाले बनायो २ सय शैयाको क्वारेन्टाइन

उदयपुर । नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा झुल्केले २ सय बेडको क्वारेन्टाइन निर्माण गरेको छ । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखी सेनाले उदयपुरको...

जनकपुरको प्रादेशिक अस्पतालबाट १५ जनाले जिते कोरोना

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत रहेको कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जितेका छन् । गत जेष्ठ ९ गते कोरोना पुष्टि भएर अस्पतालमा...

७६ को उपधारा ५ को बाटोमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत नलिने भएका छन् । राष्ट्रपतिसमक्ष संविधानको धारा ७६ उपधारा ५ को प्रक्रिया सुरु गर्न उनले...

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

महेन्द्रनगर । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी...

आमासहित ३ जनाको सामुहिक दाहसंस्कार

दैलेख । कर्णाली नदीमा हाम फालेर मुत्यु भएको आठविस नगरपालिका –३ निमायलका ४ जनाको बुधबार कर्णाली नदीको तिरमा संयुक्त दाहसंस्कार गरिएको छ । जिल्ला...

४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्‍यु

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा थप ४८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा...

१०१ मुलुकमा कोरोना भाइरस सङ्क्रमण, चीनमा नयाँ सङ्क्रमण र मृत्युदर घट्ने क्रम जारी

पेरिस । विश्व स्वास्थ्य सङ्गठनले आइतबार बिहान दिएको तथ्याङ्क अनुसार कोभिड–१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको छ । विश्वभर एक लाख पाँच हजार ८३६ पुगेको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)