Friday, September 24, 2021
Your Ads Here
HomeEditor-Picksभारतबाट फर्केकाहरु यार्सा टिप्न सिधै लेकतीर (फाेटाेफिचर)

भारतबाट फर्केकाहरु यार्सा टिप्न सिधै लेकतीर (फाेटाेफिचर)

डीवि विष्ट,
sharethis

बझाङ । कोरोनाको दोस्रो लहरको उच्च जोखिम बढेको बेला भारतबाट फर्केकाहरु सिधै यार्सा संकलनको गर्न लेक तिर जाने गरेका छन् । बझाङमा जिल्ला प्रशासन कार्यालयले गएको सोमबार देखी अर्को सुचना जारी नभए सम्मका लागी निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले निषेधाज्ञा जारी गरे पनि महामारीमा यार्सा संकलकहरु लेकतिर जानेक्रम बढ्दो छ । वैशाख देखि असारसम्म यार्सा संकलनका लागि र भदौदेखि मंसिरसम्म यहाँका जंगलमा अन्य जडीबुटी संकलनका लागि सर्वसाधारण लेकतिर जाने गर्दछन् ।

विगतका बर्ष भन्दा यो बर्ष यार्सा संकलन गर्न जानेको संख्या बढ्ने देखिएको छ । लामो समय खडेरी परेकाले खेतबारीमा लगाएको अन्नबाली सबै सुकेकाले यार्सा संकलन गर्न लेक तर्फ जानेहरुको लर्को लागेको हो । हरेक बर्ष बझाङमा यार्सा संकलनका लागि मात्रै ४०÷५० हजार भन्दा बढी मानिसहरु लेकतिर जाने गरेका छन् । ग्रामिण भेगमा जिल्लाको सुर्मा,साइपाल, तलकोट, मष्टा, छविस पाथिभेरा गाउँपालिका र बुंगल नगरपालिकाका स्थानीयहरुको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा तथा जडिबुडी नै रहेको छ ।

गत बर्ष जिल्ला विपद व्यवस्थापन समितिले यार्सागुम्बा पाइने पाटनहरूमा संकलकहरुको भिड हुने र कोरोनाको संक्रमण फैलिने खतरा बढेपछि जोखिम हुने भन्दै यार्सा संकलनमा रोक लगाएको थियो । स्थानिय तहले पनि यार्सा संकलन गर्नमा रोक लगाएको थियो । तर यसबर्ष भने कुनै सुचना जारी गरेको छैन ।

जिल्लाको उत्तरी भेगमा खाद्यान्न कम उत्पादन हुने र आय स्रोतका अन्य माध्यम नहुँने भएकाले यार्सा र जडीबुटी संकलन नै मुख्य आयस्रोतको आधार रहेको छ । आम्दानीको मुख्य स्रोत यार्सा भएपछि यस क्षेत्रका बासीन्दाहरु परिवार सहित यार्सा संकलनका लागी घरमा ताला लगाएर बैशाख देखि असार मसान्त सम्म तीन महिना लागी लेकतिर जाने गरेका छन् ।

जंगलमा सबै एकै ठाँउ नहुने र यार्सा संकलन गर्दा अलग अलग जानु पर्ने भएकाले कोरोनाको जोखिम भने कम हुने यार्सा संकलकहरुको भनाई छ । यार्सा संकलन गर्ने पाटनहरुमा हिँउ पग्लीन थालेपछि संकलकहरु वन क्षेत्रमा जाने क्रम बढेको सुर्मा गाँउपालिकाका प्रेम बहादुर बोहराले बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   मासु पसलेको हत्या आशंकामा दुई जना प्रहरी नियन्त्रणमा

‘केहि बर्ष यता यार्सा खासै पाईएको छैन गत बर्ष यार्सा संकलनमा नै रोक लगायो । यार्सा संकलन गर्न नपाउँदा रोजीरोटी खोसियो ।’ बोहरा भन्छन् ‘यस बर्ष यार्साको उत्पादन राम्रो हुने देखिएपछि लेकतिर जानेको घुईचो लाग्न थालेको छ । यस बर्ष भोकमरी हुने भएका कारण पनि यार्सा संकलन गर्न लेक तिर जानु पर्ने बाध्यता रहेको छ ।’

