जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख चरा वा पशु अंकित चित्रसँग तुलना गर्छन्, मिथिला कलालाई । उनी सिन्धु घाटी सभ्यतामाथि आर्यले कब्जा गरेपछि आर्यसभ्यता स्थापना र विस्तार प्रक्रियामा मिथिला स्थापनामा उदाहरण पेश गर्छन् ।

मिथिला कलामा खासगरी घरबाट बनाइएका समान प्रयोग गरिन्छन् । ‘यसैको विकसित रुपले केही आधुनिक स्वरुप लिएको हो,’ मिथिला कलाविज्ञ रायमाझी भन्छन्, ‘जसलाई मिथिला चित्रकला भनिन्छ । पहिलेको स्वरुपमा रहेको कलालाई अरिपन भनिन्छ, जो मिथिलाको पावन तिहारमा प्रयोग गरिन्छ ।’

मिथिला कलाको छुट्टै मौलिकता छ । मानवीय अनुभूति अर्थात् रुपचित्र यो शैलीअन्तर्गत पर्छन् । प्रतीकात्मक र सांकेतिक विम्बकै समष्टि मिलन रेखाबाट लोककलाले पौराणिक कथावस्तुका रोचक घटनावली पछ्याएर प्रस्तुत गर्ने गर्दछ ।

भनिन्छ, मिथिला कला स्थानीय जीवनशैलीको वास्तकविक नमूना हुन् । मौलिक विषेशता र जीवित परिपाटी हो । महिला शिल्पीका अनुसार यसको कथा बुझेको र हात बसिसकेको छ भने एउटा कृति एकै दिनमा तयार हुन्छ ।

कलाकारमा अथक साधना, अध्ययन वा गहिराई हुनु जरुरी छैन । तर, यस्ता चित्र मिथिलामा अनिवार्य मानिन्छ । मिथिला चित्रकलास“ग जोडिएका प्रदेश २ मा हजारभन्दा बढी कलाकार छन् । तीमध्ये कमैले राष्ट्रिस्तरमा अवसर पाएका छन् । अधिकांश कलाकार अझै बेरोजगार रहेको अग्रज कलाकार निर्मला झा बताउँछिन् ।

त्यसो त, मिथिला कलामा जनकपुरधामका महिला आकर्षित नभएका भने हैनन् । यहाँ आर्ट ग्यालरी बनाउन थालिएको छ । ग्यालरी शिलान्याससमेत भइसक्यो । पा“च करोड लागतमा निर्माण हुने ग्यालरीमा प्रशिक्षण, प्रदर्शनीदेखि बिक्री कक्षसम्म रहने छन् ।

दर्जनौं महिला मिथिला चित्रकलामा आश्रित छन् । यसमा लागेपछि खाली हात बस्न नपर्ने हुनाले महिला बढी सक्रिय हुन थालेका छन् ।

मिथिला चित्रकलालाई जनकपुरधाम क्षेत्रमा महत्वसाथ लिइन्छ । मैथिली भाषा नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरीसहित प्रदेश १ र २ का विभिन्न जिल्लामा बोलिन्छ । यही भाषाभाषीमाझ लोकप्रिय कला नै ‘मिथिला लोककला’ हो ।
‘लोक’को अर्थ गाँउसहरमा फैलिएको विशाल जनसमुदायसँग सम्बन्धित छ, जसको व्यवहारिक ज्ञानको आधार पुस्तक नभएर समाजमा निरन्तर चलिरहेको व्यवहारसित सम्बन्धित छ ।

मैथिली लोकचित्रकलाको इतिहास कम्तीमा पाँच हजार वर्ष पुरानो मानिन्छ । मिथिलाञ्चलको सांस्कृतिक धरोहर विश्वस्तरमा प्रतिस्थापित गर्न प्रयत्न भने नभएको होइन । मिथिला कला साहित्य तथा सांकृतिक गढका रूपमा ख्याति प्राप्त छ । यस भेगका कला, संस्कृति मिथिला चित्रबाट झल्काउने गरिन्छ ।

जानकी जन्म प्रसंगदेखि मिथिला जनजीवन चित्रमार्फत प्रकट गर्ने परम्परा छ । मिथिला लोकचित्रकलामा विद्यमान आदिम तत्व भनेको ‘सरल वक्र दुई चार ठाडा तेर्सा समान्तर’ रेखाबाट त्रिकोण, वृत, चक्र भएका प्रारम्भिक अतिरिक्त ऐतिहासिक तथा वैदिककालिन औपनिषदि तथा उत्तर मध्यकालीन तत्व पाइन्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 658 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीकाे बरहथवा मेयरमा कटुवाल निर्वाचित