Sunday, June 13, 2021
Home प्रमुख अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

प्रशान्त वली,

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ ।

देशभरका सरकारी तथा निजी अस्पतालका शैया भरिभराउ अवस्थामा छन् । गम्भीर प्रकृतिका संक्रमितले शैया नपाएर छटपटाउनुपर्ने अवस्था आएको छ ।

अधिकांश सरकारी र निजी अस्पतालमा अक्सिजनसहित शैया अभाव खड्किएपछि गम्भीर संक्रमित मर्कामा परेका छन् । आईसीयू र भेन्टिलेटरका संक्रमितलाई दैनिक १४ हजार लिटर अक्सिजन आवश्यक पर्ने भए पनि अधिकांशले पाउन सकेका छैनन् ।

अस्पतालमा रेम्डेसिभिरसमेत चर्को अभाव छ । औषधि व्यवस्था विभागले रेम्डेसिभिर अभाव नभएको बताए पनि संक्रमितले सहज रूपमा पाउन सकिरहेका छैनन् ।

त्रिवि शिक्षण अस्पतालमा शैया अभावपछि संक्रमितको पेटीमै उपचार थालिएको छ । उनीहरूलाई पेटीमा राखेर अक्सिजन दिने कार्य जारी छ ।

न रेम्डेसिभिर न अक्सिजन
–शनिबार थप ८ हजार ४ सय १८ मा संक्रमण, ५३ को मृत्यु
–संक्रमितका आफन्तको प्रश्न– सरकार कहाँ छ ?

वीर अस्पतालमा शनिबार उपचारका लागि पुगेका रौतहटका ३८ वर्षीय कोराना संक्रमित राजन शाह अस्पतालमा बेड नै नभएको बताउछन् । ‘अब कहाँ जाने होला ? अलमलमा छु,’ उनी भन्छन्, ‘खोइ, सरकार कहाँ छ र ?’

यद्यपि, सरकारले संक्रमित उपचार गर्न वीर र ट्रमा सेन्टर ‘कोभिड डेडिकेटेड’ अस्पताल बनाउने भएको छ । अधिकांश निजी अस्पतालले अक्सिजन र अक्सिजन सिलिन्डर अभाव हुँदा उपचार प्रक्रियामा कठिनाइ भइरहेको जनाएका छन् ।

ललितपुर जावलाखेलस्थित अल्का अस्पतालले कोरोना संक्रमित उपचारका लागि अक्सिजन अभाव र आपूर्तिमा समेत कठिनाइ उपन्न भएको जनाएको छ । अस्पताल अध्यक्ष कुमार थापाका अनुसार संक्रमितलाई ‘हाइफ्लो’मा दिनुपर्ने भएकाले अक्सिजन अभाव हुन थालेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले सरकारको ध्यान रोकथाममै रहेको दाबी गरे । ‘प्रत्येक मेडिकल कलेजमा २/२ सय शैया थप भएको छ,’ उनले भने, ‘बेड अभाव भने भएकै हो ।’

त्यस्तै, शनिबार देशभर थप ८ हजार ४ सय १८ मा संक्रमण देखिएको छ । कुलमध्ये हाल ८३ हजार ४ सय ९३ सक्रिय संक्रमित छन् ।

हाल, ३ सय ९८ संक्रमित क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७० डिस्चार्ज भएका छन् । शनिबारै देशभर ५३ संक्रमितको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा शनिबार ३ हजार १ सय १३ मा संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार २ सय ७० छन् । ललितपुरमा ४ सय ६२ र भक्तपुरमा ३ सय ८१ संक्रमित थपिएका छन् ।
देशभर ७ सय ५८ आईसीयू र २ सय ३१ जना भेन्टिलेटरमा उपचाररत छन् । प्रदेश १ मा १ सय ४ आईसीयू र २० भेन्टिलेटरमा, प्रदेश २ मा ६३ आईसीयू र ३५ भेन्टिलेटरमा छन् । बाग्मती प्रदेशमा ३ सय ८६ आईसीयू र १ सय २० भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा ६१ जना आईसीयू र १३ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ८२ जना आईसीयू र २० जना भेन्टिलेटर, कर्णालीमा ३३ जना आईसीयू र १० जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा २९ जना आईसीयू र १३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ३ सय ४ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा छन् । अहिले देशभरका सरकारी तथा निजी अस्पतालमा बिरामीको घुइँचो बढ्नेक्रम जारी छ ।

(Visited 77 times, 1 visits today)
Loading comments...

आजको समाचार

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

साताका लोकप्रिय समाचार

मन्त्रिपरिषदले पायो पूर्णता, बादलपत्नीलाई सञ्चार मन्त्रालय

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी...

