Friday, June 18, 2021
Home Not-to-be-missed काठमाडौं प्लेअफमा

काठमाडौं प्लेअफमा

राजधानी समाचारदाता,

काठमाडौं । क्यामरुनी फरवार्ड मेसौके ओलुमोउको ह्याट्रिक मद्दतमा काठमाडौं रेजर्सले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसीमाथि पुनरागमन जित निकाल्दै प्ले अफमा पुग्न सफल भएको छ । काठमाडौंले २–० ले पछि परेको अवस्थामा ९ गोलको थ्रिलरमा विराटनगरमाथि ५–४ को पुनरागमन जित निकाल्दै प्ले अफमा पुग्ने दोस्रो टोली बनेको हो । यसअघि धनगढी एफसीले प्ले अफमा स्थान बनाइसकेका छन् ।

काठमाडौंको बाँकी दुई गोल स्टेफन विनोङ समीर र छिरिङ गुरुङले गरे । विराटनगरका पेड्रो मान्जीले दुई तथा एडेलाजा सोमेडे, र कप्तान रन्जित धिमालले समान एक गोल गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको छैटौं मिनेटमा नाइजेरियन खेलाडी एडेलाजा सोमेडेको गोल गर्दै विराटनगर सिटी एफसीलाई १–० को अग्रता दिलाए ।

रन्जित धिमालको क्रसमा एडेलाजाले फ्लिक गर्दै उत्कृष्ट गोल गर्न सफल भएका थिए । २५औं मिनेटमा सुनिल बलको प्रहारलाई गोलरक्षक विकेश कुथुले ब्लक गर्दै विराटनगरको गोल टारे । ३३औं मिनेटमा पेड्रो मान्जीले गोल गर्दै विराटनगरको अग्रता दोब्बर पारे । सन्तोष तामाङको पासमा मान्जीले अफसाइड बिट ट्याप गर्दै गोलरक्षक विकेश कुथ अघि बढेको अवस्थामा गोल गर्न सफल भएका थिए । आशीष गुरुङले बचाउने प्रयास गरे पनि सफल भएन । तर, त्यसको दुई मिनेटपछि नै मेसौके ओलोउमोउले दुई मिनेटको अन्तरमा उत्कृष्ट दुई गोल गर्दै काठमाडौंलाई खेलमा फर्काएका थिए । ३५औं मिनेटमा मेसौके ओलोउमोउको गोलरक्षक किशोर गिरीको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

३६औं मिनेटमा मेसौकेले ओलोउमोउले स्टेफन विनोङ समीरको पासमा विक्रम धिमाललाई बिट गर्दै गरेको प्रहार टप कर्नरमा गोल हुँदा गोलरक्षक किशोर गिरीले रोक्ने कुनै अवसर नै पाएनन् । ४१औं मिनेटमा स्टेफेन विनोङ समीरले फ्रिकिकमा सिधै गोल गर्दै काठमाडौंलाई पहिलो हाफमा ३–२ को अग्रता दिलाए । ५२औं मिनेटमा पेड्रो मान्जीको पासमा अशोक थापाको प्रहारलाई गोलरक्षक विकेश कुथुले ब्लक गर्दै काठमाडौंको अग्रतालाई जोगाउँदा विराटनगर अग्रता लिनबाट चुक्यो । ६८औं मिनेटमा मैसोकेको ह्याट्रिक गर्दै काठमाडौंलाई ४–२ ले अघि बढाए । पेनाल्टी बक्समा दुई डिफेन्डरलाई बिट गर्दै सिक्स यार्ड बक्सभित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक किशोर गिरीले रोक्ने कुनै अवसर नै पाएनन् ।

