Sunday, June 13, 2021
Home विदेश बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

साम मेडनिक,

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात उनले २ डलरभन्दा कममा दर्जनौं पुरुषसँग रात बिताउनुपरेको छ ।

पश्चिम अफ्रिकाको भूपरिवेष्ठित गरिब राष्ट्र बुर्किना फासोकी ब्लेसिङलाई सैलुनमा काम मिलाइदिन्छु भनेर लोभलालच देखाएर फसाउने एक महिलाले ब्लेसिङलाई भाग्ने कोसिस गरे मारिदिने धम्की दिएकी थिइन् ।

‘अब कोही पनि तिमीलाई उद्धार गर्न आउँदैनन्,’ हालै अन्तर्वार्ता लिनेक्रममा आँखाबाट रसाएका आँशु पुछ्दै ब्लेसिङले आफ्नो पीडा सुनाइन् । सन् २०१९ डिसेम्बरमा आफूलाई कब्जामा राख्ने महिला कतै लागेको मौका छोपेर ब्लेसिङ ठूलो साहसका साथ त्यस काठकोठरीबाट भाग्न सफल भइन् । स्थानीय बासिन्दाको सहयोगमा उनी र अरू ६ जना महिला त्यहाँबाट भाग्न सफल भए । उनीहरू अन्ततः राजधानी औगाडोगुमा रहेको आप्रवासीका लागि खोलिएको राष्ट्रसंघीय केन्द्रको शरणमा पुगेका थिए ।

सुनखानीका शिविरमा थुनिनु पर्दाको ब्लेसिङको अनुभव नौलो भने होइन । यौन तस्करी र सुन खानी उद्योगबारे एसोसिएटेड प्रेस (एपी)ले गरेको महिनौं लामो अनुसन्धानका क्रममा झन्डै २० जना नाइजेरियाली महिलालाई एपीले भेटेको थियो । यी महिलालाई झुटो लोभ देखाएर बुर्किना फासो ल्याइएको थियो र त्यसपछि जबर्जस्ती वेश्यावृत्तिमा लगाइएको थियो । आफ्नो सुरक्षाका कारण नाम नबताउने सर्तमा ब्लेसिङले झैं कतिपय महिलाले यस्तै कथाव्यथा बोकेका सयौं महिलालाई आफूहरूले चिनेको बताएका थिए ।

एपीले यी महिलाका कथाहरू सही हुन् वा होइनन् भनेर धेरैसँग अन्तर्वार्ता समेत लिएको थियो जसमा सहायताकर्मी, वकील, प्रहरी, स्थानीय मानव तस्करी प्रतिरक्षा समूह, स्वास्थ्यकर्मी, एक जना मानव तस्कर र बुर्किना फासोका धेरैवटा सहरमा रहेका नाइजेरियाली समुदायका सदस्यहरू सहभागी थिए ।

मानव तस्करीबारे जानकार मानिसले अधिकांश महिला नाइजेरियाको एडो राज्यबाट आउने गरेका बताएका थिए । उनीहरूलाई बुर्किना फासोका पसल वा सैलुनमा राम्रो कमाइ हुने भन्दै प्रलोभनमा पार्ने गरिएको थियो । एकपटक यहाँ आइसकेपछि उनीहरूलाई स–साना सुनखानीमा पठाइने गरिन्थ्यो । बुर्किना फासो र नाइजेरिया दुवै देशले अन्तरदेशीय संगठित अपराधविरुद्धको राष्ट्रसंघीय अभिसन्धिमा हस्ताक्षर गरेका भए पनि दुवै देशले मानव तस्करीविरुद्ध लड्न संयुक्त योजना नै बनाएका छैनन् ।

जिहादी आतंकबाट गुज्रिरहेको बुर्किना फासोको सुरक्षा क्षेत्र मानव तस्करी रोक्न पर्याप्त रूपमा प्रशिक्षित छैन । उनीहरूसँग तालिम, उपकरण र अन्तरदेशीय सहकार्य समेत छैन ।

परिणामस्वरूप, अमेरिकी विदेश मन्त्रालयले तयार पारेको प्रतिवेदनअनुसार, बुर्किना फासो आफ्नो सीमाबाट हुने मानव तस्करी रोक्न संघर्षरत रहेको मात्र होइन अन्य मुलुकतर्फ हुने महिलाको तस्करीको मार्ग पनि भएको छ ।