लोक दोहोरी प्रतिष्ठानको समन्वयमा जिल्ला भित्रियो स्वास्थ्य सामग्री

  गुल्मी । वोधिसत्वा विहार, काठमाडौको सहयोग तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, जिल्ला शाखा गुल्मीको समन्वयमा गुल्मीमा लाखौँ मुल्यको स्वास्थ्य सामग्री भित्रिएको छ...

यातायातका कर्मचारीको ‘सेटिङ’ विरुद्ध अख्तियारमा उजुरी

  इटहरी । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कोसी, इटहरीले घरभाडामा कमिसनको ‘सेटिङ’ नमिलेका कारण लकडाउन अवधीकै बीचमा कार्यालय सार्ने तयारी गरेको समाचार...

नमस्ते सामुदायिक प्रतिष्ठान १९ वर्षमा प्रवेश

  काठमाडौँ । मानव सेवामा समर्पित पोखराको चर्चित नमस्ते सामुदायिक प्रतिष्ठान १९ वर्षमा प्रवेश गरेको छ । समाजका विभिन्न क्षेत्रमा काम गर्दै आएको यो संस्था...

नागरिकता अध्यादेश राेक्ने न्यायाधीशलाई महाअभियोग : प्रभु साह

  काठमाडौं । निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले नेपाल नागरिकता (पहिलो संसोधन) अध्यादेश, २०७८ लाई तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनि अन्तरिम आदेश दिने न्यायाधीशहरु...

ट्रेन्डिङ

लोकतन्त्र दिवसको सार्थकता

तत्कालीन राजाको निरंकुश शासन अन्त्य भएर लोकतन्त्र स्थापना भएको १४ वर्ष बितिसकेको छ । यस अवधिमा मुलुकले धेरै आरोहअवरोह पार गरेको छ । राजसंस्था...

प्याङथलाेमा सबैको भलो हुने भवन बन्दै

चापागाउँ (ललितपुर) । प्राचीन बस्ती प्याङगाउँमा सामूहिक कार्य र संस्कृति जगेर्नानिम्ती सामुदायिक भवन निर्माण अघि बढेको छ । ललितपुर गोदावरी नगरपालिका–११ को पराम्परात बस्तीमध्येका एक...

‘अदालतको निर्णय मात्र न्याय होइन’

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सबैको प्रयासले स्थानीय न्यायिक समितिबाट अधिक लाभ हासिल गरी जनतालाई घरदैलोमै सेवा दिनुपर्ने बताएका छन् । स्थानीय तह न्यायिक...

नेकपामा फेरि किचलो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र फेरी किचलो सुरु भएको छ । पार्टी निर्णय तथा सहमतिविपरित प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा...

स्थानीयद्वारा कटारी–घुर्मी सडक अवरोध

उदयपुर । जीर्ण अवस्थामा रहेको सिद्विचरण लोकमार्गको स्तरोन्नतीमा सरोकारवाला निकार्यले ध्यान नदिएको भन्दै स्थानीयद्वारा अनिश्चितकालीन सडक बन्द गरेको छ । माथिल्लो सगरमाथालाई तराईसँग जोड्ने...

संक्रमण केही दिनयता बढ्दो क्रममा

काठमाडौं । कोरोना भाइरस संक्रमण फैलावटको दायरा तीव्र बनिरहेको छ । जेठ, असार र साउनमा थपिएका कुल संक्रमितभन्दा भदौमा मात्रै संक्रमितको संख्या बढी छ...

एमसीसी परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी...

जब लिफ्ट दिन्छु भन्नेले नै झाडीमा पुगेपछि बलात्कार गरे

सिन्धुपाल्चोक । जुगल गाउँपालिका तेम्बाथानकी ३२ वर्षीया चौतारा ‘ङ’ (प्रहरीले राखेको नाम) असोज १५ गते परिवार नियोजनको अस्थाई साधन डिपोको सुइ लगाउनका लागि जलविरे...

उपनिर्वाचन डेढ करोड खर्च अनुमान

काठमाडौं । निर्वाचन आयोगले आगामी ६ जेठमा हुने राष्ट्रिय सभातर्फको उपनिर्वाचनका लागि डेढ करोडभन्दा बढी खर्च हुने अनुमानसहित बजेट माग गरेको छ । उपनिर्वाचनका लागि...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा बाल संगठनलाई सहयोग

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले कारोबार शुभारम्भ गरेको एक वर्ष पूरा गरेको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल बाल संगठन (बाल मन्दिर) लाई १...

दुई दिनमा साढे चार लाख यात्रु बाहिरिए

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण दुई दिनमा काठमाडौं उपत्यकाबाट ४ लाख २८ हजार ८ सय १६ यात्रु बाहिरिएका हुन् । महानगरीय...

किसानलाई कृषि ज्ञान केन्द्र पुग्नै कठिन

काठमाडौं । मुलुक संघिय संरचनामा गएपछि सरकारले जिल्ला जिल्लामा रहेका जिल्ला कृषि विकास कार्यालय खारेज गरेर कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्र...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)