Tuesday, June 22, 2021
Home Uncategorized भारतमा कोरोना संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड, एकै दिन चार लाख १४...

भारतमा कोरोना संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड, एकै दिन चार लाख १४ हजार संक्रमित

एजेन्सी,

नयाँ दिल्ली । कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख १४ हजार नयाँ सङ्क्रमित फेला परेका छन् । भारतमा यो सहित कूल संक्रमितको संख्या दुई करोड १५ लाख पुगेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा थप तीन हजार ९१५ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । यो सहित भारतमा कोभिडको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या दुई लाख ३४ हजार पुगेको हो । हाल विश्वमै कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या संयुक्तराज्य अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ ।

संयुक्तराज्य अमेरिकामा पाँच लाख ९४ हजार तथा ब्राजिलमा चार लाख १७ हजारको ज्यान गइसकेको छ । भारतमा अझै पनि ३६ लाख ४५ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । पछिल्लो २४ घण्टामा सक्रिय संक्रमित झण्डै ७९ हजार व्यक्ति थपिएका थिए । मन्त्रालयका अनुसार हालसम्म एक करोड ७६ लाख १२ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमणमुक्त भएका छन् ।

भारतमा कोभिड–१९ को दोस्रो लहरका कारण जनजीवन अस्तव्यस्त भए पनि भारत सरकारले देशव्यापी पूर्ण लकडाउन नगर्ने बताएको छ । कतिपय भारतीय राज्यहरुमा रात्रिकालीन निषेधाज्ञा वा आंशिक लकडाउन गरिएको छ । राजधानी नयाँ दिल्लीमा आगामी मे १० सम्मका लागि लकडाउन गरिएको छ ।

गत जनवरीमा देशव्यापी खोप अभियान सञ्चालन गरिएको भारतमा हालसम्म करिब १६ करोड ४० लाख व्यक्तिलाई कोभिड–१९ को खोप दिइसकिएको छ । अठार वर्षभन्दा माथिका व्यक्तिका लागि गत मे १ तारिखबाट खोप अभियान शुरु भइसकेको छ ।

यसैबीच, बिहीबारसम्म भारतमा कोभिड–१९ को २९ करोड ८६ लाख नमुना परीक्षण गरिएको छ । बिहीबार एकै दिन १८ लाख २६ हजार नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ । बुधबार मात्र भारत सरकारका मुख्य वैज्ञानिक सल्लाहकार के. विजय राघवनले कोरोना संक्रमणको दर उच्च भइरहे भारतमा कोभिड–१९ को तेस्रो लहर आउन सक्ने चेतावनी दिनु भएको छ । तर उहाँले तेस्रो लहर कहिले आउँछ भन्ने बारेमा अझै प्रष्ट भइनसकेको पनि बताउनुभयो ।

(Visited 44 times, 1 visits today)
Loading comments...

आजको समाचार

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै...

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले...

बेल्जियम, डेनमार्क, नेदरल्याण्ड र अष्ट्रिया नकआउट चरणमा

लन्डन । यूरोकप अन्तर्गत समूह चरणको गएराति सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि रोमलु लुकाकुले एक गोल...

साताका लोकप्रिय समाचार

पत्रकार बनेर ठगी गर्ने दुईजना पक्राउ

  इटहरी । पत्रकार बनेर ठगी गर्ने इटहरीका एकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रतुवामाई नगरपालिका १० बाट बन कार्यालयको कर्मचारी तथा पत्रकार...

सय कटेपछि नयाँ दाँत

लमजुङ । लमजुङको एक गाउँ निवासी एक सय वर्ष नाघेका वृद्ध रामबहादुर मालुवा अझै पनि हट्टाकट्टा छन् । फरासिलो बोली वचनका उनी यस उमेरमा...

गोरखामा टेली चलचित्र कलाकारको राहत

काठमाडौं । आफूहरूले टेली चलचित्रबाट जम्मा गरेको केही रकमबाट कलाकारले न्यून आय भएका परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । हास्यप्रधान दुई टेलिसिरियल ‘हल्का रमाइलो’...

२४४२ जनामा कोरोना संक्रमण पुष्टि, ५१ जनाकाे मृत्यु

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा...

राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा जलविद्युत् आयोजना निर्माण गर्न नपाइने

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र जलविद्युत् आयोजना निर्माण गर्नेगरी सरकारले ल्याएको निर्णय रोक्न अन्तरिम आदेश दिएको छ । सरकारले कार्यनीति संशोधन गरेपछि सो...

ट्रेन्डिङ

राजनीतिक अन्योलता कायमै

देशमा रजनीतिक अन्योलता कायमै रहेको बेला ‘वेटिङ गभरमेन्ट’का रूपमा रहेको नेपाली कांग्रेस अझै पनि स्पष्ट कार्यदिशा निर्माण गरी अगाडि बढ्न सकिरहेको छैन । त्यसका...

प्याजमा एकै दिन किलोमा १५ रुपैयाँ बढ्यो

काठमाडौं । नेपालमा प्याजको मुल्य बृद्धि भएको छ । छिमेकी मुलुक भारतले प्याज निर्यातमा बन्देज लगाएकै भोलिपल्ट नेपालमा भारतीय प्याजको मूल्य प्रतिकिलो १५ रुपैयाँले...

‘सुनिलबहादुरले सूर्यबहादुर थापाको आदर्शलाई तिलाञ्चली दिए’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनकुटाका जिल्ला, क्षेत्रीय, नगर, गाउँपालिका, वडा प्रमुख तथा सदस्यहरुले  विज्ञप्ती निकालेर स्व. सूर्य बहादुर थापाका छोरा सुनिल बहादुर...

नेपालमा सार्वजनिक सेवा प्रवाहको अवस्था र स्थिति-सुधारका उपाय

  नयाँ सार्वजनिक सेवा सार्वजनिक प्रशासनको क्षेत्रमा आएको एउटा नया“ अवधारणा हो । यसलाई सन् २००२ दखि प्रयोग ल्याएको हुन् । खासगरी यसको अवधारणारणा स्कोन्डिनेभियन...

कोरोना संक्रमित युवा क्वारेन्टाइनबाट फरार भएपछि …

सप्तरी, राजविराज । अस्तव्यस्त तथा कमजोर सुरक्षा व्यवस्थाको फायदा उठाउँदै क्वारेन्टाइनबाट एकपछि अर्को आंशकित र संक्रमित फरार हुने क्रम बढेको छ । पछिल्लो पटक सोमबार...

अनशनकारीलाई केहि भए जिम्मेवारी प्रधानमन्त्रीले लिनु पर्छ : साझा पार्टी

 काठमाडाैं । कोभिड १९ महामारीको प्रभावकारी व्यवस्थापनको माग गर्दै 'इनफ इज इनफ' अभियान सम्बद्ध युवाहरूकाे दोस्रो पटक अनशनमा साझा पार्टीले एेक्यवद्धता जनाएकाे छ । केही...

तन्नाको छानोमुनी मगर समुदायले मनाए माघी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको विकट घोर्थलीका स्थानीय मगर समुदायले यस वर्षको माघि तथा मकर सक्रान्ति तन्नाले छाएको गुम्बामुनी बसेर मनाएका छन् । भुकम्पमा क्षतीग्रस्त मगर समुदायको...

गेष्टहाउसमा लगेर किशोरी बलात्कार गर्ने पक्राउ

काठमाडौं । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा काठमाडौं महानगरपालिका गोंगबु बस्ने बाजुरा घर भएका २१ वर्षीय विष्णुराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । सोही...

बौद्धमा गाडीको ठक्करबाट मृत्यु भएका व्यक्तिको २० दिनपछि पहिचान खुल्यो

काठमाडौँ । सडक दुर्घटनामा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुनेको बीस दिनपछि पहिचान खुलेको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका– ९ का ६०...

मेलमिलापको नीति लिएर स्वदेश फर्किदा बिपीमाथी आठ वटा ज्यान मुद्दा थियाे

काठमाडाै‌ं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी बुधबार देशभर मनाइने...

डिलाशैनी गाउँपालिका २६ गतेसम्म लकडाउन

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका मंसिर २६ सम्मका लागि लकडाउन गरिएको छ । समूदाय स्तरमै कोभिड १९का बिरामी देखिन थालेपछि गाउँपालिकालाई लकडाउन गरिएको हो...

२५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने

काठमाडौं । सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय गरेको छ । कोरोनाभाइरस संक्रमण जोखिमलाई ध्यानमा राख्दै बुधबार बसेको उच्च...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)