Friday, June 18, 2021
Home भर्खरै यात्रु ठग्नेमाथि ट्राफिकको निगरानी

यात्रु ठग्नेमाथि ट्राफिकको निगरानी

टेनिस रोका,

काठमाडौं । कोभिड–१९ को महामारीमा यात्रुसँग बढी भाडा असुल्नेमाथि ट्राफिक प्रहरीले निगरानी बढाएको छ । निषेधाज्ञाको समयमा काठमाडौं उपत्यबाट नै बढी भाडा असुल्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कलंकी चोकबाट काउन्टरका दुई जनालाई यात्रुसँग मनोमानी भाडा लिइरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ । काठमाडौंदेखि झापा मोरङको नियमित भाडा १ हजारदेखि १२ सयसम्म भए पनि यात्रुसँग दुई गुणा बढी जनही २५ सयका दरले भाडा उठाएको पाइएपछि महाशाखाका सादा पोसाकको टोलीले पक्राउ गरेको हो ।

महाशाखाका अनुसार खोटाङ स्थायी घर भई कलंकी बस्ने भीमबहादुर खड्का र रौतहट घर भई खसीबजार बस्ने बैजनाथ चौधरी पक्राउ परेका जनाएका छन् । उपत्यकाको रिङरोड चल्ने बा४ख १९२४ नम्बरको पाथिभारा दर्शनको बसमा यात्रु लग्ने गरी टिकट काटिएको पाइएको महाशाखाले जनाएको छ ।

महाशाखाको टोलीले यात्रुसँग बढी भाडा लिएको पाइएपछि गंगबु बसपार्क आसपासबाट पनि तीन जनालाई पक्राउ गरेको छ । निषेधाज्ञामा मौकाको फाइदा लिन खोज्ने पोखरा माइक्रो र बुटवल भैरहवा काउन्टरको कर्मचारीलाई बिहीबार बसपार्कबाट नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

काठमाडौंदेखि पोखरासम्मको नियमित भाडा ५ सय र बुटवलसम्म १२ सय तोकिएकोमा ५ सय प्रतिशतसम्म बढी भाडा लिएको कसुरमा तीन जनालाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । उनले पोखरा जाने यात्रुसँग ३५ सय र बुटवल जाने यात्रुबाट जनही ६ हजारका दरले भाडा लिने क्रममा पक्राउ गरिएको बताएका छन् ।

पक्राउ पर्नेमा पोखरा माइक्रोमा काम गर्ने पोखरा–३३ घर भई काठमाडौं बस्ने बन्दराज पराजुली र मोरङ घर भई नेपालटार बस्ने नवीन पौडेल साथै बुटवल भैरहवा काउन्टरमा काम गर्ने धादिङ थाक्रेका रञ्जित सिलवाल रहेका छन् ।

ट्राफिक प्रहरी महाशाखाले महामारी जस्तो विषम परिस्थितिमा हुन सक्ने यात्रु ठगी तथा आइपर्नसक्ने यातायातसम्बन्धी समस्या अनुगमनका लागि सादा पोसाकमा विशेष टोली परिचालन गरेको जनाएको छ ।

महाशाखाले यात्रुसँग बढी भाडा लिने बागलुङ भगवती काउन्टरका कर्मचारी मिलन सारुलाई महाशाखाले बुधबार पक्राउ गरेको थियो । प्रहरीले बढी भाडा लिएमा वा सार्वजनिक यातायातसम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

१ हजार ५ सय ८० सवारी नियन्त्रणमा

महाशाखाले निषेधाज्ञाको अवज्ञा गरेर सवारी साधन सञ्चालन गर्ने १५ सय ८० सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
महाशाखाले निषेधाज्ञाको अवज्ञा गर्ने १५ सय ८० सवारी साधनलाई शुक्रबार नियन्त्रणमा लिएको हो । जसमा ४ सय ७४ वटा चार पांग्रे तथा हेभी सवारी साधन रहेका छन् भने ११ सय ६ वटा दुई पांग्रे सवारी साधन रहेका छन् ।

(Visited 49 times, 1 visits today)
Loading comments...

आजको समाचार

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

महर्जन एरोविक टिटिको ब्रान्ड एम्बेसडर

काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले महर्जनलाई ३...

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

साताका लोकप्रिय समाचार

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

रुकुम पूर्वमा आर्युवेद स्वास्थ्य केन्द्रको सेवा सुरु

  रुकुम । रुकुम पूर्वमा आर्युवेद स्वास्थ्य केन्द्रको सेवा सुरु भएको छ । रुकुम जिल्ला छुट्टीएको ६ वर्षपछि पूर्वी रुकुममा पहिलोपटक आर्युवेद स्वास्थ्य केन्द्रको सुरुवात...

