Friday, June 18, 2021
Home Breaking News बुटवल उपमहानगरद्वारा संक्रमितको घरघरमा अक्सिजन र औषधी

बुटवल उपमहानगरद्वारा संक्रमितको घरघरमा अक्सिजन र औषधी

राजधानी समाचारदाता,

 

बुटवल । कोरोना महमारी संक्रमणको दोस्रो लहरसँगै बुटवल उपमहानगरपालिकाले जनताको घरदैलोमै सेवा प्रदान गर्ने अभियान चालेको छ । उपमहानगरले अक्सिजन बैंकको स्थापना गरी संक्रमितहरुको घरघरमै सेवा पु¥याउने तथा चिकित्सकीय परामर्ससहित औषधीहरु उपलब्ध गराउने काम भइरहेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी गराए ।

महामारी नियन्त्रणका लागि संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसहित यहाँका सामाजिक संघसंस्थाहरुसंगको सहकार्यमा उपमहानगरले अभियान जारी राखेको रेग्मीले बताए । कोरोना संक्रमित भएका र आइसोलेसनमा बसेकाहरुलाई प्राथमिक उपचारमा सहयोग पु¥याउने तथा अस्पतालसम्म लैजान सहज बनाउने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवासमेत प्रदान गरिएको प्रवक्ता रेग्मीले जानकारी गराए ।

अक्सिजन बैंकबाट आइसोलेसनमा रहेकाहरुलाई सेवा

उपमहानगरपालिका भित्र होम आइसोलेसन, होटल आइसोलेसन र सामुदायिक आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई लक्षित गरी उपमहानगरले अक्सिजन बैंक सञ्चालन गरेको छ । निश्चित मापदण्डका आधारमा अक्सिजन आवश्यक पर्नेहरुलाई आपतकालिन रुपमा २४ सै घण्टा सेवा प्रदान गरिने उपमहानगरले जनाएको छ ।

बैंकमार्फत हालसम्म २७० जना बढी संक्रमितहरुले घरमै बसेर सेवा लिएका छन् । अहिले पनि २१० ले सेवा लिइरहेको उपमहानगरले जनाएको छ । पाँचजना स्वास्थ्यकर्मीहरुसहितको ४ वटा समूह निर्माण गरी संक्रमितहरुको घरदैलोमै सेवा प्रदान गर्ने गरिएको छ । अक्सिजन बैंकले स्थापना भएको ५ दिनको अवधिमा दैनिक ५०/६० जना संक्रमितहरुलाई घरमै भेटेर सेवा प्रदान गर्ने गरेको छ ।

लायन्स क्लब अफ बुटवल एरिया ४ ले सिलिण्डरहरु रिफिल गर्नुका साथै बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले प्रदान गरेको ३५ वटा सिलिण्डरबाट अक्सिजन बैंकको सुरुवात गरिएको थियो । बैंक सञ्चालनका लागि रुपन्देही उद्योग संघ, औषधी व्यवसायी संघ, बुटवल उद्योग वाणिज्य संघ र गौतमबुद्ध सामुदायिक मुटु हस्पिटलले सहकार्य गरेका छन् । अक्सिजन बैंकमा हाल ठूला र साना गरेर करिब एक सय ५० वटा मात्र अक्सिजन सिलिण्डर रहेको प्रवक्ता रेग्मीले जानकारी दिए ।

आइसोलेसन निर्माण तथा घरदैलोमै आयुर्वेद औषधी

बुटवल उपमहानगरले कोरोना संक्रमणको दोस्रो लहरसँगै आइसोलेसन सेन्टर निर्माणलाई पनि प्राथमिकतामा राखेको छ । उपमहानगरले हाल बुटवल–११ देवीनगरमा अवस्थित एन्फा एकेडेमीमा ४० जना क्षमताको आइसोलेसन सेन्टर स्थापना गरी सञ्चालन गरिरहेको छ ।

उपमहानगरमा थप आइसोलेसन आवश्यक परेको अवस्थामा बुटवल–११ र बुटवल–१३ नवनिर्मित वडा भवनलाई आइसोलेसनका रुपमा प्रयोग गर्न मिल्ने गरी तयारी अवस्थामा राखिएको छ । यसैगरी संक्रमितको घरदैलोमै भिटामिन सी, भिटामिन बी कम्प्लेक्स, जिंक, पेन्टाप्राजोल, सिटामोल, गिलोये चुर्ण, अमला चुर्णसहितका आयुर्वेद औषधी वितरण गरेको छ । यसैक्रममा दोस्रो लहर सुरु भएयता बुटवलका विभिन्न वडाहरुमा घरदैलोमा पुगेर एक हजार बढीलाई निशुल्क आयुर्वेद औषधी वितरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

(Visited 50 times, 1 visits today)
Loading comments...

