Tuesday, June 22, 2021
Home प्रदेश देशैभरी सहयोगमा जुटयो युवा संघ

देशैभरी सहयोगमा जुटयो युवा संघ

कतै शव व्यवस्थाप त कतै रक्तदान गरेर सहयोग गर्दै

राजधानी समाचारदाता,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले देशैभरी स्वयंसेवक परिचालन गरेको छ । देशैभरी कोरोना भाईरसबाट संक्रमित, मृत्यु हुनेको संख्या बढिरहेको तथा लकडाउनका कारण पीडितहरुको उद्धार, व्यवस्थापन एवं सहयोग गर्ने काम ति स्वयंमसेवकहरुले देशैभरी गरिरहेका छन् ।

युवा संघ नेपालका उपमहासचिव एवं प्रवक्ता संजिप राईले देशैभरी हजारौं स्वयंसेवक परिचालन गरी सहयोग गर्ने काम जारी रहेको बताए । जिल्ला–जिल्लामा युवाका स्वयंसेवकले पीडितको उद्धार तथा व्यवस्थापन कसरी हुन्छ भन्ने बिषयमा जिल्ला स्तरमा समन्वय गरेर काम गरिरहेको उनले बताए ।

बाँके जिल्लामा दैनिक ४–५ सय संक्रमित थपिने र दैनिक ८–१० जना संक्रमितको मृत्यु हुने कारणले जिल्लाको अवस्था गम्भिर बन्दै गईरहेको छ । मृतकको शव ब्यवस्थापनमा समस्या उत्पन्न भईरहेका बेला युवा संघका स्वयंसेवकको सहयोगमा अहिजे सहज भएको छ । युवा संघको केन्द्रीय कमिटीको निर्देशन अनुसार बाँके जिल्लामा स्वयंसेवकहरु कोरोनाका कारण मृत्यु हुनेको शव ब्यवस्थापनमा जुट्दै आएका छन् ।

 

१५ बैशाखदेखि दैनिक रुपमा कोरोना संक्रमितको शव ब्यवस्थापनमा खटिदै आएको युवा संघको टोलिले हालसम्म ७ वटा कोरोना संक्रमितको शव ब्यवस्थापन गरिसकेको युवा संघ बाँकेका सचिव सुनिल रसाइलीले बताए । त्यस्तै बैजनाथ गाउँपालिका अन्तरगत रहेको वडा नम्बर ५ र ६ मा एक अटोरिक्साको समेत ब्यवस्था गरेर पिसिआर चेकजाँच जस्ता कुरामा स्थानियलाई युवा संघका स्वयंसेवकले सेवा दिईरहेका छन् ।

‘यो कोरोना महामारीमा हामी युवाहरुको पनि केही जिम्मेवारी छन्, त्यसैले हामि युवाहरू कोरोना संक्रमितको उपचार सहयोगको लागि र संक्रमितको शव ब्यवस्थापनमा खटिदै आएका छौं’ रसाईलीले भने, ‘यो महामारीको समयमा कसैलाई आरोप लगाउँनुभन्दा पनि आफ्नो स्थानबाट जे गर्न सकिन्छ त्यो गर्दा राम्रो हुनेभएकोले हामीले यसतर्फ ध्यान दिएका छौं ।’

कोरोना संक्रमणको दोस्रो लहर संगै बाँकेका कुनै पनि स्थानिय तह कोरोना संक्रमण र मृत्युको सिलसिलाबाट अछुतो छैन । स्थानिय तहमा कोरोना संक्रमणसंग लड्न जुन किसिमले तयारी गर्नु पर्ने थियो त्यो नहुदा कोरोनाको दोस्रो लहरले स्थिति भयावह बनेको छ । यतिबेला संक्रमितको उपचार, आइसोलेसन, अक्सिजनको सुबिधा र शव ब्यवस्थापन जस्ता कुरा गर्न स्थानिय तहलाई समस्या बन्दै गएको यथार्थका बिच युवा संघ नेपालले गरेको कार्य महामारीको समयमा उदाहरणीय रहेको युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले बताए ।

थापाले युवा संघ लुम्बिनी प्रदेशले प्रदेशका सबै कमिटी र युवा संघसंग आस्था राख्ने सबैलाई कोरोना महामारी संग लड्न हातेमालो गर्न र संक्रमितको उपचारमा सहयोग पुर्याउँन लागि रहेको बताए ।

