Friday, June 18, 2021
Home Not-to-be-missed बायर्नम्युनिख बुन्डेसलिगा च्याम्पियन

बायर्नम्युनिख बुन्डेसलिगा च्याम्पियन

राजधानी समाचारदाता,

म्युनिख । बायर्न म्युनिख लगातार नवौं सिजन बुन्डेसलिगा च्याम्पियन बनेको छ । शनिबार राति बोरुसिया मोन्चेनग्लाडवाकमाथि ६–० को सानदार जित निकाल्दै लिग चरणका दुई खेल बाँकी छँदै बायर्नले लगातार नवौं सिजन बुन्डेसलिगा जित्न सफल भएको हो ।

बायर्न २०१३ देखि लगातार च्याम्पियन बन्न सफल भएको हो । त्यसअघिको दुई सिजन बोरुसिया डर्टमुन्डले बुन्डेसलिगाको उपाधि जितेको थियो । समग्रमा बायर्नको यो ३१औं बुन्डेसलिगा उपाधि हो । घरेलु मैदान एलिएन्ज एरिनामा शनिबार राति भएको खेलमा बायर्नको जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गरे ।

थोमस मुलर, किंसले कोमान र लिरोए सानेले समान एक गोल गरे । पहिलो हाफमा चार तथा दोस्रो हाफमा दुई गोल निस्किएको थियो । खेलको दोस्रो मिनेटमा नै रोबर्ट लेवान्डोस्कीको गोलबाट बायर्नले अग्रता लिएको थियो । २३औं मिनेटमा थोमस मुलरले अग्रता दोब्बर पारे ।

३४औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ४४औं मिनेटमा किंसले कोमानले गोल गरेपछि बायर्नले पहिलो हाफमा ४–० को आरामदायी अग्रता लियो । ६६औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टी गोलमार्फत ह्याट्रिक पूरा गर्दा बायर्न ५–० ले अघि बढ्यो । उनले यो सिजन २७ खेलमा सर्वाधिक ३९ गोल र ७ असिस्ट दिएका छन् । ८६औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नलाई ६–० को फराकिलो जित दिलाए ।

जितसँगै च्याम्पियन बनेको बायर्नको ३२ खेलबाट ७४ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको आरबी लाइप्जिगको ६४ अंक छ । शीर्ष दुई टोलीबीच १० अंकको अन्तर छ । बाँकी खेलमा हार बेहोरेको बायर्नलाई केही फरक पर्ने छैन । पराजित बोरुसिया मोन्चेनग्लाडवाक ४६ अंक जोडेर सातांै स्थानमा रहेको छ ।

सिटीले पर्खनुपर्ने
च्याम्पियन्स लिगको फाइनल अघि प्रिमियर लिगको भेटमा लन्डन क्लब चेल्सीले शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीलाई उसकै मैदानमा २–१ ले पराजित गरेको छ । इन्जुरी समयमा मार्कोस अलन्सोले गोल गरेपछि शनिबार राति भएको खेलमा चेल्सीले सिटीमाथि पुनरागमन जित निकालेको हो ।

जितसँगै चेल्सी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानमा मजबुत रहेको सिटीले उपाधिका लागि भने अझै कुर्नुपर्ने भएको छ । सिटीको ३५ खेलबाट ८० अंक छ । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको दोस्रो अलन्सोले गोल गर्दै चेल्सीलाई महŒवपूर्ण ३ अंक दिलाएका हुन् ।

यी दुई टोलीबीच मे २९ मा च्याम्पियन्स लिग फाइनल हुँदै छ । रहिम स्टर्लिङको गोलबाट सिटीले ४४औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सर्जियो अगुइरो पेनाल्टीमा गोल गर्नबाट चुकेपछि सिटी गोलअन्तरलाई दोब्बर बनाउनबाट चुकेको थियो । उनको चिप फितलो प्रहारलाई चेल्सीका गोलकिपर इडोर्ड मेन्डीले सहजै रोकेका थिए ।

६३औं मिनेटमा हकिमको गोलबाट चेल्सी खेलमा फर्कियो । अलन्सोले टिमो वेर्नरको क्रसमा गोल गर्दै टोलीलाई जित दिलाए । चेल्सीको ६४ अंक पुगेको छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड ६७ अंकसहित दोस्रो स्थानमा र लेस्टर सिटी ६३ अंकसहित चौथो स्थानमा छ । यस्तै लिभरपुलले साउथह्याम्टनलाई २–० ले पराजित गरेको हो ।

एनफिल्डमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा साडियो माने र थियागो अलकान्तराले गोल गरे । जितसँगै लिभरपुल ३४ खेलबाट ५७ अंक जोडेर छैटांै स्थानमा उक्लिएको छ । पराजित साउथह्याम्टन ३७ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

बार्सिलोना र एट्लेटिको बराबरी
उपाधि होडमा रहेको क्याटलान क्लब बार्सिलोना र एट्लेटिको म्याड्रिडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीले दुवै टोलीको उपाधि यात्रामा धक्का लाग्दा यसको फाइदा रियल म्याड्रिडलाई पुगेको छ ।

बराबरीपछि शीर्षस्थानमा रहेको एट्लेटिकोको ३५ खेलबाट ७७ अंक पुगेको छ । दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाको ७५ अंक पुगेको छ । क्याम्प नोउमा पहिलो हाफमा पाहुना टोलीले बल पोसेसनमा पकड बनाए पनि फिनिसिङमा चुक्दा अग्रता लिनबाट चुकेको थियो । दोस्रो हाफमा घरेलु टोली बार्सिलोनाले सुधारिएको खेल पस्के पनि फिनिसिङमा चुक्दा खेल बराबरीमा टुंगियो ।

 

(Visited 42 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

साताका लोकप्रिय समाचार

बाजुरामा बाढीले बगाउदा दुई जना बेपत्ता, मुख्य राजमार्ग अबरुद्ध

बाजुरा । आईतबार देखि लगातार परेको बर्षाका कारण बाजुरामा ठुलो क्षति भएको छ । बुढीनन्दा नगरपालिका ३ मा एक महिलालाई खोलाले बगाउदा बेपत्ता भएकी...

बाजुराको एक सय भन्दा बढि गाउँ बाढी पहिरोको उच्च जोखिममा

बाजुरा । लगातारको बर्षाले बाजुरा जिल्लामा १ सय भन्दा बढी गाउँ बाढि पहिरोको उच्च जोखिममा रहेको छ । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार ९...

अस्वभाविक सेयर मूल्य बढाउने ५१ कम्पनीलाई कार्वाही ! (सूचीसहित)

  काठमाडाैं ।  सेयर बजारमा ‘कर्नरिङ’ हुने गरेको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पुष्टि गरेको छ । बोर्डले गरेको अध्ययनले ५१ वटा कम्पनीको सेयरमा कर्नरिङ...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

बखानमा मेलम्ची थुनिएर विनाशको रूप लिँदा…

सिन्धुपाल्चोक । लगातार प्राकृतिक विपत्ति भोगिरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको छ । २०७१ सालदेखि लगातार...

ट्रेन्डिङ

बलात्कार गरेको अभियोगमा पक्राउ

काठमाडौं । ३९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका–१ चनौरा बस्ने २४ वर्षीय दिनेश थारुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । थारुले...

रोनाल्डो इटाली फर्किए

लिस्वन । पोर्चुगिज तथा युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो मंगलबार इटाली फर्कने भएका छन् । युभेन्टसले प्रशिक्षणका लागि आफ्ना सबै खेलाडीहरूलाई निर्देशन दिएपछि रोनाल्डो मंगलबार...

बेलायतमा कोरोनाबाट दैनिक एक जना नेपालीको मृत्यु, मृतकको संख्या ९ पुग्यो

लण्डन । यो हप्ता बेलायतमा प्रायः दिनको एक जना नेपालीको ज्यान कोरोनाले लिएको छ । सोमबार फेरि एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ...

अन्तराष्ट्रिय मजदुर दिवस र खाद्य अधिकार

बिषय प्रबेश :  १३१ औ अन्तराष्ट्रिय मजदुर दिवसको दिन बिहानै फोनको घन्टी बज्यो अर्ध निद्रा मै फोन उठाए फोन सप्तरी जिल्लाबाट आएको रहेछ । उता...

इनरव्हील क्बल अफ न्यूरोडसिटी काठमाडौद्वारा पाटन अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौं । इनरव्हील क्बल अफ न्यूरोडसिटी काठमाडौले एक थान हाइ फ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ...

धनकुटामा ट्याक्टरले किच्दा विद्यार्थीको मृत्यु

धनकुटा । धनकुटा बजारमा आइतबार बिहान ट्याक्टरले किच्दा विद्यालय जाँदै गरेकी एक छात्राको मृत्यु भएको छ । धनकुटा–७ सिरवानीमा प्रदेश १–०२–००३ त ६१२ नम्वरको...

जसपा विवादकै घेरामा

काठमाडौं । सरकार निर्माणका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) विवाद बिहीबारसम्म समाधान हुन सकेन । शीर्ष नेताबीचको छलफलमा सरकार निर्माणका लागि सहमति...

मुलुकभर १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण

काठमाडाैं ।  शुक्रबार मुलुकभर १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । याे पछिल्लाे २४ घन्टामा देखिएकाे नतिजा हाे । स्वास्थ्य तथा जनसंख्या...

मेस्सीले भंग गरे पेलेको कीर्तिमान

लन्डन । एकै क्लबबाट धेरै गोल गर्ने पेलेको कीर्तिमान लियोनल मेस्सीले भंग गरेका छन् । उनले स्पेनिस क्लब बार्सिलोनाबाट ६ सय ४४ गोल गरेर...

सूचना–प्रविधि पार्क ‘सेक्युरिटी प्रेस’मा परिणत हुँदै

काभ्रेपलाञ्चोक । दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (आइटी पार्क) सेक्यूरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्रम) मा परिणत हुँदैछ । यसका...

लकडाउनमा काभ्रेमा २१ जनाले गरे झुण्डिएर आत्महत्या

काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेमा गत चैत्र ११ देखि जेठ ४ गतेसम्ममा ५८ वटा अपराधजन्य घटनाहरु दर्ता भएका छन् । घटना विवरण अनुसार...

अर्थतन्त्रको मोडल र आर्थिक नीति

प्रेमलकुमार खनाल संविधानले बजारद्वारा निर्देशित आर्थिक नीतिको सट्टामा मिश्रित आर्थिक प्रणालीअन्तर्गत सरकार, सहकारी र निजी क्षेत्रको भूमिका रहनेगरी तीन खम्बे अर्थनीतिको मोडेललाई अंगिकार गरेको छ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)