मोडलिङमा जम्दै फरिता खड्का

काठमाडौं । उद्यपुरबाट नायिका बन्न सात वर्षअघि काठमाडौं छिरेकी फरिता खड्का म्युजिक भिडियोमा मोडलिङ गर्छिन् । तर, फिल्ममा नायिका बन्ने उनको सपना अझै पूरा भएको छैन । अघिल्लो वर्ष एउटा नयाँ चलचित्रमा अनुबन्धित भएकी उनी कोरोनाका कारण सो चलचित्र निर्माण नभएपछि नायिका बन्न सकिनन् । अब कोरोनाको कहर घटेपछि फिल्म बन्नेमा उनी आशावादी छन् । त्यसपछि नायिका बन्ने आफ्नो सपना पूरा हुने फरिताको विश्वास छ ।

फिल्ममा नायिका बन्ने संघर्षमा रहेकी फरिता म्युजिक भिडियो र ¥याम्प मोडलिङमा रुचाइएको नाम हो । उनका एकपछि अर्को गर्दै विभिन्न म्युजिक भिडियो आइरहेका छन् । नेपालमा कोरोनाको पहिलो र दोस्रो महामारीका कारण नेपाली चलचित्र उद्योग ठप्प जस्तै छ । चलचित्रको कलाकार यतिबेला म्युजिक भिडियोमै आश्रित छन् । फिल्ममा कलाकार म्युजिक भिडियोमा आएपछि आफूहरू जस्ता व्यावसायिक म्युजिक भिडियोका मोडललाई असर पारेको फरिताले बताएकी छन् ।

तीन वर्षअघि उनको जिउको लुगा…गीतको भिडियोबाट म्युजिक भिडियोमा अभिनय सुरु गरेकी हुन् । त्यो भिडियोलाई निर्देशन मिनसारग लामाले गरेका थिए । शब्द पनि लामाकै थियो भने सुमी पराजुलीले गाएकी हुन् । नृत्य प्रधान यो गीत बजारमा आएपछि उनले तीन वर्षयताबाट म्युजिक भिडियोलाई निरन्तरता दिएकी छन् ।

म्युजिक भिडियोभन्दा अघि उनी ¥याम्पमा फेसन मोडलिङ गर्थिन् । पाँच वर्षअघिबाट उनले ¥याम्पबाट मोडलिङ सुरु गरेको हो । त्यसपछि दुई वर्षसम्म उनले फेसन सोमा मोडलिङ गरिन् । सोही क्रममा प्रस्ताव आएपछि उनले ¥याम्प कोरियोग्राफी पनि गरिन् । दुई वर्षअघि उनले काठमाडौंको नेपाली चुलोमा सम्पन्न भ्यालेन्टाइन फेसन सोको पहिलो कोरियोग्राफी गरेकी थिइन् । त्यसपछि उनले आधा दर्जन फेसन शोमा कोरियोग्राफी गरिन् । फेसन कोरियोग्राफी कोरोनाका कारण रोकिएको यी मोडलको गुनासो छ ।

¥याम्प मोडलिङ र कोरियोग्राफी कोरोनाका कारण रोकिए पनि उनले म्युजिक भिडियोमा अभिनयलाई निरन्तरता दिएकी छन् । तीन वर्षयताबाट अहिलेसम्म फरिताले दुई दर्जन भिडियोमा अभिनय गरिसकेकी छन् ।

यी मोडलले अभिनय गरेको नयाँ गीत सल्ला घारी तीन साताअघि मात्र रिलिज भएको हो । रानी शाक्यले गाएको यो गीतमा फरिताले जीएस गुरुङको मोडल भएर काम गरिन् । यो गीत अहिले चर्चामा छ ।

आफू नृत्यमा पोख्त भएका कारण उनलाई डान्स प्रधान गीतमा अभिनय गर्न विशेष मन पर्छ । तथापि कलाकार भएका नाताले आफू सबै प्रकारको गीतमा अभिनय गर्ने उनले बताइन् । फरिताले अभिनय गरेको छाडी गयौ…, बाकसको काठ…, ब्युटीफुल तिमी…, छ माया छपक्कै…, जाडो भए पछ्यौरी तान…सहितका थुप्रै सफल गीतहरू छन् ।

उदयपुरको बेलका नगरपालिका–९ रामपुरकी फरिता अहिलो काठमाडौंको पद्म कन्यामा स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् । आफूले कलेजमा पनि डान्स विषय नै पढिरहेको उनले बताइन् । बाल्यकालदेखि नै नृत्यमा रुची भएका कारण उनी नृत्य सिक्न कै लागि काठमाडौं आएकी हुन् । सोही कारण उनले नृत्य विषय लिएर पढेकी रहिछन् ।

उनले आफू जस्तै अरूलाई पनि कलाकार बनाउन यी मोगलले ललितपुरको सात दोबाटोमा डान्स स्टुडियो खोलेकी छन् । त्यो स्टुडियो यतिबेला भने लकडाउनका कारण बन्द गर्नुपरेको उनले बताइन् ।

फरिताले म्युजिक भिडियोमा अभिनय गरेबापत् अहिलेसम्म पैसाको माग गरेकी छैनन् । कलाकारले आफूलाई चित्त बुझ्दो पारिश्रमिक दिने गरेको उनले बताएकी छन् । तर, पारिश्रमिक भने उनले बताइनन् । म्युजिक भिडियोबाट प्राप्त पारिश्रमिकले खर्च चल्ने गरेको उनले जिकिर गरिन् ।

फरिताको अनुभवमा यहाँ गुटका कारण प्रतिभावान् कलाकारलाई काम गर्न गाह्रो छ । तर, आफू नृत्य क्षेत्रबाट आएकाले सबैले काम दिने गरेको उनले दाबी गरिन् । उनले भने गुटको सिकार हुनुपरेको छैन । आफ्नो क्षमता हेरेर काम गर्ने जो कोहीको भिडियोमा पनि अभिनय गर्दै आएको उनको भनाइ छ । अहिलेसम्म मोडलकै रूपमा अघि बढेकी उनी आगामी दिनमा भने नायिकाका रूपमा चलचित्रमा आउने योजनामा छिन् । त्यसका लागि आवश्यक प्रशिक्षण आफूले लिइरहेको उनले बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 357 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नेमकिपाको घोषणा पत्र : नेपाली मौलिक शैलीको आवासमा जोड