युवा संघ नेपालको टिम बिहानै देखि उद्दार, उपचारमा सहयोग र शव ब्यवस्थापनको लागि खटिदै आएको र आउने दिनमा समेत सो कार्यलाई निरन्तरता दिने युवा संघ नेपालका महासचिव दिपक जिएमले बताए ।

यसैगरी युवा संघ नेपाल विराटनगर महानगर कमिटीले आज विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरी ५३ पिन्ट रगत दान गरेका छन् । रक्त संचार केन्द्रमा समेत रगतको चरम अभाव भईरहेको समयमा युवा संघले रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरी रक्तदान गरेको हो ।

संकलित रगत नेपाल रेडक्रस सोसाइटीको रक्तसंचार केन्द्र विराटनगरलाई उपलब्ध गराएको युवा संंघ नेपाल महानगर कमिटीका अध्यक्ष सुरेन शाक्याले बताए । अध्यक्ष शाक्यले महामारीका कारण रक्तदान कार्यक्रम नहुदा बिरामीलाई आवश्यक पर्ने रगत पाउँन समेत कठिनाई रहेकाले थोरै भएपनि यसले सहज हुने बताए ।

कोभिड १९ को समस्या, समन्वय र सहयोगका सम्बन्धमा संघका तर्फवाट आवश्यक समन्वय एवं संयोजन गर्नका लागि संघका उपाध्यक्ष नितेश पौडेलको संयोजकत्वमा “कोभिड १९ केन्द्रीय सहयोग समन्वय समिती” गठन गरिएको छ ।

समितिले आवश्यक योजनाहरुको तय, कार्यान्वयन एवं विभिन्न कार्यक्रमहरु गरिरहेको छ । संघका केन्द्रीय उपाध्यक्ष पौडेलको संयोजकत्वमा रहेको समितिमा केन्द्रीय स्वास्थ्य विभाग, युवा शक्ति विभाग, जनस्वयंसेवक विभाग, बागमती प्रदेश इन्चार्ज, सह–इन्चार्ज र अध्यक्ष, प्रचार विभाग, कार्यालय विभाग, आर्थिक विभाग, गैर भौगोलिक प्रदेश कमिटीका ईञ्चार्ज, सहईञ्चार्ज र अध्यक्ष समितिको सदस्य रहेका छन्

यसैगरी काठमाडौं उपत्यकाबाट घर जाने अलपत्र परेका नेपालगन्जका १४० जना, झापाका ९० जना, दाङ र रोल्पा जाने यात्रुहरुलाई गाडी व्यवस्थापन समेत गरेर घर पुर्याउँने काम युवा संघले गरेको संयोजक पौडेलले बताए ।
कोरोना तथा लकडाउँनका कारण देशैभरी बिभिन्न समस्यामा रहेकाहरुको उद्धार, व्यवस्थापन, सहयोग लगायतका काम युवा संघले जारी नै राख्ने संघका सचिवालय सदस्य सुभाष साहले बताए ।

अहिले देशैभरी कोरोना भाइरस तथा लकडाउनका कारण धेरै मान्छे पीडामा रहेकाले उनीहरुलाई सक्दो सहयोग गर्नु आफूहरुको दायित्व रहेको स्वयंसेवकहरु बताउँछन् ।
Aa

(Visited 151 times, 1 visits today)
Loading comments...

आजको समाचार

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

कर्णालीका सांसद बर्खास्तविरुद्ध जारी अन्तरिम आदेश खारेज गर्ने ओलीको माग अस्वीकार

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वोच्चले अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले फ्लोर...

पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा...

साताका लोकप्रिय समाचार

सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने

काठमाडौं । सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने प्रक्रिया सुरु गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य...

निषेधाज्ञाको मोडालिटी परिवर्तन : पसल खोल्न टाइम कार्ड, सवारी साधनलाई अन्तिम नम्बर प्रणाली

  काठमाडौं । १६ वैशाखबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई नयाँ मोडालिटीबाट क्रमशः खुकुलो बनाउँदै लगिने भएको छ । तर, अघिल्लो पटक जस्तो यस पटक एकै...

बलात्कारपछि हत्या गरेकाे आशङ्कामा सेजलका साथी पक्राउ

  दमक । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ । पीडित परिवारको...