बुङगल नगरपालिकाका धौलाढुङगा, चुफी, कालीगाड, छरछरे, जलजला, निलखट्टी, ठाडे सुर्मा र साईपाल गाउँपालिका जलजला, डाँफेचुली, तपोवन, डाँडा, निलखट्टी, ठाडे, जर्सी, गोलढुंगा, माझा, फरालखेत, कालापानी, राइढुंगी स्याङवन, लगायतका वन क्षेत्रमा यार्सासंकलकहरु पुगि सकेका छन् । बर्षभरीको परिवारको खर्च जोहो गर्न घरमा ताला लगाएर लेक तिर जाने गरेको साईपाल गाँउपालिका वडा नं २ का बसन्त बोहराले बताए । ‘रोजगारी केहि छैन, आय आर्जन गर्ने माध्यम नै यार्सागुम्बा र जडिबुडि हो ।’ उनले भने ‘गतबर्ष लकडाउनका कारण वन क्षेत्र बन्द हुँदा संकलन गर्न सकिएन । घर खर्च चलाउन धौ धौ भयो ।’ यार्सा संकलनबाट मात्रै एक परिवारले तीन महिनाको अवधिमा ३ लाख देखि ७ लाख जति आम्दानी गर्ने गरेका छन् । यार्सा तथा जडिबुडि संकलन नगरे भोकमरीको चपेटामा परिने गरेको उनको भनाई छ ।

सुर्मा गाँउपालिकाका अध्यक्ष नर बहादुर बोहराले यहाँका स्थानीयहरुको मुख्य आय स्रोत भनेको नै यार्सा भएका कारण रोक लगाउन वा बन्द गर्न नसकीने बताए । गाँउपालिकाले अनिवार्य रुपमा स्वास्थ्यका मापदण्ड प्रयोग गर्न अनुरोध गरेको र बाहिर जिल्लाबाट यस बर्षको बन्दा बन्दीमा मान्छेहरु नआउने भएकाले त्यती जोखीम नहुने उनको भनाई छ ।

गतबर्ष जिल्ला विपद व्यवस्थापन समितिले वन बन्द गर्न भनेकाले यर्सा संकलनमा रोक लगाईएको भए पनि यसबर्ष संकलन कार्य रोक्ने रोक्नेबारे कुनै जानकारी नआएको डिभिजन वन कार्यलय बझाङका कार्यलय प्रमुख कर्ण बहादुर खातीले बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

तपाइको प्रतिक्रिया

(Visited 910 times, 1 visits today)

आजको समाचार

‘यस्तो आइमाईलाई कसले भित्र पस्न दियो ?’ भन्ने मेयर विरुद्ध महिला आन्दोलित

  इटहरी । विभिन्न समयमा चर्चामा आएका गरेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी पुनः विवादमा तानिएका छन् । गत भदौ ३० गते बुधबार मेयर चौधरीले उपमहानगर...

कांग्रेस १४औं महाधिवेशनको फेरि मिति सारिँद

काठमाडौं । कांग्रेसले महाधिवेशन कार्यतालिका फेरि संशोधन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी भएपछि कार्यतालिकामा...

खाद्यमा खेलबाड गर्नेमाथि कडा कारबाही गर

पूर्ण सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंको आफ्नो गोदाममा वर्षौंसम्म थन्किएर रहेको कुहिएको झन्डै ५ सय मेट्रिक टन बास्मती चामल बिक्रीका...

सेनालाई राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्न प्रधानमन्त्रीको निर्देशन

  काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता...

रोजिनाको मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम भएन

  काठमाडौं । मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । आइतबार बिहान सात...

साताका लोकप्रिय समाचार

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

काठमाडाैं ।  मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । क्यानका महानिर्देशक राजन पोखरेलले...

रोजिनाको मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम भएन

  काठमाडौं । मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । आइतबार बिहान सात...

कोरोना महामारीबीच धमाधम थपिँदै ठूला मल

  काठमाडौं । कोरोना महामारीबीच अहिले धमाधम होटल, रेस्टुरेन्टदेखि ठूला ठूला मलमा लगानी बढ्न थालेका छन् । कोरोना महामारीको प्रभावले पर्यटन उद्योगलगायत धेरै क्षेत्रमा असर...

पहिरोले घर पुरिदा एकै परिवारका तीन छोरीको मृत्यु

  गुल्मी । गुल्मीमा पहिरोल घर पुिरदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –८ थुम्कामा तिलक परियारको घर पुरिदा उनकी छोरीहरु २१...

बलात्कार आरोप लगाएर ५० लाख असुल्न खोज्ने ३ महिला पक्राउ

  तुलसीपुर । दाङमा एक पुरुषलाई बलात्कारको आरोप लगाएर ५० लाखको बार्गेनिक गर्ने ३ जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा घोराही १५ बस्ने...

ट्रेन्डिङ

कोरोनाको मारमा परेका श्रमिकको व्यवस्थापन गर्न प्रचण्डको आग्रह

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसका कारण रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा...

कालिकोटमा एकै वडाका २० जनामा कोरोना संक्रमण

कालिकोट । कालिकोटमा थप कोरोनाका २० संक्रमित फेला परेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण फेला परेको हो...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)