Friday, June 18, 2021
Home प्रदेश प्रदेश ४ बिग्रेको सडकमा कमजोर एम्बुलेन्स कुदाउदा बाटैमा मृत्यु हुन्छ संक्रमितको

बिग्रेको सडकमा कमजोर एम्बुलेन्स कुदाउदा बाटैमा मृत्यु हुन्छ संक्रमितको

श्रीकृष्ण सिग्देल,

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ९ की ४५ बर्षिय महिलालाई उपचारका लागि पोेखरा लैजादै गर्दा एम्बुलेन्स भित्रै मृत्यु भयो । १० दिन देखि रुघाखोकी, ज्वरो लगायतका समस्याले ग्रसित महिलालाई अन्तिम समयमा स्वासप्रस्वासमा समस्या आएपछि परिवारका सदस्यले वालिङ प्राथामिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याएका थिए । उनको एन्टिजिन मार्फत कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछि संक्रमण भएको खुल्यो । स्वासप्रस्वासमा निकै समस्या देखिएपछि महिलालाई एम्बुलेन्स मार्फत पोखरा लगिएको थियो ।

पोखरा लैजाने क्रममा पुतलीबजार नगरपालिकास्थित सिद्धार्थ राजमार्गको जाडखोलामा एम्बुलेन्स बिग्रयो । तत्काल एम्बुलेन्स बनेर, अर्को एम्बुलेन्स खोजेर जिल्ला अस्पताल स्याङ्जा लैजादै गर्दा उनको बाटैमा मृत्यु भयो । खराब सडकका कारण एम्बुलेन्स बिग्रेको चालक पदमबहादुर श्रेष्ठको भनाई छ । ‘बिरामीको अबस्था नाजुक थियो ।’ चालक श्रेष्ठले भने,‘जाडखोला पुग्ने वित्तिकै अगाडीको चक्काको वल्ड ज्वाईन्ट भाच्चियो र एम्बुलेन्स रोकियो ।’ तत्काल अर्को एम्बुलेन्स मगाएर उद्धार गरेपनि उनको ज्यान बचाउन नसकिएको उनले बताए । ‘एम्बुलेन्स ठिकै थियो तर गल्ड्याङ् गुल्डुङ् सडकमा एक्कासी वल्ड ज्वाईन्ट भाँचिएपछि एम्बुलेन्स नै बिग्रियो ।’ श्रेष्ठले भने ।

जहाँ एम्बुलेन्स बिग्रियो त्यहाँको सडक दुईबर्ष देखि मर्मत सम्भार समेत भएको थिएन । पटक पटक दुर्घट्ना समेत हुने गरेको त्यो ठाँउको सडक बनाउन न स्थानीय प्रशासनले ध्यान दियो न सडक विभागले । बिरामी महिलाले समयमै स्वास्थ्य संस्थामा जचाएको भए उनको ज्यान जानबाट जोगिन सक्ने वालिङ नगर स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताए । ‘हस्पिटल आउदा अबस्था गम्भिर थियो ।’ उनले भने,‘जति सक्दो पोखरा हस्पिटलाई खबर गरेर पठाएका थियौ ।’ अस्पताल पुर्याउन नपाउदै उनको ज्यान गएको खबरले दुखीत तुल्याएको उनले बताए । आईतबार मात्रै वालिङ नगरभित्रका ३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

जिल्लामा अहिले सम्म ५ सय ३४ जना कोरोना संक्रमण भएका छन् । जस मध्ये ४ सय ९७ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । ३७ जना कोरोना संक्रमण जितेर निको भएका छन् । कोरोना संक्रमणका कारण जिल्लाभर १५ जनाले ज्यान गुमाएका छन् । बैशाख १ गतेबाट संक्रमणको परिक्षण गरिएको स्याङ्जामा एक महिना नहुदै १५ जनाले ज्यान गुमाउन पुग्नुले अझै यसको भयाबह अबस्था आउन सक्ने बताइएको छ । सबै पालिकाहरु अक्सिजन सहितको आइसोलेसन कक्ष निर्माण गर्न तल्लिन रहेकाले अब मृत्युदर घट्न सक्ने आकल पनि गरिएको छ ।

(Visited 121 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

साताका लोकप्रिय समाचार

कोभिड महामारी र शैक्षिक क्षेत्रको दायित्व

  शताब्दीकै सबैभन्दा खराब विपद् कोरोना महामारीको ठूलो प्रभाव शिक्षा क्षेत्रमा परेको छ । जनस्वाथ्य अन्तरसम्बन्धित विषय भएकाले यसले जनजीवनका सबै क्षेत्रमा एकसाथ प्रभाव पारेको...