पत्रकार बनेर ठगी गर्ने दुईजना पक्राउ

  इटहरी । पत्रकार बनेर ठगी गर्ने इटहरीका एकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रतुवामाई नगरपालिका १० बाट बन कार्यालयको कर्मचारी तथा पत्रकार...

मेकअप नगर्दा पनि राम्री देखिन्छिन् मिलन नेवार (फोटोफिचर)

  काठमाडौं । यदि कोरोना संक्रमणको महामारी नहुँदो हो त मिलन नेवार कुनै विदेशी मुलुकको स्टेजमा आफ्नो सुमधुर स्वर मार्फत दर्शकलाई मनोरञ्जन दिइरहेकी हुन्थिन् । तीज...

ट्रेन्डिङ

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

काठमाडौ । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशै अवधिमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामप्रसाद चौधरी, दिपकबहादुर कुमाल, अभिनन्दन...

मुग्लानमा रोजगारी गुम्यो : गाउँमा व्यवसाय थालनी

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–७ का उमेश धामी गत असारमा मुग्लानमा समस्यामा पर्नुभयो । धन कमाउने सपनामा दुई वर्षअघि मलेशिया पुगेका धामी कोरोना कहरमा...

सप्तरीमा दोस्रो कोरोना संक्रमित भेटिएपछि लकडाउनमा कडाई

सप्तरी । सप्तरीमा दोस्रो कोरोना संक्रमित ३५ वर्षीय युवक चोर बाटोको प्रयोग गर्दै भारतको हरियाणाबाट फर्कि घरमा लुकी बसेको खुलेको छ । शुक्रबार स्वाब...

फुर फुर पुतलीमा सलोन र रियाशाको डान्स

काठमाडौं । कार्तिक ७ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘लक्ष्मी पूजा’को डान्सिङ नम्बरको गीत ‘फुर फुर पुतली’ सार्वजनिक भएको छ । माण्डवी त्रिपाठी...

कार्यालय समयमा कर्मचारीलाई सेयर काराेबार गर्न प्रतिबन्ध

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीमा देखिएका विकृति हटाउँदै कर्मचारी प्रशासनलाई सुधारतर्फ अघि बढाउने अभियानलाई निरन्तरता दिएको छ । कर्मचारीमा देखिएको...

माइतीबाट फर्कने क्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका– २ स्थित रसुवाखोलाले बगाएर ५५ बर्षीया मैया लुङगेली मगरको ज्यान गएको छ । बिहिवार राती ०८ बजे माइती घरबाट फर्कने...

मानव अधिकार उल‌ंघन गर्ने २ सय ८६ जनाको नाम सार्वजनिक

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले २० वर्षको अबधिमा गम्भीर मानवअधिकार हननको घटनामा जोडिएकाहरुको नाम सार्वजनिक गरेको छ । आयोगले बीस वर्षको अबधिमा १...

नागरिक स्टक डिलर कम्पनीलाई धितोपत्र कारोबार अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लिमिटेडलाई पनि धितोपत्र कारोबार गर्ने अनुमति दिएको छ । बोर्डले...

सर्लाहीमा थपिए ७ जना कोरोना संक्रमित, संक्रमितको संख्या ५४२ पुग्यो

सर्लाही । सर्लाहीमा फेरी थप ७ जना नयाँ कोरोना संक्रमित बिरामीहरु थपिएको छ । आज शनिबार सबैभन्दा बढि कौडेना गाउँपालिकाका ५ र चक्रघट्टा गाउँपालिकाका...

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाले महिना नपुग्दै बच्चा जन्माएकी थिइन्

काठमाडौं । कोरोना संक्रमणबाट  मृत्यु हुने पहिलाे महिलाको एक महिना अघि नै नर्मल डेलीभरी भएको परिवारका सदस्यले जनाएका छन् । चिकित्सकले जेठको अन्तिम साता...

आर्सनलको फराकिलो जीत

लन्डन । इग्लिस क्लब क्लब आर्सनलले युरोपा लिग फुटबलअन्तर्गत समूह चरणको तेस्रो खेलमा जित निकालेको छ । गए राति सम्पन्न खेलमा आर्सनलले मोल्डेलाई ४-१...

राष्ट्रपति भण्डारी सहभागी हुने महायज्ञको तयारी पुरा

रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिकास्थित पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा फागुन ४ गतेबाट हुने मधानी महायज्ञ २०७६ को तयारी पूरा भएको छ । आज (आइतबार)...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)