Friday, June 18, 2021
Home Editor-Picks ‘८४ वर्ष पुगेँ, सरकारले घरमै आएर गुन लगायो’

‘८४ वर्ष पुगेँ, सरकारले घरमै आएर गुन लगायो’

रुद्र सुवेदी,

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारले सुरु गरेको ८४ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकलाई उनीहरुको घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम बाँकेमा प्रभावकारी बन्दै गएको छ । प्रदेश सरकारले तीन वर्ष अघि सुरु गरेको यो कार्यक्रमका लाभग्राहीले सेवालाई अझ प्रभावकारी र गुणस्तरिय गराउदै लैजान सुझावसमेत दिएका छन् ।

लुम्बिनी प्रदेश सरकारले कार्यक्रम सुरु गर्दा स्वास्थ्यकर्मीले प्रत्येक महिनाको एकपटक वा आवश्यक पर्दा ३ पटकसम्म ८४ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य सेवा दिने उद्देश्यले कार्यक्रम सुरु गरेको भए पनि विभिन्न कारणले हाल प्रत्यक ३–३ महिनाको अन्तरमा सेवा दिने गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए ।

प्रदेश सरकारले आफुहरुको घरमै पुगेर निशुल्क स्वास्थ्य सेवा दिने कार्यक्रम सञ्चालन गरेर आफुहरु प्रति ठूलो गुन लगाएको कार्यक्रका लाभग्राही बाँके खजुरा रनियाँपुरका ८६ वर्षिय मोहम्मद मिन्नु खाँले बताए । ‘आफ्ना सन्तान छैनन भाईको छोराले पालन पोषण गरेको छ । दुख बिराम हुँदा समस्या थियो तर,सरकारले हामी जस्ता जेष्ठ नागरिकका लागि घरमै पुगेर स्वास्थ्य सेवा सुरु गरेर ठूलो गुन लगाएको छ’ उनले भने ।

यस्तै खजुरा गाउपालिका–१ बीरपुरकी ८५ वर्षिया बृन्दादेबी सुनारले लुम्बिनी प्रदेश सरकारले सुरु गरेको घरमै पुगेर दिने स्वास्थ्य सेवाले आफुलाई नयाँ जीवन नै दिएको बताईन् । उनले यो सेवालाई प्रत्येक महिनाको एक पटक र आफुहरुको स्वास्थ्य समस्यालाई आवश्यक पर्ने औषधिसमेत थप गरेर लागु गर्नुपर्ने सुझाव दिइन् ।

खजुरा–१ बहादुरपुरका ८९ वर्षिय रुद्रबहादुर रानाले केही नहुनु भन्दा स्वास्थ्यकर्मी घरमै आएर सेवा दिनु राम्रो भएको बताउदै औषधि र सेवालाई अझ परिस्कृत गरी सामाजिक सुरक्षा भत्ता पाउने सबै उमेर समुहसम्म पुराउन आवश्यक रहेको औल्याए ।

लुम्बिनी प्रदेस सरकारले सञ्चलनमा ल्याएको ८४ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकका घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रमले आफ्ना अभिभावकको स्वास्थ्यमा निक्कै सहज भएको लाभग्राहीका आफन्तहरुको भनाई छ ।

खजुरा रनियाँपुरका मिन्नु खाँका भतिजा रम्जान खाँले काका बिरामी हुँदा बोकेर आफ्नै पैसा खर्चेर उपचारको लागि अस्पताल स्वास्थ्य केन्द्र लैजानु पर्ने अवस्थामा प्रदेश सरकारले घरमै औषधि सहित स्वास्थ्यकर्मी पठाएर आफुहरुलाई सहज बनाई दिएको बताए । उनले यो सुविधा अझ थप गर्नुपर्ने माग गरे ।

बाँके खजुरा–१ बिरपुरका खडकबहादुर सुनारले आफ्नी आमा बिन्द्रादेबी विरामी पर्दा खाटमा बोकेर नेपालगञ्जसम्म लगेको नमिठो अनुभव सुनाउछन् । तर, अहिले प्रदेश सरकारले घरमै स्वास्थ्यकर्मी पठाएर उपचार पाउदा उनी निक्कै खुसी भएको बताए । ‘सानोसानो दुख्ख विमार हुँदा औषधि उपचारका लागि नेपालगन्जै पुर्याउनु पथ्र्यो तर, अहिले भने जानु पर्दैन । अहिले समयको बचत भएको छ भने उपचारका लागि पैसा छैन भन्ने पिर हराएको छ’ उनले भने ।

प्रदेश सरकारको कार्यक्रम ८४ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकलाई उनीहरुको घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम खजुरा गाउपालिकामा नियमित सञ्चालनमा रहेको खजुरा गाउपालिका स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेल बताउछन् । उनले खजुरामा नियमित रुपले कार्यक्रम सञ्चालनमा आएको जानकारी दिए ।

प्रदेश सरकारको कार्यक्रम र पालिकाको निर्देशन अनुसार नियमित रुपमा सेवाग्रहीको घरमै पुगेर सेवा प्रवाह गर्दा आफुहरुलाई पनि नौलो अनुभव भएको बाँके खजुरा–१ राधापुर स्वास्थ्य चौकीका ईन्र्चाज दिपक ढकालको भनाई छ ।

