श्रीमतीको बद्नाम गरेपछि छिमेकीलाई पेट्रोल छर्केर आगो लगाइदिए

सर्लाही । गएको २० बैशामा पुरुषलाई पेट्रोल छर्केर आगो लगाई बिभत्स हत्या गरी फरार भएका युवा पक्राउ गरेका छन् । पक्राउ पर्नेमा घारीबथानका ३५ वर्षिय युवक शिवजी साह रहेका छन् ।

साहलाई मलंगवा नगरपालिका वडा नं. ५ भाडसर स्थित नेपाल भारत सिमावर्ती क्षेत्रवाट ईलाका प्रहरी कार्यालय केशरगज सर्लाहीवाट प्रहरी निरिक्षक जनकराज ढुंगानाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता मदन कुवँरले जानकारी दिए ।

वैशाख २० गते ईश्वरपुर नगरपालिका वडा नं.१२ घारीबथान बस्ने ५८ वर्षिय सियाशरण रायलाई घर अगाडि रहेको आँपको बगैचामा बसिरहेको अवस्थामा साहले पुरानो रिसिबिको कारण शरिरमा पेट्रोल छर्की आगो लगाई घाइते बनाएको थिए । गम्भिर घाईते भएको रायलाई उपचारका लागि किर्तिपुर अस्पताल लगिएकोमा उपचारको क्रममा बैशाख २१ गते नै मृत्यु भएको थियो ।

घटनाको मुख्य कारण

बैदेशिक रोजगारको लागि आफु दुबईमा रहेको बेला रायले श्रीमती सुनिता देवी साह तेली परपुरुष सँग लागेको भन्दै गाँउ घरमा हल्ला गरेको रिसले आगो लगाएको साहले बताए । ‘मैले सबै बुझेँ मेरी श्रीमतिमा त्यस्तो खराबी भेटिन तर, श्रीमतको बदनाम गरेको सहन पनि सकिन ।’ साहले भने ।

श्रीमतीको बद्नाम गराएकाले जसरी पनि रायलाई मार्ने उद्देश्यले साहले बर्दिबासबाट पेट्रोल ल्याएर घरमा राखेका थिए । साह भन्छन् ‘बसिरहेको बेला जगबाट पेट्रोल खन्याएँ र लाइटर बालेर आगो लगाइदिएँ ।’

आगो बल्न थालेपछि आफु सो ठाउँ बाट भागेको साहले स्विकारेको प्रहरी प्रवक्ता कुवँरले बताए । विभत्स तरिकाले हत्या गरेको हुदाँ पक्राउ साहलाई जन्मकैद समेत हुन सक्ने प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कुवँरले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा चुनावी चहल पहल बढ्यो