Tuesday, September 21, 2021
Your Ads Here
Homeअर्थकालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो तरकारी बजार कालिमाटी तरकारी बजारको कारोबार करिब आधाले घटेको छ । निषेधाज्ञाअघिको तुलनामा अहिले ५० प्रतिशतले गिरावट आएको छ ।

निषेधाज्ञा जारी हुनुभन्दा अघि दैनिक झन्डै ९ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेकोमा अहिले ४ देखि ५ सय मेट्रिक टन मात्रै तरकारी आउने गरेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार सामान्य अवस्थामा २ देखि ३ करोडको आर्थिक कारोबार हुने बजारमा अहिले तरकारी खरिद–बिक्रीको कारोबार र मूल्यमा पनि गिरावट आएपछि आर्थिक कारोबारमा पनि ह्रास आएको छ । तरकारी कम आए पनि मूल्य भने बढेको छैन ।

सामान्यतया तरकारी कम आउने वित्तिकै बिक्री मूल्य बढ्ने भए पनि यसपटक भने तरकारी किन्ने उपभोक्तामा पनि कमी आएकाले मूल्यमा पनि गिरावट आएको छ । तरकारी बजारमा तरकारीका थोक क्रेताको साथै खुद्रा उपभोक्ता संख्यामा ५० प्रतिशतले कमी आएको छ ।

सर्वसाधरणलाई हिडडुल गर्न सरकारले रोक लगाउनुको साथै तरकारी खरिद बिक्रीका लागि पनि निश्चित समय निर्धारण गरेपछि कारोबारमा कमी आएको सो समितिले जनाएको छ ।

समितिका सहायक कार्यकारी निर्देशक अर्जुनप्रसाद अर्यालले सामान्य अवस्थाको तुलनामा निषेधाज्ञा जारी भएपछि कारोबारमा झन्डै ५० प्रतिशतले गिरावट आएको बताए । उनले सामान्य अवस्थामा झन्डै ९ सय ५० मेट्रिक टन हरियो तरकारी आउने गरेकोमा अहिले ४ देखि ५ सय मेट्रिक टनमा झरेको बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   हुलाकी राजमार्गको पुल १० वर्षदेखि अलपत्र

समितिका अनुसार हाल यहाँ दैनिक ६० प्रतिशत नेपाली उत्पादन र ४० प्रतिशत भारतीय उत्पादन आउने गरेको छ । बोडी, सिमी, घिरौला, लौकालगायत सिजनका तरकारीहरू नेपाली उत्पादकका आएका छन् भने भारतबाट माछा, कागती, आलु र प्याज आउने गरेको छ ।

समितिले स्थानीय तहसँगको समन्वयनमा जुनसुकै समयमा कालिमाटीमा तरकारी ल्याउन सक्ने व्यवस्था मिलाएको छ । तर, खरिद–बिक्रीका लागि भने राति १ बजेदेखि बिहान ९ बजेसम्मको समय तोकेको छ । यसअघि कालिमाटी बजारमा राति ३ बजेदेखि किसान तथा व्यवसायीले तरकारी ल्याउने गरेका थिए । किसान, उत्पादक तथा व्यवसायीले खरिद–बिक्रीका लागि रातिको समय लम्ब्याएको भए पनि समयमै तरकारी आउन नसकेको सम्बन्धित व्यापारीको गुनासो छ ।

२०५२ सालदेखि कालिमाटी तरकारी बजारमा तरकारी बेच्दै आएका व्यापारी राजेन्द्र महर्जनले हाल हरियो तरकारी समयमै बेच्न नसक्दा बिग्रिएर कुहिने भएकाले तरकारी खरिद–बिक्रीका लागि समय निर्धारण गरिनु ठीक नभएको बताए । उनले निषेधाज्ञापछि हरियो तरकारीको मूल्यमा ५० प्रतिशतले कमी आएको र खरिदका लागि आउने व्यापारी र उपभोक्तामा पनि कमी आएको बताए ।