लिगमा यो पहिलो ह्याट्रिक हो । ७९औं मिनेटमा कप्तान रन्जित धिमालले सन्तोष तामाङका पासमा आर्कबाट सुन्दर गोल गर्दै विराटनगरलाई ४–३ को अवस्थामा ल्याए । ८३औं मिनेटमा मैदानको मध्यभागबाट एक्लै बलअघि बढाएका छिरिङ गुरुङले मेसौकेसँग वान टु वान पासमा उत्कृष्ट फिनिस गर्दै काठमाडौंलाई जिततर्फ अघि बढाए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा पेड्रो मान्जीले गोल गर्दै खेललाई ५–४ को अवस्थामा ल्याए पनि काठमाडौं विजयी हुन सफल भयो । जितपछि काठमाडौंको प्ले अफ पुग्ने दोस्रो टोली बनेको छ । यसअघि धनगढीलेले सम्भावना बलियो बनेको छ । काठमाडौं ५ खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

पराजित विराटनगरको प्ले अफ सम्भावना जीवित छ । विराटनगर ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । विराटनगरलाई प्ले अफमा पुग्न अन्तिम खेलमा जित्नैपर्ने दबाब छ । काठमाडौं रेजर्सका विश्वास श्रेष्ठ इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । काठमाडौंकै मेसौके ओलोमेउ प्लेयर अफ दि म्याच घोषित भए । उनले २५ हजार रुपैयाँ हात पारे ।

लिगमा पोखरा थन्डर्स र एफसी चितवनबीच साँझ ५ः३० बजे प्रतिस्पर्धा हुँदै छ । लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ वैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ वैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० वैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।

नेपाल स्पोर्ट्स म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ सहरका ७ टोलीको सहभागिता रहेको छ । राउन्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैयाँ हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

ललितपुरको पहिलो जित
ललितपुर सिटी एफसीले खुकरी नेपाल सुपर लिग (एनएसएल)मा पहिलो जित दर्ता गर्दा बुटवल लुम्बिनी एफसीलाई १–० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नुुर्लान नोभ्रुजोभले पहिलो हाफमा गरेको गोल नै ललितपुरको जितमा निर्णाय बन्यो ।

कमल श्रेष्ठको कर्नरमा पेनाल्टी बक्समा निरज बस्नेतको बाइसाइकल किकलाई कप्तान अन्जन विष्टले हेडमार्फत मिलाइदिएको पासमा नुर्लान नोभ्रुजोभले गोल गर्दै १–० को अग्रता दिलाएका हुन् । अन्तरिम प्रशिक्षक राजु तामाङले आफ्नो पहिलो प्रशिक्षणमा नै ललितपुरलाई जिताउन सफल भए । लगातारको खराब नतिजासँगै ललितपुरले आफ्ना मुख्य प्रशिक्षक प्रदिप हुमागाईंलाई पोखरासँगको खेलपछि बर्खास्त गरेको थियो ।

उनको स्थानमा सहायक प्रशिक्षक राजु तामाङले ललितपुरको टचलाइन सम्हालेका छन् । ललितपुरका मिक्चेन तामाङ इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । ललितपुरकै मार्की खेलाडी तथा कप्तान अन्जन विष्ट प्लेयर अफ दि म्याच घोषित भए ।

उनले २५ हजार रुपैयाँ हात पारे । जितपछि ललितपुरले ५ खेलबाट ६ अंक जोड्दै शीर्ष चारमा उक्लदै शीर्ष चारमा पर्ने सम्भावना जीवितै राखेको छ । ललितपुरसँगको हारसँगै बुटवल लुम्बिनीको शीर्ष चारमा पर्ने सम्भावना न्युन बनेको छ । लुम्बिनीको ५ खेलबाट ५ अंक जोडेर पाँचांै स्थानमा झरेको छ ।

(Visited 42 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

साताका लोकप्रिय समाचार

सिन्धुपाल्चाेकमा बाढीले बगाउदा ७ जनाकाे मृत्यु

  सिन्धुपाल्चाेक ।  सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र...

को हुन् गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र ?

  पोखरा । बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए ।...

एसइईको नतिजा साउन दोस्रो साता

  काठमाडाैं । एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने...