आर्थिक वर्ष २०७५/०७६ देखि पहिलो पटक स्वास्थ्यकर्मी ८४ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकको घरमै पुगेर सेवा दिने गरी सुरु गरिएको सो कार्यक्रम अन्तरगत पहिलो बर्ष बाँकेमा १ हजार ७ सय ५२ जनाले सेवा लिएका छन् भने आर्थिक वर्ष २०७६/०७७ मा ८ सय २७ जना र चालु आर्थिक वर्षमा ५ सय जनाले सेवा लिएको तथ्याङ्क जिल्ला स्वास्थ्य कार्यालय बाँकेले दिएको छ । यो सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउदै उमेर समुह सामाजिक सुरक्षा भत्ता लिने सबै जेष्ठनागरिकसम्म पुराउन सके ठूलो संख्यामा रहेका जेष्ठ नागरिकले लाभ लिन सक्ने थिए ।

(Visited 82 times, 1 visits today)
Loading comments...

आजको समाचार

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

साताका लोकप्रिय समाचार

प्रदेश १ मा घट्यो बजेटको आकार, ३२ अर्बको बजेट सार्वजनिक

  विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ३२ अर्ब भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना...

संघीयताको संकेत

संघीय राज्य व्यवस्थाको आधार माओवादीले २०५२ सालदेखि २०६२ सम्म गरेको जनयुद्ध, हो भन्नेहरू धेरै छन् । एकातिर माओवादीको सशस्त्र युद्धले समाज आव्रmान्त थियो भने...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

नयाँ दल दर्ता गर्दै ठाकुर–महतो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा...

ट्रेन्डिङ

कोरोना कहरबीच उच्च शिक्षा क्षेत्रमा सुधार

वर्तमान दिनमा कोभिड–१९ ले नेपालको शिक्षा क्षेत्रलाई नराम्ररी प्रभावित गरेको छ । यसमा उच्च शिक्षा पनि बन्दाबन्दीको भुमरीमा रुमलिएको छ । भविष्यका कर्णधार उच्च...

अपडेट : बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, बाइडेनलाई २९० इलेक्टोरल मत

क्यालिफोर्निया, अमेरिका। संयुक्त राज्य अमेरिकाको नयॉ राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन् । ब्याटलग्राउण्ड मानिएको राज्य पेन्सिलभेनिया र नेभादामा डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनले जित हासिल...

सडकमा पानी बग्न थालेपछि सडकमै माछा मार्दै स्थानीयवासी

जनकपुरधाम । जनकपुरधामको मूल सडकमा पानी बग्न थालेपछि स्थानीयवासीहरु सडकमै माछा मार्न थालेका छन । नगरको दर्जनो स्थानमा विहानैदेखि माछा मार्ने कार्य भइरहेको छ...

प्रदेश २ को नामाकरण अन्यौलमा

जनकपुरधाम । संघियताका लागि सबै भन्दा बढी आवाज उठाउने प्रदेश २ नामाकरण र राजधानी तोक्ने विषयमा पछाडि परेका छन् । सत्तापक्ष र विपक्षको अडानका...

राष्ट्रपति कार्यालयको वेबसाइटमा राखिएका विज्ञप्ती प्राविधिक कारणले हटेको जवाफ, फेरि देखिन थाल्यो

काठमाडौं । राष्ट्रपति कार्यालयको वेबसाइटमा जेठ महिनामा अपलोड भएर हराएका सबै विज्ञप्ति फेरि देखिएको छ । राष्ट्रपति कार्यालयको वेबसाइट https://president.gov.np/मा अपलोड भएका प्रतिनिधिसभा विघटन...

समुन्द्रमा पानीजहाज डुब्याे, पाँच हजार ८०० गाई मरे

टोकियो । न्यूजील्यान्डबाट चीनतर्फ गाईवस्तु लिएर गइरहेको एउटा विशाल कार्गो पानीजहाज जापानी समुद्री क्षेत्रमा डुबेको छ । जापानी उद्धारकर्ताहरुले शुक्रबार चालक दलको दोस्रो व्यक्तिलाई...

बाजुरामा बाढीले बगाउँदा ३ जना बेपत्ता

बाजुरा । बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ कवाडीमा गएराति परेको अबिरल बर्षाका कारण आएको बाढीले बगाएर ३ जना बेपत्ता छन् भने तीन घर बगाएको छ...

बाँकेका पहिलो संक्रमितको पुनःपरीक्षण पोजेटिभ

कोहलपुर । बाँके जिल्लाको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको...

चौबिसेको प्रकोप व्यवस्थापन कोषमा ३१ लाख जम्मा

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा ३१ लाख भन्दा बढी रकम जम्मा भएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र राहत वितरणका...

बेलायतमा कोरोनाले एकै दिन ३ नेपालीको निधन

लन्डन । कोरोना भाइरसले बेलायतमा एकै दिन ३ नेपालीको निधन भएको छ । भूपू गोर्खा शिव श्रेष्ठ, चेत प्रसाद गुरुङ र अर्का एक नेपालीको...

लकडाउनमा २ अर्ब १४ करोड राजस्व संकलन

काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले देशव्यापी रूपमा लकडाउन गर्दा पनि २ अर्ब १४ करोड ९ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।...

तराईमा मङ्सिरमै चिसो, जनजीवन प्रभावित

महोत्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर निगल्दो नै चिसोको कहर बढेको छ । विगत वर्षहरूमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा यसपालि भने...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)