मिस युनिवर्समा भाग लिन अंशिका शर्मा अमेरिका प्रस्थान

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको लागि अंशिका अमेरिका प्रस्थान गरेकी हुन् । मिस युनिवर्स यही मे १६ का दिन हलिवुड (फ्लोरिडा) को सेमिनोल हार्ड रक होटल एण्ड क्यासिनोमा हुँदैछ ।

वर्तमान विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीको कारण अंशिका र ब्रेभ बोल्ड एंड ब्युटीफुल टिमले विगतमा जस्तै औपचारिक रुपमा पत्रकार सम्मेलन आयोजना नगर्ने निर्णय गर्दै यसको सट्टा अंशिकाले प्रतियोगिताको पूर्वतयारी रेकर्ड गराएको जनाएको छ ।

सो रेकर्डिङ्ग र उनको अद्भूत राष्ट्रिय पोशाक कान्तिपुर टिभी एचडी मार्फत ६ मे बिहान ९ बजे प्रदर्शन हुने भएको छ । अंशिकाको साहस र उदारताको कथाले तेस्रो लकडाउनमा प्रवेश गर्दै गरेको एक राष्ट्रलाई केही राहत मिल्ने विश्वास लिइएको छ ।

‘यस यात्राको हरेक पाइलामा तपाईहरु सबै हाम्रो सम्झनामा हुनुहुन्छ र हामी एकजुट भएर विजय हासिल गर्ने कुरामा पनि विश्वश्त छौं ।’ आशिकाले भनिन् ।

६९ औं मिस युनिवर्स प्रतियोगिता मे १६ बेलुका ८ बजे (मियामी समय ) मा प्रत्यक्ष प्रशारण हुँदैछ । नेपाली समय मे १७ बिहान ५ः४५ मा हुनेछ ।त्यसैगरी राष्ट्रीय पोशाक शो मे १३, बेलुका ८ बजे (मियामी समय) हुँदैछ । नेपाली समय मे १४ बिहान ५ः४५ मा हुने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 434 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरको मेयरमा पुनः लाकिशोर शाह