Friday, June 18, 2021
Home Breaking News अस्पतालमा ठाउँ नभएपछि खुल्ला आकाशमुनि काेराेना संक्रमितकाे उपचार

अस्पतालमा ठाउँ नभएपछि खुल्ला आकाशमुनि काेराेना संक्रमितकाे उपचार

दीपक ओली,

धनगढी । धनगढीस्थित सेती प्रादेशि अस्पतालमा कोरोनाबाट संक्रमित भएकाको संख्या दिन प्रतिदिन बढ्न थालेपछि अस्पतालमा उपचार गर्न ठाउँको अभाव भएको छ ।

यो अस्पतालको आकस्मिक कक्ष र ग्यालरीसमेत भरिए पछि कोरोनाका शंकास्पद र संक्रमितको खुल्ला ठाउँमा राखेर उपचार गर्नुपरेको अस्पतालले जनाएको छ ।

अस्पताल नजिकै कोरोना संक्रमितको उपचारका लागि बनाएको कोभिड अस्पतालसँगै सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्ष, ग्यालरीसमेत भरिए पछि खुल्ला ठाउँमा राखेर उपचार गरिएको हो । उपचारका लागि अस्पताल पुगेका संक्रमित बेड नपाएपछि केहीलाई चिसो भुइँमै राखेर तथा केहीको अस्पताल बाहिर खुल्ला आकाशमा राखेर उपचार सुरु गरेको अस्पताल ब्यवस्थापन समितिले जनाएको छ ।

कोभिड संक्रमितका लागि भनेर छुट्टै ५५ शय्याको अस्थायी अस्पताल र १५ शय्याको प्रादेशि अस्पतालको आकस्मिक कक्ष रहेको छ । आकस्मिक कक्षमा कोरोनाका लक्षण भएका र अन्य बिरामी पनि छन् । आकस्मिक कक्षकै ग्यालरी बाहिर आकाशमा उपचार भइरहेको छ ।

प्रदेशको एक मात्र रेफरल अस्पतालको रूपमा रहेको सेती अस्पतालमा शय्या अभावमा गम्भीर प्रकृतिका बिरामी भर्ना गर्न नसकिएको वरिष्ठ फिजिसियन डा. निराजन दत्त शर्माले बताए

कोभिडका लक्षण भएका तर, पुष्टि नभएका बिरामीहरूको बाहिर खुल्ला आकाशमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

‘बेड छैन भनेर बिरामी फर्काउनु भन्दा जहाँ मिल्छ त्यही उपचार गर्नु ठिक हो’ उनले भने ‘अहिले हामीले यसै गरी व्यवस्थापन गरिरहेका छौँ ।’ पिसिआरको रिपोर्ट आएपछि भने उनीहरूलाई त्यहाँबाट सारिने भएको छ ।

‘संक्रमित पुष्टि भएपछि कोरोना अस्पताल पठाउँछौँ । नभए सम्बन्धित वार्डमा लैजान्छौँ’ सूचना अधिकारीले भने, ‘अहिले अवस्था जटिल बन्दै गइरहेको छ । केही दिनयता रिपोर्ट आउनुभन्दा अघि नै आकस्मिक कक्ष र ग्यालरीमै संक्रमितको मृत्यु हुन थालेको छ ।’

प्रदेशको एक मात्र रेफरल अस्पतालको रूपमा रहेको सेती अस्पतालमा शय्या अभावमा गम्भीर प्रकृतिका बिरामी भर्ना गर्न नसकिएको वरिष्ठ फिजिसियन डा. निराजन दत्त शर्माले बताए । ‘हामीसँग ठाउँ र जनशक्ति दुबैको अभाव छ । त्यसैले जसलाई जहाँ सकिन्छ त्यही उपचार गरिरहेका छौँ’ उनले भने ‘बिरामी अस्पतालमा आइसकेपछि फर्काउनुभन्दा जहाँ मिल्छ त्यही उपचार गर्नु उपयुक्त हो ।’

विगतदेखि नै जनशक्ति अभाव रहेको अस्पतालमा उपचारमा संलग्न चिकित्सक र नर्स पनि संक्रमित भएपछि झन् समस्या भएको छ ।

पछिल्लो समयमा कैलालीमा संक्रमित बढ्न थालेपछि प्रदेश सरकारले थप ५० बेडको अक्सिजन सहितको आइसोलेसन वार्ड सञ्चालनको तयारी थालेको छ ।

धनगढीस्थित हाल सञ्चालनमा रहेको कोरोना अस्पताल नजिकैको शुभम् आवास गृहको हलमा थप ५० बेडको अक्सिजन सहितको आइसोलेसन वार्ड सञ्चालनको कार्य भइरहेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।

(Visited 81 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्री ओलीलाई हत्या गर्ने धम्की !

काठमाडौं । नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले...

