गुल्मीमा चट्याङ् लागेर एकको मृत्यु, आठ घाइते

गुल्मी । गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका –४ दजाकोटकी १८ बर्षिय करिश्मा गाहाको चट्याङ् लागेपनि उपचारको क्रममा मृत्यु भएको हो ।

दजाकोटका उजिर गाहा र भिमश्री गाहाको घरमा बिहिबार राति चट्याङ परेको थियो । चट्याङ्ले अन्य आठजना घाइते भएका छन् । ६३ बर्षिया उजुर सिहं गाहा, ६२ बर्षिय तथिकला गाहा, ३७ बर्षिया तुल बहादुर गाहा, ३२ बर्षिय जुनी गाहा घाइते भएका छन् ।

त्यसैगरी १४ बर्षिय मेलिना गाहा, आठ बर्षिया जोनित गाहा, ३३ बर्षिया चित्र बहादुर गाहा र २८ बर्षिय ज्योतिकला गाहा घाइते भएका छन् । घाइतेहरुलाई थप उपचारको लागि पाल्पा पठाइएको छ । घाइते सबैको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 403 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दोस्रो स्थानीय तह निर्वाचन आज