यसरी तोडे कामिरिताले आफ्नै कीर्तिमानी , २५ औं पटक सगरमाथा शिखरमा

काठमाडौं । आफ्नै विश्व कीर्तिमानी तोड्दै आरोही कामिरिता शेर्पा २५ औं पटक सगरमाथाको शिखर चुम्न सफल भएका छन । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका –५ थामेका ५० वर्षीय शेर्पाको संयोजकत्वमा सहभागी आरोहण दलले शुक्रबार साँझ ६ बजे सगरमाथा शिखर चुमेका हुन् ।

२५ औं पटक आरोहण गरि नयाँ विश्व रेकर्ड कायम गर्न सफल कीर्तिमानी आरोही कामिरिता सहित आइसफल डाक्टरको समुहले सगरमाथा शिखर चुमेका हुन् । जसका कारण अब यस वर्षको वसन्त ऋतुकालागि सगरमाथा आरोहणको बाटो खुलेको छ । लगातार २५ औं पटकसम्म सगरमाथा चढेर नयाँ विश्व रेकर्ड कायम गरेका कीर्तिमानीे शेर्पाको संयोजकत्वमा सरकारले यस वर्षका लागि सगरमाथा आरोहणमा जानेहरुलाई बाटो बनाउने जिम्मा दिएको थियो ।

यस आरोहणको व्यवस्थापनमा सहभागी सेभेन समिट ट्रेकिङ कम्पनीका अनुसार शुक्रबार साँझ ६ बजे कीर्तिमानी आरोही कामिरिता सहित ११ जना आरोही विशेषज्ञ शेर्पाहरुको समुह सगरमाथाको चुचुरोमा पुगेका हुन् । अब सथरमाथा आधार शिबिरमा पुगेर आरोहणको क्रममा अनुकुल मौसम कुरेर बसेका आरोहीहरुलाई चुचुरोतर्फ जाने बाटो खुलेको छ ।

यो नयाँ रेकर्डसँगै कामीरिता शेर्पाले २५औं पटक सगरमाथा आरोहण गरेर आफ्नै यसअघिको विश्व कीर्तिमान तोडेका हुन् । यो नयाँ रेकर्डपछि पनि उनलाई साथीहरूले ३०औं पटकसम्म सगरमाथा चढ्न हौस्याइरहे पनि उनले आफुले २५ पटकसम्म चढ्ने बताएका थिए । यो नयाँ कीर्तिमानीसँगै कामीरिताको यसअघि आफुले राखेको लक्ष्य पूरा भएको छ ।

शुक्रबार भएको उनको यस नयाँ विश्व रेकर्ड सहितको कीर्तिमानीका ’boutमा पर्यटन विभागले जानकारी दिएको हो । पर्यटन विभाग,पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यले कामीरिताको यो टोली यस वर्ष सगरमाथा आरोहण गर्ने पहिलो टोली भएको बताईन ।

कामीरिता भन्दा अघि आप्पा शेर्पा र फुर्वाटासी शेर्पाले २१औं पटक सगरमाथा आरोहणको कीर्तिमान बनाएका थिए । सन् १९९२ देखि पर्वतारोहण क्षेत्रमा कार्यरत कामीरिताले सन् १९९८ मा पहिलो पटक गाइडकै रूपमा सगरमाथा आरोहण गरेका थिए ।

त्यसपछि सन् २००९, २०१० र २०१३ मा उनले एकै सिजनमा लगातार तीनपटकसम्म सगरमाथाको शिखर चुम्न सफल भएका थिए । उनका दाजु लाक्पारिताले पनि १७ पटक सगरमाथा आरोहण गरिसकेका छन् । सोलुखुम्बुको थामे प्राविमा कक्षा ४ सम्म पढेका कामीरिता अहिले बौद्धमा डेरा गरी बस्दै आएका छन ।

आगामी दिनमा आरोही शेर्पाको भविष्यप्रति चिन्तित देखिने कामीरिता आफ्ना छोराछोरी लाई भने सगरमाथा नचढुन् भन्ने चाहन्छन्। अहिलेसम्म सरकारले आफुहरु जस्ता हिमाल आरोहीहरुको उचित सम्मान नगरेको बताउँदै उनले सरकारले हिमालको राजस्वमा मात्र ध्यान दिएको गुनासो गरेका छन । अहिलेसम्म आफुहरु जस्ता आरोही र अन्य आरोहणमा सहभाथी शेर्पाको भविष्य’bout नसोचेको उनको भनाई छ ।

विभागका अनुसार यो वर्षको बसन्त ऋतुमा सगरमाथा आरोहणकालागि ४४ वटा आरोहण दलले अनुमति पाएका छन । जसमा स्वदेशी र विदेशी गरि ९२ जना महिला र ३ सय १५ जना पुरुष सहभागी छन ।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी