Friday, June 18, 2021
Home बिचार म्ह्युपी अजिमाको महिमा र जात्रा

म्ह्युपी अजिमाको महिमा र जात्रा

प्रेममान डंगोल,

हरेक वर्ष चैत्र कृष्ण प्रतिपदाका दिनदेखि तीन दिनसमम्म खट जात्रा गरिँदै आएको म्ह्युपी अजिमाको ठूलो महत्व रही आएको छ । गोंगबुबाट नजिकै रहेको डाँडाको माथि रहेको म्ह्युपी अजिमाको खास नाम हो योगाम्बर ज्ञानेश्वरी । योगाम्बरको अर्थ हो शिक्षा अनि ज्ञानेश्वरीको अर्थ हो ज्ञान । यी दुईवटैको मिश्रण भएको विशेषता भएकी म्ह्युपी अजिमालाई धनधान्यको देवीका रूपमा पनि लिइँदै आएको छ । जसले गर्दा म्हयुपी अजिमालाई शिक्षा, ज्ञान र धनकी देवीका रूपमा त्रिगुणात्मक विशेषता भएकी देवी हुन् भन्न सकिन्छ । ज्ञान, सिप, शिक्षा र धनधान्यका प्रतीकका रूपमा मान्दै आइरहेकी म्ह्युपी अजिमालाई स्कुल कलेजमा अध्ययन गरिरहेका विद्यार्थी होस् वा कुनै पनि किसिमको सीप सिकिरहेका प्रशिक्षार्थी होऊन् सबैले अत्यन्तै मान्ने गर्छन् । त्यसैले म्ह्युपी अजिमाको मन्दिरमा विद्यार्थीको भीड भइरहने हो ।

म्ह्युपी अजिमाको अर्को विशेषता भनेको हिन्दू र बौद्धको संयुक्त आस्थाका केन्द्रका रूपमा ठडिएका म्ह्युपी अजिमाको मन्दिरमा दुवै धर्मावलम्बी उत्तिकै जाने गर्छन् । बौद्ध र हिन्दू समुदायका भक्तजनले म्ह्युपी अजिमालाई ज्ञान योगका अधिष्ठात्री देवीका रूपमा पनि मान्दै र पूजा गर्दै आइरहेका छन् ।

म्ह्युपी अजिमा शिक्षा, ज्ञान र धनकी देवीका रूपमा त्रिगुणात्मक विशेषता भएकी देवी हुन्

प्राचीनकालमा काठमाडौं पोखरीका रूपमा रहेको कुरा त हामी सबैलाई थाहा भएकै कुरा हो । त्यसबेला काठमाडांै पोखरीको पानीमाथि दुईवटा टुप्पो देखिन्थ्यो रे । त्यही दुईवटा टुप्पोमध्ये एउटा स्वयम्भूको टुप्पो हो भने अर्को टुप्पो म्हयुपी हो भनिन्छ । चारैतिर पहाडैपहाडले घेरिएको काठमाडौं उपत्यकाको पोखरीमा थपक्क राखिएको जस्तो देखिएका नै स्वयम्भू र म्ह्युपीको डाँडा हो । त्यही डाँडाका टुप्पोमध्ये एउटामा बसिरहेकी म्ह्युपी अजिमा हुन् । म्ह्युपी अजिमाको मन्दिर धेरै नै कलात्मक देखिन्छ । प्यागौडा शैलीको दुई तल्ले म्ह्युपी अजिमाको मन्दिरको दायाँबायाँ शान्त र हरियाली वातावरण रहेको छ जसले गर्दा यहाँ बिहान र बेलुका घुम्न आउने धेरै नै हुन्छन् ।

म्ह्युपीलाई उपत्यकाको पवित्र स्थानका रूपमा लिइन्छ । यहाँको माटोमा पनि सांस्कृति, धार्मिक महत्व रहिआएको छ । त्यसैले उपत्यकाका विभिन्न शक्तिपीठमा गरिने पूजाका निम्ति बनाइने हवन कुण्ड र विभिन्न धार्मिक कार्यका निम्ति म्ह्युपीको माटो लगेर भुइँमा लिप्ने गरिन्छ ।

ललितपुरको रातो मच्छिन्द्रनाथको जात्राका लागि पनि म्ह्युपीको माटो नभई हुन्न । रातो मच्छिन्द्रनाथको मुहार र शरीरको आवरण बनाउन वा मर्मत गर्न म्ह्युपीको नै माटो लानुपर्ने चलन अहिलेसम्म छ । त्यसका लागि १२ वर्षमा एकपटक बाजा बजाउँदै ललितपुरबाट लावा लस्करसहित मानिस माटो लिन आउने गर्छन् । उनीहरू रातभर म्ह्युपीमै वास बसेर विधिपूर्वक पूजा गरेर माटो लिएर जाने कुरा म्ह्युपी संरक्षण समितिका सचिव अमृत श्रेष्ठले बताएको छ ।

उपत्यकाका विभिन्न शक्तिपीठमा गरिने पूजाका निम्ति बनाइने हवन कुण्ड र विभिन्न धार्मिक कार्यमा म्ह्युपीको माटो अति आवश्यक हुन्छ

म्ह्युपी अजिमाको स्थापना ५ हजार वर्षअघि भएको अनुमान गरिएको छ । लिच्छविकालमा बनाइएको म्ह्युपी अजिमाको मन्दिरभित्र मूर्ति छैन । मूर्तिको कुनै आकार पनि छैन । आकार नभएका निराकार देवीका रूपमा मान्दै आइरहेकी म्ह्युपी अजिमालाई त्यहाँ राखिएको एउटा ढुंगालाई मात्र भक्तजनले पूजा गर्दछन् । म्ह्युपी अजिमाका पुजारी गुभाजुले नित्य पूजा गर्दै आइरहेका छन् ।

चैत्र कृष्ण प्रतिपदाका दिनदेखि तीन दिनसम्म म्ह्युपी अजिमाको खट जात्रा गरिँदै आएको छ । यसरी खट जात्रा गरिँदा स्थानीय मानिसले अजिमालाई पूजा गर्ने, बलि दिने गर्दै जात्रा मनाइ रमाइलो गर्छन् । सांस्कृतिक बाजा बजाउँदै गरिने म्हयुपि अजिमाको जात्रा गरिँदा स्थानीय मानिस पनि सरिक भई जात्रामा रमाउने गर्छन् ।

(Visited 86 times, 1 visits today)
Loading comments...

