Friday, June 18, 2021
Home सौजन्य टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

राजधानी समाचारदाता,

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन ।

‘सपनाको हो कि विपना ?’

बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन स्याङ्जाबाट काठमाडौं आएकी उनलाई १२ वैशाख २०७२ ले पछ्याइरहेकै छ । भन्छिन्, ‘ कहालीलाग्दो खराब सपनाझैं लागिरहन्छ ।’

दिदीसँगै धरहराको नवौं तल्ला पुगेपछि फलामे रेलिङमा हात के परेको थियो, धरहरा बाँसको लिंगोझैं मच्चिन थाल्यो । क्षणभरमै उनले दिदी गुमाइन् । मृत्युमुख पुगेर ‘बालबाल’ बचेको त्यो पल हरेक १२ वैशाखमा उनको लागि ताजा बन्छ ।
दिदीसँग रमाइलो गर्दै, जिस्क“दै धरहराका सिढी चढेको पलले प्रशंसालाई चिमोटिरहन्छ । ‘नवौं तला पुगेर काठमाडौं नियाल्यौं, मोबाइलबाट फोटो खिच्यौं,’ पंक्ति सुनाउँदै गर्दा उनका आ“खाका पलकका तन्द्राझै चल्मलाउन थाले, ‘त्यही बेला एकाएक भूकम्प आयो, केही सोच्नै सकिएन । एकैछिनमा सबै बर्बाद भयो ।’

त्यो कहाली लाग्दो दिन सम्झँदा प्रशंसाका आ“खा अहिले पनि रसाउन थाल्छन् । मुटु गाँठो पर्छ । प्यारी दिदीको सम्झनाले चिथोर्न थाल्छ ।

त्यतिबेला प्रशंसा ११ कक्षा बोर्ड परीक्षा अन्तिम तयारी गर्दै थिइन् । १२ वैशाखमा उनीसहित ६० भन्दा व्यक्ति धरहरासँगै पुरिए । बा“च्न सफलमध्ये प्रशंसा पनि एक हुन् । धरहराको अवसानमा ६० जनाले ज्यान गुमाए ।

प्रशंसा आमासँग ललितपुरस्थित डेरामा बस्थिन् । घर स्याङ्जा पुतलीबजार भए पनि अध्ययनक्रमा उनीहरू काठमाडौं ‘सिङ्खट’ भएका थिए । ‘भूकम्प आउँदा हामी काठमाडौं आएको एकवर्ष मात्र भएको थियो,’ प्रशंसा सम्झिन्छिन्, ‘यस्तो होला भनेर कसले सोचेको हुन्छ र ?’

बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन स्याङ्जाबाट काठमाडौं आएकी उनलाई १२ वैशाख २०७२ ले पछ्याइरहेकै छ । भन्छिन्, ‘ कहालीलाग्दो खराब सपनाझैं लागिरहन्छ ।’

भूकम्प जाँदागर्दा धरहराको सबैभन्दा माथिल्लो तल्लामा रेलिङ समातेर बसेकी प्रशंसा भुइँ पुग्दा भग्नावशेषले थिचिइसकेकी थिइन् । दिदीको घटनास्थलमै मृत्यु भयो । प्रशंसालाई फलामे रेलिङको थिचाईले खुट्टामा गम्भीर चोट पा-यो । खुट्टाका केही भाग भाँचिए । रक्तश्रावका कारण उनी बेहोस भइन् ।

‘उद्धारकर्मीले नर्भिक अस्पताल पु-याएछन्, बाँच्ने सम्भावना निकै कम थियो,’ उनका एकाएक चम्किए, ‘चिकित्सक, स्वास्थ्यकर्मी र व्यवस्थापनको अनवरत सहयोगले नयाँ जीवन पाएँ ।’

नर्भिक बेड प्रशंसाको जीवन र पढाईका लागि ‘टर्निङ प्वाइन्ट’ बन्यो । ‘भूकम्पले मेरी दिदीलाई लग्यो तर मेरा लागि भाग्य बन्यो,’ दिदीको यादमा रसाएका आँखा पुछ्दै उनले सुनाइन्, भूकम्पकै कारण नसोचेको परिवर्तन भयो । आज मेरो सपना पूरा हुँदैछ, म एउटा सक्षम नारी बन्दैछु ।’

