Sunday, June 13, 2021
Home भर्खरै प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकमा सहभागी नहुन देउवाको आग्रह

प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकमा सहभागी नहुन देउवाको आग्रह

राजधानी समाचारदाता,

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवो संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट बताएका छन् । सरकारले संसद छलेर अध्यादेश जारी गरी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित कार्य गरेको भन्दै काँग्रेसले प्रारम्भ देखिनै उक्त कार्यको विरोध गर्दै आएको जनाएको छ ।

‘लोकतान्त्रिक पद्धतिमा संविधान बमोजिम संवैधानिक निकायहरुले सरकारको काम कारवाहीको समेत अनुगमन अनुसन्धान गर्ने भएको हुँदा यी निकाय अनिवार्य रूपले स्वतन्त्र र निष्पक्ष हुनुपर्ने हुन्छ ।’ देउवाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘वर्तमान सरकारले संवैधानिक परिषद्को मर्यादा र गरिमालाई समाप्त गर्ने यसको कार्य क्षेत्रलाई संकुचित गर्ने गरि पटक–पटक संघीय संसदलाई छलेर अध्यादेश जारी गरेको छ ।’

यो अध्यादेश संविधानको विशिष्ठ व्यवस्था र मूल भावनाका विपरित रहेको भन्दै यसले संविधानको आधारलाई नै भत्काउने कार्य गरेको कांग्रेसको ठहर छ । कानून निर्माण र संशोधन गर्ने संसदको आधारभुत, मौलिक एवं अविछिन्न अधिकारलाई कुण्ठित गरी अध्यादेशका मार्फत संविधानको संरचना नै भत्किने गरि पटक–पटक अध्यादेश जारी गर्ने काम भएको भन्दै सरकारले वदनियतपूर्वक षडयन्त्रमूलक ढङ्गले अध्यादेश जारी गरेको कांग्रेसको ठहर छ ।

संवैधानिक निकायमा पार्टीगत नियुक्ति गर्ने कलुषित मनसायबाट सरकार प्रेरित भएको भन्दै विज्ञप्तीमा भनिएको छ । ‘संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाइ नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ ।’

संवैधानिक परिषद् सम्वन्धि ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित, संसदीय मुल्य, मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको भन्दै उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई देउवाले अव्हान गरेका छन् ।

(Visited 103 times, 1 visits today)
Loading comments...

आजको समाचार

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

साताका लोकप्रिय समाचार

नेपालमा वामपन्थी धार

राणा शासनको अन्त्यसँगै राजनीतिक सचेतनाको अभियान नेपालमा प्रजातान्त्रिक र साम्यवादी गरी स्पष्ट दुई ध्रुवमा कित्ताबन्दी हुँदै देखापरेपछि प्रजातान्त्रिक धारको नेतृत्व नेपाली कांग्रेस र साम्यवादी...

५१५३ मा संक्रमण पुष्टि, १०८ जनाकाे निधन

  काठमाडाैं । पछिल्लो २४ घण्टामाथप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १०८ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट हालसम्म मृत्यु...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

तीन नगरपालिकालाई २५ लाखको चेक

रौतहट । विश्वमा महामारीको रुपमा फैलिएको कोभिड रोग नियन्त्रणको लागि एक संस्थाले रौतहटका ३ वटा नगरपालिकालाइ २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।...

प्रतिनिधिसभा विघटन मुद्दाः फास्ट ट्र्याकमा सुनुवाइ गर्न टाइम कार्ड

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दा शीघ्र सुनुवाइ गरेर फैसला दिन रिट निवेदक र सरकारी वकिल पक्षलाई ‘टाइम कार्ड’ तोकेको छ । आगामी...

ट्रेन्डिङ

वीरगन्ज–पथलैया औद्योगिक कोरिडोर क्षेत्र उच्च जोखिममा

वीरगन्ज । शैली परिवर्तन नभए वीरगन्ज–पथलैया औद्योगिक कोरिडोर क्षेत्र कोरोना भाइरस फैलाउने ‘हट जोन’का रूपमा दरिने सम्भावना बढेर गएको छ । तीन जिल्लाका श्रमिककोश्रमस्थल...

एमाले नेता नेपालसहित चारलाई लिखित स्पष्टीकरण

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्ना चार नेतालाई पार्टीहित विपरीत अनुशासनहीन काम गरेको भन्दै लिखित स्पष्टीकरण सोधेको छ । पार्टीका वरिष्ठ नेता...

जव दुई छोरीले बाबुको लास बोकेर घाट पुर्याए

उदयपुर । दीर्घरोगका कारण लामो समय थलिएको बालबहादुर थापा मगरको मत्यु भएपछि छिमेकीले कोरोनाको आशंकामा उनको शव छुन नमानेपछि दुई छोरीले आफैले शबयात्रा गरि...

पार्टी शुद्धीकरणको अभियान चलेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टी झन् एकताबद्ध भएर अगाडि बढेको बताएका छन् ।...

बुटिगिगद्वारा राष्ट्रपति निर्वाचनको दौड छाडेको घोषणा

वासिंगटन। अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्ने दौडमा रहेका इन्डियाना राज्यका भूतपूर्व मेयर पिट बुटिगिगले आफ्नो निर्वाचन अभियान परित्याग गरेको घोषणा गरेको अमेरिकी...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ शुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा...

स्थायी कमिटी बैठकमा ओलीको पत्र : प्रचण्डको प्रस्तावमा छलफल गर्न सकिँदैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘राजनीतिक प्रस्ताव’ भन्दै पेश गरेको पत्रमा...

सुनसान काठमाडौं उपत्यका

काठमाडौं । विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौं उपत्यका सुनसान बन्दै गएको छ । ...

अमिताभ र अजय मे डेमा सँगै

मुम्बई । मुम्बईमा फेरि कोरोनाको संक्रमण बढे पनि अभिनेता अमिताभ बच्चन यतिबेला अभिनेता निर्देशक अजय देवगनसँग नयाँ फिल्म ‘मे डे’को छायांकनमा जोडिएका छन् ।...

प्रदेशको राजधानी सार्न खोजियो भनेर भ्रमपूर्ण प्रचार गरियाे : मुख्यमन्त्री पोखरेल

प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) लाई टुङ्गो लगाएको छ । प्रदेशको नामकरण र स्थायी राजधानी घोषणासँगै...

रोजगारीका लागि भारत जानेहरूको संख्या फेरी बढ्यो

  धनगढी । कोरोना कहरकैबीच सुदूरपश्चिमका नाकाबाट रोजगारीको लागि भारत जानेहरूको संख्या बढ्न थालेको छ । भारतमा नेपालीहरूले काम गर्ने प्रमुख क्षेत्रहरू कलकारखाना, निर्माणको काम...

एसईई परीक्षा नगरिने : स्कुलको मूल्याङ्कनलाई मान्यता दिने

काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण मुलुकमा जोखिम कायमै रहेकाले सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) नगरी स्कुलको आन्तरिक मूल्याङ्कनलाई नै मान्यता...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)