चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडलाई २–० ले पराजित गर्दै चेल्सी फाइनलमा प्रवेश गरेको हो । चेल्सीले समग्रमा ३–१ को जित दर्ता गर्न सफल रहयो । अब चेल्सीले टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिगको तेस्रो फाइनल खेल्नेछ ।

उसले सन् २००८ मा म्यान्चेष्टर युनाइटेडसँग पेनाल्टी सुटआउटमा उपाधि भिडन्त गुमाएको थियो । त्यस्तै सन् २०१२ मा बार्यन म्युनिखलाई हराएर उपाधि जितेको थियो । फ्राङ्क लाम्पार्ड बर्खास्तमा परेपछि चेल्सी सम्हाल्न आइपुगेका थोमस टुचेल लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको फाइनल पुगेका हुन् ।

टुचेलले पीएसजीबाट गत सिजन च्याम्पियन्स लिगको फाइनलमा टिमको नेतृत्व गरेका थिए । चेल्सीले मे १५ मा लेस्टर सिटीसँग एफ ए कपको फाईनल समेत खेल्दैछ । चेल्सीले लिगको उपाधिका लागि म्यान्चेष्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

सिटीले मंगलबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गर्दै फाइनल यात्रा तय गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 273 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीको लम्कीमा दुई मेयर र एक सदस्यको उम्मेदवारी रद्द