आजको समाचार

महर्जन एरोविक टिटिको ब्रान्ड एम्बेसडर

काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले महर्जनलाई ३...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

  इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना...

साताका लोकप्रिय समाचार

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

नारायणी नदी इतिहासकै उच्च विन्दुमा

भरतपुर । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो ।...

प्रदेश २ मा ३३ अर्ब ७९ करोडकाे बजेट

जनकपुरधाम । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ । प्रदेश...

छोरालाई माओवादीले मारेपछि छिमेकीले आमालाई बोक्सी आरोप लगाए

रौतहट । बोक्सीको आरोपमा रौतहटमा एक बृद्धा एकल महिलामाथि निर्घात कुटपिट भएको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुहवा टोल बस्ने ६५...

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबीपत्र पेश गरेका छन् । राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित उनले फेरि मुख्यमन्त्रीमा...

ट्रेन्डिङ

सोलुखुम्बुमा आइचर दुर्घटना, तीनको मृत्यु

सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका...

सिन्धुपाल्चोकमा चोर आतंक, त्रासमा स्थानीय

सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकका विभिन्न बस्तीहरुमा पछिल्लो केही दिन यता चोरको बिगबिगी बढेपछि स्थानीय आतंकित भएका छन् । चोर र चोरीका गतिविधि बढेपछि...

खोजिदै ‘स्टार अफ द मिलिनियम २०२१’

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन् । राजधानीमा आयोजित प्रारम्भिक...

किन चुक्दै छ कांग्रेस ?

काठमाडौं । नेपाली कांग्रेस यतिबेला प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ । सत्ताको अनुभवी कांग्रेससँग प्रतिपक्षमा रहँदाको अनुभवसमेत उत्तिकै छ तर यतिबेला आफ्नो अनुभव देखाउन...

बाख्रा चराउन गएकी सुनिताको शव फेला

दैलेख । सोमबार खाना खाएर १० बजे बाख्रा चराउन जंगलमा गएकी दैलेखमा एक युवतीको दुई दिनपछि शव फेला परेको छ । डुङ्गेश्वर गाउँपालिका–६ लटालीको...

डेढ महिनादेखि बनमा डढेलो, अझै निभेन आगो

मनाङ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मङ्सिर ११ देखि शुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका...

लिदी पहिरोः मृतकको संख्या २४ पुग्यो

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुने २४ जना पुगेका छन् । आज ७२ वर्षीया श्रीमाई...

कोरोना संक्रमणबाट बारामा २ पुरुषको मृत्यु, ४० जना थपिए

वीरगन्ज । वीरगन्जको अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेका बाराका २ संक्रमितको मृत्यु भएको छ । संक्रमण पुष्टि भएपछि वीरगन्जको अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका...

स्वास्थ्य क्षेत्रमा दाताको सहयोग, मनलाग्दी खर्च

काठमाडौं । स्वास्थ्य क्षेत्रमा दाताले उपलब्ध गराएको झन्डै ११ अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न खडा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दाताले सहयोगस्वरूप उपलब्ध...

ताल फुट्ने जोखिम कायमैै, भोटेकोशी तटीय क्षेत्रमा सचेत रहन आग्रह

सिन्धुपाल्चोक । छिमेकी मुलुक चीनस्थित न्यालमा जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेको छ । त्यसप्रति सचेत रहन जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएकोे...

राप्रपामा चिन्ह विवाद, गाई कि हलो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र पार्टी एकता हुँदा देखि नै नसुल्झिएको निर्वाचन चिन्हको विवाद फेरी बल्झिएको छ । गत २८ फागुनमा पार्टी एकता...

ओलम्पियन केसीलाई कोरोना संक्रमण

काठमाडौं । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको छ । दिसामा रगत देखिएपछि उपचारका लागि अस्पताल पु¥याउँदा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)