छाँगोमा अड्किएका २२ जनालाई डोरीले तानेर उद्दार

  दोलखा । चीनको स्वाशासित क्षेत्र तिब्बतसंग जोडिएको दोलखाको बिगु गाउँपालिका १ लप्ची क्षेत्रबाट लामाबगर फर्किदै गरेका २२ जना नागरिकलाई आज नेपाली सेना र प्रहरीले...

दुःखी डाँडामा सुख खोज्दै यी अवोध (तस्विर कथा)

  संखुवासभा । संखुवासभाका चैनपुर नगरपालिका ११ को दुःखी डाडा बेला बेलामा चर्चाको विषय बन्ने गरेको छ । पछिल्लो समय आन्तरिक पर्यटनको गन्तब्य बनेको दुःखी...

ट्रेन्डिङ

कुनै हालतमा हाम्रो राजीनामा आउँदैनः शिक्षामन्त्री श्रेष्ठ

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पारे । पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै...

२५ वर्षपछि पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

लन्डन । फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) युएफा च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ । उसले इटालीको एटलान्टालाई पराजित गरेर २५ वर्षपछि च्याम्पियन्स लिगको...

जनगणनामा जातिमा ‘लिम्बू’ र धर्ममा ‘किरात’ लेख्न अपिल

इलाम । किरात याक्थुङ चुम्लुङ इलामले २०७८ मा हुने राष्ट्रिय जनगणनामा जातरजातिको महलमा ‘लिम्बू’ र धर्मको महलमा ‘किरात’ लेख्न इलामबासी लिम्बू समुदायमा अपिल गरेको...

चौथो खप्तड गोल्डकप : विभागीय टीम एपिएफ क्वाटरफाइनलमा

धनगढी। नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करण अन्तर्गत शनिवार भएको खेलमा विभागीय टीम एपीएफ विजयी भएको छ । ए डिभिजन टीम...

म्यान्चेस्टर सिटी शीर्षस्थानमा

लन्डन । इंग्लिस प्रिमियर लिगको अंक तालिकामा म्यान्चेस्टर सिटीले शीर्ष स्थानमा फड्को मारेको छ । वेष्ट ब्रोमलाई फराकिलो अन्तरले पराजित गर्दै सिटीले अंक तालिकाको...

बैतडीमा बाबुले गरे माइत बसेकी २० वर्षीया छाेरीकाे गाेली हानी हत्या

बैतडी। बैतडीमा आज बेलुका बाबुले गोली हानी छोरीको हत्या गरेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले २० वर्षे छोरी बेलमती...

घन्टेश्वरमा कार दुघर्टना ६ जना घाइते

डडेल्धुरा । डडेल्धुरादेखी धनगढीतर्फ गइरहेको से १ च २३८८ नम्बरको कार भीमदत्त राजमार्गअन्र्तगत डोटीको जोरायल गाउँपालिका १ घण्टेश्वरको घोरडीमा दुर्घटना हुदाँ ६ जना घाइते...

संवैधानिक परिषद् बस्नकै लागि दोस्रोपटक अध्यादेश जारी

काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छन् । अध्यादेश...

पशुपतिमा कोरोनासम्बन्धी जनचेतनामूलक कार्यक्रम

काठमाडौं । विश्वभर फैलँदै गएको कोरोना भाइरस नियन्त्रणका लागि श्री राधामाधव समिति नेपालले प्रचारप्रसार तथा जनचेतनामूलक सामग्रीसहित पशुपतिनाथ मन्दिर परिसरमा कार्यक्रम आयोजना गरेको छ...

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर...

राजपा र समाजवादी एकीकरण, छलफल सुस्त, नेतृत्व र वरीयता विवाद यथावत्

काठमाडौं । एकले अर्काको प्रस्ताव अस्वीकार गर्दा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीचको एकीकरण प्रक्रियामा ढिलाइ भएको छ । दुई पार्टीबीच छलफल...

सरकारविरुद्ध कांग्रेसले आज ७७ जिल्लामै शक्ति प्रदर्शन गर्दै

काठमाडौं । ‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्न लागेको छ । ७७ जिल्लामै सरकारविरुद्ध...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)