धराहरा पुरेर बाँचेकी प्रशंसा भेट्न नर्भिक अस्पताल अध्यक्ष बसन्त चौधरी बेडमै पुगे । उपचारमा लाग्ने सबै खर्च अस्पतालले नै व्यहोर्ने घोषणा गरे, चौधरीले ।

‘तिम्रो सपना के छ ?’ शैयामा छटपटाइरहेकी प्रशंसालाई उनले सोधे ।
प्रशंसाले भनिन्, ‘बिएस्सी नर्सिङ पढ्ने ठूलो सपना छ ।’

चौधरीले तत्समय उनको ‘सपना पूरा गरिदिने’ बचन दिए । अहिले प्रशंसा ललितपुर सानेपास्थित नर्सिङ क्याम्पसमा बिएस्सी नर्सिङ पढिरहेकी छन् । सबै प्रायोजन नर्भिकले व्यहोरिरहेको छ ।

‘नर्भिक पुग्नु अहोभाग्य रहेछ । मेरो सपना त्यही गएर पूरा हु“दैछ,’ बिएससी नर्सिङ तेस्रो वर्ष बोर्ड परीक्षा तयारी गरिरहेकी प्रशंसा भन्छिन्, ‘फूल स्कलरसीप पाएकी छु, रेलिङले थिचेर जीर्ण बनेको खुट्टा पनि ठीक भइसक्यो ।’

उनको खुट्टा पूर्णतया निको पार्न विदेशबाट सिनियर डाक्टर, अत्याधुनिक उपकरण र प्रविधि भित्र्याइयो । उपचारकै लागि नर्भिकमा साढे ४ महिनाभन्दा बढी बसिन्, प्रशंसा । नर्भिकले सबै खर्चसमेत मिनाहा ग-यो ।

अहिले उनको खुट्टा पहिलेझैं ठीक छ । नर्सिङ पेशामा आबद्ध भएपछि ‘लामो समय उभिन सक्दिन“ कि ?’ भन्ने चिन्ता थियो, त्यो पनि दू्र भइसक्यो । पढाईपछि नर्भिकमै आउने छिन्, उनी । समस्यामा परेकालाई सेवा गर्ने ठूलो सपना छ ।
पढाई व्यस्तताबीच डिस्चार्ज भएपछि पनि अहिलेसम्म ‘गडफादर’ चौधरी भेट्न नसकेकोमा भने उनलाई ‘ग्लानी’ भइरहेको छ । ‘मैले पहिल्यै उहाँलाई भेट्नुपथ्र्यो तर पढाईमा व्यस्त हुँदा त्यो अवसर जुरेको छैन,’ भन्छिन्, ‘अब चाँडै भेट होस् भन्ने कामना गर्छु । म उहाँलाई चाँडै भेट्न चाहन्छु ।’

प्रशंसाले विभिन्न माध्यमबाट पुरानो भत्किएपछि नयाँ धरहरा बनेको जानकारी पाएकी छन् । ‘नया“ धरहरा उद्घाटनमा सरकारले बोलाउ“छ कि भन्ने डर थियो,’ उनी उत्साहित देखिइन्, ‘धन्न ! निमन्त्रणा नै आएन । ढुक्कले घरमै बसेर टिभीमा उद्घाटनको प्रत्यक्ष दृश्य हेरें । धरहरा सुन्नेबित्तिकै डर लागिहाल्छ । सायद अब जीवनभर धरहरा चढ्न सक्दिनँ होला ।’

(Visited 185 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

साताका लोकप्रिय समाचार

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

दोर्दी खोलाले हिलेबजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

  लम्जुङ । लम्जुङकाे  दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको...

युरोकप खेल तालिका नेपाली समयअनुसार

लन्डन । मिनी विश्वकपका रूपमा चिनिएको युरोपेली राष्ट्रबीचको फुटबल प्रतियोगिता शुक्रबार रातिदेखि सुरु भएको छ । अब एक महिना युरोपेली च्याम्पियनसिप र कोपा अमेरिका...

