कम्युनिष्ट सरकारको गैर जिम्मेवार रवैयाले अन्यौल बढ्यो : कांग्रेस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले )को नेतृत्वमा रहेको वर्तमान सरकारको चरम लापरवाही, गैर जिम्मेवारपुर्ण रवैया र असंवेदनशील कार्यका कारण राजनीति अनिश्चित ,अन्योल बढेको नेपाली कांग्रेसले बताएको छ ।

कांग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले बिहीबार विज्ञप्ती जारी गर्दै सरकार कोरोना महामारीको दोश्रो लहर संगै मानवीय जीवनको रक्षा गर्न सरकार असक्षम रहेको उल्लेख छ । ‘कोभिड १९ को नयाँ स्वरुपमा देखापरेको कोराना भाइरसको विश्वव्यापी असर अब विस्तारै छिमेकी मुलुक भारत हुँदै नेपालमा पनि द्रुतगतिमा देखापरिसकेको छ । कोभिड १९ को पहिलो लहरको तुलनामा यो नयाँ स्वरुपको कोरोनाको असर सक्रमण र मृत्युदरको आधारमा अत्यन्त घातकरुपमा फैलिएको देख्न सकिन्छ ।’ विज्ञप्तीमा उल्लेख छ ।

पिसीआर परिक्षण गरिएका करिव ४७ प्रतिशतमा कोरोनाको सक्रमण पुष्टि भएको पाइएवाट पनि कोभिड१९को महामारीको असर व्यापक र सघन हुने प्रस्ट छ भन्दै सरकार यस महामारी विरुद्धको लडाइलाई प्रभावकारी वनाउनुको साटो सत्ताको झिनाझपट मै अलमलिएको विज्ञप्तीमा उल्लेख छ । ’कोभिड १९को रोकथाम र नियन्त्रण गर्न आवश्यक कदम चाल्नुको साटो विद्यामान स्वास्थ्य प्रणालीले कोराना नियन्त्रण गर्न नसक्ने औपचारिक घोषणा गरि जनतामा ढाडस होइन सन्त्रास फैलाउन र आफ्नो जिम्मेवारीवाट भाग्ने प्रयास गर्दैछ ।’ विज्ञप्तीमा भनिएको छ ।

वढदो संक्रमण नियन्त्रण गर्न संघ , प्रदेश र स्थानीय तह विच समन्वय गरि आईसोलेसन केन्द्र, क्वारेन्टाइन र होल्डिङ्ग सेन्टरको निर्माण गर्न सरकार असफल भएको भन्दै दिन प्रती दिन वृद्धि भैरहेका संक्रमितहरुको उपचारकालागि आवश्यक अस्पताल वेड,आइसु वेड, भेन्टिलेटर लगायतका स्वास्थ्य पुर्वाधार , अक्सिजन र अत्यावश्यक स्वास्थ्य सामाग्रीको जोहो गर्न समेत सरकार असफल देखिएको कांग्रेसले जनाएको छ । त्यस्तै कोरोना महामारीको मौका छोपेर वजारमा आवश्यक बस्तुहरूको अभाव शृजना गरि मुल्य बृद्वी र कालाबजारी गर्ने कार्यलाई रोक्न सरकारले आवश्यक पहल कदमी लिन नसकेको विज्ञप्तीमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 260 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?