निषेधाज्ञा खुकुलो भएसँगै बैंकहरूको कोटा प्रणाली हट्यो

काठमाडौं । मंगलबारदेखि लागू हुनेगरी काठमाडांै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आगामी ७ असारसम्म जारी निषेधाज्ञा केही खुकुलो बनाएसँगै बैंकहरूको कोटा प्रणाली पनि हटेको...

झलनाथ खनाल अस्पताल भर्ना

  काठमाडाैं । नेकपा (एमाले)का नेता झलनाथ खनाल थापाथलिस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका छन् । नियमित उपचारका क्रममा अस्पताल आउनुभएका नेता खनाललाई चिकित्सकको सल्लाहअनुसार नै...

कोभिड महामारी र शैक्षिक क्षेत्रको दायित्व

  शताब्दीकै सबैभन्दा खराब विपद् कोरोना महामारीको ठूलो प्रभाव शिक्षा क्षेत्रमा परेको छ । जनस्वाथ्य अन्तरसम्बन्धित विषय भएकाले यसले जनजीवनका सबै क्षेत्रमा एकसाथ प्रभाव पारेको...

साँढे किन बाँधेको भन्दै महिलालाई निर्घात कुटेर भागेका यादव ९ वर्षपछि पक्राउ

  सप्तरी, राजविराज । महिलालाई निर्घात कुटपिट गरेको आरोपमा अदालतबाट २ वर्ष कैद सजाय तोकिएका एक फरार अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

ट्रेन्डिङ

हाकिमी इन्टर मिलान जाने

मड्रिड । स्पेनिस क्लब रियल म्याड्रिडका राइट ब्याक अचरप हाकिमी इटालिन क्लब इन्टर मिलान जाने पक्का भएको छ । पछिल्लो दुई वर्षयता लोनमा जर्मन...

११ खेलाडीको स्वाब संकलन

काठमाडौं । कतार विश्वकप २०२२ र एसियन कप २०२३ को दोस्रो चरणको छनोट खेलको अन्तिम तीन खेलका लागि बन्द प्रशिक्षणमा डाकिएका नेपाली राष्ट्रिय पुरुष...

पन्तको ‘जीन्दगी पानीको फोका’ सार्वजनिक

पर्वत । लोक लयमा आधारित गीत जीन्दगी पानीको फोका सार्वजनिक भएको छ । गायक तथा शब्द सर्जक कस्तुप पन्तको शब्द र संगीतमा सृजना भएका...

भीमफेदीमा सुमो दुर्घटना हुँदा २ को मृत्यु, चालकसहित ३ जना गम्भीर घाइते

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका– गढीमा आज दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज...

लकडाउन हटेसँगै छायांकनमा जुटे अक्षय कुमार

मुम्बई । कोरोनाको संक्रमण घटेपछि भारतको मुम्बईमा लकडाउन हटाइएको छ । धेरैभन्दा धेरैलाई खोप लगाएर मुम्बईको बजार विस्तारै खुल्न थालेका छन् । यसै क्रममा...

श्रमिक भिसामा नेपालीलाई जापान पठाउने सम्झौता अलपत्र

काठमाडौं । यसअघि सरकार र जापानबीच कामदार भिसामा नेपालीलाई जापान पठाउने दुई पक्षीय सम्झौता अलपत्र परेको छ । विगत तीन वर्षअघि जापानकालागि कामदार भिसामा...

सुनको मूल्य प्रतितोला २०० ले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला...

कर्णाली प्रदेशमा सरकार गठन विवाद यथावत, मुख्यमन्त्री शाही आफैले राखे पाँच मन्त्रालय

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद् पुनःगठन गर्नुभएको छ । सत्ता साझेदार दल नेपाली काँग्रेससँगको विवाद समाधान गर्न मुख्यमन्त्री शाहीले...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

गाउँ सफा राख्न चोयाको डस्बीन (फोटो फिचर)

इलामको माङसेबुङ २ मा रहेको सुनुयुमा विकास संस्था गाउँ सफा राखौँ अभियान अन्तरगत वितरण गर्न बाँस र बाँसको चोयाबाट डस्बीन निर्माण गरेको छ ।...

‘घर छैन भने रुखको छहारीमा बस्नुस्, आइसोलेसन नजानुहोस्’

इटहरी । इटहरीका अर्जुन शर्मालाई गत असोज २८ गते कोभिड १९ संक्रमणको पुष्टि भयो । संक्रमण पुष्टि भएपछि उनले आफ्नो परिवारमा जोखिम हुनसक्ने भएकाले...

धनगढीको नेपाली सेनाको अस्पतालमा काेराेना संक्रमितको उपचार गरिने

धनगढी । धनगढीस्थित नेपाली सेनाको फिल्ड अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गरिने भएको छ । सो अस्पताल नेपाली सेनाका परिवारजनलाई मात्रै सेवा दिने गरी...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)