गण्डकीको नीति तथा कार्यक्रम : रोकथाम तथा उपचारमा महत्व

पोखरा । गण्डकी प्रदेश सरकारले कोभिड–१९ रोकथाम तथा उपचारमा महत्व दिँदै नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

मनाङमा एक बेपत्ता, उद्दारमा खटिएको टोली गन्तव्य पुग्न सकेन

लमजुङ । हिमाल पारीको जिल्ला मनाङमा अविरल वर्षले जनजीवन प्रभावित भएको छ । बाढीमा परेर एक जना बेपत्ता भएका छन् । अझै वर्षा नरोकिएकाले...

ट्रेन्डिङ

संघीयताको संकेत

संघीय राज्य व्यवस्थाको आधार माओवादीले २०५२ सालदेखि २०६२ सम्म गरेको जनयुद्ध, हो भन्नेहरू धेरै छन् । एकातिर माओवादीको सशस्त्र युद्धले समाज आव्रmान्त थियो भने...

प्रधानमन्त्री ओली झापा आगमन

भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आएका छन् । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश...

अमेरिकी चुनाव : बाइडेनको अग्रता कायमै

वासिङटन । अमेरिकी राष्ट्रपतिको चुनावको तिथि जति नजिकिँदै गएको छ, चुनावी मतसर्वेक्षणले राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता कायम राख्नु भएको...

सीमाका विषय टुङ्गोमा पु-याउने समय यही हो : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेक, कालापानी तथा लिम्पियाधुरालगायत सीमाका विषय पेचिलो बनेको भन्दै त्यसको समाधानका लागि...

एकता पहलको अनिवार्यता

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अनायासै संसद् विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि मुलुक यतिबेला अस्थिरता, अन्योल, अराजकता तथा राजनीतिक संकटबाट गुज्रिन बाध्य...

तुलसीपुरमा अज्ञात समूहद्वारा बसमा आगजनी

तुलसीपुर । गएराति अज्ञात समूहले तुलसीपुरमा एउटा बसमा आगजनी गरेको छ । तुलसीपुरको बसपार्कमा रहेको टिकट काउण्टरदेखि दक्षिण तर्फ पार्किङ गरी राखेको ना४ख ७१८८...

साउदी अर्थमन्त्री बर्खास्त

रियाद। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर ओरालो लागेको अवस्थामा साउदी अरेबियाका राजा सल्मानले अर्थमन्त्री मोहम्मद अल–टुवाइज्रीलाई पदबाट बर्खास्त गरेका छन् । साउदी प्रेस एजेन्सीले अर्थ...

पत्रकार बानियाँको परिवारलाई अमेरिकावासी नेपालीको साँढे तीन लाख सहयोग

काठमाडौं । दिवंगत पत्रकार बलराम बानियाँको परिवारलाई अमेरिकाको न्युयोर्कबाट राधाकृष्ण देउजाको एकल पहलमा संकलित आर्थिक सहयोग उनकी छोरी सुस्मीता बाँनियालाई हस्तान्तरण गरिएको छ ।...

थप ५३१६ जनामा कोरोना संक्रमण, १०१ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै एक सय एक जनाको मृत्यु भएको...

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा चारको मृत्यु, आठ घाईते

बिमला पाण्डे, सिन्धुली । मंगलबार साँझ सदरमुकाम सिन्धुलीमाढीबाट कमलामाई नगरपालिका–७ बाँसकटेरीतर्फ जाँदै गरेको बोलेरो कमलामाई नगरपालिका वडा नंं. ७ को करमडाँडामा जीप दुर्घटना भएको...

सामाजिक सञ्जाल र मनोविज्ञान

२१औं शताब्दीमा विश्व प्रविधिमैत्री भएको छ । विश्वका प्रत्येक देशका मानिसले प्रविधिको अधिक प्रयोग गरिरहेका छन् । कोरोना महामारीका बेला विश्वका प्रायः मानिसले प्रविधिमा...

अर्थतन्त्र चलायमान गराउने मौद्रिक नीति

काठमाडौं । सरकारले कोभिड–१९ को संकटका कारण धर्मराएको अर्थतन्त्रलाई जुर्मुराउने गरी शुक्रबार मौद्रिक नीति ल्याएको छ । सुस्त अर्थतन्त्रलाई पुनरुत्थान र चलायमान गराउने गरी...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)