आजको समाचार

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

  इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

साताका लोकप्रिय समाचार

अस्वभाविक सेयर मूल्य बढाउने ५१ कम्पनीलाई कार्वाही ! (सूचीसहित)

  काठमाडाैं ।  सेयर बजारमा ‘कर्नरिङ’ हुने गरेको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पुष्टि गरेको छ । बोर्डले गरेको अध्ययनले ५१ वटा कम्पनीको सेयरमा कर्नरिङ...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दाबी गरेका छन् । सर्वाेच्चको आदेशपछि अदालतमा लिखित जवाफ दिएका प्रधानमन्त्री ओलीले अदालतले...

युरोकपः इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रिया विजयी

लन्डन । युरोकप फुटबलमा इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रियाले विजयी सुरुवात गरेका छन् । शनिबार भएको समुह डि को खेलमा इंग्ल्याण्डले क्रोएसियालाई १–० ले हराएको...

दाइजोमा ग्यास चुल्हाे र सिलिन्डर नल्याएकाे भन्दै श्रीमतीलाई निर्घात कुटपिट

  सर्लाही ।  दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नल्याएको भन्दै सर्लाहीमा एक युवकले  नवदुलहीमाथि निर्घात कुटपिट गरेका छन् । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नल्याएको...

ट्रेन्डिङ

सकसमा श्रीमान् श्रीमतीबीच जब १५ मिनेट भेट भयो

वीरगञ्ज । निधारभरि चिन्ताको रेखा, मुहारभरि पछुतोपन लिएर जब सञ्जय थारु र उनका श्रीमती काजल लखेरको एक्कासि भेट हुँदा एकछिन वातावरणमा शून्यता छायो ।...

नारायणगढ–मुग्लिन सडकका पुल निर्माणले गति लियो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ । कोरोना सङ्क्रमणका कारण केही महिना काम हुन नसकेको भए पनि पछिल्लो समय...

महिला अधिकार र न्याय

सायद जिन्दगीका केही खुसीहरू लुटिएर गए मन पराउनेहरू खोजिएर नभेटिने भए । बाँकी रहरहरू ओइलाएर गए, इच्छाहरू दोबाटोमा छरपष्ट भए । बुझाउनै नसकिने ती बुझाइहरू तप्प...

इंग्ल्यान्ड पाकिस्तान सिरिज बराबर

लन्डन । पाहुना टोली पाकिस्तानले तेस्रो तथा अन्तिम टी–२० मा घरेलु टोली इंग्ल्यान्डमाथि रोमाञ्चक जित निकाल्दै तीन टेस्टको शृंखलालाई बराबरीमा सकाएको छ । पाकिस्तानले...

प्रदेश २ को सरकारलाई नै स्थायीत्व दिनु आवश्यक छ : कमल थापा

जनकपुरधाम । प्रदेश २ मा सरकार परिवर्तनको हल्ला चलि रहेको समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश सरकारलाई स्थायीत्व प्रदान गर्नु आवश्यक रहेको...

कोरोना संक्रमण र देशको भावी कार्यदिशा

कोभिड–१९ ले विश्व अर्थतन्त्र र सबै प्रकारका गतिविधिलाई ठप्प पारेको छ । मानिससँग मानिस डराउने वर्तमान परिस्थितिमा आम मानिसहरू हात बाँधेर घरभित्र बसिरहेका छन्...

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २०...

कांग्रेसको नयाँ नारा : प्रधानमन्त्री सत्ताको खेलमा, जनता कोरोनाको सन्त्रासमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ताका लागि दबाब बढाउन सत्ताइतर दलसँग छलफल गर्ने...

पटाका सहित पक्राउ

इटहरी । इटहरी उपमहानगरपालिका–५ खाद्य गोदाम नजिकबाट श्रीविजयी कोब्रा नाम लेखिएको ६७ बन्डल पटाका सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कोशी...

छालाको क्यान्सरबाट पीडित सुरजको चीत्कार

इटहरी । उनी हिँडडुल गर्न सक्दैनन्, शरीरभरी घाउ नै घाउ । परालले बारेको छाप्रोभित्र पस्नु अगावै ह्वास्स गन्हाउने, एउटा बेडमा ककिन रुपमा गुज्रिररहेको छ...

कालिकोटमा अनेरास्ववियुद्वारा एक हजार मास्क वितरण

काठमाडौँ । अनेरास्ववियु कालिकोटले सदरमुकाम मान्म बजारमा एक हजार KN 95 मास्क वितरण गरेको छ । एक स्थानीय डाक्टरलाई कोरोना देखिँदा नागरिकलाई कोरोना संक्रमण...

कोभिड–१९ विरूद्धको लडाईँ, पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन दिल्ली राज्यमा सरकारले कुनै पनि प्रयोजनका लागि पाँच जनाभन्दा बढी व्यक्तिको भेला गर्न निषेध गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)