गलत संवैधानिक प्रावधानले गर्दा मुलुक संकटग्रस्त: मन्त्री साह

काठमाडौ। शहरी विकास मन्त्री प्रभु साहले गलत संवैधानिक प्रावधानले नै गर्दा मुलुक संकटग्रस्त बन्दै गएको बताएका छन् ।

नेपाल टेलिभिजनमा एक अन्तर्वार्ताको क्रममा मन्त्री साहले हठपूर्वक बनाइएको वर्तमान संविधान स्पष्ट नभई विभिन्न प्रणालीहरुको फ्युजन भएकोले देश कन्फ्यूज्ड भई आज देशमा अस्थिरता र अराजकता बढेर संकट सृजना भएको बताए । संविधान जारी भएदेखि अहिलेसम्मको कार्यान्वयनको समीक्षा गर्दा संविधानमा भएको कयौ गलत प्रावधानले गर्दा नै जालझेल तथा षडयन्त्र सहित विभिन्न तमासा देखिएको मन्त्री साहको भनाइ छ ।

“आज देशमा हेर्न सक्नुहुन्छ, चाहे सत्ता टिकाउन होस् चाहे गिराउन विभिन्न खेलहरु भइरहेका छन् । जनताको मतको अपमान हुनेगरी निर्वाचित प्रतिनिधिलाई व्यक्तिगत कुन्ठाका आधारमा बर्खास्त गर्ने, सांसदको संख्या थपघट गर्न कोरोना नेगेटिभ रिपोर्ट हुँदा पनि आइसियुमा भर्ना गरिदिने, एकजना सांसद अनुपस्थित हुँदा मात्र संसद बैठक स्थगित गरिदिने, राजिनामा गराइदिने, फर्जी हस्ताक्षर गर्ने, सांसद किनबेच तथा अपहरण गर्ने, पार्टी फुटाएर मन्त्री बनाउने जस्ता भद्दा अभ्यासहरु भइरहेका छन् ।” मन्त्री साहले भने, “यी घटनाक्रम कुनै अमुक व्यक्ति विशेष वा पार्टी विशेषले गर्दा मात्र भएको होईंन । यसको मुख्य कारण भन्नुपर्दा अहिलेको गलत संवैधानिक व्यवस्था नै हो । यसको गम्भीर समीक्षाको जरुरी छ ।”

नेपालको संविधान विश्वको अन्य राष्ट्रको भन्दा फरक र अन्य सबैखाले शासकीय स्वरुपहरुको खिचडी भएको बताउदै मन्त्री साहले वर्तमान व्यवस्थाले देशलाई समाजवादको दिशातर्फ डोर्याउन नसक्ने बताए, बरु देशलाई बर्वाद गर्ने पक्का रहेको बताए । उनले संविधान परिमार्जन गरी सुदृढ शासन व्यवस्थाबाट मात्र देशमा स्थिरता कायम गर्न सकिने बताए ।

“विश्वको जुनसुकै राष्ट्रहरुमा शासकीय स्वरुप एउटा निश्चित सिद्धान्त, मूल्य र मान्यताको आधारमा तय गरिएको हुन्छ तर नेपालको शासकीय स्वरुप विपरीत सिद्धान्तहरुको खिचडी हो । सामन्तवादी, पुँजीवादी र दलालजस्ता विभिन्न बिचार र सोचवाला पार्टीहरुको निहित स्वार्थमा तयार भएको कनफ्यूज्ड र विकृत व्यवस्थाले गर्दा नै आज देश संकटग्रस्त बनेको छ ।” मन्त्री साहले भने, “खिचडी संविधानले अवलम्बन गरेको वर्तमान संसदीय व्यवस्था एउटा विकृत व्यवस्था हो भन्ने कुरा अहिलेको राजनीतिक परिवेशले पुष्टि गरिरहेको छ । यो यतिमै रोकिनेबाला छैन, यसले अस्थिरता र अराजकता अझ बढ़ने निश्चित छ । त्यसैले म फेरी भन्न चाहन्छु यसमा पुनर्विचार गर्ने बेला आएजस्तो लाग्छ ।” मन्त्री साहले निरन्तर संविधान अपुरो रहेको भन्दै आवाज उठाउदै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 432 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रचण्ड र देउवाले आज जनकपुरमा सम्बाेधन गर्ने