इट्टा प्रहार गरेर हत्या गर्ने इटहरीबाट पक्राउ

इटहरी । हत्याको आरोपमा इटहरी प्रहरीले एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार हत्याको आरोपमा इटहरीका प्रकाश तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

केसीका अनुसार बिहीबार विहान इटहरी ६ स्थित ट्याङग्रा खोला पूर्व खाली जमीनमा नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय युवकको हत्यामा संलग्न रहेको आरोपमा तामाङलाई पक्राउ गरिएको हो ।

हेर्दा मंगोलियन जस्तो देखिने मृतक व्यक्तिको हालसम्म पहिचान हुन नसकेपनि दाहिने हातको नाडीमा दुःखी राई लेखिएको थियो । प्रहरीका अनुसार शरीरमा चोटपटक देखिएपछि खोजी गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका तामाङले इट्टा प्रहार गरेको स्वीकार गरेका छन् ।

पक्राउ परेका उनीमाथि सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेलधुराको परशुराम नगरपालिका प्रमुखमा काँग्रेसका जोशी र उपप्रमुखमा माओवादीका महता निर्वाचित