स्थानीय अधिकारीले बुर्किना फासोबाट मालीतर्फ तीन जना महिलालाई लैजानेक्रममा पक्राउ गरेका एक व्यक्तिले एपीसँग कुरा गर्दै आफूले मानव तस्करी नगरेको दाबी गरे । उनी भन्दै थिए, हरेक महिलालाई आफूहरू वेश्यावृत्तिको काममा जान लागेको थाहा छ ।

फूले बेनिनमा प्रतिमहिला २ सय ७० डलर तिरेर किनेको बताए । उनले मालीस्थित एक नाइजेरियाली महिलालाई दोब्बर मूल्यमा बेच्ने योजना सुनाए । उनले सन् २०१९ मा पनि दुई जना महिलालाई यसैगरी बेचेको बताए

‘मलाई अलिकति खल्लो लाग्छ किनभने उनीहरूले गर्न खोजेको यो राम्रो काम होइन । उनीहरू आफू खुसी जान लागेको बताउँछन्,’ नाइजेरियामा कारका सामान बेच्ने ४८ वर्षीय एक व्यापारी बताउँछन् । आफू असुरक्षित रहने भयले उनी पनि आफ्नो नाम बताउन चाहँदैनन् ।

उनले आफूले बेनिनमा प्रतिमहिला २ सय ७० डलर तिरेर किनेको बताए । उनले मालीस्थित एक नाइजेरियाली महिलालाई दोब्बर मूल्यमा बेच्ने योजना सुनाए । उनले सन् २०१९ मा पनि दुई जना महिलालाई यसैगरी बेचेको बताए ।

अमेरिकी विदेश मन्त्रालयले तयार पारेको तस्करीमा परेका व्यक्तिसम्बन्धी वार्षिक प्रतिवेदनमा बुर्किना फासोको अवस्था अझ नाजुक देखाइएको छ । सामान्यतया, मानव तस्करी रोक्नेतर्फ पर्याप्त कदम नचाले त्यस्ता मुलुकलाई अति नाजुक श्रेणीमा राख्ने गरिएको छ । यस्ता मुलुकलाई अमेरिकाले आर्थिक तथा कूटनीतिक दण्ड सजाय गर्न सक्ने जोखिम रहन्छ ।

बुर्किना फासोको सुनखानी उद्योग तुलनात्मक रूपमा नयाँ हो । देशका १५ वटा औद्योगिक खानीमध्ये एउटा सुनखानीबाट सन् २००७ देखि उत्पादन सुरु भएको छ । सरकारले निजी क्षेत्रको लगानी भिœयाउन वातावरण निर्माण गरेसँगै सुनखानीमा विदेशी लगानी बढेको छ ।

आज, बुर्किना फासोले अफ्रिकामै सुनखानीको निकै तीव्र विकास गरेको छ । दक्षिण अफ्रिका, घाना, तान्जानिया र मालीपश्चात् बुर्किना फासो नै सुन उत्खननमा अग्रपंक्तिमा छ । बुर्किना फासोको मुख्य बाह्य आम्दानीको स्रोत सुन नै रहेको छ ।

जर्मनस्थित अनुसन्धान संस्था ग्लोकोनका अनुसार यस उद्योगले करिब १५ लाख व्यक्तिलाई रोजगारी दिएको छ भने सन् २०१९ मा यसको आकार झन्डै २ अर्ब डलर बराबरको थियो । यहाँबाट उत्पादित औद्योगिक सुनमध्ये ७० प्रतिशतभन्दा बढी स्विजरल्यान्ड पठाइन्छ । यो कच्चा सुनलाई स्विजरल्यान्डस्थित मेटालोर टेक्नोलोजिजले प्रशोधन गर्ने गरेको छ ।

विज्ञ र स्थानीय अधिकारीको भनाइमा महिलाको अधिकांश तस्करीका घटना साना स्तरका सुनखानीमा हुने गरेको छ । ठूला खानीमा यस्तो प्रवृत्ति नदेखिएको अधिकारीको भनाइ छ ।

बुर्किना फासोमा ८ सयको हाराहारीमा रहेका मध्यम स्तरका सुनखानीको अनुगमन गर्नु निकै मुस्किल कार्य हो । खासगरी पूर्वी सीमामा रहेका मुलुक टोगो, बेनिन, नाइजर र घानाबाट हुने सुन तस्करी रोक्न निकै कठिन हुने गर्दछ ।

ब्लेसिङ नाइजेरियामा आफ्नै आमासँग मिलेर ऊखु र पिठोको व्यापार सुरु गर्न चाहन्छिन् । उनलाई थाहा छ, अरूहरूले आशा नै मारिसके । ‘धेरै केटीले मिठो सपना देखेरै त्यता गएका हुन् । तर, तस्करले उनीहरूको आशा र सपना सबै समाप्त पारिदिन्छन् ।’

(Visited 101 times, 1 visits today)
Loading comments...

आजको समाचार

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

साताका लोकप्रिय समाचार

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

लोक दोहोरी प्रतिष्ठानको समन्वयमा जिल्ला भित्रियो स्वास्थ्य सामग्री

  गुल्मी । वोधिसत्वा विहार, काठमाडौको सहयोग तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, जिल्ला शाखा गुल्मीको समन्वयमा गुल्मीमा लाखौँ मुल्यको स्वास्थ्य सामग्री भित्रिएको छ...

नपा–गापा बजेटका चुनौती

पृष्ठभूमिः संघीय लोकतान्त्रिक शासन प्रणाली तथा तीन तहका सरकारको प्रबन्ध भएको नेपालको संविधान लागू भएपश्चात् सबै तहका सरकारको निर्वाचन अगाडि बढ्ने क्रममा सर्वप्रथम स्थानीय...

बजेट, विवेचना र विरोधका स्वर

सरकारले आर्थिक वर्ष २०७८-७९ का लागि ल्याएको बजेट सदाझै घाटाको भए पनि आगामी आर्थिक वर्षका लागि धेरै कार्यक्रम जनप्रिय रहेका छन् । कतिपयले बजेटलाई...

प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाऊ आदेश : असार ९ देखि नियमित सुनुवाइ

  काठमाडाैं । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा...

ट्रेन्डिङ

मेरो परिवार म बचाउछु, तँ आफ्नो लाज बचा सरकार !

मेरो परिवारका वहुमत सदस्यलाई कोरोना (कोभिड १९) पोजेटिभ देखिएपछि हामी काठमाडौंवाट अतालिदै घर आयौं । सिटामोलले ओराल्न नसकेको ज्वोरोले ममी, बुवा र बाबु (देवरबाबु)को...

थप ६३४ जनामा कोरोना पुष्टि, काठमाडौँ उपत्यकामा २१६ संक्रमित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार ११७ पुगेको छ...

‘जसपाले प्रधानमन्त्री ओलीप्रति प्रयोग गरेको भाषा निन्दनीय छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनता समाजवादी पार्टी नेपाल९जसपा० ले प्रधानमन्त्रीप्रति प्रयोग गरेको भाषा निन्दनीय रहेको बताएका छन् ।...

पुँजीबजारको आकर्षण सरकारप्रतिको विश्वास : अर्थमन्त्री पौडेल

  काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रुपमा लिएको बताएका छन् । नेपाल धितोपत्र बोर्डको २९...

संसद विघटनको विरोधमा प्रगतिशील नेपाली समाजको विरोध

गोवा । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा प्रगतिशील नेपाली समाज दक्षिणी भारत कर्नाटक होन्नावारले विरोध जनाएको छ । संगठनका महासचिव लोकेन्द्र सेर्पालीको...

थप ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता...

चेल्सी र लिभरपुल शीर्ष चारमा

लन्डन । प्रिमियर लिगको चालु सिजन अन्त्य भएको छ । म्यानचेस्टर सिटीले पाँच खेल अगावै उपाधि जितिसकेको थियो । यद्यपि शीर्षमा चारमा परेर आउँदो...

सप्तरीका वडाध्यक्षमा भेटियो कोरोना

राजविराज । सप्तरीका एक जना वडाध्यक्षलाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालका निमित्त प्रमुख दुनियालाल यादवले तिलाठी कोइलाडी गाउँपालिका वडा नं...

जब मैले भन्दै आए गायक कविन्द्र

काठमाडौं । लोकपप गीतमा एक समयको चर्चित संगीतिक व्यान्ड ‘स्काई ब्याण्ड’का गायक कविन्द्र श्रेष्ठ पछिल्लो समय गायनमा फेरी सक्रिय देखिन थालेका छन् । केही...

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

सप्तरी । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका–...

गरिबका लागि सलमानको सहयोग निरन्तर

मुम्बई । बलिउड अभिनेता सलमान खानले लकडाउनको समय मजदुरवर्गलाई आर्थिक सहयोग प्रदान गर्ने काम रोकेका छैनन् । यसअघि उनले फिल्ममा दैनिक ज्यालामा काम गर्ने...

मकवानपुरबाट ६ किलो सुनसहित भारतीय नागरिक पक्राउ

हेटौंडा । मकवानपुरमा ६ किलो भन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । मंगलबार हेटौंडा–१५ स्थित रातोमाटेमा काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको बस चेकजाँच गर्ने...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)