अब सहकारी संस्थाका सदस्यहरुले अनलाईनबाटै घरमै बसी बसी नया खाता खोल्न सक्ने

  काठमाडाैं । अब सहकारी संस्थाका सदस्यहरुले अनलाईनबाटै घरमै बसी बसी नया खाता खोल्ने तथा आफ्नो केवाइएम अपडेट गर्न सक्ने भएका छन् | प्रविधिको प्रयोग...

सुरु भयो सुदूरपश्चिमका सीमानाकामा भारत जानेहरुको ताँती

  धनगढी । सुदूरपश्चिम प्रदेशका सीमानाकाबाट भारत जाने नेपालीहरूको संख्या बढ्दै गएको छ । भारतमा कोरोना भाइरसको संक्रमण केही नियन्त्रणमा आएर जनजीवन सामान्य हुँदै व्यापार...

हिँडेर अस्पताल पुगेकी नेहा शबबाहनमा फर्किइन्

  काठमाडौं । शरीरमा सामान्य बिबिरा आएपछि अस्पताल भर्ना भएकी नेहा तुलाधरको मृत्यु भएको छ । स्वयम्भु स्थित मनमोहन अस्पतालमा डाक्टरको लापरबाहीले नेहाको मृत्यु भएको...

ट्रेन्डिङ

४९ दिनकी जेलिसा खाँदबारीको बन्दीगृहमा

संखुवासभा । संखुवासभा जिल्लाको खाँदबारी कारागारमा बन्दी जीवन विताइरहेकी जेलिसाको नामले नै भन्छ, उनी जेल अर्थात हिरासतमा जन्मेकी हुन् । प्रहरी हिरासतमा...

जनप्रतिनिधिको काममा नेकपाको ‘क्रस चेक’

धनकुटा । पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको काममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले चासो देखाउँन थालेको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको...

मङ्गलबारदेखि बर्दियामा जोरबिजोर प्रणाली

बर्दिया । बर्दियामा कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको...

कोरोना कहर : नेपालका लागि अवसर हुनसक्छ

‘यसपाली बाँझो बारीमा पनि मकै फल्ने भो ।’ पछिल्लो १ महिनायता सामाजिक सञ्जालमा यस्तै खालका टिका टिप्पणी सुरु भएको छ । सरकारले मुलुकमा लकडाउन...

लकडाउन थप गर्न सरकारलाई सिफारिस

काठमाडाै‌ ।  कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बन्दाबन्दी (लकडाउन)को समय थप गर्न सरकारलाई सिफारिस गरेको छ । उपप्रधान तथा रक्षामन्त्री...

सिरहाका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु

सिरहा । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा।दिनेश सापकोटाका...

मानव अधिकार उल‌ंघन गर्ने २ सय ८६ जनाको नाम सार्वजनिक

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले २० वर्षको अबधिमा गम्भीर मानवअधिकार हननको घटनामा जोडिएकाहरुको नाम सार्वजनिक गरेको छ । आयोगले बीस वर्षको अबधिमा १...

३३ एसएसपीको सरुवा, महानगरीय प्रहरी प्रमुखमा अशोक सिंह

काठमाडौं । नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सरुवा सूची अनुसार महानगरीय प्रहरी...

४५ औँ किवानिज एसिया प्यासिफिक सम्मेलन सम्पन्न

  काठमाडौँ । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक क्षेत्रको ४५ औँ सम्मेलन सफलताका साथ सम्पन्न भएको छ । राजधानीमा शनिबार आयोजित...

ट्रम्पको भारत भ्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई दिने भारत भ्रमण नया“ दिल्लीका लागि जति महत्वपूर्ण थियो, त्यति नै महत्वपूर्ण वासिङ्गटनका निम्ति पनि थियो । महाअभियोगको आरोपबाट...

बडा दसैं हिन्दूहरूको ठूलो चाड

२०७७ साल कात्तिक ७ गतेदेखि प्रारम्भ हुन थालेको बडा दसैंं कोभिड–१९ को कोरोना संक्रमणको खतरनाक परिस्थितिमा पनि बडो उत्सुकताका साथ स्वदेश–विदेशमा छरिएर रहेका जुनसुकै...

काठमाडौं उपत्यकामा लाइसेन्स वितरण स्थगित

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाबाट वितरण हुँदै आएको सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण हाललाई स्थगित गरेको छ । काठमाडौं उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले लाइसेन्स...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)