प्रधानमन्त्री ओलीलाई हत्या गर्ने धम्की !

काठमाडौं । नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले...

ट्रेन्डिङ

कालिकोटको पलाँतामा साझा यातायात सञ्चालन

कालिकोट । जिल्ला पलाँता गाउँपालिका क्षेत्रमा आजबाट साझा यातायात बस संचालनमा आएको छ । पलाँता गाउँपालिका क्षेत्र र वरपरका क्षेत्रमा सञ्चालनमा रहेका निजी जिपले...

अनुदान रकमको नियमन नहुँदा विकृति बढ्यो : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेपालमा सञ्चालित सामाजिक संस्थामा आएको अनुदान रकमको नियमन नहुँदा विकृति बढेको बताएका छन् । गृहमन्त्री थापाले नेपालमा दर्ता भएका सामाजिक...

शान्ति श्री परियारलाई पहिलो गाँसमै ढुंगा लागेपछि …

काठमाडौं । लोक गायिका शान्ति श्री परियार र ऋषिराम खड्काको नयाँ गीत ‘ढुंगा लाग्यो पहिलो गासैमा’ सार्वजनिक भएको छ । माया पिरतीमा पारिवारिक बाधा आईपरेपछि...

कोभिड–१९ का बहुपक्षीय असरलाई निराकरण गर्ने बजेट

काठमाडौं । आगामी बजेट कोभिड–१९ बाट परेको बहुपक्षीय असरको निराकरण, पूर्वाधारसहितको गुणस्तरीय स्वास्थ्य सेवा विस्तार र निजी क्षेत्रका लागि प्रोत्साहनसहित आर्थिक पुनरुत्थानमा केन्द्रित हुने...

आइतबार धनगढी विकास सम्मेलन हुने

धनगढी । आउने आइतबार धनगढी उपमहानगरपालिकाले विकास सम्मेलनको आयोजना गर्ने भएको छ । उपमहानगरपालिकाले सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । बिहीबार...

बंगलादेशबाट बल्ल मल भित्रियो

वीरगन्ज । अनुदानमा ल्याउने कि खरिद गर्ने भन्ने अन्योलबीच बंगलादेशबाट बल्ल रासायनिक मल युरिया नेपाल भित्रिएको छ । ‘गभरमेन्ट टु गभरमेन्ट (जीटुजी)’ प्रक्रियाबाट बिनामध्यस्थकर्ता...

सीमा नाकामा दिउँसो सुनसान, राति तस्करी

काठमाडौं । सरकारले सीमा नाकाको सुरक्षाका लागि भन्दै ठूलो संख्यामा सशस्त्र प्रहरीको जनशक्ति खटाए पनि विभिन्न बहानामा हुने आवतजावत र अवैध तस्करी रोकिएको छैन । सीमा...

लाउड स्पिकर बोकेर जनप्रतिनिधि टोल–टोलमा

दैलेख । शहर सदरमुकाममा शान्त र सुनसान भइरहेको बेला गाउँघर गुञ्जायमान भएका छन् । कोभिड –१९ फैलिन नदिन सरकारले लकडाउन गरेपछि शहर शान्त बनेको...

प्रतिमा फोब्सको सूचीमा

काठमाडौं । नेपाली महिला गल्फर प्रतिमा शेर्पा फोब्स पत्रिकाले निकालेको एसियाका प्रभावशाली व्यक्तिको सूचीमा परेकी छन् । फोब्सले बिहीबार सार्वजनिक गरेको एसियाका ३० वर्षमुनिका...

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

सिओल । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग...

प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर सीताको स्वास्थ्यलाभको कामना गरे

काठमाडौं । पार्टी विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा कुराकानी गरेका छन् । बुधबार साँझ ओलीले प्रचण्डलाई टेलिफोन...

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, नयाँ मन्त्रीका रूपमा भोलि सपथ

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रियसभा सदस्यमा दुई वर्षे कार्यकाल सकिएसँगै मंगलबार राजीनामा दिएका हुन् । तर राजीनामा पछिपनि...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)