यसैबीच, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कोभिड महामारीबाट बच्न सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्ड पालनामा सहजीकरण गर्ने अभियानस्वरूप सूचना प्रकाशन, माइकिङ गरेर भीडभाड नगर्न र दूरी कायम गर्न सचेत गराउने काम पनि गर्दै आएको छ । समितिले बजारभित्र ठाउँमा स्वास्थ्य सर्तकता मापदण्ड अपनाउ आग्रह गर्दै पम्प्लेट टाँसेको छ । त्यसैगरी साबुन पानीले हात धुने व्यवस्था पनि मिलाएको समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 134 times, 1 visits today)
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   तरकारीमा तहतहका बिचौलिया

आजको समाचार

अनुसन्धानमा परिपक्वता ल्याऊ

संखुवासभाको मादी–१ खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणको जालो अहिले खुल्दै गएको छ । यसलाई कतिपयले ‘नयाँ रहस्य’का रूपमा लिए पनि अन्तर्यमा...

वैदेशिक व्यापार उतारचढाव वृद्धि सामान्य

दैनिक उपभोग्य र विलासिताका सामाग्रीका उच्च आयातको निराशाजनक निर्यातले देश ग्रस्त रहेको छ । फलस्वरूप देश आयातमुखी चर्को रूपमा बढ्दै छ । स्वदेशी उत्पादन...

अवरोध र नाराबाजी बजेट पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोध र नाराबाजीबीच सोमबार प्रतिनिधि सभाबाट चालू आर्थिक वर्ष २०७८-७९ का लागि विनियोजित बजेट पारित भएको छ...

मेयरलाई मुक्का हान्ने कार्यकर्तामाथि एमालेले मुद्दा नचलाउने

  बुटवल । एमालेले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियु रुपन्देहीका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने भएको छ । नेकपा एमाले बुटवलले मंगलबार पत्रकार...

बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो

काठमाडौं । ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा...

साताका लोकप्रिय समाचार

शक्तिकेन्द्रको दबाबमा ८५ सहसचिवको सरुवा

काठमाडौं । सरकारले एकैपटक ८५ जना सहसचिवको सरुवा गरेको छ । विभिन्न शक्तिकेन्द्रको दबाबमा सरकारले एकैपटक ठूलो संख्यामा सहसचिव सरुवा गरेपछि स्थायी सरकारका रूपमा...

राष्ट्रिय स्वार्थमा समर्पित नेतृत्वको अपेक्षा !

वर्तमान नेपाली राजनीतिमा सत्ता चलायमानको स्थिति नहुँदा विकासको मार्ग र मानवीय संवेदनामा ठूलो क्षति भइरहेको छ । नेपाली राजनीति विगतबाटै प्रतिरोध र प्रतिशोध साँध्ने...

बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बझाङ । आफ्नै नातिले ८० वर्षीया हजुरआमाको हत्या गरेको आरोप लागेको छ । जिल्लाको दुगाथली गाउँपालिका–५ का २१ वर्षीया सुवास जप्रेललाई ८० वर्षीया हजुरआमा...

यस्ताे छ घनश्याम भूसालले देखेको समृद्धि र समाजवादको बाटो (प्रस्तावसहित)

  काठमाडौं । विधान अधिवेशनको संघारमा रहेको एमालेलाई कसरी अघि बढाउने भन्ने विषयमा उपमहासचिव घनश्याम भूसालले जारी स्थायी कमिटी बैठकमा दुईवटा बेग्लै प्रस्ताव पेस गरेका छन्...

दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या

  दैलेख । दैलेखमा घाँटी रेटेर एकजनाको शिक्षकको हत्या गरिएको छ । सोमबार राती गुराँस गाउँपालिका–८ मालिका मावि ४३ बर्षिया नगेन्द्र विसीको विद्यालयमै घाँटी रेटेर...

ट्रेन्डिङ

अभिनेता अर्जुनले प्लाज्मा दान गर्ने

मुम्बई । बलिउड अभिनेता अर्जुन कपुर विगत १६ दिनदेखि कोरोना भाइरसको चपेटामा छिन् । आफ्ना चिकित्सकहरूको सल्लाहअनुसार उनी होम आइसोलेसनमा छन् । कोरोना पोजेटिभ...

नेकपाकाे सचिवालय बैठक भोली

  काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बुधबार सचिवालय बैठक बोलाएको छ । भोलि (बुधबार) साँझ पाँचबजे बैठक बोलाइएको हो । मङ्गलबार दिउँसो पार्टी...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)